Monday, January 27, 2014

आफ्ना छोराछोरी बाहेक

एक पूर्व स्वास्थ्य मन्त्री भने - डेलिगेसन लिएर आफ्नो जिल्ला/क्षेत्रका अस्पताल/स्वास्थ्य केन्द्रमा डाक्टरहरु गएनन् भन्न आउने सांसदहरु एक्लै आएर भन्छन्, 'लउन मेरो डाक्टर छोरा/छोरी/बुहारीलाई काठमाडौंको कुनै अस्पतालमा जागिरको व्यवस्था गरिदिन पर्यो।' हाम्रो नेपालमा....

Tuesday, January 21, 2014

प्रचण्ड र बाबुराम दुबै प्रधानमन्त्री भएकाले माओवादी हारे

एउटा मान्छे मलाई पटक पटक सुनाइरहन्छ, 'दाइ! प्रचण्ड र बाबुराम दुबै जना प्रधानमन्त्री नभएको भए अहिले बहुमत आउँथ्यो। कम्तिमा बाबुराम मात्र पनि प्रधानमन्त्री नभइदिएको भए केही आशा गरेर सबैभन्दा ठूलो दल भइन्थ्यो।'

Monday, January 20, 2014

प्रचण्ड र डा‍. गोविन्द केसी

नागरिक दैनिकका संवाददाता मित्र सुरेन्द्र पौडेलले तीन वर्षदेखि डा. गोविन्द केसीका बारेमा लेखिरहनुभएको छ। उहाँले आज लेख्नुभएको फेसबुक स्टाटस चित्त बुझेर यहाँ शेयर गरेको हुँ।
एक दिन डा. गोविन्द केसीले भेटमा भनेका थिए :
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजिनामा दिए लगत्तैको कुरा हो । प्रचण्डले डा. गोविन्द केसीलाई आफ्नै निवासमा बोलाएका थिए आफ्नो चेकअप गर्न । प्रचण्डको प्रस्ताव केसीले अस्विकार गरे र सन्देश लिएर आउने हुलाकीलाई जवाफ दिए, ‘आजसम्म मैले कसैको घरमा गएर चेकअप गर्ने गरेको छैन ।’ केसीले दैनिक सयौं असाह्य विरामी शिक्षण अस्पतालमा आउँछन् आँफुलाई घर घरमा गएर चेक अप गर्ने फुर्सद नहुने समेत बताए । हुलाकीले साहै कचकच गरेपछि डा. केसीले सुझाव दिए बरु अध्यक्ष प्रचण्डलाई यहीं ल्याउनोस् । सुरुमा त हुलाकी मानेनन् । डा. केसी डेग नचलेपछि दल बल सहित आउने बताए । यसलाई पनि उनले अस्वीकार गरे । डा. केसीले भनेका थिए, ‘अरु सर्वसाधरण विरामी जसरी आउँछन् त्यसरी नै ल्याउनु । तीन जना भन्दा बढि नआउनु । र, अरु विरामी सरह लाइन बसेर आफ्नो पालो आएपछि मात्र छिर्नु ।’ प्रचण्डको चेकअप त्यसरी नै भयो जसरी डा. केसीले भनेको थिए । यसको केही समयपछि शिक्षण अस्पतालमा भएको अनियमियत र राजनीतिकरणबारे ध्यानाकर्षण गर्न डा.केसी लगायत केही डाक्टर प्रचण्डकोमा गए तर उनले आफ्नो फुर्सद नभएको भन्दै निवासको गेटबाट प्रवेस गर्न समेत दिएनन् । प्रचण्डकोमा जानु अघि उनीहरुले सबै दलका नेतालाई भेटी अस्पतालको अवस्थाको बारेमा जानकारी गराई राजनीतिकरण रोक्न आग्रह गरेका थिए । जुन आवाज नसुन्दा डा. केसी आमरण अनसन बस्न बाध्य भए । यो अघिल्लो पटक अनसन बस्दाको कुरा । डा. केसी अहिले फेरी अनसन बस्न बाध्य भएका छन् ।

Wednesday, January 15, 2014

जेब्रा झोला साटियो

माघे संक्रान्तिको बेला : यात्रा गर्दा धेरैले जेब्रा झोला लिएर हिड्नेहुँदा साटिनसक्छ। कृपया कुनै चिनो जेब्रा झोलामा लगाउनुहोला। गाउँबाट ल्याएको जेब्रा झोला माइक्रोबसको यात्रामा साटिएछ। घ्यू, तरुल, खुदो, बटुक तथा फुरौला बनाउने र खित्रो खाने दाल तथा चामल अन्तै पुगेछ। केही थोत्रा कपडाहरु र पिंडालु चाहिँ आइपुगेको छ।

Saturday, January 11, 2014

झम्के साँझको साथी

अन्नपूर्ण बेसक्याम्पको यात्रामा एक दिन साँझ अबेलासम्म हिंडियो। केही साथीहरु ह्यार्के (बिजुली पानीको नयाँ नाम उतै सुनेको) तालमा निकै अगाडि हिंडे। केही साथीहरु विदेशी महिलाको साथ पाएकाले निकै पछाडिए। जंगलको बाटो एक घन्टा भन्दा धेरै उकालो एक्लै हिड्नुपरो झम्के साँझमा। तर साँझपरेपछि तल्लो गाउँबाट सँगै हिंडेको एक कुकुर राति माथ्लो गाउँ पुगेपछि मात्र हरायो। पुन: तल फर्क्यो कि जस्तो लाग्छ। बाटोभर डर भगाउन मैले उसँग कुरा गरें। उसले बुझ्यो/बुझेन तर साथ भने दिइरह्यो।
(चाहेर नि क्यामेरा नभएकाले फोटो खिच्न सकिन तर गुगलमा भेटिएको यस्तै थियो त्यो कुकुर)https://www.facebook.com/photo.php?fbid=10152124656895040&set=a.39549630039.46994.640935039&type=1&theater