Friday, January 21, 2011

रविन्द्र मिश्र अब फिलिममा कलाकार पनि


बिबिसी नेपाली सेवाका प्रमुख पत्रकार रविन्द्र मिश्र अब कलाकार पनि बन्ने भएका छन्। त्यो पनि नेपाली ठूलो पर्दाको फिलिम हाइवे मा। राजधानीको १९०५ रेष्टुराँमा शुक्रबार एक कार्यक्रमका बीच हाइवे फिलिम बनाउने घोषणा गरिएको थियो। फिलिमका अन्य कलाकारहरुमा कर्मा, विनय श्रेष्ठ, सौगात मल्ल, ऋचा शर्मा सहितका छन्।
राजमागर्मा हुने विभिन्न गतिविधिलाई केन्द्रीत राखी फिलिमको निर्माण गरिएको यस्का निर्देशक दीपक रौनियारले जानकारी दिए। हाइवेमा पत्रकार मिश्र एक डाक्टरको भुमिकामा देखिदै‌छन्।

 रौनियारले यसअगाडि सानो पर्दाका छोटा फिलिम चौकट र पूजाको निर्देशन गरेका थिए। राजमार्गमा हुने बन्द हडताल चक्काजाम जस्ता विषयवस्तुमा फिलिम बन्न लागेको हो। इलामबाट काठमाडौ आउँदै गरेको बस बाटोमा जाममा पर्छ। जन्ति प्रेस र एम्बुलेन्स जस्ता गाडीलाई बन्दकर्ताले आवतजावत गर्न दिने भएपछि एक बसका यात्रुहरुले आफ्नो बसलाई जन्ती गाडी बनाउँछन्। स्वयम्बर गर्न काठमाडौं आएकी बेहुली दुलही बन्छिन र एक यात्रु बेहुला।
पुरै फिलिमको कहानी त मैलाई थाहा छैन। फिलिममा लगानी गर्ने चाहिँ बेलायतमा बस्दै गरेका एक दीक्षित दम्पति रहेछन्। श्रीमान् श्रीमती दुबै डाक्टर रहेछन्। श्रीमती चाहिँ दातका डाक्टर रे श्रीमान चाहिँ वैज्ञानिक भन्दै थिए। सुन्दरमणी दीक्षितका छोरा बुहारी हुन् कि जस्तो लाओ। फिलिमको घोषणा कमलमणि दीक्षितले गरेका थिए।

पत्रकारितामा नाम कमाएका मिश्रका कारण पनि फिलिममा केही नयाँ दर्शक थपिएलान् तर उनको अभिनय कस्तो हुने हो कुन्नि। रविन्द्रले आज आफूलाई सानैदेखि अभिनयमा रुचि भएको बताउँदै निर्देशकलाई भने- 'राम्रो अभिनय गर्न सकिन भने बिचमै निकालिदिनुहोला है।'

No comments:

Post a Comment

Please leave your comment here