Monday, May 31, 2010

सञ्चार माध्यमका साहुहरूलाई जग्गा कब्जाको आरोप..

तपाइले पत्रिका कत्तिको हेर्नुहुन्छ कुन्नि..जग्गा हडप्नेको नाममा पछिल्लोपटक त नेपालका ठूल्ठूला मिडियाका साहुहरुलाई पनि पारेको छ नि एउटा सरकारी बैंकले।

सञ्चार माध्यमसँग सम्बन्धित नेपालका ठूल्ठूला संस्था नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी(सबैजसो ठ‍ू्ल्ठूला राष्ट्रिय दैनिक पत्रिकाका साहुहरुको संस्था),टेलिभिजन ब्रोडकाष्टर्स नेपाल(नेपालका सबैजसो टिभी स्टेसनका साहुहरुको संस्था)र नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल(साप्ताहिक पाक्षिक पत्रिकाका साहुहरुको संस्था)मिलेर राष्ट्रिय मिडिया केन्द्र बनाउने भनेर शान्तिनगर काठमाडौआँ निर्माणस्थल भन्दै होर्डिङबोर्ड राखेको जग्गा त नेपाल बैंक लिमिटेडको पो रैछ। बैंकले गोरखापत्रमा तिन्को नाउँमा विज्ञापनै निकालेर 'हाम्रो जग्गा खाली गर'भन्याछ।

माओवादीले कब्जा गर्या जग्गा फिर्ता गर भनेर लेखिरहनेहरुले कब्जा गर्या जग्गा चाहिँ कहिले फिर्ता गर्लान?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

पत्रिकाले गर्यो स्याउलाको काम...

क्यामेरा बिग्रेर खत्तम भो। नत्र,अर्काले घर नबनाइन्जेल आठ आना जग्गा प्रयोग गर्न पाइरहेको खेतमा धान रोप्न हिजो बिउ राखेको फोटो गज्जपै थियो। चराले बिउ नखाओस् भनेर घरतिर त पाती,असुरो,धुर्सेलीको स्याउलाले छोपिन्थो। यहाँ त ती के पाउनु भनेर पत्रिकाले छोप्देँ। क्या राम्रो देखियाथ्यो भने खेतको एक टुक्रामा पत्रिका ओछ्याउँदा...

केटाकेटीलाई जब्बरजस्ति नमस्कार गर्न लाइदिने...



केटाकेटीभाका साथीभाइकहाँ जान नि बोरै हुन्छ,बिचरा बच्चाबच्चीलाई जब्बरजस्ति नमस्कार गर्न लगाउँछन्। बिहानै एक साथी र उनकी जोडीले ५/६ वर्षकी सानी छोरीलाई जतिपटक नमस्कार गर्न लगाए नि गरिनन्। हिड्ने बेलामा चाहिँ बाउ-आमाले केही भन्नै परेन'बाई'भन्दिन्। जब्बरजस्ति नमस्कार गर्न लगाउने बाउ आमालाई सक्ने भए ती केटाकेटीले कस्तो सजायँ दिन्थे होलान्...बाटाँ हिडेका कुकुरलाई पनि नमस्कार गर्नुहोस् भन्दा हुन्...

Saturday, May 29, 2010

वर्ल्डकप हेर्नलाई रिहर्सल भो...

अरु कुरा त त्यस्तै हो। संविधानसभाको म्याद थप्ने कामलाई मध्यरात भन्दा परसम्म पुर्याएर दलहरुले १२ दिनपछि सुरु हुने वर्ल्डकप फुटबलको प्रि-रिहर्सल गराइदिए। भुकभुकेसम्म जागा बसेर फुटबल हेर्न रुचाएने मुन्छेले एकदिन भए नि प्राक्टिस गर्न पाए हिजो टिभिआँ लाइभ हेरेर भन्ने नि होलान् कोही..आ-आफ्नो तुनेलो अन्सार न व्याख्या गर्ने हो हरेक परिघटना...

नजिकै अत्तर बसाएमा....

क्या रमाइला रमाइला सम्चार पढ्न पाइन्छ भने बाची बसे। एउटा राष्ट्रिय पत्रिकाको हेडलाइन
'पानी अभावले स्याम्पु र साबुनको बिक्री घट्यो; बडी स्प्रे र अत्तरको आयात दोब्बर'
कोही कोही नजिक बस्दा सारै नै बसाएर आयो भने याद गर्नु है... धेरै दिनदेखि नुहाउन पारैनछ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, May 28, 2010

भारतले आफ्नो शक्ति देखाउँदैछ....

नेपालका माओवादीलाई तह लगाउन खोजेर भारतले एकैचोटी धेरै मेसेज दिन थालेको छ। साउथ एसियामा हाम्रो जस्तो तिम्हर्को चल्दैन भनेर चीन,युरोप,अमेरिकालाई चेत्न लगाएको छ। सबैभन्दा ठूलो लेसन त माओवादीलाई दिन खोजेको छ-हामीले भनेको मानेनौ र हाम्रा विरुद्ध बोल्दै हिड्यौ भने तिमीहरूले एकपछि अर्को मुद्धामा पराजित हुँदै जानेछौ। यति माथि आइसकेका नेपाली माओवादीलाई तह लगाउन सकियो भारतीय माओवादीलाई पनि देखाउन सकिन्छ......

भोलिपर्सी फेरि म्याद थप्न आन्दोलन


ढुक्क भए हुन्छ माओवादीले लास्टा संविधानसभाको म्याद थप्छन्। नथपे भोलिपर्सी संविधानसभा पुनर्बहाली हुनुपर्छ भनेर आन्दोलन गर्छन्। अस्ति नै नि कसैले छोड् नभनी सरकार छोड्याथे। अहिले त्यही चाहियो भन्दै दिनहुँ घुर्की-धम्की दिराछन्। आन्दोलन गरिरहने बाहना पनि चाहियो नि। तेत्रा कार्यकर्ता छन्, विचराहर्लाई अलमल्याउने अरु उपाय कसैले सुझाछैन।


फिलिम बुझे पो, काइट्सलाई नराम्रो भन्छन्....

'काइट्स'लाई धेरैले नराम्रो भनेसी सारै कमजोर आंकलन गरेर फिल्म हेर्न गाको भर हो कि के हो मलाई त राम्रै लाओ त फिल्म। आफूले फिल्म नबुझ्ने भर हो कि...पत्रिकाले त सारै नराम्रो भनेर लेखिराथे। कतिखेर राम्रो आउला भन्दा भन्दै फिलिम सकिन्छ भन्याथे। मैले चाहिँ कतिखेर नराम्रो हुनेरैछ फिलिम भन्दा भन्दै फिलिम सकियो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...

ढुक्क हुम् माओवादीले म्याद थप्छन् ...

माओवादीले संविधानसभाको म्याद थप्छन्। माओवादीले लास्टाँ भन्छन् - "अरु सबै गैरजिम्मेवार रैछन् भन्ने कुरा प्रमाणित भो। एमाले काँग्रेसले त संविधानसभा मार्नै चाहेका थिए। जनताको महान आकाक्षांलाई सम्मान गर्दै हामीले अब निशर्त संविधानसभा बचाउने निर्णय गर्यौं। तर पनि सहमतिय प्रणालिमा नगइकन संविधानसभाको म्याद थप्ने निर्णय गरिएकाले संविधान बनिहाल्छ भन्ने विश्वास हामीलाई छैन। तर जनतालाई निराश नपार्न एकपटकका लागि संविधानसभाको म्याद थपिएको छ। आगामी दिनमा संविधान निर्माणमा सम्पूर्ण जनसमुदायको दबाब र सहयोगको अपेक्षा गर्दछौं।"


मैले भविष्यवाणी न गरेको हुम् माओवादीले यसो भनेनन् भने के हुन्छ भन्नुहोला। मेरो भविष्यवाणी फेल खान्छ। माओवादीलाई मैले बुझ्न बाँकी नै छ भन्ने मात्र देखिने होइन,माओवादीले चमत्कार गर्न रुचाइरहन्छ भन्ने देखिन्छ।

अनि संविधानसभा माओवादीको तत्कालीन रणनीति र कार्यनीति मात्र थियो। शसस्त्र विद्रोहको बेला अरुलाई पनि मान्ने हुन्छ भनेर संविधानसभा भनेको थियो भन्ने बुझिन्छ। अब उनीहरु बिद्रोह गरेर भए नि युद्ध गरेर भए नि सत्ता लिन कोशिष गर्छन् भन्ने देखिन्छ। खास कुरो यही हो।

म्याद नथप्लान् भन्ने कस्तो चिन्ता...

कस्तो चिन्ता लागेको यार मलाई संविधानसभा म्यादको, मानौं आफन्त कोही सभासत छन् र म्याद नथपिए उन्कोसँगै आफ्नो पनि जागिर जान्छ कि झै। बेलाँ संविधान नबनाउने संविधानसभा रहे पो के गए पो के भनेर भन्न पनि सकेको छैन। फेरि मैले चिन्ता गरेर पनि संविधानसभाको म्याद थपिने नि हैन,रोकिने नि हैन...तै पनि बाउको अप्रेसन गर्दा भन्दा बढी चिन्ता छ यार..

Wednesday, May 26, 2010

प्रचण्डले क्रान्ति सफल पार्दैननन् कि के हो...

प्रचण्डका भित्रिया भनिएका एक काम्रेडलाई प्रचण्डले त आफूसहित बाबुराम भट्टराई,बादल जस्ता ठूला नेताहरु सत्तामा नजाने कुरा भूमिगतै कालकै अन्तरवार्ताआँ पढ्न पाइयाथ्यो। अहिले प्रधानमन्त्री पदको लागि किन हो मरिहत्ते गरेको भनेर सोधेको,'क्रान्ति सफल भएपछि नजाने भन्नुभाहो। क्रान्ति सफल भाकै छैन अहिले सत्ता अरलाई छोड्ने कुरै हुँदैन भने।'प्रचण्डले क्रान्ति सफल नबनार सँधै प्रधानमन्त्री खाइरहने त हैनन् ... फेरि क्रान्ति सफल भयो भने त आफूले सत्ताको स्वाद लिइरहन भएन नि त...

खुर्सानीले पोल्यो

उमेरले ३० काटेसी स्वास्थ्य सम्बन्धि कसैले केही सुनायो भने त्यही राम्रो हो कि भने झैं लाग्ने रैछ। अस्ति कान्तिपुराँ खुर्सानी खायो भने पेटको बोसो काट्छ भनेर पढेसी खुर्सानी खान थालेको ट्वाइलेट बस्ने समय मात्र लम्बिराछ। पिसाब पनि पोलेर हैरान पो छ त...पत्रिकावाला नि एकदिन खुर्सानीका गुण भनेर आधा पेज छाप्छन् अर्कान दिन खुर्सानी खान हुन्न भनेर के मात्रै गर्ने हउ...

फोन विश्वासिलो नहुँदा सुद र प्रमबीच भेट

टेलिकमको विश्वास नभर होला है..फुनाँ हुनुपर्ने कुरा पनि भेटेरै गर्न खोज्छन् हाम्रा नेताहरु। तीन दलका शिर्ष नेता र प्रधानमन्त्रीबीच मिटिङ हुनु पहिले भारतीय दूत राकेश सुदले प्रधानमन्त्रीलाई भेटेरै केही भनेछन्। अब फेरि सहमति भएन भने भारतले माधव काम्रेडलाई के के भन्दियो भनेर भन्न पाइने भो..टेलिकमको फुनको विश्वास भा'त सुदले फुनैट कान फुक्दिन्थे होलान्...हाम्ले था त पाम्थेनम्न नि

सभासद्लाई घुमाएरै समय खाइदिए..

एकजना हाकिम्ले सुनाका:संविधान बेलाँ नबन्नुमा युएन सहितका एनजिओ,आइएनजीओ को नि ठूलो हात छ रे। हाम्रा सभासतलाई खाली विदेश भ्रमणाँ घुमाको घुमेइ मात्र गर्दिएनन् कहिले अँग्रेजी भाषा त कहिले 'एटिकेट' सिकाएर समय जति जम्मै खाइदिए...हुन पनि हाम्रा सभासतले नघुमेको देश संसारमा अब एउटा दुईटा मात्र रैछ। हिजो दुई सभासद भेट्याथें। एकजना बोलिभिया अर्का ग्वाटेमाला पुगेर आका रे..

Tuesday, May 25, 2010

कुरो लिखितममा अड्क्यो


ए बल्ल बुझियो प्रचण्डले माधव नेपालसँअ बदला लिन खोज्या रैछन्। उहिले प्रचण्डले संविधानसभा सदस्य बन्न आइदिन परो भन्दा माधव नेपालले लिखित पत्र चाहिन्छ भनेर अड्डी थापेसी प्रचण्डको लिखित पत्र पठाएसी मात्र उनी संविधानसभामा आए। अहिले नि माधव काम्रेडले लिखित रुपमै राजिनामा दिन्छु भनेसी मात्र प्रचण्डले संविधानसभाको म्याद थप्ने रैछन्।

अब कुरो लिखतमा गयो। बोलेर भन। प्रचण्डले संविधानसभाको म्याद थप्ने भनेको कि नथप्ने भनेको हिजो पत्रकार सम्मेलनट मोरे बुझियाथेन। कुरो बुझ्नै ढिलो छु के म।

कस्तो गारो भो यार माओवादीलाई 'संविधानसभा हाम्रो तत्कालीन रणनीति र कार्यनीति मात्र थियो। उतिबेला पो अरुलाई पनि मान्ने हुन्छ भनेर संविधानसभा भनेको हो। अब संविधानसभा होइन। बिद्रोह गरेर भए नि युद्ध गरेर भए नि सत्ता कब्जा गर्छौं भन्दिए टन्टै साफ हुन्थ्यो।- बेकाराँ झुलाइरहने भन्न पनि नहुने युद्धपिपासु रैछ भन्लान्। खास कुरो यही हो।

प्याकेजमै...

आजभोलि 'प्याकेजमै'भन्ने 'फ्रेज'निकै चल्यारैछ। कसैलाई नमस्कार गर्यो भने प्याकेजमै हो भनेर सोध्छन्। कसैलाई च्याटमा ढिलो गरी रिप्लाई गर्यो भने प्याकेजमै गफ गर्न भनेर हो भनेर हैरान पार्छन्।

बिहान बिहान मर्निङ वाक गर्न गाको कहिलेकाही मात्र जाने भ'र होला छिमेकीले प्याकेजमै एक्सरसाइज भन्छन्। फिल्म हेर्न हलमा नगाको धेरै भर एउटा साथीलाई जाम भनेको। अहिले फिल्म राम्रा छैनन्। भोलिपर्सी प्याकेजमै हेरौंला भन्छन्।

खाना अलिक डाइटिङ गरेको आज अलिक पेल्देको बुढीले खाना प्याकेजमै हो कि के हो भनी।

झोला भिरेर अफिस आउँदै थिए। बाटामा एउटाले प्याकेजमै अफिस हिडिएछ त भन्यो। कन्डक्टरले भाडा देको प्याकेजमा कि आइडि कार्ड भनेर सोध्छ।

पहिले पहिले प्याकेजमै सहमति भन्ने माउवादीलाई अहिले अरु दलहरुले प्रधानमन्त्रीको राजिनामा मात्र हुन्न प्याकेजमै सहमति भनेर अल्मल्याइराछन्। राष्ट्रपतिले आज प्रधानमन्त्रीलाई प्याकेजमै‍ सहमति गर्न भन्देछन्। हिजो एउटा साथीको बर्थ डे;पार्टी देन भनेको,बर्थ डे हैन अब यही साल बिहे गर्छु। आगुमतिर भन्ट्याङ भुटु्ङ होला 'प्याकेजमै'दिउँला भनेर हिड्यो।

केही साथीभाइले फ्रेन्ड रिक्वेस्ट पेन्डिङमा राखेका छन्। लउ न साथी स्वीकार गर भन्यो भने प्याकेजमै स्वीकार हुन्छ भन्छन्।

कोही कोही लेखकलाई आजभोलि लेखिन्न् नि किन हो भन्यो भने प्याकेजमै लेखँला भन्छन्... जे छ सबै प्याकेजमै छन्।


ल है साथी हो हास्नुपर्ने कारण प्याकेजमै छन् ...

नेपाल विश्वको १४ औं गरिब राष्ट्र



मुन्छेहरु कुरै नबुझी बोल्दा रैछन् हाम्रो देशलाई संसारकै दोस्रो गरिब देश भन्थे। आज यसो खोजेको;बेलायत सर्कार्ले हाम्रो देशलाई विश्वकै १४ औं गरिब राष्ट्र भनेको छ र एसियाको चाहिँ सबैभन्दा गरिब।http://www.dfid.gov.uk/where-we-work/asia-south/nepal/

सबभन्दा गरिब त १)सियरालिओन २) तान्जिनिया ३)बुरुन्डी ४)मालावी ५)इथोपिया पो छन् त..

Monday, May 24, 2010

कमनिस्टका शव्द

एउटा कमनिस्ट माउवादीका वामदेव क्षेत्रीले अर्का कमनिस्ट एमालेका बारेआँ लेख्या-'एमालेको अहिलेको दर्शनशास्त्र अधिभूतवादी आदर्शवादमा आधारित सारसंग्रहवादी,निम्न पुँजीवादी र यान्त्रिक भौतिकवादी दृष्टिकोण हो।'मैले त बुझे मार्दिनु...धेरै कमनिस्टका दस्ताबेज र लेखहर किन बुझ्नै नसक्ने हुन्छ यार, काँग्रेसले बुझ्छ भनेर त होइन होला है.(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

रंगशालाको स्विमिङ पुल

कलेज पढ्दा ताकाको दिन सम्झेर हिजो गर्मी छल्न रङ्गशालाको पौडी पोखरी गाको त,स्विमङ पुल वरिपरि खाल्डो खन्दैरचन। गन्हाको पानी जम्मा भर पौडी पोखरी त मच्छरको घर भइरारच। पुन निर्माणको काम त हिउँदभर गरेर अहिले गर्मीआँ पुल खोल्नुपर्ने नि। छिटछिटो कुद्न पर्ने खेलकुद क्षेत्रको त यस्तो हविगत छ भने कछुवातालमा कुद्ने अरुको के हाल होला...

Saturday, May 22, 2010

लउन म्याद बढाओ


माने यार दलहर्लाई र तिन्का नेताहरुलाई!

पहिले पहिले संविधानसभाको म्याद बढाउन पाइदैन भनेर जनताले नारा लाउँथे। अब लउन जसरी भए नि म्याद बढाइदेउ भनेर हाम्ले भन्नुपर्ने अवस्थामा ल्याइदिए। अब भोलिपर्सी 'हाम्लाई त संविधानसभा चाहिन्न भनेकै थिएम्नी तिम्हरुले गर्दा मात्र बढाएको; बेलामा संविधान दिएनम् भनेर नकाराओ है फेरि भंग गर्दिम्ला' भनेर घुर्की लाउने होलान्..सकिएन बा तिम्हरुसँग..।

अस्ति नै संविधानसभाको म्याद थप्ने भए भत्ता लिन पाइन्न भनियाथ्यो। अब कता डबल भत्ता दिन्नौ भने त बिताउन्नौं सविधानसभा भन्लान् र हाम्ले फेरि देश युद्धाँ जान भन्दा त बरु लउ लउ तेब्बर लिए नि लिओ संविधानसभा बचाइ चाहिँ राख्देउ भन्न पर्ने होलान्।

Friday, May 21, 2010

Rule of Law No no 'Hull' of law

जेठ १४ सम्म नि संविधानसभाको म्याद नथपिए कसो होला श्रीमान् भनेर एक जना न्यायाधिसलाई सोधेको। गज्जप उत्तर दिए। 'रुल अफ ल' भए पो यसो हुन्छ भनेर मैले भन्नु। 'हुल (भिड) अफ ल' छ। हुलले जे जे गर्छ त्यही हुन्छ...

मैले भनेको माने पो। थोरै बोल भन्छु मान्दैनौ



यीऽऽ हाड नभाको जिब्रो त चिप्लेछ नि प्रधानमन्त्री माधव काम्रेडको 'संविधानसभा माउवादीलाई चित्त बुझाउन मात्र मान्देको हो। अन्य तरिकाले नि संविधान बनाउन सकिन्थ्यो'भन्देछन्। माउवादीलाई चित्त बुझाउन संविधानसभा मान्दिनेले अब फेरि तिन्लाई चित्त बुझाउन राजिनामा नि दिए भैगो भन्लान् केही वुद्धिजिवीले। माउवादीले फेरि मसला पाए 'देख्यौ!यो सर्कारले संविधान बनाउँदैन' भन्न।


नाम युनिकै बेस

यो संयोग भन्ने कुरा पनि अचम्मैको रैछ। आफू साझा सवालको रेकर्डिङ गर्न पोखरा गइयाथ्यो तीन दिन्लाई। फेसबुक चलाइएन। कतिले त वारेन्ट जारी गरिएको युनिटीको दीपक भट्टराई तँ नै होस् कि के हो भनेर हैरान पारे। सस्तो मस्तो जल्ले पायो तेल्ले राख्ने नाम राख्न पनि गतिलो काम होइन रच। नाम युनिक नै बेस...

बल कता छ के...


अस्ति नै प्रचण्डले हडताल फिर्ता लिँदा'बल'अब सरकारको कोटाँ भन्थे। प्रधानमन्त्रीले संविधानसभाको म्याद थप्ने नथप्ने अब'बल'माउवादीको कोटाँ भने। प्रमको राजिनामा नदिए सभाको म्याद नथप्ने भनेर माउवादीले बल फेरि सत्तारुढ दलहर्को कोटाँ फालेको होला। छिट-छिटो खेलौ है बल। अब एक साता जति छ त्यसबेला सम्म चुपो लार बस्यौ भने बल सेनाको कोर्टाँ जाने हो कि,बिदेशीको कोर्टाँ जाने हो कि...


May 20 at 1:19pm

रगत मागो देशले

देशले रगत मागे जस्तो छ। बाबुराम भट्टराईले नेपाली पत्रिका नागरिक र कृष्णबहादुर महराले अन्तराष्ट्रिय पत्रिका फाइनान्सल टाइम्साँ फेरि जंगल जाने धम्की के दियाथे। महिनौं पछि आज हात काटेर रगत गो नि ट्वाइलेटको छेस्किनीले...

May 17 at 4:40pm ·

Monday, May 17, 2010

चन्दा नि दिइन्छ, ट्याक्स नि तिरिन्छ

व्यापारीहर्ले दलहर्लाई मिल्न देको अल्टिमेटम सकिएसी एक जोक याद आयो। बुढोले नुहाउन तातो पानी तताउन भनेछ बुढीलाई। बुढीले तताउन नमानेपछि छिटो तता नत्र नत्र भन्दै गएछ। बुढीले अति भर नत्र के भन्दा बुढाले चिसै पानीले नुहाउँछु भन्थ्योरे। व्यापारीले अल्टिमेटमको दिन बढाउँदै लाँदा नि सहमति भएन। अब यिन्ले लास्टाँ सहमति नगरे पनि चन्दा नि दिइन्छ ट्याक्स नि तिरन्छ भन्लान जस्तो लाओ। यिन्को नत्र..पनि फासाफुसु हुन्छ जस्तो छ।

लउ मेरो नि युनिटीआँ नाम...

ग्रह ठूलै लाको जस्तो छ। कहाँ न महाँ युनिटीलाईफले चलाउने अनलाइन पत्रिकाको सल्लाहकाराँ मेरो जस्तै नाम छ त बा... http://www.unityonlinenews.com/?action=aboutus मसँग यो अनलाइनको गोरु बेचेको साइनो पनि छैन। बरु हार्न नसकेर चार/पाँच वर्ष पहिले एक साथीले १३ हजार जति रुप्पै लग्याथे। के के भो पत्तो छैन।

प्रधानमन्त्रीको लागि रमाइलो

माउवादी र एमाले दुबै प्रधानमन्त्रीआँ असफल भएको भन्दै केही काँग्रेसका नेताहर्ले अब प्रधानमन्त्री पद आफ्नो पार्टीलाई चाहिने भन्दैआछन्। माउवादी र एमाले मिलेर 'हुन्छ प्रधानमन्त्रीको नाम देउ भन्दिन पर्छ'काँग्रेसाँ फेरि रमाइलो हुन्छ। माउवादीआँ त्यही प्रधानमन्त्रीका लागि रमाइलो भइराछ। आफू प्रधानमन्त्री हुन नपाएपछि प्रचण्डले बाबुरामलाई नि नदिएर बरु महरालाई दिने भाछन रे।

Friday, May 14, 2010

खर्च

एकजना सभासदलाई डेढ अर्ब रुप्पै खर्च गरिएछन नि संविधानसभा गठन भएसी। अबत तलब लिइन्न होला नि म्याद थप भएमा भनेको त क्वाप्पै खाएनी-मुला शान्ति र लोकतन्त्रको मुल्य खोज्ने?माउवादी हिसाका बेला ७ अर्बको भौतिक संरचना ध्वस्त भाथे। त्यस्को पनि हिसाब गर। हाम्ले संविधान बनाएनम् भने भोलि झन् खर्बौ ध्वस्त हुन सक्छ। त्यस्को हेक्का राख भन्ने चेतावनी वा सो सरह पाइयो।

Thursday, May 13, 2010

द्याट इज ग्रेट

द्याट इज ग्रेट भन्ने थेगो हुने रैछ यार कसै कसैको। यसो च्याटमा बसेर केही भन्यो कि द्याट इज‌ ग्रेट भन्छन्। जे भने नी। एउटा विदेशाँ भाको साथीलाई रिस उठेर तेरो बुढी पोइला गई भनेको त झन् ओउ द्याट इज मोर ग्रेट भन्छ बा...

रातिमा तात्ने कुरा गर्ने ?

चाहिने कुराँ 'सेन्सेटिभ' हुनु छैन,नचाहिने कुराँ 'सेन्सेटिभ' यार मान्छेहरु नि।'जब भयो राति तब बुढी ताती'भन्ने उखान प्रयोग गरेको त एक सहकर्मी - रातिमा तात्ने 'भल्गर'उखान युज गर्ने" भनेर माफै पो मगाउलान् जस्तो गर्छन यार। कुरो र कुलो जता लगे नि हुन्छ भन्थे हाम्रा गाउँमा हो रच। (हास्नुपर्ने कुरा धेरै छन् हा हा हा...)


युनिटीले फिर्ता देला त...


साथीभाइलाई हार्न नसक्दा पनि बेकारको झन्झटमा परिने रैछ यार। युनिटी लाइफ अवैधानिक भन्दै एकातिर सम्चार अर्कातिर युनिटी राम्रो भन्दै त्यसैको विज्ञापन दिन दिनै छाप्या छापै छन् पत्रिकाले। आफसँगट नि एउटाले चार वर्ष जति पहिले १३ हजार रुप्पै लगाथ्यो युनिटीलाई भन्दै। के-कसो भा छ कुन्नि। साथी त वेपत्ता छ। कसैले पैसो फिर्ता पा भा भनम् है मलाई नि। म नि लाइनाँ बस्छु। यो खडेरी ला बेलाँ दशै हजार पाए नि धन्य हुन्थे...


ओई वुद्धिजिवी


प्रचण्डले अरु जे गरे नि साथीभाइलाई बोलाउने शब्द चाहिँ दिन्छन् है। केटाहरूलाई पहिले पहिले तिन्का गच्छेअन्सार कठपुतली वा बिदेशी दलाल भन्न पाइयाथ्यो। आजभोलि कसैलाई सुकिला-मुकिला र कसैलाई भिजलान्ते भन्न पाइरैयाछ। आजट प्रचण्ड आँफैले म पनि सुकिलो र म पनि वुद्धिजिवी भएकाले कहाँ सुकिलो र वुद्धिजिवीको विरोध गर्न सकम्ला भने। अब केटाहरुलाई बोलाउने नयाँ शव्द पाइयो यार - ओइ 'वुद्धिजिवी'... (हास्नुपर्ने कारण धेरै छन्। हा हा हा...)


Wednesday, May 12, 2010

क्यार्लान त माउवादीले

एक कुटनीतिज्ञले सुनाका-माउवादीको धेरै भर छैन रे। प्रधानमन्त्रीले राजिनामा नदिए संविधानसभाको म्याद नथप्न पनि सक्छ रे। अनि भोलिपर्सी संविधानसभा पुनर्बहाली हुनुपर्छ भनेर आन्दोलन गर्छ रे।'बा हो कि अस्ति नै नि कसैले छोड् नभनी सरकार छोड्याथे। अहिले त्यही चाहियो भन्दै दिनहुँ घुर्की-धम्की दिराछन्। आन्दोलन गरिरहने बाहना पनि चाहियो नि। तेत्रा कार्यकर्ता छन्, विचराहर्लाई अलमल्याउने अरु उपाय कसैले सुझाछैन।


मैलो धैलो-सुकिलो हुन खोजेर

आफू मैलो-धैलोआँ सडकमै हिड्न पर्ने मान्छे प्रचण्डले भनेसी जब्बरजस्ति सुकिलो मुकिलो बन्न खोजेर कहाँ हुदोरहेछ र। पाए माइक्रोबस नपाए टेम्पो नत्र स्वयमभूत खाल्को बसाँ ठेलम ठेलम गरेर चढेर अफिस आइपुग्दासम्म सेतो सर्ट त पुरै कालो भइसक्छ। कालो जुत्ता लाओ भने त पुरै खैरो भइसक्छ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Tuesday, May 11, 2010

आधुनिक श्रवणकुमार

घराँ आउने पत्रिकाका लेखहरु पढेसी बाउलाई लागेछ साला यतिको लेख त म नि लेख्छु। बुढाले टाइप गर्न जान्दैनन्। बाउको लेख टाइप गर्दै पत्रिका कार्यालयाँ इमेल गरेर सेवा गरिराछु मैले त। धन्न पत्रिकाहर्ले लेख/रचना भन्दा पाठक पत्रलाई धेरै स्थान दियाछन् र छाप्पिराछन्। उहिले श्रवणकुमारले बा-आमालाई बोकेर तिर्थ गर्याथेरे। आफ चाहिँ बाउको पाठक पत्र टाइप गरेरै आधुनिक श्रवणकुमार बनियाछ, के गर्ने अरु केही गर्न सकिएन त आमा-बाउका लागि...

छोड्दैनन कि क्या हो काम्रेडले


माउवादीले आमहडताल फिर्ता लिने र माधव काम्रेडले सरकार छोड्ने भन्ने सुनियाथ्यो,हन रछ कि क्या हो। काम्रेड त सेना समायोजनपछि मात्र छोड्ने भन्छन्। भोलिपर्सी वाइसिएल विघटन,घरजग्गा फिर्ता,नागरिक पार्टीमा रुपान्तरण भन्ने सर्त राख्दै,मैले नियुक्त गरेका मेरा भाइलाई फिर्ता बोलाउन पाइन्न,म फेरि प्रधानमन्त्री बन्ने शर्त पुरा हुने भए मात्र सरकार छोड्छु'भन्लान। आफ्लाई त छोडे पो के बसे पो के...


सञ्चारकर्मीले आफ्नै हाकिम कुटेछन्।

ई!सञ्चारकर्मीहरु पनि लोपोन्मुख जातिमा पर्लान जस्तो छ। अरुले त निसाना साँधेर कुट्याथे कुट्याथे। आफूहरु पनि एक अर्कासँग भिड्न थालेछन्। बागेश्वरी एफएम नेपालगन्जका स्टेसन म्यानेजर नवीन गिरीलाई कार्यक्रम सञ्चालक समीर श्रेष्ठले गोदेछन्। अफिसको कम्पुटर घरको काम प्रयोग नगर भन्याथेर टेलिफोनले बजाइ दिएछन्। सानमा 'बल भन्दा बुद्धि ठूलो' भन्ने बादबिवादमा विपक्षमा बोल्याथे होलान्।


Monday, May 10, 2010

फेरि अर्का मन्त्रीले कुटेछन्

मैले त्यस्सै हो र सरकारी जागिर नखाको। सिडिओ कुट्ने मुन्तरी करिमा वेगम र सचिव मदनकुमार भट्टराई कुट्ने श्रममन्त्री मोहम्मद अफ्ताव आलमलाई धन्यवाद है। सँधै सरकारी जागिर खान नसक्ने लाछी भन्नेहरुलाई गज्जप जवाफ दिइयो आज। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)


प्रचण्डलाई जवाफ

अलकति भोट ल्याएर काठमाडौंमा ठूलो घर भाडाँ लिएर ठूलो गाडी चढेर हिड्दैमा नेपाली जनतालाई,उनीहरुको शान्तिको आकाक्षालाई हेपेर तिमीहरु धम्कीपूर्ण भाषामा बोल्दै हिड्छौ र पटक पटक हतियारको दम्भ देखाउँछौ भने त्यसको एक एक हिसाब नेपाली जनताले लेखेर राखेर बसेका छन्। कोकोले के के बोले। कसरी कसरी धम्की दिए भन्ने कुरा लेख्न जान्नेले डायरीमा लेखेर नजान्नेले दिमागको डायरीमा लेखेका छन्। तिन सबैको हिसाब किताब यथादिनमा नेपाली जनताले दिनेछन्। दिपक भट्टराईको फेसबुक कमेन्ट भनेर लेख्न पनि नमिल्ने....(हास्नुपर्ने कारण धेरै छन्...)

'अलिकति कमाएर काठमाडौंमा घर बनाएर (घडेरी किनेर घर बनाउन पर्खेर) बस्दैमा नेपाली जनतालाई,उनीहरुको शान्तिको आकाक्षालाई हेपेर तिमीहरु लेख्छौ र बोल्छौ भने त्यसको एक एक हिसाब नेपाली जनताले लेखेर राखेर बसेका छन्। कोकोले के के लेखे? कोकोले केले बोले?भन्ने कुरा नेपाली जनताले डायरीमा लेख्न नजाने पनि दिमागको डायरीमा लेखेर बसेका छन्'प्रचण्डको ।

Saturday, May 8, 2010

नाकाँ लँगौटी


कसै कसैले यो शहराँ गाडी मात्र भए पनि महिनामा ५/७ दिन चल्न नपाउने हडताल गर्दिए हुन्थ्यो नि। क्या मज्जाले नाक फुला'र हिड्न पाइयाथ्यो तीन चार दिन। पानीले भिजेको धुलो आज घामले सुकायो अनि गाडीले उडाएसी आजट फेरि नाकाँ लँगौटी बाँधेरे हिड्न परिराछ...

आन्दोलन फिर्ता लिएसी

माउवादीले आन्दोलन फिर्ता लिएसी एकजना पधानमन्त्रीका सल्लाहकारलारलाई बधाई देको धन्न कुटेन नि फोनाँ - मुला मेरो जागिर जाने बेला भो तलाई हर्ष छ भन्दै.....(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


अझै संविधानको दिनगन्ती

बिहान रेडियो सुनम कि पत्रिका पढम। दिउस टिभी हेरे पनि अझै संविधान घोषणा हुने दिन यति उति भनेर गनिर'का छन । आज पनि नयाँ संविधान बन्न 21 दिन बाँकी भनेर रेडियाले भनिराथे। यिनहरु बेलाँ संविधान बन्ला भन्ने आशामा होलान कि दबाब देका होलान...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Thursday, May 6, 2010

आन्दोलन गर्न फ्रिमा अम्रिका जाने?


सडकआँ हिड्दै गर्दा अलिक राम्रा कपडा लाका दुई जनाले कुरा गरेको सुनेको। एउटाले भन्यो- यिनहर्लाई आन्दोलनमा जब्बरजस्ति ल्याइएको हो। अर्काले प्रतिवाद गर्यो-मुला तँलाई विरोध गर्न फ्रिमा अमेरिका जाम केही दिन खाने बस्ने व्यवस्था पनि छ भन्यो भने जान्छस् कि जान्नस्? कि जब्बरजस्ति लान पर्छ। सुकिलो नम्बर एक त ट्वाँ (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

आन्दोलनै आन्दोलन

जन-आन्दोलन,त सुरुमा(fun नाचगान )आन्दोलन भइराथ्यो। हिजोट गन (Gun भक्तपुरमा क्या त)आन्दोलन भयो। आजट चाहिँ रन(रण मैदानमा जस्तो प्रतिकार/सर्तिकार)आन्दोलन भो। अब भोलिट डन(Don गुण्डाहर्को)आन्दोलन हुने होला देशाँ। घराँ चाहिँ साथाँ पैसा नभर धन-आन्दोलन छ,यो बढ्दै गर भोलिट बुढाबुढीबीच मन-आन्दोलनल हुने हो कि..जीउमा तन आन्दोलन त अस्तिनै देखि छ..

पछाडि परिएला

अब हानथाप हुने भयो। सरकारवादी दल र माओवादीबीच वार्ता गराउन के। अस्ति अस्तिसम्म मानवअधिकारकर्मी भनिने दमनाथ -पद्यरत्नले गर्थे। हिजोसम्म व्यापारीहरुले गरिराथे आजबाट पत्रकार र साहु पत्रकार अगाडि सरेछन्। तपाइको कुनै समूह छ भने वार्ता गराइहाल्नुहोस है कुनै फाइभस्टार होटलाँ नभए पछाडि परिएला....

Wednesday, May 5, 2010

मन्त्रीहरु त बिहानै अफिसाँ...

माउवादीहर्ले आज बिहानै सिंहदरबार घेर्ने भनेपछि हिजो अस्ति ६/७ बजे सिंहदरबार पुग्ने मन्त्रीहरु आज ४ बजे नै कार्यालय पुगेचन्। माउवादीको त भर छैन भोलिट ४ बजे बिहानैदेखि सिंहदरबार घेर्ने भने भने उतै ओछ्यान लार सुत्छन् होला मन्त्रीहर...

बन्दमा क्यार्ने त नि...


१। किनेर थन्काएका तर पढ्न नपाका पुस्तकहरु पढ्ने
२। फिलिमहरु छन् भने पनि हेर्ने
३। घर/फ्लाट/कोठा सफा गर्ने। हेर्नु त कतै साङ्लाका जाला लाका होलान्।
४। इन्टेरियर डिजाइनर बने पनि हुन्छ। कोठाका काठ/र्याग सामान यताका उता- उताका यता सारे पनि धेरै फोहर निस्कन सक्छ
५। सडकमा हिड्नुको मजा मज्जाले लिनुपर्छ यही बन्दको बेलामा। मन लाग्छ भने गफ गर्नुहोस् सडकमा सँगै हिडेकाहरसँग। तपाइको बोल्ने कलामा विकास हुन्छ।
६। नजिकका साथी गए पनि हुन्छ। कति लामो समय भयो होला तपाइले चाहेर पनि एक घन्टा वरपरै बस्ने साथीकोमा पनि नगएको?
७। बाउ आमा बनेकाहरु - छोराछोरीको कतिवटा पुस्तक छन्। कुन कुन दिन कुन कुन रङको पोशाक लाउन पर्छ। उनीहरुका सबैभन्दा मिल्ने साथी को हुन् जान्ने मौका सबैभन्दा राम्रो उपाय हो। छोरा छोरीका अक्षर कस्ता रहेछन्। परिवारका सबै जना बसेर एउटै विषयमा निम्बन्ध लेखे नि हुन्छ।
८। साँझ ६-८ बजेसम्म पसल खुलेकै छन्। फलफूल, चिउरा, तरकारी, माछामासु, जाँड/रक्सी इच्छा अन्सार इष्टमित्र साथीहर्लाई बोलाएर खुवाए पनि हुन्छ। खाना पकाउन सिक्ने र जानेकाले कला देखाउने पनि राम्रो समय पनि हुन सक्छ
९। नजिकै हाइकिङ गए नि हुन्छ।
१०। आन्दोलनमा अहिलेसम्म सहभागी भइएको छैन भने भोलिपर्सी आन्दोलन हुने हो कि होइन। आन्दोलनको बीचमा पुगेर वास्तविक नेपालीहरुको अनुहार हेर्ने मात्रै होइन उनीहरुको कुरा सुनेर बसे झनै राम्रो।