Friday, December 31, 2010

मुन्छेले पत्याउलान् र ? ताजमहल अगाडि..


जब जागा तब सबेरा भनेझैं। जब परिस्थिति मिल्यो तब हनिमुन मनाउन निस्कियो बुढाबुढी बिहेको डेढ दशक जति पछि। बुढीलाई फेसबुकाँ ताजमहलको फोटो राखम् भन्या मान्छेले ताजमहलको पोस्टर अगाडि खिचेछन् भन्लान् नि भन्दै व्यङ्य कस्दैछे। हामी जस्ता सानातिनाले कसैको जडाउरी नै सही ब्रान्डेड सामान लाए नि खासाको भन्ने र ठूलाबडाले खासाकै सामान लाए नि ब्रान्डेड देख्ने म जस्ता थुप्रै छौं नि त यो देशाँ..। तर यो ताजमहलको आगनाँ नै खिचेको हो है।

चञ्चकली मिस कि मेडम

मिस हात्ति प्रतियोगितामा चञ्चकलीले जितेपछि एउटाले मलाई सोध्या, त्यो २८ वर्षीय चञ्चकली मिस थिइ कि मेडम जजले कसरी जाँचे रे, के भन्ने ? सबैको दिमागाँ गतिलो कुरा मात्र खेल्दिने भा भए स‌सार कहाँ यस्तो हन्थ्यो र...

स्कुटरवालालाई बाइकवाली सबैभन्दा रिस उठ्दो रच

तपाइलाई सबैभन्दा रिस केमा उठ्छ भनेर ८/१० जनालाई सोध्या। बाइक चलाउने हिम्मत नभएर लामो समयदेखि स्कुटरआँ सडक नापिरहेका एक पुलिङ्ग मित्रले भने- मेरो स्कुटर अगाडिट कुनै केटीले पल्सर बाइक चलाएर गई भने म सहनै सक्दैन..धेरैले आफ्नो रिस आँफ्नै कारणले निम्त्याउने रचन्...

पाँच महिनाँ संविधान लेख्लान् र

डेढ वर्षाँ नलेखिएको संविधान अबको ठ्याक्कै पाँच महिना भित्राँ लेखिन्छ भनेर पत्याएर आनन्दसँग बस्ने म जस्ता थुप्रै हुलाम् है यो देशाँ। नत्र दवाव दिनका लागि अहिले नै केही गर्दा हुन् नि त यी नागरिक समाज, प्राध्यापक, वकिल, चिकित्सक, इन्जिनियर, पत्रकार के केले बनेको 'पापड'हरुले। कि यसपटक नि जेठ १ गतेदेखि मात्र बानेश्वराँ अगाडि धर्ना देर सडक जाम गराउने विचाराँ छन् यी सबै...

Wednesday, December 29, 2010

जुलुसले दिएको दुःख



होटलट १२ बजे चेकआउट हुन दिल्लीको चाँदनीचोकबाट पहारगन्ज पुग्नु थियो। बाटोको आफ्लाई ज्ञान थिएन। यसो टेम्पुआँ चढेर जाऔं भनेको बाटाँ क्रिसमस मनाउनेको विरोधाँ आर्यसमाज भन्नेको जुलुस। राम राम कति लामो भने जुलुस नि, कम्ता अत्याएनन् यार भारतीयहरुले। १० किलोको झोला बोकेर चार किलोमिटरजति हिड्याँ हिड्यै भइयो। होटल पुग्दा १ बज्याथ्यो। होटलवालाले डेढ सय रुप्पै थपेर नलिइकन झोला बाहिर निकाल्न मरिगए दिएन। हताराँ भाका टुरिस्टलाई जुलुस देख्दा कति रिस उठ्दो हो...

मिस सुँगुर/मिस कुकुर नि भइरा होला

साथीको मेसेज आको र'च। आफ्नी मोटी श्रीमतीलाई मिस हात्ति प्रतियोगितामा जाने कि भनेर सोधेको रे श्रीमती आफ्लाई व्यङ्य गरेको भन्दै बम फूलेर बसेकी छिन रे। सौरहामा मिस हात्ति प्रतियोगिता भइरहेको जानकारी कतै अनलाइनमा भए पठाइदिनु भन्दैछ। मान्छे आफ्हरु त मिस बच्ची,मिस युवति,मिस किशोरी,मिस बाहुनी,मिस गुरुङ्नी गरिराथे अब हुँदा हुँदा जनावरलाई नि मिस टाइटल दिन थालेछन्। विश्वाँ कतै कतै अहिले मिस कुकुर/मिस सुँगुर पनि भइरा होला है..

बस साहित्य


हरिद्वारमा गर गंगामा नुहाको भर होला आज बिहान भाग्यले माइक्राँ अगाडिको सिट पाइयाथ्यो। त्यही बेलाँ अगाडिको बस पछाडि देखिएको साहित्य.....

प्यारले मान्दैन जात भात
प्यासले भन्दैन धोवीघाट
मलाई चाहिन्छ बाँचुन्जेल
यस्तै गाडीको साथ

सेक्स पावर बढाउने...


भारतको उत्तरप्रदेशमा गोरखपुरदेखि आग्रासम्म जहाँ जहाँ गइयो। आधाजसो वालपेन्टिङमा यो र यस्तै खाले 'मर्दना फर्काइए', 'सेक्स पावर बढाइए','फन्ला डाक्टरको मिलिए' भन्नेजस्तो विज्ञापनले भरेको देखें यार।
मलाई अचम्म लागेको चाहिँ जहाँ जहाँ यो विज्ञापन हुन्छ। त्यहाँ त्यो डाक्टरलाई बुधबार भेट भनेर लेखिएको थियो। मेरो सेक्स पावर कम भयो भन्दै बुधबार गएर डाक्टरकोमा लाइनमा उभिने को हुन्छ होला।

 एउटा भारतीयलाई तिमीहरु यताकाको 'पावर' कम छ हो भनेर सोधेको धन्नै कुटेन यार...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

म्याराथन पर्यटन

ग्रामिण,वातावरण-मैत्री,यौन,धार्मिक पर्यटन के के हो पर्यटन त सुनेको। म्याराथन पर्यटन भन्ने हुन्छ कि हुन्न कुन्नि। नभए पर्यटनमा एउटा नयाँ शव्द जन्माइदन मन लाओ(Marathon Tourism).११ दिनको ट्रिपमा लुम्बिनी,गोरखपुर,हरिद्वार,ऋषिकेश,देहरादुर,अमृतसर-पन्जाब,वैष्णोदेवी-जम्बु,दिल्ली,आगरा,मथुरा,बृन्दाबन पुगेर काठमाडौं हाजिर भइयो। धेरैजसो रेल र बसैमा सुतेर भारत घुमियो...

नुन खुर्सानी खार भारतीयहरु रुखा भाका होलान्

भारततिर १०/१२ दिन भौतारिँदाखेरि बुझियो.. यो नुन खुर्सानी धेरै खाने मानिस धेरै रुखा, खस्रा र तनावमा धेरै हुँदारहेछन् क्यारे...। जे गर्दा पनि हप्काए झैं गरेर बोल्ने रहेछन् उत्तरतिरका अधिकाशं भारतीयहरु...

Thursday, December 16, 2010

दाइँमा...

गाउँघर डुल्दै गर्दा, तनहुँको पुरकोटमा एकजना किसान बासँग भेट हुँदाको फोटो।(फोटो : विद्या चापागाई)
धेरै वर्ष भयो दाइँभात नखाएको,
परालमा लडिबुडी नखेलेको,
दाइँमा गोरु धपाउँदै गर्दा गोरुले गोब्य्राएको गोबर परालले पोको पारेर नफालेको,
लुँडा बेरेर परालको भारी नबोकेको,
टौवा नजिक भारी नबिसाएको...

पारस प्रहारबाट बचेका रुबेल पत्रिका प्रहारबाट आहात

केटाकेटीमा वादविवाद प्रतियोगितामा कत्तिको भाग लिन्थे कुन्नि रुबेल चौधरी,' बन्दुक भन्दा कलम बलियो' भन्ने अब त बुझ्छन् होला नि बिस्तारै। पारसको बन्दुक प्रहारबाट बचेका रुबेल अब पत्रिकाको प्रहारबाट बच्न सक्लान त.. तै पनि नेपालका पत्रकारको के भर भन्छन् कोही कोही।

सुजाता बिगार्ने त ज्वाई पो रचन्

सुजाताले गिर्जाबाउलाई भ्रष्ट बनाइन्, बिगारे भन्थे कोहीकोही। बंगालादेशी ज्वाइले नि सासुबाट सिक्यारचन्। अब को कोले सुजाता दि त राम्रै हुन् उन्का ज्वाई रुबेलले बिगारेका रचन् भन्ने हुन्। फिलिमवालाहरु पुरै शान्त छन् त यस्तो कथामा ट्विस्ट आएको आइ बेलामा म फिलिम बनाउँछु भन्ने कोही निस्क्या छैनन त...

Wednesday, December 15, 2010

पारस भन्दैछन्-मैले गोली चलाएकै छैन

पारश शाहले वकिलहरुको गाली खाए-किन विज्ञप्ति निकालेर गोली चलाएको स्वीकार गरेको? अब घटनाले नयाँ मोड लिने भयो। पारसले प्रहरी वयानमा आफूसँग बन्दुक पनि नभएको, गोली पनि नचलाएको भन्नेछन्। विज्ञप्ति पनि आफूले जारी नगरेको भन्नेछन्। ठूलावडाले नै त हो कानुन 'नु' कहिले तर्कुले त कहिले वर्दने घुमाउन जानेका...

Tuesday, December 14, 2010

एटिएमसँगै शौचालय

पुल्चोकको एउटा एटिएममा पैसा झिक्न लाइनमा बसेको। हरेक मानिस भित्र गएसी १५/२० मिनेट भुल्दिएर टेन्सनै गराइदिए यार। यसो सोचे‌ यो एटिएम मेसिन राखेको ठाउँमा ट्वाइलेट पनि थप्दिएछ कि के हो बै‌कले...शहराँ सार्वजनिक शौचालयको कमि पनि छ। एटिएममा पैसा झिक्न उसै पनि १५/२० मिनेट लगाउने भएसी शौचालय थप्दिए हुन्छ बै‌कहरुले, अरुको भन्दा फेसिलिटी बढी भन्न नि पाइने...

पारस र लोकतन्त्र

पारसमाथि कारबाही सुरुहुँदा गणतन्त्र आएजस्तो लाग्यो
कालीबहादुरहरूलाई नि कारबाही भए लोकतन्त्र भएजस्तो लाग्थ्यो
अन्य थुप्रै भ्रष्टाचारी बहादुर र प्रसादहरू जेलमा कोच्चिए
यो देशमा कानून रहेछ भन्ने थाहा हुन्थ्यो...

नत्र भने शाहका ठाउँमा कोइराला आउन् कि दाहाल
आउन् वैद्य वा देउवा या आउन् खनाल वा नेपाल
सबैले राज्यबाट बराबरी फाइदा नपाए
टिक्ने छैन प्रजातन्त्र
बन्ने छैन देश, सुध्रिने छैन देशको हाल

निमुखाका दिन नफरिने भए लोकतन्त्र आए पो के
गणतन्त्र रहे पो के नरहे पो के
कुरा गर्नेभन्दा काम गर्नेको जय हुने भए
केही झण्डावाल र डण्डावाल सँधै कानून भन्दा माथि हुनेभए
संविधान लेखे पो के नलेखे पो के

सँधै त्रासमा बाँच्नुपर्ने भएपछि
शान्ति प्रकिया सकियोस् कि रोकियोस्
कुर्चीमा बस्नेले सँधै आफू, आफन्त, पार्टीलाई मात्र हेर्ने भएपछि
सरकार बनोस् कि नबनोस्
हामीलाई मतलबको कुरै भएन

पारसमात्र कोचिएर के गर्नु,
सैयौं देश सोस्ने सारसहरु बाहिरै भएपछि
लोकतन्त्र, गणतन्त्र मात्र आएर के गर्नु देशमा सँधै भद्रगोल भएपछि

(कवितालाई काँटछाँट, थप्ने घटाउने स्वतन्त्रता तपाइमा छ...)

पारस प्रहरी खोरमा

ल गणतन्त्र आको पक्का हुन लाओ। प्रहरीले पारसलाई पोखराको फुलबारी रिसोर्टाँ सोधपुछ गरिरहेको छ रे। अब केही समयपछि पारसलाई चितवन लाने सम्चार आयो। चितवनाँ मुद्दा नि परेछ पारस शाहलाई। बाँची बसे के के देख्न पाइन्छ पाइन्छ....

फिलिम फेस्टिबल कि एनजिओको गोष्ठि

धन्न यो किफ्म भन्ने काठमाडौ‌ हिमालयन फिलिम फेस्टिबल सक्याए। डकुमेन्ट्री हेर्न नजाम् सोसाइटीमा नपरिएला भन्ने चिन्ता। जाम एनजिओका लाई पैसा लिएर उनीहरुका लागि बनाइदिएको डकुमेन्ट्री भक्काभक फेस्टिभलाँ देखाइरचन्... मै‍ले हेरेका आधासरो डकुमेन्ट्री त फेस्टिबलाँ हेर्न बस्या हो कि गैर सरकारी संस्थाको गोष्ठिआँ भनेजस्तो थियो... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

बराबर सजायँ मिल्दैन

आशय करणी गर्न खोज्नेलाई कारबाही हुन्छ भन्थे साथीभाइ। आशय बन्दुक हान्न खोज्नेलाई के हुन्छ कुन्नि, हाम्रा बंगालादेशी ज्वाइले ' मसँग बन्दुक भएका भए फायर गर्थें' भनेका छन्, आजको नागरिक पत्रिकामा। कहाँ बन्दुकै हान्ने पारस कहाँ बन्दुक भए हान्थे भन्ने रुबेल। बराबर सजाँय त गर्न मिल्दैन है...


सुजाताको श्रीमान् बारे नि जानम्न...

पारस काण्डपछि सुजाताको ज्वाईका विषयमा त धेरै जानकारी पाइयो। टिभी पत्रपत्रिकाँ पुरै छाइरहेका छन्। मलाई सुजाता दिको श्रीमान्का विषयमा नि जान्ने भन थियो। खोइ पारस काम्रेड जर्मन गर केही नगरेसम्म नेपाली पत्रकारहरुले लेख्दैनन् होला त; धेरै जसो म जस्तै कुरा बडा मात्र गर्ने त हुन् नि...

Monday, December 13, 2010

पारस नि सुध्रिएछन्

कसैले पारस सुध्रिया रैनछन् भन्यो भने कुट्दिउँ जस्तो लाग्छ यार। पारस काम्रेड(भोलिपर्सी होलान् नि त बाँचीबसे के के देख्न पाइन्छ पाइन्छ।)ले पहिले पहिले गोली चलाए भने, मान्छे कुटे भने, एक्सिडेन्टमा मारे भने 'मैले गर्‍या हुँ' भनेर वक्तव्य निकाल्थे? यी अहिले बकाइदा निर्मल निवासबाट वक्तव्य आयो। अझ सुध्रिएसि 'मैले गल्ति गरें' ...भन्दै पुलिस थाना जान्छन्, हतियार बुझाउँछन्। जे नि बेला आएसी हुने त होनि आत्तिएर मात्र हुन्छ...

कहाँ आसान्ज कहाँ दीपक

मान्छेकै दिमाग भएर क्यार्नु? कहाँ आसान्जको दिमाग कहाँ दीपक भट्टराईको दिमाग। कहाँ अम्रिकाको हजारौं गोप्य केवल पनि ह्याक गर्न सक्ने आसान्ज दिमाग कहाँ छिमेकीको वाइफाइको पासवर्ड पनि पत्ता लाउन नसकेर सुबिसुको केबल नेटले धोका दिँदा छटपटिएर बस्ने दीपकको दिमाग...सबैको दिमाग एउटै छैन र पो संसार रमाइलो भा...

Friday, December 10, 2010

रिन तिर्नलाई आर्टिकल खोज्दै

आफूले लेखेका कुनै लेख रचना वेवसाइटमा कतै छ कि भनेर खोजिराछु। आजभोलि अनलाइन बस्नै हुँदैन त मान्छेले लि‌ङ्क पठार, यो मेरो पढ्नुस् है भन्न थालिहाल्छन्। आफ्नो नि पाइयो भने तिन्लाई पनि च्याटाँ आउनासाथ लिङ्क पठार पै‌चो तिर्न परो नि। अर्काको रिन खार मर्न त भएन नि...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

पत्रिकै पिच्छे फरक खवर

क्या टेन्सन भो यार आज चार'टा पत्रिका पढ्दा: कान्तिपुर र काठमाण्डु पोस्टले लेखेको 'भारतले राजदूत राकेश सुद'लाई फिर्ता बोलाउने भनेर लेखेको सम्चारलाई पत्याउने कि ? अन्नपूर्ण पोस्ट र हिमालयन टाइम्सले लेखेको 'भारतले राकेश सुदलाई फिर्ता बोलाउन लागेको छैन' भनेको सम्चारलाई.... पत्रिकाहर्ले नि बेलाँ बेलाँ लाइन चेन्ज गर्छन् भन्थ्यो एउटा साथी। कुनले आधिकारिक सम्चार दिने हुन् कुन्नि...

छोरी बुहरी खुशी


मलाई समाचार हेर्न मन मर्दै गा'कोमा घरका छोरी, बुहारी खुशी भा'का छन्।
(मज्जा लागेर चोरकेो ट्विटरबाट mildmilan)

झण्डा देशको होइन माउवादीको फेरम् न

माउवादीलाई झण्डा नेपालको होइन, तिमीहर्को पार्टीको चाहिँ चेन्ज गरन हउ भनेर सल्लाह दिन मन त छ; त्यो अर्कै देशले प्रयोग गरिसकेको झण्डा कति नेपालाँ देखाइरहने। तर के गर्नु डर पनि छ। शक्तिहुनेले जुलियन आसान्ज बनाइदिने हुन् कि भनेर एउटा साथीलाई भन्या। उसले स्विडेन नगा भए र वधुहरुसँग सम्पर्क नगर्याभए डराउन पर्दैन...

एड्सकर्मीले आसान्जलाई सजायँ दिनुपर्छ...

अरु जो जो विकीलिक्सका जुलियन आसान्जको समर्थक भए नि एड्सकर्मी(एड्समा काम गर्ने)हरु भने पक्का नि यिनसँग रिसाआ होलान्। अब पुरुष परिवार नियोजनको अस्थायी साधनमा गम्भीर समस्या देखिइएको जानकारी पार्टनरले दिइसकेपछि नि सम्पर्क जारि राख्ने हो त?एच आइ भि पोजिटिभ भाइरस त्यसरी नै हैन त नि सर्ने...स्विडेनको अदालतले छोडे नि एड्सकर्मीहर्ले अलिकति सजायँ दिनुपर्छ है आसान्जलाई...

बिहेको सिजनाँ पार्टी प्यालेस नजिक घर

हिजो मध्येराततिर एउटा साथीले पठाको मेसेज- 'तेरो घर नजिकै त पार्टी प्यालेस छैन होला केरे। मस्त सुतिरा होलास् नि।' यो बिहेको सिजनाँ पार्टी प्यालेस वरिपरि घर हुनेलाई टेन्सनै हुँदोरहेछ। बिहेमा जति ठूलो म्युजिक घन्कार अरलाई डिस्टर्प गर्न सको उति लामो बैबाहिक गठवन्धन रहन्छ भने झैं चलन रछ के रे शहराँ...

संसारभरका प्राविधिकलाई एउटै समस्या

कम्प्युटर(हार्डवेयर/सफ्टवेयर)अलि जानेको मान्छेले सँधै भोगेका हुन्छन् होला यो कुरा : जुलियन आसान्जलाई वेलायती पुलिसले पक्रिएर लगेपछि सबैभन्दा पहिले भनेछन्'हाम्रो अफिसको इन्टरनेटमा सँधै समस्या आइरहेकोछ लउन बनाइदिनु।'मेरा एक जना गाँउले भेनाजु प्लम्बर थिए,ससुराली आउँदा बिचराले ससुराली खलकका सबका घराँ बिग्रेका पानीका पाइप मिलाएर मात्र फर्कन पाउँथे। संसार भरका प्राविधिकहरुको एउटै है समस्या..

माउवादीसँग भिड्नलाई तयारी

ए मैले बुझ्दिन भन्ने ठानेका होलान् एमालेका विद्यार्थीहरुले। हिजो ठोकाठोक, चुल्टो तानाँतान गरेको त्यस्सै हो र ? संसदाँ भोलपर्सी माउवादीसँग लड्न पर्नेभए पछि अहिलेदेखि नै पार्टीभित्र प्रेक्टिस गरिरा हो ल पक्कै... स्योर। सबै पार्टीभित्र यस्तै प्रेक्टिस गरेर दुई चार सय भविष्यका नेतालाई उठ्नै नसक्ने गरी ठोक्दिम्न। देशाँ नेता धेरै भर टेन्सन भइराछ भन्न नि नहुने मानवअधिकारवादीले नै मार्लान....

काँग्रेसको वेवसाइट अपडेट भएन

काँग्रेस ऐतिहासिक पार्टी हो भनेर आज फेरि प्रमाणित गर्‍यो। काँग्रेसको वेवसाइट www.nepalicongress.org मा हेरेको सभापतिमा अझै गिरिजाबाबु रछन्। उही पुरानै छ केन्द्रीय सदस्यका नामहरु पनि।http://www.nepalicongress.org/files/biodata.php स्वर्ग/नर्क कता छन् कुन्नि गिर्जाबाउ उतैट काँग्रेस चलाइरहेछन् कि के हो। सुशील दाले बैठक पनि अनिश्चितकाललाई रोक्दे ....

विदेश नजाउ भनेर सम्झाइदिने मान्छे चाहियो

युरोप गाका प्रधानमन्त्री माधव नेपालले माओवादीलाई सम्झाउन युरोपेलीहरुको सहयोग मागेछन्। मलाई पनि एउटा सहयोग माग्नु थियो हाम्रा प्रधानमन्त्रीलाई विदेश भ्रमणाँ जान कम गर्न कसलाई सम्झादिनुस् भन्ने होला ? लउ न प्रधानमन्त्रीले गर्दा होला अरु मन्त्री र नेताहरु नि भटाभट विदेश जान थाले। सबैले ठूलाबडाकै सिको गर्दा रचन्...

Wednesday, December 8, 2010

हुलाकीहरु शुभ समाचार लिएर फर्कन्नन्

हुलाकीहरु कहिल्यै
शुभ समाचार लिएर फर्कन्नन् !

भ्रमणका लागि सँधै र्‍याल काड्ने
फर्केर आउँदा
देशको चिन्ता विदेशीले लिएको सन्देश दिने
पूर्व होस् या वर्तमान
राजा होउन् या प्रधानमन्त्री
प्रजातन्त्र होस् या गणतन्त्र
नेता हुन् या मन्त्री
एयरपोर्ट झरेपछि तिनीहरु एउटै खबर दिन्छन -
‘हाम्रा विषयमा विदेशीले चासो देखाए;
देश विग्रन्छ कि भनेर चिन्ता देखाए !’

सबै हुलाकीहरु

नेपालाँ त्यस्सै गणतन्त्र आएको होइनर'च। नेपालका प्रधानमन्त्री, मन्त्रीहरु विदेशट फर्किँदा विदेशीले चिन्ता व्यक्त गरेका छन् भन्थे। पूर्व राजा ज्ञानेन्द्र शाह नि भारतट फर्किएर भने 'भारतीय मित्रहरु चिन्तित छन्'.. अरु नेताजस्तै हुलाकी भनेर फर्किएछन् ज्ञानेन्द्र शाह नि। नेपालाँ हुलाकी भन्दा माथि जान सक्ने कोही रहेनच। सब बराबर... सब बराबर

जाडो बढ्यो काठमाडौंआँ

जाडो बढेको पक्का भो। केटाकेटीमा मल बोक्दा सड्किएको कम्मरको नसा आजट दुख्न थाल्यो। आज बिहान Khagendra Lamichhane ले स्कुटराँ अफिस ल्याए। पछाडि बस्नेको त चिसोले त्यो हाल भयो भने मोटरसाइकल चढाउनेहरुको के हाल होला। समवेदना है मित्रहरु। आफू सधै गाडीमा हिड्ने भर मोटरसाइकलवालहरुको पीडा थाहा थिएन नि। गाडी भन्या माइक्रा र ठूला बस है, फेरि बधाइ दिनुहोला...

मुर्ख र आशावादी हुनु नै राम्रो

I'd rather be optimistic and a fool than pessimistic and right. (चोरेको हो है। मेरै भनाई भनेर झुक्किनुहोला नि। )

शहराँ चिनीरोग बढेचन...

शहराँ चिनी रोगीहरु बढेजस्तो लाओ। एउटा चल्तिको शौचालयको पुरुष विभागमा गाको। पिसाब फेर्ने टब वरिपरि बथान मौरीहरु झुम्मिरहेका थिए। तिनले उत्पादन गर्ने मह कस्तो होला? धत्तेरिका मह खान नि डर लाओ....शुद्ध त केही पाइने जमनै रहने यार।

माउवादी सुध्रिएछन् त

कल्ले भन्च माउवादीहरु परिवर्तन भाछैनन् भनेर। माउवादी लडाकुले अमेरिकी राजदूत डेलिसीलाई आफ्नो शिविराँ स्वागत मात्र गरेनन्। हाम्रो सर्कारको पोल पनि लाइदिए रासन र पाकेट खर्च पाएनम् भनेर 

ई! एफएमले त हिन्दी फिलिमै बजाउन थालेछन् ...

काठमाडौआँ गोडा तिसेक एफएम स्टेसन छन् क्यारे। के के मात्र बजाउने हो र भनेर होला ? आजभोलि दुई तीन्टा एफएमले साँझ परेपछि पुरै हिन्दी फिलिमको अडियो बजाउन थालेछन्। लोडसेडिङ भा बेलाँ ठिकै छ। केटाकेटीहरु / बुढाबुढीहरु अलि कल्पनाशील नै होलान्....


Saturday, December 4, 2010

माओवादीको कुरा सुन्दैन क्या हो चीन ?

माउवादीलाई धोका हुने त होइन ? प्रचण्डले चाइना जाँदा चिनियाँलाई भारतसँग वार्ता गर्दा नेपालको नि कुरा गर्न भन्याथे। तर wikileaks मा त भारतीय विदेश सचिव निरुपमा रावको हवाला दिदै‌ चीनले दक्षिण एसियामा मध्यस्थकर्ताको भुमिका नखेल्ने भन्छ त बा।
Chinese Premier Wen Jiabao had told Prime Minister Manmohan Singh in Copenhagen th
at China has no intention of playing any mediating role in South Asia.

Cable sent 28/01/2010 C O N F I D E N T I A L SECTION 01 OF 04 NEW DELHI 000163
Dec 3 ·  ·  · Share

जीउ बिग्रियो...

कस्तो भो यार साला जीउ पनि। चिया-कफी दुई कप खायो रातभर निन्द्रा पर्दैन। नखाइबस्यो, पेट चिसो भइरहन्छ। जाडो लाओ भनेर तातो पानी खायो, नाक सुख्खा भइरहन्छ। लउ भएन चिसो पानी खायो, घाँटी दुख्छ...केही गरे सुख पाइएन यार...

Dec 3, 2010 1:17pm ·  · 

Friday, December 3, 2010

पोलेर खाने भए यार समय जति...

कति जान्या हुन् पार्टीहर्ले संविधान लेख्ने र शान्ति प्रक्रिया लम्ब्याउने तरिका। अस्ति नै माउवादी जति पालुङटार ग'र वार्ता भएन। अहिले एमालेका अध्यक्ष, प्रधानमन्त्री विदेश गएर वार्ता हुन पाछैन। अब उनीहरु फर्किएसी बैठक गरेर मिलाउलान् नि भनेको त। माउवादीले हिजो आज गर्ने भनेको केन्द्रीय कमिटी बैठकलाई दुई साता पर सारेछन्। अब एमालेहर आएसी फेरि माउवादी बैठकाँ ब्यस्त हुने होलान्। पोलेर खाने भए यार समय जति..


किन पाए हउ प्रधानमन्त्री नेपालले पुरस्कार?

कम्बोडिया गाका प्रधानमन्त्री नेपालको हवाई रुट खत्रा रच। काठमाडौंट ३ घन्टाँ बैंकक र त्यहाँट १ घन्टाँ नोम्पेन्ह पुगिने यात्रा छोडेर जहाज चढ्न रमाउने भर होला प्रधानमन्त्री नेपाल यहाँट ५ घन्टाँ दोहा, त्यहाँट ७ घन्टा पूर्व बैंकक र १ घन्टा उडेर नोम्पेन्ह गएचन। त्यही धेरै उडे भनेरै हो कि के हो उन्लाई त कम्बोडियामा 'आइक्याप लाइफ टाइम एचिभमेन्ट अवार्ड' दिएछ नि। क्यार्न पर्छ हो त्यो पुरस्कार पाउन?....

भिआइपी कक्षमा हराको के भेट्टाइएला र ?

अरु देशाँ त रेलाँ पर्स हरायो भने नि पछि पाइन्छ भन्ने सुनेको। हाम्रा त विमानस्थलको भिआइपी कक्षबाटै डिजिटल क्यामेरा हराएछ। त्यो नि चानचुने मान्छेको हो र? राष्ट्रपतिकी छोरी अनु यादवको। हाम्रो हरा भए त के खोजीनीति हुन्थ्यो र राष्ट्रको श्रीमान(पति)को बेटीको हरा भर चार जना पुलिस र केही सेनाहरु डिजिटल क्यामेराको खोजीमा लाइरचन् रे। भेट्टाउलान् र, भिआइपीमा कक्षमा ठूलाबडा मात्र जाने हो क्यारे ...


Thursday, December 2, 2010

बंगालादेशले नि दबाब दे'को

ए आमा नि हौं वंगलादेशले नि हेप्न थाल्या हाम्लाई। बंगलादेशी राजदूत निमचन्द्र भौमिकले कांग्रेस सभापति सुशील कोइरालाई महाराजगन्जस्थित घरैमा गर भेटेर सुजाता कोइरालालाई पार्टी उपसभापति किन नबनाको... तुरुन्त बनाउ भनेर दबाब दिए भन्ने सम्चार आयो नि आज त। सुजाता दीको छोरीको के वंगलादेशीसित बिहा भाथ्यो बंगलादेशीको यत्रो फूर्ती नेपालाँ र काँग्रेसाँ......(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Wednesday, December 1, 2010

कामचलाउ टिकाउन सिक्ने

प्रधानमन्त्री बेल्जियम जानला'को कारण ईयुको युरोपियन विकास दिवसाँ भाग लिन हो भनेर पत्याउने मजस्तै होलान है अरु पनि कोही कोही। बेल्जियमा विगत सात महिनादेखि कामचलाउ सरकार छ। कसरी रच कामचलाउ सरकार धेरै समय टिकाउने भनेर सिक्न जान लाको त मरे पनि होइन के रे है... (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

धन्न बिचाँ पाँच दिनलाई प्रधानमन्त्री नेपाल देश आए

रुसाँ भा बाघ सम्मेलनमा भाग लिन गाका प्रधानमन्त्री नेपाल घर नफर्केर उतैबाट कम्बोडिया अनि उतैट बेल्जियम गा भए प्लेन भाडामा अलिकति भए नि देशको पैसा जोगिन्थ्यो होला नि भन्दैछ साथी। देशबासीको मायाले पाँचै दिन भा पनि प्रधानमन्त्री नेपाल आए झै मान्या होला, मुला। 

प्रधानमन्त्री बीचाँ नेपाल आउनुको कारणै थाहै रैनछ। म जस्तै सर्वसाधारण रैछ प्रधानमन्त्रीकी छोरीको अस्तिको बिहेको निम्तो नै पाएनछ विचराले...


Tuesday, November 30, 2010

अम्रिकीले नेपालीलाई के भन्या होलान्?

इटालीका प्रधानमन्त्री बेर्लुस्कोनीलाई 'अप्रभावकारी', रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई 'अल्फा डग', फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीलाई 'अधिनायकवादी', जर्मन चान्सलर एन्जेला मार्केललाई 'खतरा लिन नचाहने व्यक्ति' र अफगान राष्ट्रपति हमिद कारजाईलाई 'कमजोर र षडयन्त्रकारी' भनेका अम्रिकी अधिकारीहर्ले नेपालका पूर्व-हरु राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, प्रचण्ड, प्रधानसेनापति रुक्माङ्द कटवाललाई के के भन्या होलान्। 
लउन कोही ह्याकर छैनौ नेपालाँ ? छिटो त्यो विकिलिक्सको नेपाल प्रतिवेदन सार्वजनिक गर्दियाओ न हतार भइसक्यो आफ्लाई जान्न...

आफ्ना कोही मन्त्री भए पो विदेश घुम्नलाई

एकाबिहानै मेसेज आछ एउटा पत्रकार साथीको : आफू त मन्त्री भइन्न भइन्न आफ्ना त नातागोता नि मन्त्री हुने खालका छैनन्। नभए त स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले आफ्ना शिक्षक दाइ रमाकान्त चौधरीलाई स्वास्थ्य प्रणाली सम्बन्धी इथोपियामा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनाँ भाग लिन पठाए झैं कुनै अन्तर्राष्ट्रिय सम्मेलना जान पाम्दा हुँ नि...।

विकी लिक्समा आँखा

wikileaks.org मा आँखा टाँसेर बसिराछु यार म त। नेपालाँ भाको अम्रिकी एम्बेसीले के के सुचना पठारच त आफ्नो सरकारलाई भनेर। नेपालाँ अम्रिकाने दुताबासको को कस सँग कस्तो कस्तो साँठगाँठ रच भन्ने पनि बुझ्न पाइएला नि। तर चिन्ता छ यार कतै आफूले आदर गर्ने व्यक्तिहरुको नाम पो दुताबासबाट भटाभट पैसा लिनेहरुमा पर्ने हुन् कि?

Monday, November 29, 2010

थपेको ६ महिना नि सकियो

लु सभासदहरु संविधानसभाको थपेको एक वर्ष मध्ये ६ महिना त शाकाहारी भाषाँ सिन्को नभाँचीकन मांसाहारी भाषाँ माखो नमारीकन सिध्याउनुभएछ क्यारे। बाँकी छ महिना रह्यो। अब चाहिँ आफ्ना शिर्ष भनिएका नेताहरुलाई चिमोटेर, निमोठेर, घुर्क्याएर, थर्काएर संविधान बनाउन लगाउनुहोला। नत्र, नत्र......। नडराउनुहोस् हामीलाई चिनिहाल्नुभो नि, हाम्ले केही नि गर्दैनम्, देशाँ फेरि हिंसा हुनुभन्दा एक वर्ष थप्नुस भन्छम्।

लास्ट लास्ट बेलातिर छिटो संविधान लेख भनेर दबाब दिएम् भनेर नरिसाउनुहोला है। अहिल्यैबाट दबाब त हामीले नागरिक समाज वुद्धिजिवी कसैले पनि देका छैनम् नि। अहिल्यैबाट दबाब दियो भने त संविधान लेखिन पनि सक्छ। 

कहाँ डेनमार्कको कोपनहेगन कहाँ मेक्सिको

यो मेक्सिको भन्ने देश त्यति गतिलो होइनछ भन्ने थाहा पाइयो। 

पोहोर जलवायु परिवर्तन सम्बन्धि सम्मेलन डेनमार्कको कोपनहेगनाँ हुँदा सात सय जति नेपाली गाथे। जान पाउने र नपाउने बीच कत्रो तानातान हानाहान थियो। महिना एक जति मिडयाँ त्यस्कै चर्चा थ्यो। 


अहिले त्यही सम्मेलन मेक्सिकोको क्यानकुनमा सुरुभो। न नेपाली मिडियाँ त्यस्को चर्चा छ न त्यता जानलाई लुछाचुँडी। एउटा वातावरणविदलाई सोध्या-युरोप अम्रिकाँ जस्तो उत्तरी अम्रिकाँ लुकेर फाइदा छैन रे के... अनि रमाइलो नि युरोपाँ जति छैन होला  नि कि कसो हो?

Sunday, November 28, 2010

माओवादीको छुट्टाछुट्टै मेस

पालुङटाराँ माउवादी मेसको भात खान पाइयो एकदिन। आर्मी, पुलिसको भान्साँ अफिसर्स मेस र जवान मेस भन्ने देख्दा यही होला सामन्तवाद भनेको सोचेर बसिराथें। 

साम्यवादीहर्को नेतादेखि कार्यकर्तासम्म सबैको एउटै मेस होला भनेको त्यहाँ नि केन्द्रीय पदाधिकारी र अन्यका लागि छुट्टै मेस हुँदो रचत। मेसको सजावट नै फरक फरक। 

पत्रकारहरूले हुलास बासमति चामलको भात छ भित्र भन्थे, हाम्लाइ त चोइला परेको सोना मनसुली चामलको भात जस्तो पो दिए त भित्र...


धेरै जना भएर व्यवस्थित गर्न छुट्टाछुट्टै मेसको व्यवस्था गर्या होलान्। नभए त साम्यवादीहरुको त नेतादेखि कार्यकर्ता सम्मको खवाई, बसाई, लवाई एउटै छ होला।   

पालुङटाराँ पिप्ली लाइभ

विचरा माउवादी नेताहरूको विजोग रचनि पालुङटाराँ। घन्टैपिच्छे लाइभ गर्ने टिभी पत्रकारहरु 'पिप्ली लाइभ' फिलिममा झै‌ बल्छी थापेर बसेका र'छन्। जो आयो त्यल्लाई समातेर, उचालेर, घचटेर माइक भाटाँ लगेर लाइभ बनाइदिहाल्दा रहेछन्। अनि तपाइको नाम के हो, यहाँ किन आ भनेर अन्तवार्ता सुरु। एकजना पीडित होलान् मिडिया सेन्टरट अलि पर आएसी भन्दै थिए बल्ल बल्ल आज त जोगिएर आइयो....


पालुङटारको यात्रा

पालुङटार नगए त पत्रकारै भइन्न झै‍‍ गरे त। लाइयो अब पालुङटारतिर डेड सय रुप्पेको बादली चश्मा लाएर। आँखाको रोग हुन सक्छ क्या धेरै जना भेला भए ठाउँमा....

Thursday at 8:54am ·  · 

Wednesday, November 24, 2010

देश निर्माणको जिम्मा सिमेन्टले ल्यारचन र नेताहर्लाई मस्ती

नेताहर्ले देश विकास निर्माणाँ किन ध्यान नदिया भन्ने त बल्ल पत्ता लाएँ। नेपाली टिभीहर्मा शक्तिमान, अम्बे, निर्माण, मारुती, शालिमार के के जाति सिमेन्टका विज्ञापन हेरेको सबैले देश निर्माणको जिम्मा अब यो सिमेन्टलाई भन्दै भव्य शहर, पुल, महलहरु देखाका-देखाइ गर्दारचन्। देश निर्माणको जिम्मा सिमेन्ट कम्पनीहर्ले लिएसी नेताहर्लाई केको टाउको दुखाई। हेर्या हो टिभीआँ सिमेन्टको विज्ञापन ?....

90 रुपैयाँमा माना एक मकै

लउ सन्जयलिला भन्सारीको फिलिम आयो भन्दै एउटालाई लिएर गुजारिस हेर्न सिटी सेन्टर गाको।
टिकटैआँ  नै सात सय खर्च भओ।
भुट्या मकैलाई पर्नेभन्दा १० गुना पैसो तिरेर नखाने विचार्ले हाफटाइममा चुपचाप सिटाँ बसिराथें। बर्बाद पार्दिए नि... इन्टभलाँ त रेष्टुरेन्टाँ झै मेनु लिएर सिटसिटाँ सोध्न आउँदो रच।
यताउतिकाले भटाभटी अर्डर गर्न थाले। कस्तरी फसियो भने माना एक मकैलाई ९० रुप्पैयाँ किनियो। यिनीहर्ले पैसा कमाउन कति सम्म जानेका हुन्...
अर्काको पैसा उड्दा त हाँसो लाओ होला हैन...

Tuesday, November 23, 2010

एफएमका साहुहरुलाई गाडी चढ्ने रहर

चिने-जानेका/मानेका-नमानेका धेरैले गाडी चढेको देखेर होला हाम्रा एफएमका साहुहरुलाई नि गाडी चढ्न रहर लागेछ। देशभरका एफएमका मालिक वा सो सरहहरू पोखराँमा दुई तीन बसेर लामो छलफल गरी सरकारसँग माग गरेका छन् - एफएमले ल्याउने साना गाडीआँ नि भन्सार छुट दिन परो। भन्सार तिर्न नपरे हामी पनि गाडी चढ्थेम भन्ने आँट पलाएका सम्पूर्ण एमएफ साहुहरूलाई अग्रिम बधाई है..


कस-कसले ताली पाए

यसो नसोचिकन बसम् भन्यो नेपाली पत्रकारहर्ले सुखै दिन्नन् यार। 'प्रचण्डले बोल्दा पालुङटाराँ ताली बजेन भनेर' हेडलाइन सम्चार आएसि सोधखोज गर्नै परो -अस्ति नै काँग्रेसको महाधिवेशनाँ सुशील कोइराला बोल्दा कतिले ताली बजारचन्। एमालेको महाधिवशेनाँ झलनाथ र माधव नेपाल बोल्दा कति पटक ताली बजारछन्... कति दुःख देको यार पत्रकार मित्रहरु मेरो यो सानो दिमागलाई...


ठूला पत्रकार

एक महिना अगाडि मात्र चिनी नेपालाँ उत्पादन गर्दा भन्दा विदेशट आयात गर्दा सस्तो पर्ने भएकाले चाडबाडाँ विदेशट आयात गरिएका चिनी नेपालीले सस्ताँ पाउने भनेर सम्चार लेख्यौ। आज फेरि पुरै युरोपै नेपाली चिनीले भरिने भनेर समाचार लेख्याछौ Ramchandra Bhatta .तिमी पनि नेपालका ठूला पत्रकाराँ पर्ने पक्का भो दाजु।


Monday, November 22, 2010

संविधानसभामै फिलिम देखाइन्छ - प्रचण्ड (दिपकको सपनाँ)

बिहान अबेरसम्म सुतेको त मैले प्रचण्डले पालुङटाराँ बन्द सत्राँ गर्ने भाषण पो देखें है सपनाँ - 


'संसदाँ अस्ति अर्थमन्त्रीको ब्रिफकेस खोसेको र मन्त्रीलाई कुटेको त ट्रेलर मात्र हो। यदी देश र जनताको हितमा संविधान बनेन भने संविधानसभा भित्रै हामीले प्रतिक्रान्तिकारीहरूलाई कब्जा गर्छौं र पुरै फिलिम देखाइदिन्छौं। विश्वलाई। केही महिनापछि संविधानसभा हाम्रो कब्जामा हुन्छ। 


यसो दलहरुलाई झुक्याएर सरकारमा जाने हाम्रो प्रयत्न जारी छ। हामी शीर्ष नेताहरु सरकार कब्जा गर्छौं। हाम्रा दुई सय पचास जति सभासदले संविधानसभा कब्जा गर्नेछन्।  तपाइहरुले सडक कब्जा गर्नुहोला। 

अब हामीलाई कसैले रोक्न सक्दैन।'


कति चिन्ता हो मलाई देशको सपनाँ नि त्यही देख्छु। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Sunday, November 21, 2010

एउटै बैठकलाई ६ करोड। कति मंहगो हो माउवादी

 हैन हउ यो गरिब नेपालीको माउवादी पार्टी कति सारो धेरै खर्च गर्ने भाको हो? एउटा बैठककै लागि पालुङटाराँ ६ करोड रुप्पैयाँ झ्वाम पार्नेभएच। यसो सोचेको यही पार्टी आएदेखि वार्ता सार्ता पनि धेरैजसो होटल, रिसोर्टाँ गरेर पैसा भ्याकै छन्। घराँ बुढो गोरु पाल्न भन्दा नि गारो पर्छ कि के हो जनतालाई देशाँ यो पार्टीलाई पाल्न त...


जाबो एउटा ब्रिफकेस सुरक्षा गर्न नसक्नेले के देश बचाउलान्

 ‎'बा! यो ब्रिफकेस म्युजियममा राखेको कत्ति चित्त बुझेन। भोलिपर्सी संग्रहालय घुम्नेले जाबो एउटा ब्रिफकेसको त सुरक्षा गर्न नसक्नेले देशको के सुरक्षा गर्लान् भनेर हाम्रो देशका मन्त्रीहरुको बेइज्जत गर्ने भो' सानी छोरीले सोधेकी के जवाफ दिने दिने। उटपट्याङ मात्र सोच्ने बाउ आमा भएसी केटाकेटीले नि त्यस्तै उटपट्याङ सोच्दा रैछन् कि के हो...


Saturday, November 20, 2010

कस कसलाई कहाँ राख्ने होला ?

माओवादी सभासदहर्ले अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग खोसेर फुटालेको 'ब्रिफकेस' त संग्रहालयमा राख्ने निर्णय सर्कारले गरेछ। अब त्यो मारमुङ्ग्रीमा भाग लिने सभासद, त्यो तमासा हेरेर बस्ने संविधानसभा अध्यक्ष/सभामुख र भिड्न जाने मन्त्रीहरुलाई पनि कहाँ कहाँ राख्ने हो भनेर जनताले निर्णय गरे त हुन्थ्यो। तर सबै म जस्तै कुरौटे मात्र छौ‌ हामी नेपाली। हामीले के पो गरौंला र अर्कोपटक तिनैलाई फेरि भोट दिम्ला।

लाइभ फाइट हेर्न पाइयो

धन्य माउवादी सभासदहरु छन् र हिन्दी फिलिमको फाइट हेर्न पर्या छैन। उहिले गाउँमा माओवादीले कसरी पिट्थे भनेर देख्न पाइयाथेनर माओवादीहर्लाई खुब धेरै भोट देर संविधानसभाँ पठाको नि काम लाओ। मन्त्रीहरु सुरेन्द्र पाण्डे र प्रकाशशरण महतलाई कुटेर लाइभ फाइट देखाए...


खान खुवाउन कति रमाका प्रधानमन्त्री नेपाल


क्या रमाका प्रधानमन्त्री माधवकुमार नेपाल, रेखा थापालाई केक खुवाउन पाएपछि। प्रचण्डसँग नाचिथ्यौ मैले त केक नै खुवाउन पाएँ नि भन्दै सोचिरहेका होलान् नि। गोपिकृष्ण मुभिजले नेपालाँ पनि फिल्म सम्बन्धी मात्र टिभी फिल्मी भन्ने नयाँ च्यानल खोलेका छन्।

क्या जिब्रो देखाका प्रमले केक खानलाई। गोपिकृष्ण मुभिजका साहु उद्धव पौडेलले खुवाएको केक।

Friday, November 19, 2010

बेलाँ संविधान नबनेको दोष संविधानसभा भवनलाई

केटाहर्ले पत्रिकै पढ्दैनन् नभए हाँस्दा हुन्। वास्तुशास्त्रीहरुले बेलाँ संविधान नबन्नको दोष संविधान सभा भवनलाई देका रचन्। नेपालका हुनेखाने वर्गबाट आजभोलि वास्तुशास्त्रीहरुको पहुँच कमाएर खानेसम्म पुगिसकेको छ। वास्तुशास्त्रीलाई देखाएर घर/डेरा खोज्ने, घराँ पिरामीडहरु राख्ने धेरै नै छन्। 

कतिले सुत्ने कोठाको झ्याल फेरेका छन् त कतिले पानीको टैंकी। कुन दिन यिन्को प्रभाव हुँदा खाने वर्गमा पनि पर्ने हो। सबैले आफ्ना आफ्नै डम्फू त बजाउनै पर्‍यो। 

Tuesday, November 16, 2010

साउदी युवराज्ञीसँग राष्ट्रपति र प्रधानमन्त्री

राष्ट्रपति रामवरण यादव साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदसंग भेटवार्ताका क्रममा युवराज्ञी समिरालाई राष्ट्रपति भवनमा स्वागत गर्दै। दी हिमालयन टाइम्समा छापिएको यो तस्वीरमा राष्ट्रपतिले युवराज्ञीको हात जसरी समातेका हुन् त्यो मलाई अलिक असजिलो लागेकाले यो तस्विर यहाँ राखेको हुँ।
एक जना मुस्लिम महिलासँग हात मिलाउँदा राष्ट्रपति यादवले त्यस्सरी बेस्करी समाउन पर्थ्यो र। मलाई थाहा छैन वा यो चलन राम्रै पो हो कि।

Monday, November 15, 2010

माधव नेपालको नयाँ किर्तिमान

हैन माधव नेपालले राजिनामा देको पाँच महिना हुन लाइसक्यो हैन र। काम्रेडले राजिनामा दिनु अगाडिभन्दा राजिनामा दिएपछि पो सरकार धेरै समय चलाउँछन् कि के हो। आखिराँ माउवादीले नि बजेट ल्याउन सहमति दिएछन्। अब भोलिपर्सी गोडा ६ महिना नि सरकार चलाउन यिनै माधव नेपाललाई दिने हुन् कि....

शहर सफा गर्न भन्दा पुत्ला जलाउने की...

भारतीय कलाकार इरफान खानलाई काठमाडौं आएसी मन सन्तोष भयो रे। बम्बैभन्दा अव्यवस्थित अर्को शहर नी रच भन्ने कुरा पत्ता लगाएछन्। केटाहर्ले पुत्ला जलाउने पो हुन् कि तिन्को...काठमाडौ‍लाई बम्बै भन्दा खराब भन्ने भनेर....शहर सफा राख्न भन्दा पुत्ला जलाउन सजिलो छ नि।

Sunday, November 14, 2010

भेट्रानका गफ...

 बिबिसी नेपाली सेवाका प्रमुख (पत्रकार) रवीन्द्र  मिश्रले लेखेको पुस्तक 'भूमध्यरेखा अर्थहीनताभित्र अर्थ खोज्दा' को विमोचनाँ गाको  आज। चार जनाले भाषण ठोकेका थिए। तर ती मध्ये  दुई जना नेपालका भेट्रानहरुको कुरा दिमागाँघुमिराछ। धेरैजसो पत्रकारहरु र केही स्तम्भ लेखकले भरिएको ठाममा माओवादीका बाबुराम भट्टराईले भाषणाँ भने - मलाई पनि तपाइहरु जस्तै हुने मन छ।  अब १०/१५ वर्षपछि राजनीति छाडेर तपाइहरुकै कित्तामा आउँछु। (हुन त प्रचण्डले  अब  धेरै वर्ष बाबुराम काम्रेडलाई पार्टीआँ टिक्न देलान् जस्तो लाउदैन)।
अर्को कुरा चाहिँ पत्रकार विजयकुमार पाण्डेले आफूले सम्पादन गर्ने पत्रिका आँफैले नपढ्ने गरेको बताए। उन्ले भने- 'नेपाल' पत्रिका सम्पादन गर्दा ४ पेज मात्र पढ्थे‌। अरु जस जसले जे जे लेखे पनि छापिन्थ्यो।
दुबै जनाको गफ त होइन होला। मलाई भने आँफू गफाडी भएर होला जस्ले जे भने नि गफै लाग्छ...

Saturday, November 13, 2010

गोरखा पल्टन हेरेपछि

नारायण रायमाझीले बनाका प्रशान्त तामाङलाई खेलाका फिलिम गोर्खा पल्टन हेरियो आज। २० वर्ष अगाडि हेर्या भए कति राम्रो लाग्दो होला मलाई यो फिलिम। पचास पुग्न लागेका नारायण दाइले आफ्नो वै‌शमा लेखेको कथालाई ३० वर्षपछि अहिले स्क्रिनाँ उतारेछन् जस्तो लाग्यो फिलिम हेर्दा। जमाना फेरिइसक्यो तै पनि गण्डक प्रदेशकाले हेरे हुन्छ यो फिलिम। आफ्नै गाउँघर, छिमेकी तिन्कै गीत र भाषाले पक्कै बाँधेर राख्छ ३ घन्टा।
बेलाबेलामा दाताँ ढुङ्गा  भने लागिरहन्छ।  फिलिममा धेरै कुरा मलाई मन परे त्यसैले असजिलो लागेका केही कुराहरु भने लेख्न चाहन्छु।
१) हिरोइनको बाउ आमा कतै देखाइदै‌न। हिरोइनलाई कसैले जब्बरजस्ति बिहे गरेर लाँदा पनि कुनै वास्ता नगर्ने बाउ आमा हुदैनन् होला।
२) आजभोलि गाउँ गाउँमा मोबाइल सिडिएम फोन पुगेको छ। चिठीकै भरमा बस्ने पाउन गार्हैपर्छ। त्यसमाथि भारतीय गोरखा सैनकको घरमा
३) भारतीय सैनिकका श्रीमतीहरु श्रीमानले पठाएको चिठ्ठी पढ्न नसकेर छोरालाई नै पर्खन पर्ने अवस्थाका पाउन सकिदै‌न छैन।
४) एसएलसीमा जिल्ला नै टप गरेर क्याम्पस पढेकी केटी कसैले जब्बरजस्ती बिहे गरेर घरमा लाँदा चुपो लागेर सहेर बस्दैनन्। अझ धेरै दिन घरबाट बाहिर ननिस्केर एकैपटक आत्महत्या गर्ने त गर्दैनन्।
५) गाउँका हेडमास्टर अन्य शिक्षकसहित केहीमा अलि राम्रै अभिनय जानेका मानिसलाई खेलाएको भए हुन्थ्यो।  

Friday, November 12, 2010

अब ढुङ्गाको नि महोत्सव रे

अनेक अनेक हिमाल, पहाड र ठामका महोत्सव त सुनिरहेकै हो। हुँदा हुँदा अनेक नामका पनि महोत्सव सुरु हुन लागेछ। माघ २१ गतेट ३ दिनसम्म चितवनको मेघौलीआँ ढुङ्गा महोत्सव हुने रे। थरी थरीका ढुङ्गा हेर्ने मन भए गए हुन्छ। क्यार्ने त विकास यस्तो गरियो भनेर देखाउनलाई केही छैन। यही भाका ढुङ्गा माटोको त महोत्सव गर्न पर्यो नि...तराई तिरट भकाभक ढुङ्गा भारत निकासी भइराछ कुन दिनदेखि यही पनि हेर्न नपाइने हो ...  

Thursday, November 11, 2010

युवा नेताहर्ले नि ल्वाप्पा ख्वाइदिन्छन् कि के हो पालैपालो..

चीनको ग्वान्जाउमा शुरु हुन लाको एसियाड खेलकुदआँ खेलाडीलाई उपलब्ध गराको फ्री टिकटाँ एमालेका युवा नेता योगेश भट्टराई पत्नीसहित गए भनेर लेख्याछ नयाँ पत्रिकाले। पत्रिकाले लेख्या कुरा हो हुन त तै पनि युवा नेताहर्ले के के न गर्लान् भनेर बस्ने म जस्तै होलान् कोही कोही। तिन्लाई नि ल्वाप्पा ख्वाइदिन्छन् कि के हो यी युवा नेताहर्ले नि पालै-पालो....