Thursday, June 24, 2010

जनता भन्दा सहिद धेरै हुने त होइन...

ल बधाई छ। हिजो फेरि नेपालाँ १६२६ सहिद थप्दिएछन् मन्त्रीहरुले। एमालेको ४९० र बाँकी काँग्रेसको सिफारिसाँ सहिद बनाइदिएको रे। प्रचण्ड सर्कार्ले अस्ति नै एकैचोटि आठ हजार जतिलाई सहिद बनाइदियाथे। कति थप्या यार सहिद? कुन दिन जन्ता भन्दा धेरै सहिद हुने हुन् यार यो देशाँ। कुनै साँच्चैको सहिदले यो खवर सुने भन्दा हुन् - नेता हो!म  अरु जे सुकै भने पनि सहन सक्छु,सहिद चाहिँ नभिन्दिनु यार लास्टै बेइज्जत हुने भो ... 

Wednesday, June 23, 2010

कान्तिपुरले पनि वार्ता सिधै दिल्लीसँ गर्न पर्ने भएछ...

लउ कान्तिपुर/काठमाण्डु पोस्ट छाप्न भनेर क्यानाडा र दक्षिण कोरियाबाट ल्याउन लाको कागज त भारतले कोलकता बन्दरगाहामा रोक्दिएछ। माधव नेपालको राजिनामा मागेको सम्पादकीय अहिलेसम्म तीन चोटी जति लेखेको भर कागज रोक्दिएको त हैन होला क्यारे....प्रचण्डले अस्तिनै वार्ता मालिकसँग भनेका थिए। कान्तिपुरले पनि अब वार्ता दिल्लीसँगै गर्न पर्ला जस्तो भछ। दुताबासमा भनेनि,कोलकतामा भनेनि,प्रधानमन्त्री नेपाललाई भने पनि केही भएन रे त ...

लाइभ देखाउनेले दर्शकको मन बुझ्नपर्छ

एकै समयमा दुई खेल हुनेभएपछि जुन खेलमा दर्शक धेरै हुन्छन् त्यही देखाउनुपर्ने हो।हिजो उरुग्वे र मेक्सिकोबीचको भन्दा फ्रान्स र दक्षिण अफ्रिकाबीचको खेल नेपालाँ लाइभ हेर्न खोज्ने धेरै थिए होला। तर प्रासरणको एकाधिकार लिएका भनिएकाहर्ले उरुग्वे र मेक्सिकोबीचको खेल देखाए। आज फेरि इंगल्यान्ड र स्लोभानीयाबीचको खेल हेर्ने मन छ तर अमेरिका र अल्जेरिया बीचको खेल देखाउलान्..कुन चाहिँ खेलका धेरै दर्शक हुन सक्छन् भन्ने नबुझ्नेले निर्णय गर्छन होला..तिम्हर्का हाताँ तालाचाबी भयो भन्दैमा जेपायो त्यही नगर न हो..

Tuesday, June 22, 2010

मुबाइल सहीद के हुनु?

मेरो मुबाइल अफ भो भनेर धेरै गाली नगरम है। मोबाइल पड्केर साता दिनाँ नै ६ जनाले सिल्टुमर खाको खवर आएसी म त सतर्क भाछु। एकचोटी चार्ज गरेसी चार घण्टा जति खप्ने आफ्नो नि गोडा तीनेक हजाराँ किनेको चाइनिज मुबाइल छ। चोबिसै घण्टा मुबाइल अन राख्दा नि अहिलेसँ कुनै गतिलो खवर हात ला छैन। त्यसैले अफै गरेर चार्ज;नत्र त पड्केर सुइकिन बेर छैन... मर्नै परेसी के मुबाइल सहीद हुनु?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Monday, June 21, 2010

ह्याट्रिक त टाउकाको गोल...

फुटबल रमाइलै खेल रच। उपचार्का लागि गाउँट आका बिचरा ठूल्बा टिभीआँ रामायण,महाभारत हेर्न रहर गर्दा हुन्। यहाँ आफूलाई फुटबलको रन्को लाइरा बेला,जब्बरजस्ती फुटबल हेर्न परे पनि उति सारो दिक्क माने झैं गरेका छैनन्। बुढालाई फुटबल राम्रै बुझ्न थालेछु भन्ने लागेछ हिजो भन्दै थिए-गारो रैनछ फुटबल बुझ्न टाउकाले गोल गरे भने ह्याट्रिक भन्ने रैछन्..(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, June 18, 2010

कानै खायो यार यो पुलिसको ब्यान्ड प्राक्टिसले

रातरात भर वर्ल्डकप फुटबलआँ बजाइएको भुभुजेला बाजाले डिस्टर्ब गरेको कुरा गर्दैछन् साथीभाइ। मेरो मर्का था पाउने हो भने के भन्दा हुन्?बिहान चार बजे होस् कि दिउसो २ बजे,रातको आठ नै बजोस् पुलिसको ब्यान्ड प्राक्टिसले धुरुक्कै पार्‍यो यार मलाई त। कस्तो ठाउँमा बस्न आइयाछ काठमाडौंको यो बसुन्धारा चौकी नजिकै। आर्मी पुलिसको ब्यान्ड प्राक्टिस गर्ने छिमेकाँ भुलेर नि डेरा नसर्नु है दिन रात बाजा बजाको बजायै गर्छन्। कानले आराम नपाको त धेरै भो..

सुनार दाइको सुन लुटियो

गाउँबाट सुनार दाइले फोन गर्दै चिन्ता व्यक्त गरे। चोकको सुन पसल बन्द गरेर राति आठ बजे तिर घर फर्कदैं गर्दा भुमिगतकालदेखि माओवादीमा लागेका गाउँले भाइहरु मिलेर सुनार दाइको तीस-पैतिस हजार रुपैयाँ र आठ तोला जति सुन लुटेछन्। बल्ल बल्ल माओवादी भाइलाई पक्रिएर प्रहरीलाई बुझाउँदै केही सुन र पैसा फिर्ता लिए पनि बाँकी साथीहरु मार्फत गाउँबाट बाहिर पुर्‍याइसकेछन्। केन्द्रमा माओवादी सरकार आउँने हल्ला सुनेको छु माओवादी सरकार आयो भने तिन्लाई छोड्ने हुन् कि? सुनार दाइले चिन्ता व्यक्त गर्दै थे।

Thursday, June 17, 2010

हन महिला सभासदहरु आजभोलि के मा बिजी!

संविधानसभाको म्याद सकिने दिन राती एक डेढ घन्टा महिला सभासदहरुले म्याद थपको माग गर्दै खुब नारा लाथे। आजभोलि कता लाए हउ तिन्हरु..संविधान बनाउने तिर त केही प्रगति भा जस्तो छैन। फेरि कतै नारा लाको देख्या सुन्या नि छैन। एउटा कार्यक्रम तिन्लाई नै बोलार गर्न परो...

Wednesday, June 16, 2010

उत्तर कोरियासँग भिड्न परो भने अम्रिकाले के गर्ला

ब्राजिललाई दुई गोलाँ रोक्ने मात्र हैन एक गोल ठोक्न पनि सक्ने उत्तर कोरिया देखेर अम्रिकाने टिमले के सोच्दै होला। उत्तर कोरियासँगै वर्ल्डकपाँ भिड्न परो भने अमेरिकाले हाम्रो नेपाली सेनाले जस्तो त नगर्ला नि। अस्ति नै माओवादी लडाकुको क्लबले भाग लिने भनेपछि सेनाको 'आर्मी क्लब'का खेलाडीले खेलै छोडेर भागेका सम्झेर बा अम्रिकाले पो त्यसबाट केही सिक्छ कि भनेर...

Tuesday, June 15, 2010

सभासद हुनु पनि खत्तम..फेसबुकमा पनि अप्ठेरो

मेसेज बक्स खोलेको त एक जना सभासदले यस्तो पठारैचन्- यो सभासद हुनु पनि खत्तमै रैछ। घराँ बाउ आमा श्रीमती छोराछोरी,छिमेकी/आफन्त/ससुरालीआँ जहाँ नि संविधान कहिले लेखिन्छ/आजभोलि के काम गर्दै भनेर सोध्छन्। आजभोलि केही कामै छैन खासमा, लउ त काम छैन भनेर फेसबुक चलाम् भनी फेसबुकमै गालीको ओइरो...

सहमती तोड्नपर्छ जस्तो छ...

सहमतिको नाममा सारै लचक हुन पनि हानिकारकै रच। घराँ भाको एउटा थोत्रो टिभीआँ के के हेर्ने भनेर सहमति गरेर नेताहरुलाई उदाहरण दिम्न भनेर प्रस्ताव आयो अर्धाङ्गिनी र छोरीबाट। लउ त भनेर साता दिन अगाडि जसो सहमति गरियो। त्यही सहमतिले गर्दा वर्ल्डकपका केही म्याच छुटे अरु केही छुट्ने पक्का छ। सहमती तोडिने संभावना बढ्दै छ...

Monday, June 14, 2010

माओवादीमा विकल्प काम्रेड

माओवादी हेडक्वाटराँ आजभोलि 'विकल्प'भन्ने शव्द खुब चल्यारच नि। जो जो माओवादी नेताले प्रधानमन्त्रीका लागि पार्टी भित्र प्रचण्डको विकल्प खोज्न सकिन्छ भन्छन्। तिन्-तिन्लाई हेडक्वार्टरले 'विकल्प काम्रेड' भन्दोरहेछ। पहिले पहिले नारायणकाजीलाई विकल्प भन्थे। पछि बाबुरामलाई विकल्प भन्न थालेछन्। अहिले टोपबहादुर रायमाझीलाई 'विकल्प' काम्रेड भन्दा रैछन्...

Sunday, June 13, 2010

कविता सुन्न केटाकेटी...

मान्छेहर्ले कतिसम्म तनाव दिने हुन् केटाकेटीलाई। गुरुकुलाँ हिजो अधवैशे मान्छेका पाका कविता वाचन थियो।  बिचरा तीन-चार वर्ष र पाँच-सात वर्षका केटाकेटीहरुलाई कविता सुन्न लिएर आका थिए कोही कोही। उमेर पुगेका कतिजना हार्न नसक्ने साथीभाइले बोलाएर पैसा तिरी तिरी कविता सुनिराथे होलान्। त्यस्तो ठाउँमा केटाकेटीले के मोज माने होलान् ? एकदुई जना बाबु नानी त बेलाँ बेलाँ चिच्याइ चिच्याइ कराइराथे। ती अभिभावकले अर्को पटक देखि कविता सुन्न नबोलाउन् भनेर बच्चा लिएर कविता सुन्न गर अरुलाई पनि डिस्टर्ब गर्न लाका त होइनन् होला...

Friday, June 11, 2010

लउ भ्रष्टाचाराँ चाहिँ रेकर्ड राखेछन्...

नाम त राखेछन् है नेता र कर्मचारी मिलेर। ट्रान्सप्यारेन्सी इन्टरनेसनलले गरेको भ्रष्टाचारसम्बन्धि विश्व र्‍याकिङाँ नेपाल १४३ औं स्थानमा रहेछ। पोहोर भन्दा पाँचस्थान मात्र तल झर्‍या रे। सार्कआँ त नेपाल सबैभन्दा बढी भ्रष्टाचार हुने देश गराइदेछन् नेता-कर्मचारीले..गरो गरो। सार्कआँ मात्र किन गर्या विश्वमै गरै पनि हुन्छ नि। 


केही न केहीमा त रेकर्ड राख्नै परो नि, गतिला कुरा नसके यस्तैमा राखो। फुटबलाँ नि १६१ औं रेकर्ड छ क्या रे..(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


फुटबल हेर्न पाइएन भने त... :)-

वर्ल्ड कपमा पुगेर नेपालीहरु खेल्दिएर हामीलाई गौरन्वानित गराउनु त कहाँ हो कहाँ,लउ खेलाडीले खेल्न सकेनन् रे। हाम्रै जुनिमा देशले वर्ल्डकप आयोजना गर्दिएर हामीलाई खुशीले गदगद बनाउनु त परैको कुरा भो। झन् यो बेलाँ पनि लोडसेडिङ गर्देर वर्ल्डकप फुटबल हेर्न दिएनौ भनी त...त... त..... के गर्छौं थाहा छ???


हुनेखानेले जेनेटर/इन्भर्टर राखेर नभए रेष्टुरेन्ट तिर गर हेर्छन। म जस्तो कुन साथीकहाँ आज लोडसेडिङ छैन भन्दै फोन गर्न थाल्छन्। कोही कोही त रिसाएर विद्युत प्राधिकरणका अफिसाँ ढुङ्गा हान्छन्... (उहिले उहिले जस्तै)


एसी लार जाडो बनार..

गर्मी छ के रे भनेर हाफ टिसर्ट लार भारतीय साहु अनिल अम्बानीहर्ले काठमाडौआँ बनाको बिग सिनेमा हलाँ'राजनीति'भन्ने फिलिम हेर्न गाको त चिसो भर लामबाहुले सर्ट-टिसर्ट/ज्याकेट नलाकोमा पछुतै लाग्यो। फिल्म हेरिन्जेल पाखुरा तिर काँडा उम्रिएसी हातले रगटेर मात्र नपुगेर तात्तातो कफी खान परो। एसी छ भन्दैमा धनीमानीले जाडाँ कपडा खोल्नै पर्ने धुप र गर्मीआँ कम्बल ओड्नै पर्ने जाडो बनार बस्छन् कि के हो ...

Thursday, June 10, 2010

नेताहरु जहाँ पायो त्यही गर क्या दुःख पाइयो यार...

धेरै हास्नु हुँदैन रुनुपर्छ भन्थे। साँच्चै नै रैछ क्यारे। लामो समयपछि साझा सवालआँ झलनाथ खनाल आउन तयार भाथे। आजै श्रद्धान्जली अर्पण गर्दै भाषण गर्न गाको एउटा दाँत अस्पतालको मन्च ट लडेछन्। थ्याङ्कस गड धन्न दाँत भाचिएनछ खुट्टाँ मात्र चोट लागेछ। नेताहरु मञ्च पाएपछि जहाँ पायो त्यही नजानु,पुरा गर्न नसक्ने कुरा नबोल्नु भनेको मान्दैनन्। उद्ंघाटन,विमोचन,भाषण भनेपछि हुरुक्कै। अझै विदेशीको रात्रिभोज,दिवाभोज,जलपान,जाँडपान पनि दुताबासैमा गएर डकार्दिन्छन्।

तर हाम्रो चाहिँ विजोग भो। पर्सी कार्यक्रम बजाउनुपर्ने खनाल घाइते भएपछि आज कार्यक्रम रेकर्ड गर्न सकिएन। रेकर्डका लागि भनेर बोलाइएका सहभागी सबैलाई अन्तिम समयमा लउ भनेर माफी मागियो। तर हलको पैसा, खाजाको लागि अर्डर गरेको,प्याक भइसक्या रैछ त्यो पैसा,सबै खेर जाने भो। सबभन्दा टेन्सन त फेरि अर्को नेता खोज्नुपरो।

हैन खाट जोडेरै मञ्च बनाउँछन् कि के हो ?

उहिले गणेशमान सिंह भरतपुराँ लड्दा कुर्चीकान्ड भाको थियो। आज फेरि एमाले अध्यक्ष झलनाथ खनाल काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल अस्पतालको कार्यक्रममा मञ्चमा खुट्टा अड्केर घाइते भएछन्। फेरि मञ्चकाण्ड हुने त होइन। कस्तो मन्च बनाउँछन् हउ शहराँ नि हाम्रो घरतिर जस्तै गाम्लेका ८/१० वटा खाट जोड्ने रैछन् कि के हो?आफ्नो त स्कूल नजिकै घर,मन्च बनाउन लगेको खाट साटिएर हैरान हुन्थ्यो...

गाडी चालक नै निदाएपछि...

गर्मी बढेर हो कि अल्छि भर हो। बसाँ अफिस आउँदै थिए। कलकीको जाममा माइक्रोबस चालक निदाउँदै,झकझकाउँदै माइक्रोबस चलाइरहेका थिए। बिचराले कतै पुगेर दुर्घटनामा त पारेनन् होला। विश्वकप सुरु नहुँदै त त्यस्तो हालत छ। राति राति विश्वकप फुटबल हेर्ने ड्राइभर परे भने त यो गर्मीआँ पब्लिक गाडीअट हिड्न नि डरै छ...

Wednesday, June 9, 2010

साझा सवालमा झलनाथ खनाल...

'साझा सवाल'आँ यसपाली झलनाथ खनाललाई खुइल्याउने कुरा गर्दैछन् साथीभाइ। तपाइसँग नि केही खतरै तथ्यमा आधारित प्रश्न भए लेख्दिम्,बा तपाइकै‍ प्रश्नले देशलाई निकास निकाल्ने उत्तर पो दिन्छन् कि काम्रेडले। के गर्ने यहाँ जागिर कै छ चिन्ता हाँसेर मात्रै नहुने...

राजेश हमाल ४६ वर्षाँ लागे...

यो आशा भन्ने कुरा नभा देखी नि मान्छेहरु खतमै हुन्थे होला। आजट ४६ वर्ष पुगेका'महानायक'राजेश हमाल नि अझै बिहे गर्ने आशा नै छन् रे। कृष्णप्रसाद भट्टराई नि बिहे हुन्छ भन्ने आशै आशाँ बुढा भाका हुन् कि। बिहेको कुरा पक्का नगरे नि राजेश हमालले आगुम एउटा फिल्म निर्देशन गर्ने चाहिँ पक्का गरेका छन् है..पैसा भाको भए प्रोड्युसर हुने चान्स नि हुन सक्छ क्यारे...
  

पत्रिके प्रधानमन्त्रीहरुको लिस्टाँ...

अस्ति नै प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर खुब गिज्याथे। अब पत्रिके प्रधानमन्त्री भनेर धेरैलाई नै भन्न पाइएला जस्तो छ। माधव काम्रेडले राजिनामा दिने हु्न कि होइनन् कुन्नि!तर पत्रिकाले एकपछि अर्को गरी प्रधानमन्त्री बनाइदिइराछन् त। बाबुराम भट्टराई,रामचन्द्र पौडेल,शेरबहादुर देउवा,सुशिल कोइराला,के पी ओली,झलनाथ खनाल,प्रचण्डै,अनि सिके लालले लेख्देर अस्ति नै सुप्रभा घिमिरेलाई'पत्रिके'प्रधानमन्त्री बनाइदिईभ्याथे...कतिलाई यही पत्रिके प्रम पनि हुन नपाकोमा चिन्ता होला?

सस्तो बेसाहा नखाई मर...

एउटा ल्यापपट र मुबाइल फुन किनुँ भनेको एकपछि अर्को झन् राम्रा र सस्ता माल आउँछ भनेर पत्रिकाँ दिनदिनै विज्ञापन र सम्चार आउँछ। राम्रो र सस्तो आउने भए किन महंगो किन्ने भन्दा भन्दै कहिल्यै नकिनेपो भो जस्तो छ। आज फेरि दुई-तिन्टा पत्रिकाले साढे छ हजार रुप्पेमै ल्यापटप पाइने लेख्याचन्। यो सस्तो कुर्ने बानीले नकिनिने रैछ। सस्तो बेसाहा पेट लाई मर भन्थे। मेरो त सस्तो बेसाहा नखाई मर भने जस्तो पो हुन लाग्यो त...

Tuesday, June 8, 2010

सुजातालाई साँढे दिनेले अरुलाई के उपहार दियो होला...

यो रामदेवको पतन्जली योगपीठले पनि के के उपहार दिन्छ दिन्छ। सुजातालाई दुई थान उन्नत जातको साँढे उपहार दिनेले सुशील कोइरालालाई पनि केही उपहार दियो कि दिएन होला? यसो सोचिरा रामदेव बाबाले माधव नेपाल, प्रचण्ड, झलनाथलाई के के उपहार दिए होलान् कुन्नी? हिरोनी रेखा थापालाई के उपहार दिन्छ कुन्नी...दिमागमा चाहिने कुरा खेलेपो...

नेपालाँ कार बम.....

हन-नेपाल हिन्दु जनता पार्टी काठमाडौं छिर्यो कि के हो, काठमाडौंआँ कहिल्यै थाहा नपाको कार बम विष्फोट भ'छ। बसुन्धाराँ इशान बाल अस्पताल अगाडि बा ४ च नम्बरको मारुती काराँ बम विष्फोट भर ४ जना घाइते भछन्। कसै कसैलाई यो पार्टीलाई अस्तित्वमा ल्याउन जिम्मा दिइएको होला। नभए अस्ति डाउडर भक्तमानले भनेको कुराँ कसैले विश्वास मानेनन् त...तर यो पार्टी फेरि जिम्मा नलिने पाराको छ क्या रे....

दाडि फुल्ने बेलासम्म पनि दाडि काट्न जानिएन...

दाडि फुल्ने बेला भइसक्दा पनि गतिलरी काट्न जानिएन। कहिले कतै छोडिन्छ कहिले कतै,लउ राम्ररी नै फालौं भन्यो भने कि गालातिर,कि च्यापुतिर कि घाँटीतिर काटिन्छ। अझ कुनै कार्यक्रम,मिटिङ सिटिङ तिर जान परेको दिन त अनाराँ खत नलिइकन हिड्नै नपाइने भो बा...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Monday, June 7, 2010

४० अर्बको सुन?सुनै खान्छन् कि के हो ?

 हैन धनीमानीले सुनै खान्छन् कि के हो?गभर्नर युवराज खतिवडाले अन्तरवार्ताँ भने अन्सार त एकै वर्षमा ४० अर्ब रुपैयाँको सुन आयाता भएछ...भाउ बढेको बढ्यै छ मान्छेले सुन किनेका किन्यै छन्। कहाँ गाछ हउ तेत्रो सुन। आफ्नो ल-सुन पनि किन्न नसक्ने अवस्था छ महंगीले...(हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा.....)

नेपालगन्जको स्विमिङ पुलले बाँचियो

धन्न नेपालगन्जको बाटिको होटलमा स्विमिङ पुल रहेछ। नत्र भा ४० डिग्री माथिको त्यो गर्मीमा पाकिन्थेन त भनेर एउटालाई भनेको बेकारमा मुख चिलाएर भनिएछ जस्तो गरायो। बाटिकामा नबस्ने नेपालगन्जका सबै पाकेका छन् र भनेर जवाफ पाइयो। बोल्दा होस पुर्याएकै राम्रो...तर स्विमिङ पुलले नै नेपालगन्ज यात्रा रमाइलो भा हो, जस्ले जे सुकै भनुन्...

नेपालाँ रेल दुर्घटना भर ८ जना मरे रे....

कुरा गम्भिर भर के गर्ने कोही - कोहीलाई सुनाको हाँसे। नेपालाँ पनि रेल दुर्घटना भर मान्छे मरेचन्। जयनगरबाट जनकपुर जाँदै गरेको रेललाई गिटी रोडा भारत पुर्याउने ट्रिपरले ठक्कर दिँदा दुर्घटना भको खवर सुन्नमा आछ। संग्राहलयमा राख्न ठिक्क भाको नेपालको त्यही एउटा रेल पनि दुर्घटनाँ परेपछि नेताहरुले छुट्टै एक रेल मन्त्री पनि आवश्यक परो भनेर मन्त्रालय संख्या बढाउलान्।

फेरि हारेका सभासद...

अरु पार्टीबाट चुनाव हारेकाहर्को चित्त दुखिराहोला। एमालेट चुनाव लडेर हार्या भए त सभासद हुन पाउँथे नि। थाहा नपाए झैं नगर्नु न-माधव काम्रेडपछि अब के पी ओलीलाई पनि सभासद गराउने तयारीमा लारैछ नि एमाले। अरु पार्टीका नि चुनाव हारेकाहरु जति एक भर आ-आफ्नो पार्टीलाई दबाब दिन थाले हुन्छ। दुई वर्ष जितेकाले खाए- अब हाम्रो पालो भन्दै। आखिर खाने कुरा जस-जसबाट सिके पनि हुन्छ नि। एमालेबाट सिक्ने पनि धेरै कुरा छन्... हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

Saturday, June 5, 2010

पुलिसले अपहरण मुक्त गरा रे... हँसाउछ यार

फेरि हसायो यार पुलिसले। डाउटर भक्तमानलाई फिरौति लिएर हो कि नलिइकन अपहरणकारी(ठूला हुन्क कि साना दल)ले छोड्देछन् हिजो राति धादिङको जोगिमारा,मझीमटारमा ल्या'र। त्यसपछि उन्ले आफ्ना भाइ डीएसपी जगतमान श्रेष्ठलाई फोन गरेर लिन बोलाएछन्। अनि पुलिसका प्रवक्ता भन्नेले गफ दियाथे बिहान एफएमाँ...हामीले भक्तमानलाई अपराधीहरुबाट छुटायौं भनेर..

भक्तमानले सबै कुरा भन्लान् त ?

क्या दिन आए यार मान्छे अपहरण मागेर फिरौति लिनका लाइ नै पार्टी गठन हुन थालेछ। नेपाल हिन्दु जनता पार्टीले आफ्लाई अपहरण गरेको भक्तमान श्रेष्ठले बताएछन्। अपहरण गर्नेको वास्तविकता लुकाउन यो नयाँ पार्टीको जन्म गराइएको हो कि?

अरु कुराँ झगडा गरेपनि भक्तमान घर आएपछि सरकारवाला दल र माओवादीलाको मत एउटा कुरा मिलेछ। उनी फिरौति तिरेरै आएको दुइटैले बताइराका छन्। तर अलि अलि फरक पनि छन् यिन्का धारणा। सरकारवालाले माओवादी र केही आपराधिकको संलग्नतामा अपहरण भएको र पैसा बुझाएर छुटेको बताछन्। माओवादीले त एक करोड रुपैयाँ दिएरै छुटेको बताइरहेको छ। खोइ के खोइ के..

सबैकुरा प्रष्ट भन्दा भक्तमानलाई तत्काल अप्ठेरो पर्ने भए पनि उनले सबै कुरा पारदर्शी रुपमा भनिदिए भविष्यमा हुनसक्ने यस्तो संभावित घटनालाई रोक्न सहयोग पुग्थ्यो र अहिले पनि दोषिले सजाय पाउँथे कि। तर के गर्छन् कुन्नि...। देशाँ सरकार कम्जोर भाका बेलाँ सबै कुरा भन्न भक्तमान बा डराउने पो हुन् कि...

Friday, June 4, 2010

खोई कहिले हो नयाँ सरकार नयाँ संविधान

यस्तै चाललले हो भने माधव काम्रेडले राजिनामा दिन ३ महिना जति लगाउलान् जस्तो छ। अनि नयाँ सरकार, राष्ट्रिय सहमतिको सर्कार भनेपछि सबैलाई मन्त्रालयमा चित्त बुझाउनै परो त्यो बनाउन अरु ६ महिना लाग्ला। बाँकी तीन महिनाँ संविधान लेखेर सक्लान् त ? नसके नि के भो र हाम्ले फेरि समय थप्न पर्छ भनेर अनसन,धर्ना दिइहाल्छम के रे। फेरि एक वर्ष त थप्लान् त्यहाँ भन्दा धेरै त नथप्लान् नि....

पदक पार भोज खुवाउनेको के हाल होला?

सर्कार्ले फेरि अर्को विभुषण फिर्ता पाउँछ कि के हो? आजको 'नागरिक'मा सिंहको राशिफल यस्तो छ:भाग्योदयको योग रहेको हुँदा सरकारबाट मान सम्मान पद प्रतिष्ठा प्राप्तिको योग देखिन्छ। अब मेरो राशि सिंह नै हो। मैले पाएँ भने फिर्ता दिइहाल्छु। फिर्ता दिइएने भने त पुरै प्रतिगामीको सूचिमा परिने डरछ। क्या बोर भा होला है यसपटक पदक पाकालाई,दिन दिनै जसो कसै न कसैले फिर्ता गर्या गरैछन् हुँदा हुँदा अदालतले पनि वितरणमा रोक्न भन्दिओ। अझ कोही कोहीले त पदक पाएपछि भोज पनि खुवाथे होलान् अब तिन्ले के गर्लान्? ...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Thursday, June 3, 2010

'अफिसमै झुपु झुपु'

'नखाइन्जेल लोत्र्यान खाएपछि सोत्र्यान'भन्ने ग्रुप पनि एउटा खोले हुन्थ्यो नि। अनेक अनेक नामका फेसबुक ग्रुप खुलेका छन्। असाध्यै गर्मी बढेर हो कि के हो 'अफिसमै झुपु झुपु' नामको ग्रुपको पनि खाँचो महसुस गरिरहेको छु। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

दुब्लाउन पैसा

अफिस आका एक जनाले तीन महिनाँ ४५ हजार तिरेर १४ किलो घटाको कुरा गरे। गाउँका साइली घर्तीनी भाउजुले शहरका मान्छे दुब्लाउन महिनाको ३ सय देखि ४० हजार रुप्पेसम्म खर्च गरेर दौड्ने उफ्रने,फलामका डल्ला उचाल्ने गर्छन् भन्दिन पर्छ;मुर्च्छै पर्छिन् होला। पोहर दशैंमा घर जाँदा लउन शहराँ मोटाउने ओखति पाइन्न भनेर सोध्याथिन्।

विदेशी सेना नहुल....

बैदेशिक हस्तक्षेप रोक्न सक्ने कुरा नि त्यस्तै त्यस्तै रहेछ। जापान जस्तो शक्तिशाली देशका प्रधानमन्त्री युकिओ हातोमायाले त आफ्नै भुमि अकिनावा टापुबाट अम्रिकी सेना हटाउन नसकेर ९ महिनैमा राजिनामा दिन पर्दोरहेछ। बल-बुद्धि धेरै भाका देशले थिच्ने रैछन्। एकचोटी विचार गरो है नेताहरु अरु जे सुकै गरे नि विदेशी सेनाँ चाहिँ देशाँ नहुल। जापान जस्तो देशका प्रधानमन्त्रीले त सैनिकलाई हटाउन नसक्दा रैछन् तिम्हर्ले एकपटक हुलेउ भने त तिम्रा बलबुताले हटाउन सक्दैनउ झैं माने मैले...

अलिकति हिड्न पाइयो अराजकताले गर्दा...

कस्तो अराजक बनाइदिए देश। बसुन्धाराट रिङरोड हुँदै सानेपा अफिस आउँदै थिए। बाफल तिर आएसी माइक्रो रोकियो। कुरो बुझ्दै जाँदा थाहा लाग्यो। कलकी नजिक बा ४ ख ११९० नम्बरको ट्रकले नम्बरप्लेट लेख्ने ठाउँमा स्टिकरमा नम्बर लेखेर टाँसेको भन्दै बुद्धिमान नाम गरेका ट्राफिक प्रहरीले पैसा मागे रे।

पैसा दिन नमानेसी चालकसँगट बिलबुक लिएर गइदिएछन्। उन्ले ट्रक बीचबाटाँ तेर्साइदिए। ट्राफिक हाकिम बिलबुक फिर्ता दिन त तयार भएछन्। तर चालक गाडी रोकेको ठाउँमै बिलबुक दिएमात्र गाडी चलाउने भन्दै अड्डी कसेर बसेका थिए। कति लामो समय जाम भो कुन्नी म त हिडेर बल्खु खसी बजार नजिक आएर अर्को गाडी चढी अफिस आइपुगे।

तर ठीकै छ। अलिकति भए पनि हिड्न पाइयो....

Wednesday, June 2, 2010

अहिल्यैट दबाब दिए पो हुन्थ्यो र...

मुलाई त सबभन्दा कम्जोरी हामीमै छ झैं लाउछ। संविधानसभाको म्याद थपेको साता दिनसम्म संविधानसभासँग सम्बन्धित सिन्को भाँचिएको छैन। अहिले चाहिँ चुप लार बस्ने। महिना डेड महिना बाँकी भएसी बेलाँ संविधान बनाउन पर्छ भनेर सभाध्यक्षलाई ज्ञापनपत्र दिने अनि लास्ट दिनाँ घर धर्ना देको कत्ति चित्त बुझेन। अहिलेटै दबाब देपो हुन्छ र। खोई नयाँ कार्यतालिका योजना भनेर भोलिट संविधानसभा घेरेपो उन्हरुले पनि बेलाँ काम गर्छन्। लास्ट आओराँ गर करार के के न काम गरे जस्तो नगरम्न हउ...

जेन्टलमेन एग्रिमेन्ट

प्रचण्डलाई थर्काको कुरा गरे एक माउवादी नेताले। पार्टीलाई प्रतिक्रान्तिकारीले जहिले नि पछारे,खोइ त माधव नेपालको राजिनामा भनेर प्रचण्डलाई सोध्या रे। प्रचण्डले केपी ओलीसँग जेन्टलमेन्ट एग्रिमेन्ट भाको हो,पर्सीसम्म राजिनामा आउँछ भने रे। अनि उन्ले-जेन्टलमेनसँग र राजिनामा दिने जेन्टलमेन भए पो जेन्टलमेन एग्रिमेन्ट फलो हुन्छ भन्देछन। खोइ नेताहर्का भित्री कुरा; को जेन्टलमेन को अनजेन्टलमेन...

Tuesday, June 1, 2010

प्रचण्डको डेराँ बन्दुक पड्किएसी....

प्रचण्डको डेराँ मंगलबार दिउसो २ बजेतिर बन्दुक पड्कएछन् नि। मैले प्रचण्डलाई पहिल्यै भनेको यो बन्दुकको वरिपरि बस्न हुन्न भनेर... माने पो। उन्कै एक सेनाले लिएको बन्दुक भुइमा खसेर पड्कदाँ भित्ता र टिनमा अलिकति खत पनि लाछ रे। धन्न मान्छेलाई लाएन छ र पो... यस्तै बन्दुक खसेर कुनै‍ दिन मान्छेलाई लाओ भने राम राम... काम्रेड बन्दुक छोड्दिम भनेर कसैले भने नि माने पो...

पत्रकारलाई बैंकको ऋण छैन...

पत्रकार्ले विशेषगरी आर्थिक पत्रकारले था'नपार नलेखेका त होइनन् होला।  नेपालका सबैजसो बैंकले संगठित रुपमा एउटा निर्णय गर्यारैछन्-पत्रकारलाई काठमाडौंआँ घर जग्गा किन्न ऋण नदिने। सायद अन्य शहराका पत्रकारको हकमा पनि त्यस्तै निर्णय भा होला।

 किन हो भनेर एउटा बैंङ्करलाई सोधेको नेपालाँ जागिर र तलब दुबै भर नभाको पेशाको कोटीमा छ रे पत्रकारिता...पत्रकार्ले थाहा पाइ पाइ पनि आफ्नै उछितो के काट्नु भनेर नलेख्या होलान्। नत्र तिनै बैंकको सँधै जसो गुणगान गार मात्र  बस्ने पत्रकारहरुले आफूहरु माथि संगठित हमला गर्ने बैंकलाई के छोड्थे होलान् र?

कटवाललाई पदक नदेर हाम्लाई दिन्छ त?

रुक्माङ्गत कटवाललाई गणतन्त्र दिवसमा यो सर्कार्ले पदक देकोमा रिसाउनेहरुदेखि कत्ति चित्त बुझ्याछैन। कटवाल प्रकरणले नै माधव सरकार बनेको भन्ने कस्तो नबुझेको। प्रचण्डले कटवाल हटाउन नखोज्या भए माधव नेपालको प्रधानमन्त्री बन्ने सपना त पहिलेजस्तै भ्रुण हत्या हुन्थ्यो नि। आफ्नो सरकार बनाउन विर्यदान गर्ने हिरोलाई पदक नदिएर तिमी-हाम्लाई दिन्छ त ?कुरै नबुझी विरोध यार (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)