Friday, August 27, 2010

अखिल कार्यालयमा पनि हुनेरैछ त गाइजात्रा

ल गज्जप! गाइजात्रा हेर्न एमाले अखिलको कार्यालय पनि गए हुनेभएछ नि। राष्ट्रिय सभा गृह, प्रज्ञा प्रतिष्ठान र संविधानसभामाको टिकट नपाए अखिल कार्यालय जिन्दाबाद। अखिल अध्यक्ष रामकुमारी झाँक्री र केन्द्रीय सदस्यबीच हानाहान भएछ। झाक्रीको कपाल ताने रे। उनले अखिल केन्द्रीय सदस्य सन्तोषप्रसाद जोशीलाई झापड हान्दिइन् रे। कार्यालयमा रुवावासी। भविष्यका सांसद हुनलाई अहिले देखि नै तालिम लिदै गरेका होलान् हाम्रा युवा नेताहर्ले...


मलेसियामा आन्दोलन गरेछन् भातृस‍गठन खोलेर

ए! केटाहर्ले गरेछन् नि मलेसियामा। नेपालाँ भाका मध्ये आधाजसो पार्टीको भातृ संगठन खोलेछन्। आँ-आँफै लडेछन्। कोही फ्याक्ट्रीमा काम गर्ने मरेछन्। हडताल नि गरेछन्। मलेसियाले भन्देछ-भो अब नेपाली नल्याउने। जे सुकै भए पनि नेपाली नेताहरुले नेता बन्न चाहिँ सिकाएका हुन् है हाम्लाई। जहाँ गर भए नि संगठन खोलिहाल्ने एकदुई जना नेता भइहाल्ने। पार्टीलाई चन्दा लेभि उठाइहाल्ने। अलिकति झ्वाम पारिहाल्ने। अब गल्फतिर नि छिर्ने कि काम्रेडहरु


प्रतिवेदन घर लान नि नपाएसी के केन्द्रीय सदस्य हुनु

माउवादी केन्द्रीय सदस्य हुन नि गारो रैछ यार। जाँच दिन बसे जस्तो-आफ्नै पार्टीको प्रतिवेदन पनि पार्टी कार्यालयको बन्द कोठाँ बसेर पढ्न पर्ने। घर लान नपाइने,अरुसँग छलफल गर्न नपाइने। होइन पार्टीको नीति त पटक पटक अध्ययन गर्ने,चिन्तन मनन गर्ने र अन्य जानेबुझेकासँग पनि छलफल गरेर पो बनाउनु पर्ने होइन र। केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदन घरसम्म लान पनि केन्द्रीय सदस्यमाथि विश्वास नगरेर नि पार्टी चल्दो रैछ...म के जानुम।

Thursday, August 26, 2010

सुर्तीको साटो खुर्सानी...

बसुन्धाराट कलकी आउँदासम्म सँगैका साथीले दुईपटक खुर्सानी टोके। किन;जान्न मन लाओ। वर्ष दिन अगाडि सुर्ती खाने बानी छोड्न तलतल लाउँदा खुर्सानी खान थाल्या रे। अहिले त्यसैमा बानी परेछ...त्यस्तरी खुर्सानी खाँदा बा सुर्तीले भन्दा पो धेरै हानी गर्ने हो कि....


'मान्छेजात्रा....'

विचरा 'गाई'लाई कति रिस उठिरहेको होला। अरु कसैलाई नपाएर त्यस्तो सुधो प्राणीलाई बिग्रेको कुरासँग जोडेर 'गाइजात्रा' भन्दिदाँ। सक्ने भए गाईहरु मिलेर कुनै काम बिग्र्यो भने 'मान्छेजात्रा' भन्दा हुन् र वर्षाँ एकपटक 'मान्छेजात्रा' निकाल्दा हुन् ...


सबैजना राजेश पायल राई जस्ता

एकजना विदेशीले भन्थे- तिमी नेपालीहरु सबै उस्तै देख्छु म। कसरी फरक छुट्टयाउँछौ तिमीहरु? मैले नि तिमी विदेशीहरुलाई पनि हामी नेपालीहरुले सबै उस्तै उस्तै देख्छम् भन्दियाथें। इटहरीको एक रेष्टुरेन्टमा आज भात खाना जाँदा भोज रैछ बिहेको। निम्तालु युवाहरु जो पनि हेर्छु सबै राजेश पायल राई झै देख्छु यार म त.....


बादबिबाद प्रतियोगितामा प्रथम हुँदा गाली

छिमेकीकहाँ निकै खलबल भ'र सुन्न गाको। छोरालाई गाली गरिराछन्। "फस्ट भएर आयो हेर्नु न 'बादबिवाद'मा। भोलिपर्सी नेता हुन्छ कि भनेर बाउ चाहिँ कराइराका छन्" बिचरी भाउजु अलमलमा रैछिन्। नेताहर्ले बोल्न मात्र जाने, राम्रो केही गर्न सकेनन् भनेर होला। नेताहर्ले गर्दा केटाकेटीले बादबिवादमा फस्ट हुन पनि नपाउने भए...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Sunday, August 22, 2010

चामल झैं खान्छन् के हो सुन पनि

हैन कहाँ गाछ हो सुन।राष्ट्रबैंकले पैसा धेरै बाहिरियो भनेर दिनमा १० किलो भन्दा धेरै सुन ल्याउन नदिने भनेको त सुन पसलेले दिनको ३० किलो सुन नपाए पसल खोल्ने काम छैन भन्दै दुई दिन बन्द नै गर्यारैछन्। पुरानो रेकर्ड हेर्दा दिनमै एक सय किलोसम्म सुन देश भित्र्यारैछ। भात झैं पच्दैन त हो सुन त। कतिलाई त सँधै बन्द भइदिए नि हुन्थ्यो यी सुन पसल भन्ने लागिरा होला। बुढी(घोषित/अघोषित)हरुले सुन किन्ने टेन्सन त दिन्थेनन्....

Friday, August 20, 2010

गर्भपतन गराउने पुरुष कति थिए...

नेपाल परिवार नियोजन संघले गरेको एक कार्यक्रममा सञ्चालकले जानकारी दिए गत महिनामा २५२ जनाले सुरक्षित गर्भपतन गराए। पत्रकार सम्मेलनमा सँधै प्रश्न सोध्नै पर्ने एक एक चर्चित राष्ट्रिय दैनिकका पत्रकारले सोधिहाले - ती २५२ मध्ये महिला कति पुरुष कति यथार्थ जानकारी दिनु न। क्या पत्रकार छन् यार पुरुषले नि गर्भपतन गर्‍या थाहा पा रैछन् कि क्या हो? हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

राजा हो र दिनदिनै नुहाउनुपर्ने

'राजा हो र तपाई दिनदिनै नुहाउनुपर्ने ?' एकजना साथी पानी थोरै आएको गुनासो गर्न घरबेटीकोमा पुगेका रहेछन्।

देश बिग्रनुमा राजनीति भन्दा प्रशासन दोषि

अन्नपूर्ण पोस्टाँ आज आको लेखमा शिक्षा सचिव दीपेन्द्रविक्रम थापाले देश बिग्रनुमा राजनीतिको ४०% र प्रशासनको ६०% दोष छ भनेका छन्। सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन् अब प्रशासनमा नै भिजेकाले त्यसो भनेपछि मान्नै पर्‍यो। त्यसो भए देश बिगार्ने भनेर हामीले किन नेताहर्लाई मात्र सँधै गाली गर्छौ‍ भनेर सोचिराछु...

बहिष्कार गरे भत्ता आउँदैन

सभासदहरुले प्रधानमन्त्रीको चुनावमा तटस्थ,पक्ष र विपक्षमा मात्र मत हालेको सुनियो। मतदान बहिष्कार गरेको नसुनेपछि,सँधै लउन मलाई मिडियामा चर्चामा ल्याउन पर्‍यो भन्ने एक सभासदलाई अबको प्रम चुनाव बहिष्कार गर्दिनोस्। चर्चामा आउनुहुन्छ भनेको मानेनन् यार। तटस्थ,पक्ष,बिपक्ष जे गरे नि भत्ता आउँछ रे बहिष्कार गरे पाउन्नन् रे। चर्चामा ल्याइदिने अर्को जुक्ति देउ भनेका छन्...

Tuesday, August 17, 2010

प्रचण्डले नागरिक समाजलाई छोड्लान र ....

माउवादीको आलोचना गर्नेहरुको एउटा भनाइ छ-उनीहरुले धेरैलाई प्रधानमन्त्री पद बाँड्दै हिड्छन्। नबिर्सिया भए अस्ति नै शेरबहादुर देउवा,सुजाता कोइराला,झलनाथ खनाललाई नि उनीहरुले प्रधानमन्त्री बनाइदिने बताका चर्चामा थिए। पछिल्लो समयमा चाहिँ नागरिक समाजबाट प्रधानमन्त्री बनाउने प्रस्ताव गरेछन्। को कोले मुख मिठ्याइराहा होलान्। उधारोमा हो के रे,जस जसलाई बाँडे नि हुन्छ काम्रेड...हातमै पर्न लाओ भने त प्रचण्डले के छोड्लान् र?


Monday, August 16, 2010

प्रधानमन्त्री त थिएनन थिएनन् अब उम्मेदवार पनि हुन्नन् कि के हो...

प्रधानमन्त्रीका दुइटै दाबेदारलाई उम्मेदवारी फिर्ला लिई भनेर दबाब बढ्दै जाँदा म त क्या चिन्तामा परिराछु यार। यतिन्जेल देशमा प्रधानमन्त्री मात्र थिएनन्। दुईटैले फिर्ता लिएर भने, अब त हुँदा हुँदा प्रधानमन्त्रीका उम्मेदवार पनि नभएको देश पो हुने हो कि...


कहाँ गोबर खोज्ने गमैले टाँसियो नाग...

नागप~चमी रहेछ। गम लगाएर टाँसियो नागको स्केच ढोकामाथि। गाईको गोबर खोज्ने ध्याउन्नमा लाइएन। उहिले गाउँघरमा गम नपाएर पो गाईको गोबर प्रयोग गरेका थिए कि। गम लगाएर टाँस्ने फुकाएमा विदेशाँ बस्ने साथीभाइले नाग टाँस्लान। दूध पनि त पहिले गाईको चाहिन्थ्यो नि अब यहाँ डेरीको आधा पाउडर मिसाएको दूध नागलाई चढाइयो। जय नाग......


विल गेट्सको घराँ कति साङ्ला होलान्...

साङ्ला मार्ने उद्योग गरिरहेको बेला हजुरआमाले भन्नुभयो-साङ्ला मार्न हुन्न बाबु। साङ्ला भको घरमा पैसा रहन्छ भन्छन्। बुढीले बुझ्दिनन्न् नभए त उनलाई बिल गेट्स, मुकेश र अनिल अम्बानी, बिनोद चौधरी र राजेन्द्र खेतानका घराँ कति साङ्ला छन् लागिराहा होला है ...


फेसबुकमा जे पायो त्यही ट्यागिंङ

कोही कोहीले जे पायो त्यसैमा ट्याग गर्देर फेसबुके भित्तो सफा गर्दा गर्दा हैरान् त भइयाथ्यो नै। आजभोलि फेसबुके अनलाइनमा त झन् बस्नै नहुने भो। कोही आउँछ मेरो स्टाटसमा कमेन्ट गर भन्छ। कोही आउँछ मेरो फोटोमा कमेन्ट गर भन्छ। तीन हजार साथी छन् कतिको के के मा मात्र कमेन्ट ठोकेर बस्ने यार। हास्नुपर्ने कारण धेरै छन् हा हा हा....


टेलिकमले रातिमा मात्र किन काम गर्छ...

नेपाल टेलिकमले यो पोस्टपेड मुबाइल एकतर्फी भएको मेसेज मध्यरातीमा मात्र पठाउँछ यार खोइ किन हो। राती दुई बजेतिर न कसैलाई फुन गरिएको हुन्छ न फुन आएको नै। मध्येरातमा कसैलाई पनि फोन नगरेपछि ठ्याक्कै त्यतिबेला पैसा सकिएको त होइन होला। हिसाब त दिउसैको हुनुपर्ने हो। टेलिकमको मेसिनले राति राति मात्र काम गर्छ कि क्या हो...


धन्न कोही आफन्त सभासद छैनन...

धन्न आफन्त कोही सभासद छैनन् नभए त टेन्सनै हुने रहेछ नि। एक जना सभासदलाई भारतीय कर्मचारीले मार्ने, अपहरण गर्ने धम्की दिइराछन् रे। अर्का मालेकी सभासद शारदा नेपालीलाई दुई दुई पटक अपहरणको प्रयास भइसकेछ। यी त बाहिर आका कुरा परे। भित्र भित्र कति जनालाई झन् कस्तो कस्तो तनाब दिइरा'होलान्...


Wednesday, August 11, 2010

श्यामशरण आए झै‍ रामशरण पठाउन पाए...

भारतलाई पनि क्या टेन्सन भइराहा होला..सुदले नसकेर बिचराले विशेष दूत पठाथे। तिन्ले नि नसकेपछि केभी राजन पठाएछन्। अब यिन्ले नि सकेनन् भने कुन 'साजन' पठाउने भनेर सोच्दै होला विचरा भारत। उताबाट श्याम शरण आए झै‍ हामीले पनि यताबाट रामशरण उता पठाउने दिन कहिले आउला..


फिल्म हेर्न ५० हजार खुशीले कि...

नवल खड्का भन्ने एकजना ठिकै चलेका हिरोले फिल्म बनाएका छन् 'दशगजा' । एउटा पत्रिकामा अन्तवार्ता दिदैं भनेका रैछन् - मेरो फिल्मको एउटा टिकटलाई ५० हजार रुपैयाँसम्म हालेर च्यारेटी शो हेरिरहेका छन्। अचम्म लागिराछ माओवादीमा प्रवेश गरेका यी हिरोको फिल्म हेर्न कसैले ५० हजार रुपैयाँ खुशीले देका होलान् कि कुरो अर्कै छ.....


महंगीले कपाल काट्न नि गारो हुने भो

नेपाल नाइ संघले पैसा बढाएछन् कपाल काटेको आजट घटीमा ५० रुपैयाँ लिने, त्यो भन्दा कम लिनेलाई कारबाही गर्ने। कपाल पनि नपाली सुख नपाइएला जस्तो भो। अलि अलि भए पनि तालु छोप्न पर्ला बेलाँ नकाटेको कपाल अगाडि सोरेर... (हास्नुपर्ने कारण धेरै छन्....)


यो मायाको स‍सार विचित्र

 हलिउड अभिनेत्री जुलिया रोबर्टस् ले हिन्दु धर्म अनपाएको समाचार पढिरहेको बेला आमाको फोन आएको छ। कहिँ गए पनि घुँडा दुख्ने रोगको उपचार नभएको आमालाई क्रिश्चियन धर्म माने धर्मगुरुले घुँडाको उपचार गर्दिन्छन् भन्याछन् रे छिमेकीले के गर्ने हो भनेर सोध्दै हुनुहुन्छ। यो मायाको संसार विचित्र...


कपालाँ हाइलाइट....

नजिकैको भाइले आठसय रुप्पै खर्चेर कपालाँ टाटेपाटे खैरो रङ हालेर 'हाइलाइट' भन्दै आकाछन्। बिचराका बाउले छोरालाई त केही भन्न सक्दा रैनछन्। मलाई दुखेसो पोख्दैछन्- एक बोरा चामल आउने रैछ, मोराले ... हेर त कपाल बिगार्न खर्च गरेछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Sunday, August 8, 2010

स‌साराका सबै कुरा गर्न मन लाएपछि

शुक्रबार साँझ ठमेमा पार्टी। त्यसपछि, कुमारी हलाँ गर मिडनाइट सोमा फिल्म। सुत्दा १ बजिसक्याथ्यो। बिहान साँढे ५ नबज्दै हिड्दै पशुपतिनाथ ध्रुवस्थली पुगेर शिवपुरीबाबाको समाधिस्थल ध्यान गर्न बसेको त आधा समय निन्द्रामै बित्यो। इन्ट्रेस्ट पनि एउटा कुरा मात्र भए पो। संसाराँ सुने जति कुरा आफैलाई गर्न मन लाउछ.... कहाँ कहाँ मात्र समय दिने हो र ?....

कति पटक चुनाव...

प्रधानमन्त्रीको चुनावमा गोडा पचास चोटी भोट गराइदियो भने त दिक्दार मानेर दुई जना उम्मेदवार आफैले पनि आफ्नो पक्षमा भोट हाल्न छोड्छन जस्तो पो लाओ त। प्रचण्डले पहिला २४०/२५० भोट कटाथे क्यारे चौथो चरणाँ २१३ मा झरेछन्। रामचन्द्रको पक्षमा १२२ भएछ...भदौ २ गते चाहिँ अझ अलि बढी घटाम है...

Thursday, August 5, 2010

भाले मानसिकता!

कस्तो भाले मानसिकता लिएर बसियारैछ भने!घरमा पहिले ल्याएका दुईटा खरायोले सन्तानोत्पादन नगरेपछि भाले भाले परे भन्ने लाग्यो। पछि एउटा पोथी भन्दै खोजेर ल्याएँ। त्यसबाट पनि बच्चा नभए पछि यो पनि भाले नै परेछ भनेर बसियो। भाले मात्रै छ भन्ने खवर पाका एक मित्र हिजो पोथी खरायो लिएर आए। उनले भनेपछि पो थाहा भयो त तीनवटै खरायो पोथी रैछन्। सुरु मै पोथी पोथी परे होलान् भनेर कहिल्यै सोचिएन ...

शरण परेपछि....

अब राजनीतिक विश्लेषकको पगरी गुताइदिइ सकेपछि विश्लेषण पनि गर्न परो नि भारतीय दूत श्याम शरण आकाले अब उन्ले के गर्छन् भनेर केही ठोकियो.... http://www.mysansar.com/archives/2010/08/id/12590 

Wednesday, August 4, 2010

मिस बाहुनी पनि हुने भो

ल गज्जप! कति मिस तामाङ, नेवार, गुरुङ मात्र हुने भनेर अस्ति नै फेसबुकमा लेख्या त एउटा संस्थाले मिस आर्यान (बाहुन,क्षेत्री त होला नि! हुन त 'कथित' दलितलाई पनि आर्यानमा राखिन्छ क्यारे )गराउन लाएछ। साउन ३० सम्म फारम भर्ने म्याद रे, असोज ६ मा प्रतियोगिता। पहिले मिस मंगोलीयन गर्नेले नै पछि मिस गुरुङ, नेवार, तामाङ, शेर्पा, मगर गराएकाले अब भोलि पर्सी मिस बाहुन, मिस क्षेत्री पनि होला समावेशीको न जमाना छ...

विलखवन्दमा विदेशी

रोयल इनफिल्डमोटरसाइकल चलाउन चाहने एक विदेशी मित्रले ठमेलको एउटा कुनोमा पार्कीङ हेर्ने एकजनालाई अनुरोध गरेछ। उसले एक साताको पाँच हजार भनेछ। विभिन्न गल्ली छिराउँदै एउटा घरमा लगेछ। बाइकवालालाई तिर्न भन्दै पैसा लिएर घर पछाडि गएछ र फर्केर आएनछ। पाँच हजार गुमाएको अष्ट्रेलियाली साथी विलखबन्दमा छ...

Tuesday, August 3, 2010

भर्ती खोले हुन्छ सबैले, रोजगारी त पाउँछन्...

ल गज्जप!अलिकति पनि वेरोजगारी हट्ने भएछ। नेपाली सेनामा ३ हजार ४ सय ६४ जनाको भर्ती खुलाइसक्यो। माओवादी सेनाले पनि ३१ हजार ३ सय १५ पुर्‍याउन अहिले रहेका १९ हजार ५ सय ७५ मा थप्न करिब १२ हजार (11740)जनाको भर्ती खोल्ने जानकारी माओवादी सेनाका प्रवक्ता चन्द्रदेव खनालले दिएका छन्। सेनाले भर्ती खोल्न हुन्न भनेर किन हो कुन्नी कोहीकोहीले विरोध गर्छन्। पार्टीले तलब चाहिँ लिनुहुन्न, दुबै सेनाले भर्ती खोले हुन्छ। करिब १५ हजार नेपालीले रोजगारी त पाउँछन्। कति भ्रष्टहरुले मात्र देशको ढुकुटीबाट रकम बुझ्ने, भर्ती हुने सर्वसाधारणले पनि अलि अलि पैसा लिएकै राम्रो नि  Think Positive yar...

अमेरिकामा नेपाली मन्त्री ?

ए नेपाली मान्छे अम्रिकामा मन्त्री भइसक्या रैछन् त। विपी कोइरालाका ज्वाई प्रविन दीक्षित अमेरिकी वाणिज्य उपसहायक मन्त्री भनेर लेख्यारैछ 'कारोबार'आर्थिक दैनिकले। कहिलेकाही अम्रिकाका दक्षिण एसिया हेर्ने उप सहायक विदेश मन्त्री नेपाल आको सम्चार आउँछ। होइन त्यो अम्रिकामा मन्त्री चाहिँ कति छन् टोटल.. कि त्यहाँको उपसचिव-सहसचिवलाई नै मन्त्री नै पद दिन्छन्....

Friendship Day Message...

यसपटकको Friendship Day को अवसरमा सबै साथीहरुलाई तपाइहरुको भाग्य माधव नेपालको जस्तै बलियो होस् भन्ने कामना गर्दछु। कसैले सारै घुर्क्याएर,थर्काएर,रिस उठाएर जागिरबाट निकाल्न खोजेपछि तपाइले राजिनामा दिए पनि तपाइको ठाउँमा कोही पनि आउन नसकुन्;बरु तपाइनै सँधै भइहरे हुनेरहेछ भनुन्। दुई दुई पल्ट बल्याङ् खाएपनि मनले चाहेको कुरामा अरुले नै तानेर ल्याईपुर्‍याइदिउन...