Saturday, June 13, 2009

खोइ त छहारी प्रधानमन्त्री, माधव नेपाल जी !


सत्ता छाड्न परेको झोँकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधवकुमार नेपाललाई 'विषवृक्ष' भनेर कटाक्ष गरे। प्रधानमन्त्री नेपालले पनि दाहाललाई मुखभरको जबाफ दिँदै भनेका थिए - 'म न विषवृक्ष हुँ न त कल्पवृक्ष नै। तर म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ नसके बाटो हिंड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ।' उनको त्यो भनाइ प्रतीकात्मक होला । यथार्थमा भने साना नानीलाई जेठको चर्को घाममा उभ्याएर स्वागत ग्रहण गर्ने उनको व्यवहारसँग कथनी पटक्कै मिलेन। साँच्चै नेपाली जनतालाई साँच्चै छहारी दिने उनको मन थियो भने विद्यालयका साना नानीलाई त घन्टौंसम्म घाममा टट्याएर राख्नेको स्वागत ग्रहण गर्ने थिएनन्।

Wednesday, June 3, 2009

सेनापति प्रकरणमा अब के होला ?


सेनापति प्रकरणमा अब के होला ?

एक पत्रकारको भविष्यवाणी
आइतबार (आजको दिन)
१. माओवादीको आन्तरिक बैठक
२. सत्तासिन माओवादी, एमाले र फोरमसहितका ५ दलका नेताहरुको बैठक
३. प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आव्हान
४. प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्‌मा पेश
५. नेकपा एमाले र मधेसी जनअधिकार फोरमबाट मन्त्री भएकाहरुद्वारा त्यसमा असहमति प्रकट
६. प्रधानमन्त्रीय पद्धतिमा मन्त्रिपरिषद् चलेकाले आफ्नो निर्णयमा अडिग भएकाले निर्णय हुने प्रधानमन्त्रीको जानकारी
७. एमाले र फोरमका मन्त्रीहरुबाट मन्त्रिपरिषद् बहिष्कार
८. मन्त्रिपरिषद्द्वारा प्रधानसेनापतिलाई पदबाट हटाउने निर्णय, तत्कालका लागि कार्यवाहक प्रधानसेनापतिमा वलाध्यक्ष रथी कुलबहादुर खड्काको नियुक्ति
९. एमाले स्थायी समितिको बैठक, सरकारबाट फिर्ता आउने निर्णय
१०. एमालेद्वारा सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाइएको राष्ट्रपति समक्ष जानकारी
११. मधेसी जनअधिकार फोरमको संसदीय दलको बैठक। सरकारबाट फिर्ता हुने नहुने विषयमा विवाद। केही दिन पर्खने निर्णय
१२. मन्त्रिपरिषद्वारा जंगी अड्डामा सरकारी निर्णयको जानकारी दिदैं पत्र
१३. प्रधानसेनापति रुक्माङ्गत कटवाल यस सम्बन्धमा परामर्श गर्न राष्ट्रपति रामवरण यादवकहाँ
१४. राष्ट्रपतिद्वारा कानून व्यवसायी र राजनीतिक दलका नेताहरुसँग छलफल
१५. संसदको बैठक कांग्रेससहितका दलद्वारा चल्न नदिने
१६. समय बाँकी रहे प्रधानसेनापति रुक्माङगत कटवाल आज नै सर्वोच्च अदालत जाने

सोमबार (भोलिको दिन)
१. सरकारको समिकरण परिवर्तनका विषयमा दलहरुबीच गृहकार्य
२. एमालेले सरकारको नेतृत्व लिने, नलिने विषयमा विवाद। कांग्रेसभित्र आफ्नो नेतृत्व पाएमात्र सरकारमा जानुपर्ने भनाई
३. राष्ट्रपति यादव परामर्शमा नै व्यस्त
४. माओवादी सडक प्रदर्शन
५. अदालतद्वारा प्रधानसेनापति कटवाललाई काममा फर्काउन निर्देशनसहित अन्तरिम आदेश
६. नयाँ सरकार बनाउन केही दिन चलखेल हुने
७. त्यसपछि को को मिलेर सरकार बनाउने हो केही दिन हेर्नै पर्छ