Monday, January 31, 2011

पशुपति वरपरको बनमा शव गाड्ने कि नगाड्ने...


क्रिश्चियन र केही आदिवासीले आफन्तको शव गाड्न पाउनु अधिकार हो। तर शव गाड्दै, त्यसमा सिमेन्टका स्मारक बनाउँदै जाँदा बन बिनास हुनेभो। शव गाड्ने ठाउँ पाउन छोडेर क्रिश्चियनहरु जलाउने अवस्थामा सम्म पुगे भने आदिवासीहरु शव गाड्न नपाएको भन्दै जुलुस निकाल्न थालेका छन्।

पशुपतिनाथ वरपरको बनमा शव गाड्न नदिएपछि झडप हुनथालेको छ। एउटा शव गाडेको ठाउँ, अर्को शव गाड्न उपर्युक्त हुन वर्षौं लाग्छ। अझ कतिपयले शव गाडेको ठाउँमाथि कंक्रिटका स्मारकहरु बनाउँछन्। जसले गर्दा न त्यहाँ केही विरुवा नै उम्रन हुर्कन पाउँछ न त्यहाँ केही वर्षपछि नयाँ शव गाड्नै मिल्छ। नयाँ नेपालमा धार्मिक तनाव वढ्नु पहिले यो समस्याको समाधान निस्कियोस्....

Sunday, January 30, 2011

भुईचालो गए राजधानीमा जम्मा दुईटा घर रहन्छ

काठमाडौंमा अग्ला अग्ला घर बनाउने हरेक हाउजिङ कम्पनीको एउटै दाबी हुँदोरहेछ। १० रेक्टरस्केल सम्मको  भुकम्प गयो भने काठमाडौंमा जम्मा दुई वटा बिल्डिङ रहन्छ -एउटा स‌विंधानसभा भवन र अर्को हाम्रो हाउजिङ। एक हाउजिङ कम्पनीका, धेरै साहु मध्येका एक जनालाई  अलिक खोराएर सोध्या, उनले भने - त्यति ठूलो भुईचालो यहाँ आयो भने बिल्डिङ भत्किए नि केही फरक पर्दैन। सोध्ने खरिदकर्ता नि रहदैनन् जवाफ दिन म नि रहँदिन....
(हास्नुपर्ने कारण धेरे छन् हा हा हा....)

Saturday, January 29, 2011

आफ्नै कृति सेकेन्ड ह्यान्डमा


मान्छेको चिन्ता पनि के के हो हो! आरएनएसी अगाडि माइक्रो कुर्दा आज एक जना साहित्यकार बहुतै चिन्तित अवस्थामा भेटिए। सोध्या- पत्रकारलाई समिक्षा गर्न हस्ताक्षरसहित दिएको उनको कृतिको पत्रिकामा समिक्षा त आएन आएन। आज त्यहीँ फुटपाथमा सेकेन्ड ह्यान्डमा बेच्न राखेको देखे रे। अनि आफ्नै कृति किनेर कोखिलामा हालेछन्.....

मन खोलेर हाँस्न असजिलो


वैदेशिक अनुदान प्राप्त केही साथीको संगतले काभ्रे पनौती पल्तिरको वन्थली भिलेज रिसोर्टमा रात बिताएर आ'को; गुलाबी, सुन्तला केस्रे र कोमल मेरो ओंठ हावाले पुरै फुटालेछ। आँफू हाँसिरहनुपर्ने मानिस परियो, दुखेकाले ओठलाई सानो गोलो पारेर हि हि गर्न परिराछ। वैदेशिक लिपगार्ड, सिपगार्ड नलगाम् भनेर आमाले गामबाट पठाइदेको घिउ दलेको सन्चो होला नि एक दुई दिनमा। अहिले त मन खोलेर हाँस्नै असजिलो छ...

नक्कली डिभिडी पसलेसँग हवल्दारको सर सापट


जमलको दुधसागर मिठाई पसलको ढोकैमा नक्कली डिभिडी/सिडीको पसल छ। भित्र चिया पिउँदै सिसाबाट बाहिर हेर्दै थिए। एक जना पुलिस हवल्दार ड्रेसमै आए। डिभिडी वालाले खल्तीबाट खै कतिको हो नोट दिए। हवल्दारले खोल्टीमा हालेर गए। लाग्दैछ सक्कली किन्न नसकेर नक्कली डिभीडी किनेर मैले तिर्ने अलिकति पैसा पुलिसकाँ नि जाँदोरहेछ। हवल्दार यी डिभीडी पसलवालाको सर-सापट चल्दैन होला त...

जीउ ढाडियो चिसो जुसले


राजधानीका दोहोरी रेष्टुरेन्टमा खाली गिलास त वेट्रेसहरुले देख्नै नहुने रहेछ। मादक पदार्थले भर्दिहाल्दारछन्। रउसी खानेलाई त ठिकै होला। फलफूलको जुस खाने मलाई त हिजो टन्टै भो नि। यो जाडाँ जुस धेरै पिइएछ, चिसो भर पेट त पुरै ढाडिएको छ।  आँखामा चिप्रा लाग्दैछ...

Monday, January 24, 2011

अनि के छ खवर !


हैन कोहीकोहीको दिमाग हुन्न कि, साँच्चै बिर्सिन्छन कि बिर्सिएको स्वाङ गर्छन् कि ? दिनमा १० चोटी भेट होस् कि अनलाइनमा कुरा होस् खाली 'अनि के छ खवर' भनेर सोधेर हैरान पार्छन् यार। १० मिनेट जति कुरा भएर टुङ्याउन खोज्यो अनि फेरि भन्छ 'के छ खवर'।

एकपटक भनीसकें त जागिर चल्दैछ, घर परिवार सबै राम्रो छ भनेर। 'खासै केही छैन' भनेर कतिपटक दोहोर्‍याउनु हो! धेरैजसो उस्तै त हुन्छ, केही चेन्ज भयो र त्यो भन्नपर्ने मान्छे तपाई पनि हो भने म आफै भन्छु।
तपाइको पनि केही भन्न मन भए भन्नुहोस् खाली 'अनि के छ खवर? भनेर सोधिरहन पर्दैन। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा..)

प्लास्टिक रोज्ने कि कागज


चल्तिको पुस्तक पसलमा एउटा किताब किन्दा पसलेले प्लास्टिकको झोलामा राखेर दे'का थिए। ठूलै वातावरणवादी झैं गरेर प्लास्टिकको झोलामा त लान्न बरु भए कागजको झोला दिनु भनें। पसले पनि विद्वानै रैछन् कि क्याहो, क्यासँग डाइलग मारे भनें - कागज बनाउनको लागि झन् रुख विरुवा नास गर्नपर्छ तपाइलाई थाहा छैन ? अल्पवुद्धि भएसी मुखमा बुझो लाओ, काखीमा किताब च्यापरेर फर्कें।
तर म साँच्चै अलमलमा परेको छु। कागजले वातवारण साँच्चै विनास गर्ने हो भने त किताब पत्रिका पढ्न पनि कम गर्ने हो कि। यस विषयमा जानकारको ज्ञान पाए हुन्थ्यो।

Sunday, January 23, 2011

झापड सपनाको टेन्सन

यसो सोचिराको छु के। नेताहरुको श्रीमतीहरुलाई क्या टेन्सन भइरा होला है आजभोलि रातिमा। श्रीमान् हरु तर्सदाँ हुन् नि त सपनामा झापड खाको देखेर। अनि श्रीमतीले भन्दिहुन् - पिर नगर्नु क्या त्यो सपना मात्र हो भनेर....। एकजना नेता पत्नीले भनेर मैले यो कुरा थाहा पाएको मरिगए नि हैन केरे। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

परदेशिएकाहरु फर्किँदा

अरब मलेसियातिरबाट आउने लाहुरेलाई माइक्रोवालाहरुले खुब ठग्दा रहेछन्। टिभीको कार्टुन अथवा प्लास्टिकले बेरेको होस् कि डोरीले बाँधेको सुटकेश देख्नासाथ पोखरासम्म जान भाडा एक हजार रे। (रु३५० मा हुने ठाउँमा)। अनि गाउँतिर चल्ने जिपहरुले पनि नियमित भाडा डेढ/ दुई सय रुप्पै भएका ठाउँमा नि लाहुरेहरुसँग एक हजार ठटाउने रैछन्...कति ठाउँमा ठग्ने हो तिन्लाई....


त्यो टिभीको कार्टुन, डोरीले बाँधेको वा प्लास्टिकमा पोको पारेको सुटकेस अनि फूलबुट्टे भुवादार ब्लाके‌ट नल्याउनु क्या साथीभाइहरु....। यदी ल्याउने नै हो भने मजाले बार्गेनिङ गरेर मात्र गाडी चढ्नुहोला।

सुनले जोडी मिल्यो


मागी बिहे गराइदिन खप्पिस काकाले केटाकेटी त मिलाएछन् तर दुबैको ग्रह हेरेपछि ज्योतिषीले बिहे गर्न मिल्दैन भन्दिएसी काका एकदमै चिन्तामा परे। चिन्तित काकाले 'ह्या यत्रो दुःख गरेर केटाकेटीलाई मनाको छु। केटाकेटीका बाउ आमा पनि मानेका छन्। यसो मिलाएर बिहे गर्नुस्नो' भनेका थिए।

भान्सामा भएकी ज्योतिषीनी आमैले काका र ज्योतिष बाको कुरा सुनिछन्। उनैले भन्दिइन्- सुन दान दिनुस् मिल्छ।

ज्योतिष बाले नि आमाको कुरा खाए। बिहे त भयो। अब पो श्रीमान् श्रीमतीको कुरा कति मिल्छ कुन्नि...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

झापड कान्डपछि लोडसेडिङ हट्या हो र?

हैन पूर्व तिरका साथीहरुको हालखवर के छ। यहाँ त एउटाले खवर पठाएर ल्यायो नि झापड कान्डपछि शान्ति सुरक्षाको नाममा विराटनगर इटहरीमा लोडसेडिङ हुन छाड्यो भनेर। लोडसेडिङ घटाउन अन्त नि त्यस्तै गर्न परो भन्दैछ ?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...) साँच्चै हो र....

Saturday, January 22, 2011

झापड काण्डपछि आएका बेकामे मेसेज


झलनाथ खनाललाई देवीप्रसाद रेग्मीले हानेको झापड काण्डपछि बेकामका मेसेज आर मलाई पो टेन्सन:
1) झलनाथलाई चडकन हान्ने देवीप्रसादलाई इटहरीको इज्जत राखेको भन्दै इटहरीका एक व्यापारीद्धारा ५००० रुपैया पुरस्कारको घोषणा।
2) झलनाथको दात पनि खस्या हो र दाइ? पूर्वतिर त तेस्तै हल्ला गर्छन। घटना स्थलमा मानव दन्त भेटियो रे।
3) दाँत भेट्टाइएको हो भने त्यसलाई पनि संग्रहालयमा राख्नपर्छ। माओवादीले फुटालेको ब्रिफकेससँगै। तिन्का पक्षका अर्थमन्त्रीले तुरुन्त बजेट छुट्टयाउलान् नि।

रेग्मीहरुका फूर्ति बढे


'केटाहरु अब रेग्मीका छोरीसँग बिहे गर्न डराउलान् कि'...देवीप्रसाद रेग्मीले झलनाथलाई नै झापड हानेपछि रेग्मीको छोरी बिहे गर्ने एक साथीले पठाएको मेसेज...'मेरो बुढीको त फुर्ति नै बढिसकेको स्थिति हो....'

Friday, January 21, 2011

रविन्द्र मिश्र अब फिलिममा कलाकार पनि


बिबिसी नेपाली सेवाका प्रमुख पत्रकार रविन्द्र मिश्र अब कलाकार पनि बन्ने भएका छन्। त्यो पनि नेपाली ठूलो पर्दाको फिलिम हाइवे मा। राजधानीको १९०५ रेष्टुराँमा शुक्रबार एक कार्यक्रमका बीच हाइवे फिलिम बनाउने घोषणा गरिएको थियो। फिलिमका अन्य कलाकारहरुमा कर्मा, विनय श्रेष्ठ, सौगात मल्ल, ऋचा शर्मा सहितका छन्।
राजमागर्मा हुने विभिन्न गतिविधिलाई केन्द्रीत राखी फिलिमको निर्माण गरिएको यस्का निर्देशक दीपक रौनियारले जानकारी दिए। हाइवेमा पत्रकार मिश्र एक डाक्टरको भुमिकामा देखिदै‌छन्।

Thursday, January 20, 2011

अब कुन कुन नेताका गाला राता हुने हुन् झापडले

लउ नेताहरुको गालाको भविष्य पनि खतरामा पर्‍यो। झलनाथलाई नै झापु हान्दिएछन् त पार्टी प्रवेश गर्नेको लाइनमा बसेका एकजना उनकै पार्टीका पूर्व कार्यकर्ताले। अब त पार्टीमा प्रवेश गराउन नेताहरु हानथाप नगर्लान नि। आजभोलि पार्टी चेन्ज गर्नेहरु धेरैजसो चैते हुन् क्या...यहाँ नेपालमा भाका पार्टी र नेता देख्ने वितिकै जनता रिसाएर बसेका बेला म तपाइको पार्टीमा आउँछु भन्दैमा विश्वास मानेर हुन्छ र ? जनतामा बढ्दो आक्रोशको शिकारले गर्दा अब कस कसको गाला राता हुने हुन् जनताको झापडले हेर्दै जाम्ला....


प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको हो ?

हैन आज हो कि भोलि हो काठमाडौंमा संविधानसभा भवनदेखि सिंहदरबारसम्म प्रधानमन्त्री दौड प्रतियोगिता छ भन्थे। जागिरले गर्दा मैले त भाग लिन पाइन। जित्नेले प्रधानमन्त्रीको कुर्चि पनि पाउने भनेर हिजो मेसेज आथ्यो। कल्ले, कसरी जित्यो र कस्तो कुर्ची पायो भन्ने जानकारी पाम है। १० वर्ष अगाडि मेरा एक पत्रकार साथीलाई उस्का हाकिम सम्पादकले प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको रहेछ त्यस्को रिपोर्टिङ गर भनेर कम्ति दुःख देका थिएनन्...। बिचराले चार चौरास घुम्दा पनि पत्ता लगाउन सकेन प्रधानमन्त्रीको कुर्ची कुन काठले बनेको रहेछ भनेर।

काठमाडौंमा डेटिङ प्लेस माग न हो

काठमाडौंका प्रेमी किशोर-किहोरी/ युवा-युवतीहरु पनि लाछि रहेछन्। डेटिङका लागि केही गतिला स्थानको माग सरकार र नगरपालिकासँग गर्न नसक्नेहरु गन्हाउने ढलका किनारमा बसेर माया साटिरहेका भेटिन्छन्। तिमीहरुको नामर्दीपनले गर्दा तिम्लाई नै रोग लाग्ला है....बेलैमा सफा सुन्दर र हरियाली डेटिङ प्लेसको माग गर। हिजो साँझ घर जाँदै गर्दा कान्ति र टिचिङ हस्पिटलको ढल मिसाउने खोइ के नामको खोलाको डिलमा बसेर दुई जोडीहरु माया साट्दै थिए।

रक्सी छोड्ने प्रयासमा

रक्सी छोड्छु भन्दै बिहान बिहान पशुपति परिसरमा लगेर गिल म्यारी र भर्जिन (सस्ता खाले रक्सी)चढाउँथे र साँझ रोयल स्टाग र सिग्नेचर (नेपालका शहराँ सबभन्दा चल्तिका रक्सी) आँफू पिउँथे। तर छोड्न सक्थाथिन। मन दरो बनाएको त एकैदिन रक्सी चढाउन र पिउन छोडें...मन दरो बनाए के गर्न सकिदो रैन छ र? जाँड रउसी छोड्न मुन्छेले केसम्म गर्दा रहेछन् भन्ने नि सुनायो एक मित्रले।

Tuesday, January 18, 2011

पालैपालो प्रधानमन्त्रीको पक्षमा

तीन शिर्ष नेताले पालैपालो प्रधानमन्त्री बन्ने कुरा सुन्दा तपाइहरुलाई बाँडीचुँडी खाने खेलो जस्तो लाउला।
तर त्यसो भएमा
नम्बर १. दलहरुभित्र को प्रधान मन्त्री बन्ने भन्ने खिचलो सकिन्छ।
२. शिर्ष नेता नै प्रधानमन्त्री बन्दा पार्टीबाट अरु नेतालाई भन्दा धेरै समर्थन मिल्छ र काम गर्न सजिलो हुन्छ।
सोच्नुस् त बाबुराम भट्टराई प्रधानमन्त्री भएमा माओवादीबाट कति समर्थन पाउलान्? रामचन्द्र पौडेल प्रधानमन्त्री भएमा देउवा पक्षबाट कति समर्थन पाउलान् ? तपाइहरुले झलनाथ खनाल प्रधानमन्त्री हुँदा एमालेबाट धेरै समर्थन नपाउलान् भन्नुहोला तर तिनका लागि माओवादीको समर्थन र पार्टी भित्रका आधाले गरेको समर्थन पनि कामयावी हुन्छ।  
त्यसैले प्रचण्ड, सुशील र झलनाथले ६/६ महिना सरकारको नेतृत्व गर्नुपर्छ। तीन जना ६/६ महिना प्रधानमन्त्री हुँदा त्यो अवधि  भनेको अबको डेढ वर्षको समयावधि भित्र संविधान बनाउने र शान्ति प्रक्रिया टुङ्याएर नयाँ चुनाव गराउनुपर्छ।
पहिला को, दोस्रो को र तेस्रो को प्रम बन्ने भन्ने निर्णय सहमतिमा यिनले गर्न सक्दैनन्। जनताको म्यान्डेट अनुसार क्रमश गरे पनि केही बिग्रदैंन। तर मेरो सुझाव चाहिँ पहिले यी तीन मध्ये सानो दलबाट सुरु गरे अझ राम्रो हुन्छ।
तर के नेपालमा खेल्न चाहने शक्ति केन्द्रहरुले प्रधानमन्त्री चक्रीय प्रणालीमा हुने कामलाई स्वीकार गर्लान त ? कि तिनले पार्टीका नेताहरुमा महत्वाकाक्षा भरिदिएर आन्तरिक पार्टी र बाह्य पार्टी खिचलो बढाउलान्?

सहमतीय भए सुशील कोइराला बहुमतीय भए शेरबहादुर देउवा

४ कक्षाँ गर एबिसिडी सिक्या नि काम लाओ। नेपाली पत्रिकाँ नलेख्या कुरा अँग्रेजी पत्रिकाँ रछ नि। सहमतीय सरकार बने सुशील कोइरालाले र बहुमतीय सरकार बने शेरबहादुरले काँगेसबाट नेतृत्व गर्ने सहमति ती दुईबीच भएछ। रामचन्द्र पौडेललाई हिस्स पार्ने भएछन्। हुन त पत्रिकामा आको कुरा...कतिको पत्याउन हुने नहुने के हो कुन्नि....

'बढी नपढ! बाबुराम झैं बिग्रेलास'

बाबुराम भट्टराईले बहिष्कार गरेको माओवादीको प्रशिक्षण कस्तो रच भनेर बुझ्न हिजो भृकुटिमण्डप तिर गाथें। प्रशिक्षणस्थल बाहिर सडकमा थुप्रैले पुस्तक पसलहरु थापेका थिए। एक जना माओवादी कार्यकर्ता पुस्तक किन्न खोज्दै गर्दा अर्काले हकार्दै थिए, धेरै पढ्न हुँदैन बाबुराम जस्तो भइन्छ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...) त्यसो भन्ने माओवादी कार्यकर्ता किरण पट्टिका थिए कि प्रचण्ड पट्टिका सोध्नै डर लाओ।

Sunday, January 16, 2011

अब कसरी को हुन्छ प्रधानमन्त्री

राष्ट्रपतिले दलहरुलाई सहमतिको सरकार निर्माण गर्न भनेर सात दिनको म्याद त दिए। तर अबको साता दिनाँ सहमतिको सरकार बन्दैन। सरकार नबनेपछि राष्ट्रपतिले संसदलाई सरकार बनाउन भनेर पठाइदिन्छन्।

संसदमा यसपटक पनि प्रधानमन्त्रीका लागि ३ जना जतिले उम्मेदवारी दिन्छन्। ती मध्ये कसैले पनि बहुमत ल्याउँदैनन्। अनि फेरि निर्वाचनको अर्को मिति सभामुखले तोक्छन्। त्यो बेलामा बढी मत ल्याउने दुई जना मात्र उम्मेदवार हुन पाउँछन्। धेरै मत पाएका दुई जना बीच मात्र उम्मेदवारी पर्दा दोस्रो पटकको निर्वाचनले प्रधानमन्त्री पाउँछ।

मौसमले च्यालेन्ज

साथीभाइहरु नि आँफैले रउसी-वियर फेक्ट्री वा रेष्टुरेन्ट खोले झै गर्छन् यार। मानौं मैले रउसी खाइदिए तिन्को व्यापार व्यवासाय बढ्ने झैं गरी। दिन यसो बादलिनै नहुने जो पनि मौसमले च्यालेन्ज गरो 'केही गरौं' भन्छन्। मौसमले जति सुकै च्यालेन्ज गरे पनि मैले च्यालेन्जर पिउन्न क्यारे..सक्छौ भने तिम्हर्ले नि नपिओ...तिम्रै हितका बात हुन्।

माघे सक्राती

माघे सक्रान्तिमा शहरतिर त तिलको लड्डु चाकु खाँदा रचन्। हाम्ले त फुरौला खान्थेम् घरतिर। मासको पिठोमा, अदुवा, नुन र बेसार मिलाएर घ्यू तेलमा फुराएर खाँदा कम्ता मिठो हुन्थेन। छिमेकी मगर साथीहरुको घरमा बटुक बन्थे चोंचेको बोसोमा पकाको। तिलको लड्डुले फुरौलाको स्वाद कहाँ दिन्थ्यो र तै पनि शहरीया भएपछि केही त गुमाउनै पर्यो नि....

कम्प्युटर बेच्नेले नै बिजुली दिन पर्यो

तालुखुइलेहरुलाई काइयो कहिलेसम्म बेचिरहने हो ? लोडसेडिङ दिनको १२ घन्टा भएछ। अब बढेर २४ घन्टाँ १८ घन्टासम्म पुग्छर रे। विद्युत प्राधिकरणले बिजुली नदिएसी अब कम्प्युटर बेच्नेसँग विजुली नि माग्लान है उपभोक्ताले। (हाँस्नुपर्ने कारण धेरै छन हा हा हा....)

डेभिड वेकह्याम (परिवार नियोजन..)

धेरै दिनपछि आजबिहान यसो चियापसल तिर पसेको। चिया दिने भाइले एउटा खवर दिए ' दाइ! थाहा पाउनुभयो, एघार, आठ र पाँच वर्षका तीन छोराहरु भइसकेका डेभिड वेकह्याम र भिक्टोरियाले चौथो सन्तान जन्माउँदै रहेछन् नि।' के भो त भनेर सोध्या उस्ले जवाफ फर्कायो, 'लन्डन/अम्रिकातिर परिवार नियोजनको प्रचार रइन्छ कि के हो.... ' मलाई के थाहा हुनु। आफू अहिलेसम्म त्यतातिर पुगियाछैन।

खोई हर्जना

रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएको देखेर नेता, पत्रकार, विश्लेषक जस्ता मान्छेहरु खुशीभाको देख्दा नि ग'र कुट्दिउँ जस्तो लाग्छ यार। अहिल्यै दंग पर्नलाई नयाँ प्रधानमन्त्री पाइया छ र ? ६ महिना अगाडि माधव नेपालले राजिनामा दिँदाको दिनमा जहाँ थिएम् त्यही आएम बल्ल हामी। बेकाराँ खेर गाको देशको महत्वपूर्ण ६ महिनाको हर्जना यी नेताले तिर्न पर्दैन? सबैलाई पर्दैन भन्ने लाग्छ भने म मात्रै लोभि हुन्न मलाई नि पर्दैन....

बाबुराम कति धेरै भारत गएको...

बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने भएछन् कि के हो? साता दिनैमा दुई चोटी भारत जान थालेछन् नि। अस्ति भर्खरै फर्क्याथे, आज फेरि जान लागेछन्....नेताहरुले नै भन्या सुन्या हो। नेपालका नेताहरुका लागि भारत त मक्का मदिना नै हो रे। प्रधानमन्त्री बन्ने बेलाँ उतैको जोडबल चलेको देखिया हो के रे पहिला पनि...

रक्सीको विरोधमा रक्सी सेवन

नसर्ने रोग (non-transformable deases)को प्रमुख कारण मद्यपान हो भन्ने विषयमा चर्चा गर्न काठमाडौ‍को तारे होटलमा भएको सय जना जति डाक्टरहरुको गोष्ठिको अन्त्य ककटेल डिनरबाट भएछ। त्यो पनि सरकारी खर्चमा। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)

भगवानलाई पिसाब...

F**k सरकार, परराष्ट्र मन्त्रालय, कर्मचारी संयन्त्र :- साला देशमा रोजगारी दिन्नस्, विदेशमा काम गर्न जान चाहिने पासपोर्ट काठमाडौ‍बाट मात्र बाँड्छस्। पासपोर्ट लिन मन्त्रालयमा बिहान ४ बजेदेखि लाइनमा बस्न पर्छ। न मन्त्रालय, न नगरपालिका कसैले त्यहाँ शौचालय बनाउँछस्। नारायणहिटी भित्तामा मन नलागी नलागी पिसाब फेर्न पर्छ। अहिले अरु केही काम पाइनस् र मन्त्रालयको भित्तामा भगवानका फोटो टास्छस् र भगवानलाई पिसाउ खुवाउँछस्...

'कमेन्ट गर'

स‍साराँ सब कुरा सहन सक्छु। तर फेसबुकाँ लेखेको आफ्नो स्टाटसमा फेसबुक च्याट, गुगल च्याट, याहु वा एमएसएन च्याटमा अथवा कुनै पनि इमेल आइडीमा इमेल गरेर 'कमेन्ट गर' भनेको सहन सक्दिन प्रभु म। तिनीहरुबाट छुटकारा दिलाइदेउ प्रभु! एउटा फर्सी काटेर पकाएर खाउँला... एक जनाको फोन नम्बर माग्दा 'मेरो फेसबुक स्टाटसमा कमेन्ट लेख्नु न' भन्ने एउटालाई माथिको जवाफ फर्काको मोरो बोल्नै छोड्यो (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

विज्ञान प्रविधि मन्त्रीकै इमेल रैनछ

हास्दिन भन्छु सुखै दिन्नन् यार। विज्ञान तथा प्रविधि मन्त्रालयको http://www.moest.gov.np  नै वेवसाइटको सर्भर डाउन छ। पहिला एकपटक कान्तिपुर टेलिभिजनमा एउटा रिपोर्टिङ हेरेको थिएँ विज्ञान तथा प्रविधि मन्त्री कै इमेल थिएन...(हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....). तर मैले यो स्टाटस हालेको चार घन्टा नहँदै वेवसाइट खुल्याथ्यो है।

प्रधानमन्त्रीले कसरी छोरा पाइदिने...

नेपालाँ प्रधानमन्त्री हुन नि कम गारो छ त। कसैल जागिर माग्छ, कसैले घर जग्गा, कसैले विदेशमा पढ्न जाने कोटा माग्छ कसैले उपचार खर्च। हुँदा हुँदा एक जना मात्र रहेका कुसुन्डा जातिका राजा मामाले आफ्नो जनसंख्या बढाउन भनेर प्रधानमन्त्रीसँग छोरा मागेछन्। विचरा प्रधानमन्त्रीले के दिउन्, कसरी दिउन्, अब कसैले श्रीमती पनि माग्ने हुन् कि प्रधानमन्त्रीसँग...प्रधानमन्त्री नेपाल पनि तपाइलाई के चाहियाछ भन्दै सोध्दै हिड्दा रहेछन् नि त।

काम छैन भन्न नि नपाइने

आजभोलि त नेपालीले काम छैन भन्न पनि नपाइने भएछ। बिदाको दिन केही काम छैन भनेर विदेशमा बस्ने एउटा मित्रलाई भन्या, सरकार नै सँधै कामचलाउ भएपछि अरु नेपालीको के काम हुन्छ त भनेर गाली गर्दैछ......सरकारको पो काम छैन हामी सबै सरकार जस्ता छौं र।

सँधै सम्चारमा एउटै कुरा

नेपालका नेताहरुको सँधैको एउटैजसो भाषण कति सुन्नु र हेर्नु भनेर आजभोलि कहिलेकाहिँ बत्ति आउँदा नि टेलिभिजनमा समाचार र समाचारमुलक कार्यक्रम हेर्न छोडेको घरमा केटाकेटीहरु सारै खुशी भएका छन्...(पहिले कस्को हो कुन्नि स्टाटसमा पढेको। अहिले मलाई नि सान्दर्भिक भाछ..)

अनमिनको भविष्यवाणी

यो अनमिनले पनि कुनै गतिलो खुलासा गर्न सक्दो रहेनछ। नेपालाँ शान्ति नभए कि माउवादीको विद्रोह हुन्छ, कि राष्ट्रपतिको शासन हुन्छ कि सैनिक 'कु' को खतरा हुन्छ भनेछ। यतिको भविष्यवाणी त काकाले नि गर्छन् अझ उनले त अर्को नि थप्दै थिए यदि ती तीन पनि भएन भने विदेशी हस्तक्षेप पनि हुन सक्छ रे...। धन्न नेपालाँ कि भविष्यमा शान्ति हुन्छ कि अशान्ति हुन्छ भनेर भनेन राष्ट्रसंघीय मिसनले....।

ठूलो महत्वाकांक्षा (?)

पुरानो कुरो : पुल्चोक क्याम्पसाँ छात्रवृत्तिमा इन्जिनियरिङ पढिरहेका एक मेघावी दाजु पाकिस्तानमा डाक्टरी पढ्ने छात्रवृत्ति पाएपछि जाने तरखर गर्दै थिए। त्यही बेला एसएलसी पास गरेकाले मैले सोध्याथें- के पढ्नेहोला। उनले भन्याथे-नोबेल प्राइज लिने लक्ष्य राख्नुपर्छ। नोबेल समितिले पुरस्कार दिन छानेका विषयमध्ये जे सक्छौ त्यही पढ।
नयाँ कुरा : केही दिन अगाडि ती दाइले आत्महत्या गरेको खवर आयो। "ठूलो महत्वाकांक्षा (?)"...

सिपियु छोडेर मनिटर चोरी

धन्न नेपालका सामान चोरहरु आइटी फेन्ड्ली भइसक्या रैन रचन। नभए त गाउँकी एकजना बहिनीको काठमाडौंमा डेराबाट सामान चोर्दा कम्प्युटरको सिपियु छोडेर पुरानो खालको मनिटर मात्र किन चोर्दा हुन् त...

भुवन के सी किन एमालेमा ?

संसारका हरेक कुराको जवाफ दिन सक्ने भए नि काका यसपाली सेन्टिफ्ल्याट छन्, भुवन के सी किन एमालेमा गए भनेर? नयाँ फिलिमको स्कान्डल गर्न उनी भर्खरै कान्छी श्रीमतीसँग छुट्टिएका छँदै थिए...छोरालाई फिलिममा खेलाएका थिदैं थिए। कतै एमाले सरकार भा बेलाँ कर छुट त होइन नि....

दिल्लीमा ठगिदा

दिल्लीमा होटल 'मौर्य' मा बसेका थियौं। तीन दिनको बसाइमा १५ सय IC मा पहिले ट्याक्स नलिने सहमति भएको थियो। तर हिड्ने दिन ट्याक्स नदिई हुँदै हुन्न भन्यो। खोइ अस्ति सहमति गरेको मान्छे भनेको त। त्यो घरमा छ, फोनै उठाउँदैन भन्छ। ट्याक्स नतिर्ने भनेको झगडामा उत्रियो। बेकाराँ डेढ सय IC बढी तिरेर होटलट मुक्ति मिल्यो। दिल्लीआँ नि ठगी हाले..

पैसा फाल्न मनाहि छ




मानिसको बानी नै यस्तै हो कि के हो जहाँ जे नगर भन्यो त्यही गर्ने। लुम्बिनीको यो शान्ति दीपको फोटो ठूलो गराएर हेर्‍यो भने देखिन्छ। शान्ति दीपमा पैसा नफाल्नु भनेर लेखेको। तर यहाँ पैसा फाल्न तछाँड मछाँड हुँदोरहेछ धेरैजसो। लाइनमा कुरेरै भए पनि पैसा फाल्दा रहेछन्...

अनमेल जोडी

मेरो स्टाटस पहिलेदेखि फलो गरिरहेकाहरुका लागि मात्र है:
भाले पोथी नमिलेर टेन्सन भाको खरायाहरु अन्त दे'र त्यस्को टेन्सनबाट मुक्ति मिल्याथ्यो। खरायो पाल्नलाई बनाको खोर त्यस्सै खाली राख्न भन भनेर कुखुरा ल्याएर पाल्न थाल्या। साथीभाइको सदिच्छाले यसपटक कुखुराको भाले पोथी नै ल्याको हो। तर भाले छिप्पिएको र पोथी भर्खरैकी परिछे। पोथीलाई डसेर हैरान पारेको छ मोरो भालेले...। एउटा ज्ञान प्राप्त भयो: संसाराँ जोडी भनेको मान्छेको मात्र नमिले नि हुनेरहेछ

Monday, January 3, 2011

पैसा तान्ने चुम्बके बल्छी


भारतको हरिद्वारमा गंगा नदीमा यसरी बल्छी हान्ने केटाकेटीहरु थुप्रै हुँदारहेछन्। तर यिनले माछाका लागि बल्छि हानेका होइनन् है। दर्शनार्थीले फालेका पैसा तान्न 'चुम्बक बल्छी' हो यिनको। मैले दुई तीन घन्टा गंगा किनारमा बिताएँ। मेरो विचारमा यिनीहरुले 'सिजनाँ' दिनमा एक सय भन्दा आइसी धेरै कमाउँछन्...। काठमाडौंको पशुपतिनाथमा पनि यसरी चुम्बके बल्छी थाप्नेहरु आजभोलि देखिने गरेको छ।

फिल्म झेलियो...

विदेशीको पुरानो वर्षको अन्तिम दिन नेपाली फिलिम एक दिन र एक रात र नयाँ वर्षको पहिलो दिन हिन्दी फिलिम तीस मार खान हेरियो। हेरियो के भन्नु दुई/ढाइ घन्टा झेलियो। फिलिम हेर्ने उमेर गयो कि वुद्धि पुगेन कुन्नि...यो वर्षभर सकारात्मक सोच मात्र राख्ने भनेको त्यसैले फिलिमलाई नराम्रो त भन्नु भएन। त्यस्ता फिलिम रुचाउने धेरै होलान् त र पैसा लगा होलान् भन्नै परो..

'यात्री' कविता..

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?.....

लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविता पढे पनि यसपटक भारत घुम्दा मात्र मानिसहरु कसरी बोकिएर मन्दिर जाँदा रहेछन् भन्ने थाहा पाइयो। यो जम्बुको 'जय माता दी' मन्दिर जाँदा खिचिएको तस्विर हो। यसरी बोकिएर जाने करिब ५०/६० जनालाई मैले देखे‌को थिए...

Buy 1 get 6 रे, धन्नै ठगेनन् नि...

क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा दिल्लीमा सामान डिस्काउन्टाँ पाइन्छ कि भनेर घुमेको। दुईटा पसलमा बाइ 1 गेट 6 फ्री लेखेको देखेर भित्र छिर्या। ६ सय रुप्पै जति पर्ने टिसर्टलाई ४२ सय लेखेर राख्यारच। फोटो खिच्न बिर्सिएछ, नभए साथीहरु हाँस्दा हुन्। एक मरेको भारतीयले ६ जना जिउँदो नेपाली र ठग्छ भन्थे। तर मलाई त त्यहाँ ठग्न सकेनन्...किन्दै किन्दिन।

पारस र सुजाताको मिलाप ! बाजी ठोक्ने?

परराष्ट्र मन्त्री सुजाता कोइराला र पूर्व युवराज पारस शाहबीच चीनको एक होटलाँ वार्ता भयो र चितवन काण्डको अन्त्यको घोषणा गर्दै सँगै डिनर खाए भन्दैछन् केटाहरु। हुन त पारस आफ्नो जन्मदिन मनाउन र सुजाता एउटा कार्यक्रममा भाग लिन चिन तिरै गाको चाहिँ सुनेको हो। भेटेको कुरा जे भए नि पारस र सुजाताका ज्वाइ रुबेललाई कारबाही हुन्न भन्ने कुरा सही हो के रे। कसैलाई कारबाही हुन्छ भन्ने लाग्या भए बाजी ठोकम् ल..

घोडा चढ्दा ठगियो...


भारतीयले ठगे नि मलाई। जम्बुको कटराबाट बैष्णोदेवी मन्दिरसम्म जाने करिब १२ किलोमिटर उकालोमा अलिकति उक्लिएपछि थाकेर घोडा चढम् भन्ने लाग्यो। घोडावालाले एकजनाको २६५ आइसी भन्यो ठिकै छ भनेर चढेको त तीन किलोमिटर जति चढाएपछि ल कि अरु २६५ थप् नभए ओर्ली भन्छ बा। २६५ मा त आधाबाटो मात्र हो भनेसी कति झगडा गर्नु। फोटो खिच्नकै लागि मात्र चढेजस्तो भो घोडा नि....। नहिंडेको धेरै भारच। २-४ दिन कैंडा लार खुट्टामा।