Monday, March 9, 2009

डेढगाउँमा कृषि शिक्षाको आवश्यकता

डेढगाउमा कृषि शिक्षाको आवश्यकता

डिल्लीराज भण्डारी

डेढगुउमा कृषि शिक्षाको नितान्त आवश्यकता रहेको पाइन्छ । डेढगाउलाई यस वरपर गाविसका बासिन्दाले जतिनै विकसित देखे पनि यहाँका बासिन्दाका लागि विकट नै छ ।

न त यस क्षेत्रमा प्रशस्त मात्रामा सिंचाई छ न त यातायातको राम्रो सुविधा छ । न त कुनै नयाँ खेतीपाती यहाँ लगाएको पाइन्छ न त कुनै नयाँ कृषि शिक्षाको प्रशिक्षण नै यहाँ भएको छ ।

जेटिए र भेटनरीको सुविधा पाउन नसक्दा यहाँका खेतीपाती र पशुपालन राम्रोसँग फस्टाउन सकेको छैन । गाँउघरमा पालिने गाई भैंसी वाख्रा विरामी परे पनि औषधीमुलो बिना अकालमै मरेका छन् । भेटनरी सेवा पाउन नसक्दा यहाँ यस्तो पीडा धेरै सहनु परेको छ ।

यो देशमा ठूला ठूला परिवर्तन भए । तर यहाँका बासिन्दाहरुले लगाउने बालीनाली फेरिएको छैन । बावुबाजेले लगाउँदै आएका धान गहुँ मकै आजसम्म पनि यहीं बालीहरु लगाइन्छ ।

यहाँ लगाइएका फलफुल सागपात तथा अन्य बालीनाली त्यति राम्रो संग उब्जाउ भएको छैन । फलफुल र सागपातलाई चाहिने भिटामिन दिन जान्ने कृषकको कमी छ । किनकि यस ठाँउमा जे टि ए सेवा छैन ।

खेतीयोग्य ठाँउ भनेर चिनिने चितवन र पाल्पा जिल्लामा वर्षैपिच्छे वीउविजन फेरेर खेती गरिन्छ । साथै त्यस ठाँउमा उन्नत खालका सागपात र फलफुल उब्जाएको पाइन्छ । ती ठाउँहरुमा समय अनुसारका सागपात लगाइएको हुन्छ । किनकि त्यसठाँउमा सिचाइको राम्रो सुविधाका साथै जेटिए सेवा पनि सुलभ तरिकाले पाइन्छ।
यस क्षेत्रमा भौगौलिक कारणले गर्दा प्रशस्तमात्रमा सिचाइ हुन सकेको छैन । यहाँका प्रशस्त खेतीयोग्य जमिन त्यसै खाली रहेका छन् । यस्ता ठाँउमा मौसम अनुसारको सागपात र फलफुल लगाउन तथा चरनको विकास गरी पशुपालन गर्न सकिने तर्फ यहाँका बासिन्दाले उचित ध्यान पुर् ‍याउन सकेका छैनन्।

यहाँका बासिन्दाले वर्षमा एकचोटी मात्र सागपात र फलफुल लगाउने चलनलाई पनि परिवर्तन गर्न आवश्यक छ । यस ठाँउका यस्ता समस्या हल गर्न कृषकलाई उचित सल्लाह दिने कृषि प्राविधिकहरु जेटीए र भेटनरी शिक्षाको आवश्कता अति नै छ।

विद्यार्थी

विद्यार्थी
दीपक अधिकारी
कक्षा - ९
डेढगाउँ उच्च मा वि
विद्यार्थी हौं हामी
विद्या सिक्नु पर्छ ।
विद्या सिकेर पढी लेखी
ठूलो भई देशको विकास गर्नुछ ।

विद्याले नै मानिसलाई
ठूलो मान्छे बनाउँछ ।
विद्याले नै यो देशमा
उज्यालो चम्काउँछ ।
पदम सिंजाली
डेढगुउ - ३
वरिपरी डाँडाले भरिएको ठाँउ
रमणीय लाग्छ मलाई डेढगाउँ ।
उत्तरमा छ काली नदी पूर्वमा वौंदी खोला
अझै विकास हुनसके यहीं स्वर्ग बन्ला ।

यहाँ वस्दा पाए जस्तो लाग्छ संसार
यहीं छ डेढगुउ देवीको अवतार ।
यहीं छ केही डाँडा र केही समथर
गाउँ मै जिवन विताउने यो मेरो रहर ।

गाउँ मै जन्मे हुर्के गाउँ नै कर्मथलो
विकृतिलाई त्यागी हामी सोचौ गुउको भलो ।
गुउ छोडी बाहिर नजाउँ गाउँकै विकास गरेस
गुउमा जागिर पाइन्न भनी नखाउ तिमी हरेस ।

गुउमै खियाउँ दश नङग्रा चुआऔं पसिनाका थोपा
गाँउमै फल्छ हिरा-मोती प्रत्येक पाखापाखा ।
ईश्वर भन्दा प्यारो लाग्छ जन्मदिने बुबा आमा
जुगौं सम्म वस्न पाउँ यही डेढगुउमा ।

डेढगाँउ छोड्दा कताकता लाग्छ मलाई चिन्ता
गाउँमा बसी काम छैन बाहिर जाउँ भन्दा ।
नभन्नुहोला पाखे गाउका मानिसलाई
नेपालीले नपालीको सोचौं हुने भलाई ।

हाम्रो देश नेपाल

हाम्रो देश नेपाल
पदम सिंजाली
डेढगाउ - ३

हाम्रो देश नेपालमा जलका स्रोत छन् धेरै
यहीं नेपाललाई विद्युत्को मात्रा थोरै
हे जनता अव त गरौ मिली विकास
हुनुपर्छ हामी सवैमा आत्मविश्वास

जनसंख्या बढेर यहाँ बाच्न गाह्रो भो
देशको मुहान फेर्न सके बल्ल बाच्नु सार भो
अव त नेपाललाई जगाउन यँहा चेतना
देशलाई विकास गराउने यो मेरो सपना

पुरा गर हे अव जन्मिएका कर्णधार
यहीं नै हुनेछ देशलाई ठूलो उपहार
हरियाली वनजङगलले भरिएको नेपाल
हिमचुली एवम् समथर जमिन र ठूला ठूला पहाड

यहीं छ विश्वमै अग्लो सगरमाथा
बचाई राख्नु यो नेपालको संस्कृति सदासदा
चन्द्र सूर्य अङकित छ हाम्रो देशको झण्डा
फरक छ हाम्रो झण्डा अन्य देशको भन्दा
गाह्रै पर्ला फर्किन हेरेर नेपालको मुहार
यही छ मेरो देशलाई कविताको उपहार ।