Tuesday, January 12, 2010

दीपक पनि हिंडे

नागरिक न्यूज डटकममा कार्यरत युवा पत्रकार दीपक भट्टराईले नेपाल रिपब्लिक मिडियाबाट राजीनामा दिएका छन्। २०६६ माघ १ गतेबाट लागू हुनेगरी राजीनामा दिएका सशक्त युवा पत्रकार दीपक भट्टराई अब बीबीसी ट्रष्टद्वारा संचालित 'साझा सवाल' मा क्रियाशील हुने भएका छन्। आकर्षक तलव सुविधाले गर्दा रिपव्लिक मिडिया छाडेर यसअघि नै बीबीसी साझा सवालमा विद्या चापागाईंको प्रवेश भइसकेको थियो। त्यस्तै हिमाल खबरपत्रिकाका समाचार संयोजक जेबी पुन मगर पुस १६ गतेदेखि बिदा भएका छन्। अध्ययनका लागि विदेश जाने भनेर उनले हिमाल छाडेका हुन्।