Tuesday, November 30, 2010

अम्रिकीले नेपालीलाई के भन्या होलान्?

इटालीका प्रधानमन्त्री बेर्लुस्कोनीलाई 'अप्रभावकारी', रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई 'अल्फा डग', फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीलाई 'अधिनायकवादी', जर्मन चान्सलर एन्जेला मार्केललाई 'खतरा लिन नचाहने व्यक्ति' र अफगान राष्ट्रपति हमिद कारजाईलाई 'कमजोर र षडयन्त्रकारी' भनेका अम्रिकी अधिकारीहर्ले नेपालका पूर्व-हरु राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, प्रचण्ड, प्रधानसेनापति रुक्माङ्द कटवाललाई के के भन्या होलान्। 
लउन कोही ह्याकर छैनौ नेपालाँ ? छिटो त्यो विकिलिक्सको नेपाल प्रतिवेदन सार्वजनिक गर्दियाओ न हतार भइसक्यो आफ्लाई जान्न...

आफ्ना कोही मन्त्री भए पो विदेश घुम्नलाई

एकाबिहानै मेसेज आछ एउटा पत्रकार साथीको : आफू त मन्त्री भइन्न भइन्न आफ्ना त नातागोता नि मन्त्री हुने खालका छैनन्। नभए त स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले आफ्ना शिक्षक दाइ रमाकान्त चौधरीलाई स्वास्थ्य प्रणाली सम्बन्धी इथोपियामा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनाँ भाग लिन पठाए झैं कुनै अन्तर्राष्ट्रिय सम्मेलना जान पाम्दा हुँ नि...।

विकी लिक्समा आँखा

wikileaks.org मा आँखा टाँसेर बसिराछु यार म त। नेपालाँ भाको अम्रिकी एम्बेसीले के के सुचना पठारच त आफ्नो सरकारलाई भनेर। नेपालाँ अम्रिकाने दुताबासको को कस सँग कस्तो कस्तो साँठगाँठ रच भन्ने पनि बुझ्न पाइएला नि। तर चिन्ता छ यार कतै आफूले आदर गर्ने व्यक्तिहरुको नाम पो दुताबासबाट भटाभट पैसा लिनेहरुमा पर्ने हुन् कि?

Monday, November 29, 2010

थपेको ६ महिना नि सकियो

लु सभासदहरु संविधानसभाको थपेको एक वर्ष मध्ये ६ महिना त शाकाहारी भाषाँ सिन्को नभाँचीकन मांसाहारी भाषाँ माखो नमारीकन सिध्याउनुभएछ क्यारे। बाँकी छ महिना रह्यो। अब चाहिँ आफ्ना शिर्ष भनिएका नेताहरुलाई चिमोटेर, निमोठेर, घुर्क्याएर, थर्काएर संविधान बनाउन लगाउनुहोला। नत्र, नत्र......। नडराउनुहोस् हामीलाई चिनिहाल्नुभो नि, हाम्ले केही नि गर्दैनम्, देशाँ फेरि हिंसा हुनुभन्दा एक वर्ष थप्नुस भन्छम्।

लास्ट लास्ट बेलातिर छिटो संविधान लेख भनेर दबाब दिएम् भनेर नरिसाउनुहोला है। अहिल्यैबाट दबाब त हामीले नागरिक समाज वुद्धिजिवी कसैले पनि देका छैनम् नि। अहिल्यैबाट दबाब दियो भने त संविधान लेखिन पनि सक्छ। 

कहाँ डेनमार्कको कोपनहेगन कहाँ मेक्सिको

यो मेक्सिको भन्ने देश त्यति गतिलो होइनछ भन्ने थाहा पाइयो। 

पोहोर जलवायु परिवर्तन सम्बन्धि सम्मेलन डेनमार्कको कोपनहेगनाँ हुँदा सात सय जति नेपाली गाथे। जान पाउने र नपाउने बीच कत्रो तानातान हानाहान थियो। महिना एक जति मिडयाँ त्यस्कै चर्चा थ्यो। 


अहिले त्यही सम्मेलन मेक्सिकोको क्यानकुनमा सुरुभो। न नेपाली मिडियाँ त्यस्को चर्चा छ न त्यता जानलाई लुछाचुँडी। एउटा वातावरणविदलाई सोध्या-युरोप अम्रिकाँ जस्तो उत्तरी अम्रिकाँ लुकेर फाइदा छैन रे के... अनि रमाइलो नि युरोपाँ जति छैन होला  नि कि कसो हो?

Sunday, November 28, 2010

माओवादीको छुट्टाछुट्टै मेस

पालुङटाराँ माउवादी मेसको भात खान पाइयो एकदिन। आर्मी, पुलिसको भान्साँ अफिसर्स मेस र जवान मेस भन्ने देख्दा यही होला सामन्तवाद भनेको सोचेर बसिराथें। 

साम्यवादीहर्को नेतादेखि कार्यकर्तासम्म सबैको एउटै मेस होला भनेको त्यहाँ नि केन्द्रीय पदाधिकारी र अन्यका लागि छुट्टै मेस हुँदो रचत। मेसको सजावट नै फरक फरक। 

पत्रकारहरूले हुलास बासमति चामलको भात छ भित्र भन्थे, हाम्लाइ त चोइला परेको सोना मनसुली चामलको भात जस्तो पो दिए त भित्र...


धेरै जना भएर व्यवस्थित गर्न छुट्टाछुट्टै मेसको व्यवस्था गर्या होलान्। नभए त साम्यवादीहरुको त नेतादेखि कार्यकर्ता सम्मको खवाई, बसाई, लवाई एउटै छ होला।   

पालुङटाराँ पिप्ली लाइभ

विचरा माउवादी नेताहरूको विजोग रचनि पालुङटाराँ। घन्टैपिच्छे लाइभ गर्ने टिभी पत्रकारहरु 'पिप्ली लाइभ' फिलिममा झै‌ बल्छी थापेर बसेका र'छन्। जो आयो त्यल्लाई समातेर, उचालेर, घचटेर माइक भाटाँ लगेर लाइभ बनाइदिहाल्दा रहेछन्। अनि तपाइको नाम के हो, यहाँ किन आ भनेर अन्तवार्ता सुरु। एकजना पीडित होलान् मिडिया सेन्टरट अलि पर आएसी भन्दै थिए बल्ल बल्ल आज त जोगिएर आइयो....


पालुङटारको यात्रा

पालुङटार नगए त पत्रकारै भइन्न झै‍‍ गरे त। लाइयो अब पालुङटारतिर डेड सय रुप्पेको बादली चश्मा लाएर। आँखाको रोग हुन सक्छ क्या धेरै जना भेला भए ठाउँमा....

Thursday at 8:54am ·  · 

Wednesday, November 24, 2010

देश निर्माणको जिम्मा सिमेन्टले ल्यारचन र नेताहर्लाई मस्ती

नेताहर्ले देश विकास निर्माणाँ किन ध्यान नदिया भन्ने त बल्ल पत्ता लाएँ। नेपाली टिभीहर्मा शक्तिमान, अम्बे, निर्माण, मारुती, शालिमार के के जाति सिमेन्टका विज्ञापन हेरेको सबैले देश निर्माणको जिम्मा अब यो सिमेन्टलाई भन्दै भव्य शहर, पुल, महलहरु देखाका-देखाइ गर्दारचन्। देश निर्माणको जिम्मा सिमेन्ट कम्पनीहर्ले लिएसी नेताहर्लाई केको टाउको दुखाई। हेर्या हो टिभीआँ सिमेन्टको विज्ञापन ?....

90 रुपैयाँमा माना एक मकै

लउ सन्जयलिला भन्सारीको फिलिम आयो भन्दै एउटालाई लिएर गुजारिस हेर्न सिटी सेन्टर गाको।
टिकटैआँ  नै सात सय खर्च भओ।
भुट्या मकैलाई पर्नेभन्दा १० गुना पैसो तिरेर नखाने विचार्ले हाफटाइममा चुपचाप सिटाँ बसिराथें। बर्बाद पार्दिए नि... इन्टभलाँ त रेष्टुरेन्टाँ झै मेनु लिएर सिटसिटाँ सोध्न आउँदो रच।
यताउतिकाले भटाभटी अर्डर गर्न थाले। कस्तरी फसियो भने माना एक मकैलाई ९० रुप्पैयाँ किनियो। यिनीहर्ले पैसा कमाउन कति सम्म जानेका हुन्...
अर्काको पैसा उड्दा त हाँसो लाओ होला हैन...

Tuesday, November 23, 2010

एफएमका साहुहरुलाई गाडी चढ्ने रहर

चिने-जानेका/मानेका-नमानेका धेरैले गाडी चढेको देखेर होला हाम्रा एफएमका साहुहरुलाई नि गाडी चढ्न रहर लागेछ। देशभरका एफएमका मालिक वा सो सरहहरू पोखराँमा दुई तीन बसेर लामो छलफल गरी सरकारसँग माग गरेका छन् - एफएमले ल्याउने साना गाडीआँ नि भन्सार छुट दिन परो। भन्सार तिर्न नपरे हामी पनि गाडी चढ्थेम भन्ने आँट पलाएका सम्पूर्ण एमएफ साहुहरूलाई अग्रिम बधाई है..


कस-कसले ताली पाए

यसो नसोचिकन बसम् भन्यो नेपाली पत्रकारहर्ले सुखै दिन्नन् यार। 'प्रचण्डले बोल्दा पालुङटाराँ ताली बजेन भनेर' हेडलाइन सम्चार आएसि सोधखोज गर्नै परो -अस्ति नै काँग्रेसको महाधिवेशनाँ सुशील कोइराला बोल्दा कतिले ताली बजारचन्। एमालेको महाधिवशेनाँ झलनाथ र माधव नेपाल बोल्दा कति पटक ताली बजारछन्... कति दुःख देको यार पत्रकार मित्रहरु मेरो यो सानो दिमागलाई...


ठूला पत्रकार

एक महिना अगाडि मात्र चिनी नेपालाँ उत्पादन गर्दा भन्दा विदेशट आयात गर्दा सस्तो पर्ने भएकाले चाडबाडाँ विदेशट आयात गरिएका चिनी नेपालीले सस्ताँ पाउने भनेर सम्चार लेख्यौ। आज फेरि पुरै युरोपै नेपाली चिनीले भरिने भनेर समाचार लेख्याछौ Ramchandra Bhatta .तिमी पनि नेपालका ठूला पत्रकाराँ पर्ने पक्का भो दाजु।


Monday, November 22, 2010

संविधानसभामै फिलिम देखाइन्छ - प्रचण्ड (दिपकको सपनाँ)

बिहान अबेरसम्म सुतेको त मैले प्रचण्डले पालुङटाराँ बन्द सत्राँ गर्ने भाषण पो देखें है सपनाँ - 


'संसदाँ अस्ति अर्थमन्त्रीको ब्रिफकेस खोसेको र मन्त्रीलाई कुटेको त ट्रेलर मात्र हो। यदी देश र जनताको हितमा संविधान बनेन भने संविधानसभा भित्रै हामीले प्रतिक्रान्तिकारीहरूलाई कब्जा गर्छौं र पुरै फिलिम देखाइदिन्छौं। विश्वलाई। केही महिनापछि संविधानसभा हाम्रो कब्जामा हुन्छ। 


यसो दलहरुलाई झुक्याएर सरकारमा जाने हाम्रो प्रयत्न जारी छ। हामी शीर्ष नेताहरु सरकार कब्जा गर्छौं। हाम्रा दुई सय पचास जति सभासदले संविधानसभा कब्जा गर्नेछन्।  तपाइहरुले सडक कब्जा गर्नुहोला। 

अब हामीलाई कसैले रोक्न सक्दैन।'


कति चिन्ता हो मलाई देशको सपनाँ नि त्यही देख्छु। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Sunday, November 21, 2010

एउटै बैठकलाई ६ करोड। कति मंहगो हो माउवादी

 हैन हउ यो गरिब नेपालीको माउवादी पार्टी कति सारो धेरै खर्च गर्ने भाको हो? एउटा बैठककै लागि पालुङटाराँ ६ करोड रुप्पैयाँ झ्वाम पार्नेभएच। यसो सोचेको यही पार्टी आएदेखि वार्ता सार्ता पनि धेरैजसो होटल, रिसोर्टाँ गरेर पैसा भ्याकै छन्। घराँ बुढो गोरु पाल्न भन्दा नि गारो पर्छ कि के हो जनतालाई देशाँ यो पार्टीलाई पाल्न त...


जाबो एउटा ब्रिफकेस सुरक्षा गर्न नसक्नेले के देश बचाउलान्

 ‎'बा! यो ब्रिफकेस म्युजियममा राखेको कत्ति चित्त बुझेन। भोलिपर्सी संग्रहालय घुम्नेले जाबो एउटा ब्रिफकेसको त सुरक्षा गर्न नसक्नेले देशको के सुरक्षा गर्लान् भनेर हाम्रो देशका मन्त्रीहरुको बेइज्जत गर्ने भो' सानी छोरीले सोधेकी के जवाफ दिने दिने। उटपट्याङ मात्र सोच्ने बाउ आमा भएसी केटाकेटीले नि त्यस्तै उटपट्याङ सोच्दा रैछन् कि के हो...


Saturday, November 20, 2010

कस कसलाई कहाँ राख्ने होला ?

माओवादी सभासदहर्ले अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग खोसेर फुटालेको 'ब्रिफकेस' त संग्रहालयमा राख्ने निर्णय सर्कारले गरेछ। अब त्यो मारमुङ्ग्रीमा भाग लिने सभासद, त्यो तमासा हेरेर बस्ने संविधानसभा अध्यक्ष/सभामुख र भिड्न जाने मन्त्रीहरुलाई पनि कहाँ कहाँ राख्ने हो भनेर जनताले निर्णय गरे त हुन्थ्यो। तर सबै म जस्तै कुरौटे मात्र छौ‌ हामी नेपाली। हामीले के पो गरौंला र अर्कोपटक तिनैलाई फेरि भोट दिम्ला।

लाइभ फाइट हेर्न पाइयो

धन्य माउवादी सभासदहरु छन् र हिन्दी फिलिमको फाइट हेर्न पर्या छैन। उहिले गाउँमा माओवादीले कसरी पिट्थे भनेर देख्न पाइयाथेनर माओवादीहर्लाई खुब धेरै भोट देर संविधानसभाँ पठाको नि काम लाओ। मन्त्रीहरु सुरेन्द्र पाण्डे र प्रकाशशरण महतलाई कुटेर लाइभ फाइट देखाए...


खान खुवाउन कति रमाका प्रधानमन्त्री नेपाल


क्या रमाका प्रधानमन्त्री माधवकुमार नेपाल, रेखा थापालाई केक खुवाउन पाएपछि। प्रचण्डसँग नाचिथ्यौ मैले त केक नै खुवाउन पाएँ नि भन्दै सोचिरहेका होलान् नि। गोपिकृष्ण मुभिजले नेपालाँ पनि फिल्म सम्बन्धी मात्र टिभी फिल्मी भन्ने नयाँ च्यानल खोलेका छन्।

क्या जिब्रो देखाका प्रमले केक खानलाई। गोपिकृष्ण मुभिजका साहु उद्धव पौडेलले खुवाएको केक।

Friday, November 19, 2010

बेलाँ संविधान नबनेको दोष संविधानसभा भवनलाई

केटाहर्ले पत्रिकै पढ्दैनन् नभए हाँस्दा हुन्। वास्तुशास्त्रीहरुले बेलाँ संविधान नबन्नको दोष संविधान सभा भवनलाई देका रचन्। नेपालका हुनेखाने वर्गबाट आजभोलि वास्तुशास्त्रीहरुको पहुँच कमाएर खानेसम्म पुगिसकेको छ। वास्तुशास्त्रीलाई देखाएर घर/डेरा खोज्ने, घराँ पिरामीडहरु राख्ने धेरै नै छन्। 

कतिले सुत्ने कोठाको झ्याल फेरेका छन् त कतिले पानीको टैंकी। कुन दिन यिन्को प्रभाव हुँदा खाने वर्गमा पनि पर्ने हो। सबैले आफ्ना आफ्नै डम्फू त बजाउनै पर्‍यो। 

Tuesday, November 16, 2010

साउदी युवराज्ञीसँग राष्ट्रपति र प्रधानमन्त्री

राष्ट्रपति रामवरण यादव साउदी अरेबियाका राजकुमार अलबलिद वीन तलाल अब्दुलाजीज अलसाउदसंग भेटवार्ताका क्रममा युवराज्ञी समिरालाई राष्ट्रपति भवनमा स्वागत गर्दै। दी हिमालयन टाइम्समा छापिएको यो तस्वीरमा राष्ट्रपतिले युवराज्ञीको हात जसरी समातेका हुन् त्यो मलाई अलिक असजिलो लागेकाले यो तस्विर यहाँ राखेको हुँ।
एक जना मुस्लिम महिलासँग हात मिलाउँदा राष्ट्रपति यादवले त्यस्सरी बेस्करी समाउन पर्थ्यो र। मलाई थाहा छैन वा यो चलन राम्रै पो हो कि।

Monday, November 15, 2010

माधव नेपालको नयाँ किर्तिमान

हैन माधव नेपालले राजिनामा देको पाँच महिना हुन लाइसक्यो हैन र। काम्रेडले राजिनामा दिनु अगाडिभन्दा राजिनामा दिएपछि पो सरकार धेरै समय चलाउँछन् कि के हो। आखिराँ माउवादीले नि बजेट ल्याउन सहमति दिएछन्। अब भोलिपर्सी गोडा ६ महिना नि सरकार चलाउन यिनै माधव नेपाललाई दिने हुन् कि....

शहर सफा गर्न भन्दा पुत्ला जलाउने की...

भारतीय कलाकार इरफान खानलाई काठमाडौं आएसी मन सन्तोष भयो रे। बम्बैभन्दा अव्यवस्थित अर्को शहर नी रच भन्ने कुरा पत्ता लगाएछन्। केटाहर्ले पुत्ला जलाउने पो हुन् कि तिन्को...काठमाडौ‍लाई बम्बै भन्दा खराब भन्ने भनेर....शहर सफा राख्न भन्दा पुत्ला जलाउन सजिलो छ नि।

Sunday, November 14, 2010

भेट्रानका गफ...

 बिबिसी नेपाली सेवाका प्रमुख (पत्रकार) रवीन्द्र  मिश्रले लेखेको पुस्तक 'भूमध्यरेखा अर्थहीनताभित्र अर्थ खोज्दा' को विमोचनाँ गाको  आज। चार जनाले भाषण ठोकेका थिए। तर ती मध्ये  दुई जना नेपालका भेट्रानहरुको कुरा दिमागाँघुमिराछ। धेरैजसो पत्रकारहरु र केही स्तम्भ लेखकले भरिएको ठाममा माओवादीका बाबुराम भट्टराईले भाषणाँ भने - मलाई पनि तपाइहरु जस्तै हुने मन छ।  अब १०/१५ वर्षपछि राजनीति छाडेर तपाइहरुकै कित्तामा आउँछु। (हुन त प्रचण्डले  अब  धेरै वर्ष बाबुराम काम्रेडलाई पार्टीआँ टिक्न देलान् जस्तो लाउदैन)।
अर्को कुरा चाहिँ पत्रकार विजयकुमार पाण्डेले आफूले सम्पादन गर्ने पत्रिका आँफैले नपढ्ने गरेको बताए। उन्ले भने- 'नेपाल' पत्रिका सम्पादन गर्दा ४ पेज मात्र पढ्थे‌। अरु जस जसले जे जे लेखे पनि छापिन्थ्यो।
दुबै जनाको गफ त होइन होला। मलाई भने आँफू गफाडी भएर होला जस्ले जे भने नि गफै लाग्छ...

Saturday, November 13, 2010

गोरखा पल्टन हेरेपछि

नारायण रायमाझीले बनाका प्रशान्त तामाङलाई खेलाका फिलिम गोर्खा पल्टन हेरियो आज। २० वर्ष अगाडि हेर्या भए कति राम्रो लाग्दो होला मलाई यो फिलिम। पचास पुग्न लागेका नारायण दाइले आफ्नो वै‌शमा लेखेको कथालाई ३० वर्षपछि अहिले स्क्रिनाँ उतारेछन् जस्तो लाग्यो फिलिम हेर्दा। जमाना फेरिइसक्यो तै पनि गण्डक प्रदेशकाले हेरे हुन्छ यो फिलिम। आफ्नै गाउँघर, छिमेकी तिन्कै गीत र भाषाले पक्कै बाँधेर राख्छ ३ घन्टा।
बेलाबेलामा दाताँ ढुङ्गा  भने लागिरहन्छ।  फिलिममा धेरै कुरा मलाई मन परे त्यसैले असजिलो लागेका केही कुराहरु भने लेख्न चाहन्छु।
१) हिरोइनको बाउ आमा कतै देखाइदै‌न। हिरोइनलाई कसैले जब्बरजस्ति बिहे गरेर लाँदा पनि कुनै वास्ता नगर्ने बाउ आमा हुदैनन् होला।
२) आजभोलि गाउँ गाउँमा मोबाइल सिडिएम फोन पुगेको छ। चिठीकै भरमा बस्ने पाउन गार्हैपर्छ। त्यसमाथि भारतीय गोरखा सैनकको घरमा
३) भारतीय सैनिकका श्रीमतीहरु श्रीमानले पठाएको चिठ्ठी पढ्न नसकेर छोरालाई नै पर्खन पर्ने अवस्थाका पाउन सकिदै‌न छैन।
४) एसएलसीमा जिल्ला नै टप गरेर क्याम्पस पढेकी केटी कसैले जब्बरजस्ती बिहे गरेर घरमा लाँदा चुपो लागेर सहेर बस्दैनन्। अझ धेरै दिन घरबाट बाहिर ननिस्केर एकैपटक आत्महत्या गर्ने त गर्दैनन्।
५) गाउँका हेडमास्टर अन्य शिक्षकसहित केहीमा अलि राम्रै अभिनय जानेका मानिसलाई खेलाएको भए हुन्थ्यो।  

Friday, November 12, 2010

अब ढुङ्गाको नि महोत्सव रे

अनेक अनेक हिमाल, पहाड र ठामका महोत्सव त सुनिरहेकै हो। हुँदा हुँदा अनेक नामका पनि महोत्सव सुरु हुन लागेछ। माघ २१ गतेट ३ दिनसम्म चितवनको मेघौलीआँ ढुङ्गा महोत्सव हुने रे। थरी थरीका ढुङ्गा हेर्ने मन भए गए हुन्छ। क्यार्ने त विकास यस्तो गरियो भनेर देखाउनलाई केही छैन। यही भाका ढुङ्गा माटोको त महोत्सव गर्न पर्यो नि...तराई तिरट भकाभक ढुङ्गा भारत निकासी भइराछ कुन दिनदेखि यही पनि हेर्न नपाइने हो ...  

Thursday, November 11, 2010

युवा नेताहर्ले नि ल्वाप्पा ख्वाइदिन्छन् कि के हो पालैपालो..

चीनको ग्वान्जाउमा शुरु हुन लाको एसियाड खेलकुदआँ खेलाडीलाई उपलब्ध गराको फ्री टिकटाँ एमालेका युवा नेता योगेश भट्टराई पत्नीसहित गए भनेर लेख्याछ नयाँ पत्रिकाले। पत्रिकाले लेख्या कुरा हो हुन त तै पनि युवा नेताहर्ले के के न गर्लान् भनेर बस्ने म जस्तै होलान् कोही कोही। तिन्लाई नि ल्वाप्पा ख्वाइदिन्छन् कि के हो यी युवा नेताहर्ले नि पालै-पालो....


Wednesday, November 10, 2010

लोगो लुकाको सभासद भनेर कुट्ने हुन् कि?

भाको एउटै कोट नि दराजाँ कपुर राखेर थन्काको धेरै भयो, न जाडो न गर्मी, यही बेलाँ लाउन परो भनेर अफिस लार आ'को। केटाहर्ले सभासद भनेर हैरान पारे यार। कता पब्लिक बसाँ घर फर्किदाँ पिटाई खाइने हो कि भन्ने चिन्ता छ; सभासदसँग खुब रिसाछन् जनता - कता लोगो लुकार हिंडेको सभासद भन्दै मान्छेले कुट्ने हुन् कि...

फिलिम मन्त्री बाबुराम

तै यी बाबुराम भट्टराई प्रधानमन्त्री भैहाल्थे कि भनेको यिनी पनि फिलिम मन्त्री भन्दा माथि उठ्लान जस्तो गर्दैनन्। पार्टीआँ प्रचण्डले छिर्के त हानिरहेकै थिए। त्यसमाथि बजाराँ नयाँ फिलिम आयो कि हलतिर दौडिँदा रचन्। हुँदा हुँदा रेखा थापाको 'कसले चोर्‍यो मेरो मन' हेर्न हलतिर लाएचन्। अरुको मन त त्यस्तै हो रेखा थापाले माउवादी नेताका मन चाहिँ चोरेकै छन्। कसैसँग सँगै नाचेर, कसैलाई टिका लार त कसैसँ फिलिम हेरेर...


Tuesday, November 9, 2010

रिसोर्टमा वार्ता

यो वार्ताहरु रिसोर्ट-हुटेलहरुआँ गर्देर नि खत्तम पार्देयाछन् यार। अस्ति नै मेलम्ची जाँदा बसेको हुटलको एउटा रुमलाई बेकाराँ धेरै तिर्न परो। प्रचण्ड बसेको रुम रे । 
अब कतिका बुढा-बुढीले दुई दिन छुट्टी हुने बित्तिकै हात्तीवन रिसोर्टाँ जाम भन्ने हुन्। त्यहाँ जाँदा साहुले प्रचण्ड, सुशील, झलनाथ, माधव, बाबुराम, रामचन्द्र, के पी को बसेको रुममा बस्ने हो भनेर सोध्ने होलान्...
अलि होस् गर्नु है साथी हो। कहिलेकाही त्यहाँ बस्ने मानिसको आभा/भाइब्रेसन त्यही रुममा रहन्छ रे। कतै तपाइहरुमा पनि ती नेताहरुको भाइब्रेसन सर्ला र....  

नेताहर्को बानी केटाकेटीमा

नेताहर्को बानी केटाटीलाई नि सरेर हैरान भइयो नि बिहानभर। जे काम नि लास्टाँ गर्ने बानी सिकेछन् केटाटीले। एक महिना अगाडि देखिको होमवर्क आजट स्कूल जानुपर्ने दिन। बिहानभर टेन्सन दिए...


Monday, November 8, 2010

गयो त तिहार नि

न टिका, न तास, न जाँड, न रउसी, न वियर, न मासु, न माछा तै पनि जाँदो र'च त हउ तिहार नि....

वेडिङ डिप्लोमेसी रे...

यो डिप्लोमेसी पनि अनेक थरीको हुँदोरैछ त। ज्ञानेन्द्र कोमल दम्पति wedding diplomacy मा भारत जाने रे नि त अर्को साता हिन्दुस्तान टाइम्सले लेख्यारच। जोधपुरका राजाका सन्तानको बिहेमा जान लागेका पूर्व राजा रानीले सोनिया गान्धीलाई नि भेट्दै रचन्।

विकासे देउसी-भैलो

एक हुल केटाहरु मोटरसाइकलाँ भटभटाउँदै आएपछि लउ कुटाई पो खाइने हो कि भनेर थुरुरु कामेर बसेको त देउसी खेल्न आका केटाहरु पो रैछन्। अर्को एउटा समूहले मोबाइलबाटै देउसी खेलियो पैसा कति हो ? टिपाउनुहोस् भनेर हैरान। विकासे देसी भैलो होला ....

नाकाँ लगोंटी

स्वच्छ हावा खाँदै बुटवल, पाल्पा, स्याङ्जा पोखरा हुँदै काठमाडौ‌ फर्कियो। अब फेरि नाकाँ लगोंटी लार हिड्ने दिन आए....5th Nov 2010

फेसबुक थेरापी

एउटा साथीले अनलाइन आउने वित्तिकै भन्यो- एकदम टाउको दुखेर तनावमा छु। मैले त्यसो भए किन अनलाइन त भनेर सोध्या त -'फेसबुक थेरापी' रे। माने यार थरी थरीका थेरापी बनाउनेलाई। सर्प जीउमा डुलाएर थेरापी, जुकालाई टोकाएर थेरापी, स‌गीत सुनाएर थेरापी हुँदा हुँदा फेसबुक थेरापी पनि भ'छ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

कति संस्था खोल्याँ

अरु कुराँ जे भए नि नेपालीहर्ले स‌घ-स‌स्था खोल्न त खुब जान्या है। हुँदा हुँदा गिनिज बुक अफ रेकर्डस् के ८/१० जना नेपालीले नाम लेखा'थे अहिले त उनीहर्ले नि स‌स्था खोलेछन् - विश्व किर्तिमान परिषद नेपाल रे। अनि अध्यक्ष नि भइसकेछ दिपक शर्मा बजगाईं (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...)

कति हो सद्‌भावना राजदूत नि....

ए पर्यटन वर्ष २०११ को उपलक्ष्याँ गुडविल एम्बेसडर बाँडिराछ नि नेपाल टुरिज्म बोर्डले। मिस नेपाल, मिस्टर नेपाल, होचा खगेन्द्र, लसुन खार र पढेर गिनिजाँ नाम लेखाका दीपक बजगाई, इन्डियन आइडल प्रशान्त तामाङ.. को को हो हो। हुँदा हुँदा ४९ दिना नेपालका हिमाली भाग दौडेका सिन ब्रुचलाई नि सद्भभावना राजदुत दिने है भोलिपर्सी भनेर आज घोषणा गरे... फ्रिमा दिने कुरा रैछ। जस जसलाई बाँडे पनि त भो नि गुडविल एम्बसडर।
तर डर चाहिँ कुन गुडविल एम्बसडर नेपालको पर्यटन विस्तारका लागि भन्दै विदेश जाने र फेरि उतै बसिदिने पो हुन् कि।