Tuesday, May 27, 2008

रकुवा र डेढगाउमा मोटरबाटोको लागि साढे आठ लाख रुपैयाँ


कालिटाइम्स संवाददाता
डेढगाऊँ, नवलरासी
गत वर्षको बाढीले विगारेका मोटर बाटो, पुल, कुलेसा, नहर, खाने पानी लगायत विकास निर्माणका काम हिउँद गइसकेपछि वर्षा यामको सुरुसँगै मर्मत हुन थालेको छ ।
मोटर बाटो मर्मत तथा निर्माणको लागि आठ लाख ५१ हजार रुपैया वैशाखको अन्तिम साता मात्र आएकाले बल्ल काम सुरु गर्न थालिएको बाटो निर्माण समितिका अध्यक्ष लालबहादुर बोहराले बताउनुभयो ।
डेढगाउ र रकुवा गाविसको जेठ ४ गते बसेको संयुक्त वैठकले वौंदीखोलाबाट भुलाड हुदै वाम्दी खोला सम्म पाँच लाख २५ हजार रुपैया तथा वौंदीखोलाबाट फेदी, हटिया हुदै राइकाभञ्याङ्ग सम्मको बाटो मर्मत तथा निर्माणका लागि तीन लाख २५ हजार रुपैया छुटयाएर काम सुरु गर्ने निर्णय गरेको थियो ।
यस्तै पोहोर भदौमा बाढीले भत्किएको डेढगाउँको नहरको काम २०६५ जेठ ६ गतेबाट बल्ल सुरु भयो । नहर मर्मतका लागि आवश्यक रकम वैशाखको अन्तिम सातामा बसेको गाउँ परिषदले छुट्टयाएपछि मात्र काम सुरु हुन थालेको हो ।
नहर मर्मतका लागि गाविसले दिएको दुइ लाख ७५ हजार रुपैया बाहेक प्रति रोपनी एक सय आठ रुपैयाका दरले उपभोक्तासँग रकम संकलन गरी काम सुरु गरिएको हो । "हिउँद भरी सरकारको मुख हेरेर बसियो, अब केही नहुने देखिए पछि आफै पैसा उठाएर भए पनि काम गर्नु पर्‍यो डेढगाउँ जल उपभोक्ता समितिका कोषाध्यक्ष कमल दर्राईले भन्नुभयो ।
यस्तै वौंदी खोलाको झोलुङ्गे पुल मर्मतको लागि पनि केन्द्रबाट रकम निकासा भएपछि ठेकदार गाउँ आएका छन् । स्थानिय टंक पुलामीका अनुसार जेठको पहिलो सातामा आएर जाली राख्न घोल खन्ने काम र ढुङ्गा बोक्ने काम भइरहेको छ ।
पुल मर्मतको जिम्मा पाएका ठेकेदार बहादुर थिङले सात-आठ लाखको हाराहारीमा वजेट जिल्लाबाट आएको कुरा स्थानीय बासिन्दालाई बताउँदै आएका छन् ।
सो रकम मध्ये ढुङ्गा बोक्न भुम बहादुर मल्ललाई एक लाख १५ हजार रुपैया र र जाली भर्न खड्ग बहादुर शारुलाई असी हजार रुपैया दिइएको पुलामीले जानकारी दिनुभयो । पुलामीले वर्षा अगाडि नै मर्मत गर्न नभ्याइए यस वर्षको वर्षामा पुल थप क्षतिग्रस्त हुन सक्ने बताउनुभयो ।

Monday, May 26, 2008

प्रधानाध्यापकले विगारे विद्यालय

कालीटाइम्स संवाददाता,
डेढगाऊँ, नवलपरासी
विद्यार्थी धेरै भएर पढाउन गार्‍ह्रो भएका उदाहरण थुप्रै पाइन्छन्, तर विद्यार्थी थोरै भएर पढाउन असजिलो भएको छ, डेढगाऊँ ४ को बालहित प्रा.वी .मा । बालहित प्रा.वि. मा तीन शिक्षक कार्यरत छन्, तर विद्यार्थी भने जम्मा एघार जना मात्र ।
यस विद्यालयमा यसपटक कक्षा एक र दुइमा तीन-तीन जना र कक्षा-तीनमा २ जना तथा बाल शिक्षा कार्यक्रममा तीन जना विद्यार्थी मात्र भर्ना भएकाछन् । तर, विद्यार्थी थोरै भएकाले सबै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको शिक्षकहरु बताउँछन् ।
जापानी सहयोगी संस्था जाइकाले २०५६ सालमा बनाइदिएको दुइ कोठे पक्की भवन र स्थानीय अभिभावकहरुले जनश्रमदानबाट बनाएको दुइ कोठा गरी विद्यालयमा चार वटा कोठा भए पनि विद्यार्थी नहुँदा ती कोठा खालि छन् ।
विद्यार्थी थोरै भर्ना भएकाले अब ११ जना विद्यार्थी पढाएर बस्न नसकिने भन्दै बालहीत प्रावीलाई अन्यत्र लगेर गाभ्नु पर्ने प्रधानाध्यापक भूपराज पोख्रेलले बताउनुभयो । उता स्थानीय अभिभावक जीतबहादुर सारुले भने विद्यालय सार्ने कुराको विरोध गर्दै विद्यालय राम्रो सँग संचालन गरेमा विद्यार्थी थपिनेमा विश्वास व्यक्त गर्नुभयो । अभिभावकहरुले प्राधानाध्यापक पोख्रेलले अत्याधिक मादक पदार्थ सेवन गर्ने र विद्यालयमा ध्यान नदिने गरेका कारण पनि विद्यार्थीहरु सो विद्यालयमा भर्ना नगरिएको बताएका छन् ।
पोख्रलले पनि आफू विद्यालयमा अनियमित हुने गरेको र आफू मादक पदार्थको लतमा लागेको स्विकार गर्नुभयो । प्रधानाध्यापक पोख्रेल यस अगाडीको शैक्षिक सत्रमा पनि विना जानकारी ८ महिनासम्म विद्यालयमा सर्म्पर्क नगरी अन्यत्र गएका थिए ।

Wednesday, May 21, 2008

सिहटारी सामुदायिक बनमा तारबार लगाउने धोको

वृन्दा कोइराला
सिंहटारी, डेढगाउँ

सिहंटारी सामुदायिक बन संरक्षणका लागि डेढगाउँ ८ नम्बर बासीले दैनिक बनमा पहरा दिने गरेका छन् । करीब एक सय पचास रोपनी क्षेत्रफलमा फैलिएको बनको घाँस पात चोरी नहोस् र बनमा डढेलो नलागोस् भनेर पालै पालो पहरा दिने गरिएको सिंहटारी सामुदायिक बनका सचिव डोलराज खत्रिले बताउनुभयो ।

बन कुरुवा पर्ने पालोको सूचना दिन एक दिन अगाडि पालो पर्नेको घरमा एउटा लौरी आइपुग्छ । सिंहटारीबासीले एक दिनमा दुइ घर मिलेर बन कुर्ने गर्छन् । सिंहटारीमा १५ वर्षअगाडि देखि बन जोगाउन सुरु गरिए पनि चार वर्षअगाडि मात्र सिंहटारी सामुदायिक बन दर्ता भएको हो । एक्सन एडले दिएको तीन हजार सिसौका विरुवा वृक्षारोपण गरेर सामुदायिक बनको सुरुवात गरिएको थियो । यस्का साथै कालीपारबाट सालका फूल ल्याएर पनि यहाँ बन बढाइएको स्थानीय व्यक्तिहरु बताउँछन् ।

बनको दाउरा घाँस, बाँस, खर र अम्रिसो बेचेर तथा चोरी गर्नेलाई जरिवाना तिराएर सामुदायिक बन उपभोक्ता समितिले करिब ४५ रुपैया आम्दानी पनि गरेको छ । सो रकमबाट डेढगाउँ प्रा.वीको विद्यालय भवन निर्माणमा सहयोग गर्नुका साथै सिंहटारी बाल विकास केन्द्रका शिक्षिकालाई मासिक पाँच सय रुपैया उपलब्ध गराइएको सचिव खत्रीले जानकारी दिनुभयो ।

वन राम्रो हुँदै गएपछि आजभोलि डेढगाउँका अन्य क्षेत्रका मानिसहरु पनि सिंहटारी सामुदायिक बनको सेन्टारमा वनभोज जाने गरेका छन् । बन कुर्न जाँदा पानी खानका लागि धारो र कुरुवा बस्ने छाप्रो तत्काल निर्माण गर्नु पर्ने उपभोक्ता समितिका सदस्य डीलबहादुर थापाले बताउनुभयो ।
सामुदायिक बनलाई प्रभावकारी रुपमा सुरक्षा गर्न वन वरिपरि तारबार लगाउन आवश्यक सहयोग गर्ने संस्थाको खोजी भइरहेको स्थानीय बासीले बताए ।

डेढगाउँमा नै बन्ने भो पक्कि पुल



काली टाइम्स संवाददाता
काठमाडौं,
काली नदीमा मोटर गुड्ने पक्कि पुल डेढगाउको वैडा र तनहु सामुङ भगतीपुरको सिमाना मन्दहारमा बन्ने भएको छ । प्राविधिकहले उचित ठहर्‍याएको कारण डेढगाउँमा नै पक्कि पुल निर्माण गर्ने निर्णय सडक विभागले वैशाखको पहिलो साता गरेको नवलपरासी क्षेत्र नम्बर दुइका संविधान सभा सदस्य महेन्द्रध्वज जी. सीले जानकारी दिनुभयो ।

काली नदीमा पक्की पुल बनाउन सरकारले गत साउनमा एक करोड वीस लाख रुपैया छुट्याएको थियो । तर, बुलीङ र डेढगाउँ बीच पुल कहाँ निर्माण गर्ने भन्ने विषयमा विवाद हुँदा अहिलेसम्म काम अगाडि बढ्न सकेको थिएन । यो योजनामा जम्मा १५ देखि वीस करोड रुपैया लाग्ने प्रारम्भिक अनुमान छ ।

सडक विभागको सिनीयर डिभिजनल इन्जीनीयर कृत्यानन्द ठाकुरको नेतृत्वमा गएको प्राविधिक टोलीले डेढगाउको वैडा र तनहु सामुङ भगतीपुरको मन्दहारमा पुल राख्न उत्तम हुने निश्कर्ष निकालेको थियो । सोही अनुसार डेढगाउँमा पक्की पुल बन्न लागेको हो ।

संघीय लोकतान्त्रिक संविधान निर्माण गर्न जीसी प्रतिवद्ध

काली टाइम्स संवाददाता,
काठमाडौं

नवलपरासी क्षेत्र नम्बर दुइबाट संविधान सभा सदस्यमा विजयी नेपाली काँग्रेसका महेन्द्रध्वज जी. सीले पार्टीले घोषणापत्र अनुसार देशलाई गणतन्त्र बनाउन आफ्नो तर्फाट पहल गर्ने बताउनुभएको छ ।

विजयी भएपछि संविधान सभामा भाग लिन काठमाडौं आइपुग्नुभएका जी सीले देशभित्रै विभिन्न अधिकारसम्पन्न राज्यको स्थापना हुने संघीय व्यवस्था गर्ने संविधान बनाउन आफ्नो योगदान रहने बताउनुभयो ।

बालाजु स्थित आफ्नो निवासमा काली टाइम्ससँग भएको वार्तामा जीसीले आफूलाई निर्वाचित गराउने क्षेत्रका बासीन्दाको जीवनस्तर उकास्न आफ्ना तर्फाट सक्दो प्रयास गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।

गत चैत २८ गते भएको मतदानमा नवलपरासी क्षेत्र नम्बर दुइमा खसेको मत मध्ये १२ हजार १ सय ६६ मत पाई जि सी विजयी हुनुभएको थियो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जीवन श्रेष्ठले भन्दा ३ सय ९७ मत बढी पाउनुभएको थियो ।देशका विभिन्न स्थानमा संविधान सभा मतदानमा धाँधली भएको चर्चा चले पनि डेढगाउँ, मिथुकरम, रकुवा, रुचाङमा भने त्यस्तो कुनै अप्रीय घटना भएको जानकारी आएको छैन । (संविधान सभा सदस्य जि. सी. सँगको अन्तरवार्ता पनि छ।)

विष प्रयोग गरी माछा मार्न प्रतिवन्ध

काली टाइम्स संवाददाता
डेढगाँउ

काली गण्डकी र बौङ्दी खोलामा अब विष प्रयोग गरेर माछा मार्न नपाइने भएको छ । खोला नदीमा विष प्रयोग गरी माछा मार्दा पानीमा बस्ने सबै जचलर र विष प्रयोग गरिएको माछा खाने मानिसलाई समेत असर पर्ने भएकाले प्रहरीले खोला नदीमा विष हाली माछा मार्न प्रतिवन्ध लगाएको हो ।

डेढगाँउ वरपरका खोला नदीमा विगत २० वर्षअगाडि देखि नै विष हालेर माछा मार्ने गरिएको थियो । डेढगाँउ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देववहादुर वस्तीले खोला र नदीमा विषादी प्रयोग गरी माछा मार्ने काम त्रि्र भएको कारण आजभोलि खोला र नदीमा प्रहरी गस्ति समेत गर्न थालिएको जानकारी दिनुभयो ।
नियम विपरित यसरी विष प्रयोग गरेर माछा मारेको भेटिएमा नियम अनुसार कारवाही गरिने कुरा निरिक्षक वस्तीले द काली टाइम्सलाई बताउनुभयो । प्रहरीले विषादी प्रयोगमा निगरानी गरिरहे पनि मानिसलेहरुले लोकीचोरी विषादी प्रयोग गरी माछा मारिरहेका छन् ।

धर्मात्मा मा.वि.मा पहिरोको डर

गोविन्द लामिछाने
मचेंडी, मिथुकरम

मिथकुरम गाविसको मंचेडीमा रहेको धर्मात्मा मा.वी को तीन तिरबाट पहिरो जान थाले पछि शिक्षक, विद्यार्थीमा त्रास बढेको छ । गत भदौमा आएको बाढीले विद्यालयको केही भाग बगाइसकेकोमा अब आउने वर्षामा बाढी आए विद्यालय भवन नै खतरामा पर्न सक्ने प्रधानाध्यापक कृष्णप्रसाद लामिछानेले बताउनुभयो ।
विद्यालयको पूर्व पश्चिममा रहेको खोल्साले विगत देखि नै विद्यालयलाई असुरक्षित बनाइरहेकामा देवकाली मोटर मार्ग पनि विद्यालय नजिकबाटै निर्माण गरेपछि विद्यालय भवन थप असुरक्षित बनेको हो ।
विद्यालय हाता भित्रको घा“स र सिसौका रुख गत वर्षो पहिरोले नै बगाएको थियो । जाली भरेर र बास रोपेर विद्यालयलाई सुरक्षित पार्न गरिएको उपाय प्रयाप्त नभएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार, जिल्ला शिक्षा कार्यलय तथा गाविसको स्थानीय स्रोतबाट रकम माग गरी भवन अन्यत्र सार्ने विषयमा पनि छलफल भइरहेको छ । धर्मात्मा मा. वि. मिथुकरम, भारतिपुर, जौवारीका साथै तनहुको करुवाटार, बटौलीटारका विद्यार्थीहरु अध्ययन गर्ने थलो हो ।

चोरी बढ्यो गाउँमा

नारायण श्रेष्ठ
डेढगाउँ

भुलाडस्थित धनन्जय लम्सालको पसलबाट गत चैत ७ गते अज्ञात समूहले तीस हजार भन्दा धेरै रुपैया बराबरको सर सामान चोरी लगेका छन् । रातको समयमा पसलको पछाडि पट्टिबाट झ्यालको रड निकालेर भित्र प्रवेश गरी चोरहरुले धनमाल लुटेका थिए ।

घटना लगत्तै डेढगाँउ इलाका प्रहरी कार्यालयबाट प्रहरी त्यस ठाउँमा पुगे पनि प्रहरीले अझै सम्म लुटेरा पक्राउ गर्न सकेका छैनन् । पसल पछाडिको झ्यालबाट सानो बच्चालाई प्रवेश गर्राई पसल लुटिएको आशंका प्रहरी नायव निरिक्षक के बी क्षेत्रीले गर्नुभयो ।

यस अगाडि गत फागुन २० गते बम्बे आँप नजिक सुलोचन लम्सालको पसलमा पनि नगद र सामान गरी करीब १५ हजार रुपैया बराबरको चोरी भएको थियो । तिनै लुटेराले भुलाडमा रहेको एस के इलोक्ट्रनीक्स पसल समेत लुट्ने प्रयास गरे पनि गाउँलेहरुले हल्ला गरेपछि लुटेरा भागेका थिए ।
डेढगाँउमा चोरीका घटना दिन प्रतिदिन बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा गरी रातमा प्रत्येक टोल टोलमा गस्ति गरिइएको प्रहरीले जनाएको छ ।

भट्टर्राई दम्पत्तिद्वारा पुस्तक दान

कालीटाइम्स संवाददाता
डेढगाँउ

डेढगाँउका नौ का दम्पत्ति होमनाथ र तिलमाया भट्टर्राईले नवलपरासी पहाडी भेगका चार वटा माध्यमिक विद्यालय र खर्सानतार स्थित बाल कल्याण प्राथमिक विद्यालयलाइ लाई एक एक वटा पुस्तक दान दिनुभएको छ ।

माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म नाम गरेका पुस्तक उहाँले डेढगाउँ उच्च मा.वि., वेलभञ्ज्याङ मा.वि, रकुवा, धर्मात्मा मा. वि. मचेंडी र नगरडाँडा मा. वि व्याघानलाई दिनुभएको हो । पुस्तकमा अमेरिकाको माइक्रोसफ्ट कम्पनीको जागिर छोडेर नेपाल सहित गरीब देशका विद्यालयमा दान दिदैं हिडेका एक अमेरिकीको कथा छ ।
यसैगरी भट्टर्राई दम्पत्तिले पारिवारिक वृहतकोश नामको अँग्रेजी पुस्तक पनि डेढगाउँ उच्च मा.विलाई दिनुभएको छ ।

अध्ययनका लागि शहरका विद्यार्थी गाउँमा

उज्वल ओझा
बुलिङटार, नवलपरासी

काठमाडौं, पुरानो बानेश्वरमा रहेको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ असिस्टेन्ट -स्वास्थ्य सहायक अध्ययन गरिरहेका नौ जना विद्यार्थी स्वास्थ्य स्थिति अनुसन्धान गर्न बुलिङटार आएका छन् ।
सन्देश न्यौपानेको नेतृत्वमा आएको टोलीले दुइ महिने बुलीङ बर्साईको क्रममा घर-घरमा गई पारिवारिक विवरण संकलन गर्नुका साथै यहाँको स्वास्थ्य स्थिति र वातावरणीय सरसफाईमा भएका प्रयासका बारेमा पनि अध्ययन गर्नेछ ।
सामुदायिक स्वास्थ्यका विषयमा अध्ययन गर्न आएका विद्यार्थीले विद्यालयहरुमा गएर स्वास्थ्य शिक्षा सम्वन्धि जनचेतना दिने र प्राथमिक स्वास्थ्य केन्द्र मार्फ स्वास्थ्य सेवा पनि प्रदान गर्नेछन् ।प्राथमिक स्वास्थ्य केन्द्र बुलिङटारको मातहतमा रहेर काम गर्ने टोलीले आउँदो बैशाख ७ गते सम्म अनुसन्धान गरी जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीमा प्रतिवेदन बुझाउने छ ।

आमा समूहले विद्यालयमा गेट बनाए

काली टाइम्स संवाददाता
डेढगाँउ, नवलपरासी

डेढगाउँ ९ नम्वर वडाका आमा समूहको सक्रियातामा डेढगाँउ उच्च मा. वि करिब पचास हजार रुपैयाको लगानीमा पक्कि प्रवेशद्वारा बनेको छ । डेढगाउमा एस एल सी सेन्टर परेपछि गेटको आवश्यकता महसुस गरी निर्माण प्रक्रिया सुरु गरिएको निर्माण समितिका सदस्य टुल्की ओझाले बताउनुभयो ।

आमा समुहका सदस्यहरु घर घर गएर चन्दा संकलन गरी ३२ हजार ६ सय ४१ रुपैया जम्मा गरेका थिए । चन्दा संकलन तथा निर्माण समितिका संयोजक लक्ष्मी ओझाका अनुसार १० रुपैया देखि २ हजार रुपैयासम्म चन्दा दिएका थिए । ३५ जनाले पाँच सय भन्दा धेरै रुपैया चन्दा दिएका थिए ।

गत वर्षफागुनको अन्तिम साता देखि काम सुरु भएकोमा अहिलेसम्म ४१ हजार ३८ रुपैया खर्च भइसकेको छ भने अझै पनि गेट निर्माण पुरा भइसकेको छैन । विद्यालय वरिपरि पर्खाल र तारबार भए पछि गेटको आवश्यकता महसुस गरेर गेट बनाइएको आमा समूहले जनाएको छ ।

उता, देवीथानमा पनि नयाँ गेट बनिरहेको छ । आफ्ना श्रीमानको सम्झनामा श्रीमती लालमती दर्राईको आग्रहमा गेट बनिरहेको हो । मुखीयाथरका नरबहादुर दर्राईका छोरा खड्गबहादुर दर्राई तीन वर्षअगाडि कतारमा वितेका थिए । गेट निर्माणमा करिब ३० हजार रुपैया लागेको गेट निर्माणका संयोजक वृन्द दर्राईले जानकारी दिनुभयो ।

बजेट पाएर पनि काम भएन

नारायण श्रेष्ठ
डेढगाउँ

डेढगाउँ गाविसले पाएको १० लाख रुपैया मध्ये डेढगाउँ ३ र ४ वडामा वाटो निर्माणका लागि छुट्टयाइएको रकम सदुपयोग नभएको गुनासो स्थानीय वासिन्दाले गरेका छन् ।

गाउँ विकास समितिको गत वर्षबसेको र्सवदलीय वैठकले डेढगाउँ गाविसको ३ नम्बर वडामा चार हजार रुपैया र ४ नम्बर वडामा छ हजार रुपैया बाटो निर्माणका लागि छुट्टयाएको थियो ।
सो रकम वडा नम्बर ४ का फत्तबहादुर स्वती र वडा नम्बर ३ मा शिवबहादर वि.क ले जिम्मा दिइएको थियो । बाटो निर्माणमा भएको ढिलाई सम्वन्धमा उहाँहरुलाई जिज्ञासा राख्दा रकम अपुग भएका कारण बाटो निर्माण हुन नसकेको बताउनुभयो । अर्को र्सवदलीय बैठकमा थप रकम माग गरी वर्षा अगाडि नै बाटो निर्माण गरिने उहाँहरुले बताउनुभयो । बाटो निर्माण नगरे वर्षामा आउने पानीले थप क्षति पुर्‍याउने स्थानीय बासीन्दाहरुले बताए ।

महिलाले सिके सीलाई कर्टाई

कालीटाइम्स संवाददाता
डेढगाउँ
गाविसले महिलालाई लक्षित गरी दिएको तीस हजार रुपैया अनुदानबाट डेढगाउँका १८ महिलाले सीलाई कर्टाई सिकेका छन् । तीन महिनासम्म चलेको सीलाई कर्टाईमा प्रत्येक वडाका दुइ दुइ जना महिला सहभागिता थिए भने ती मध्ये १७ जना विवाहित थिए ।

यस्ता सीपमूलक कामबाट रोजगार पाउन सजिलो हुने र राम्रो आम्दानी समेत गर्न सकिन्छ भन्ने उदेश्यले सो कार्यक्रमको अवधारणा ल्याइएको कार्यक्रमकी अध्यक्ष भागिरथ ओझाले बताउनुभयो ।

प्रशिक्षक धर्म मालीले प्रशिक्षण दिनुभएको तालिममा मालीलाई १८ हजार रुपैया दिइएको थियो भने, मेसीन औजार भाडा र खरिदमा सात हजार रुपैया खर्च भएको थियो । यसबाहेक धागो कैंची फिता, तेल, कपी, कलम आदिमा पाँच हजार रुपैया खर्च भएको ओझाले बताउनुभयो ।
तालिम पछि आफूले सिकेका सिपलाई व्यवहारमा उतार्ने भन्दै त्यसो नगरे कारवाही स्विकार हुने प्रतिवद्धता महिलाहरुले व्यक्त गरेका छन् ।

दलदले खैरनीटार सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गर्नुपर्नेछ: महेन्द्रध्वज जी.सी.


नवलपरासी क्षेत्र नम्बर दुइका निर्वाचित संविधान सभा सदस्य महेन्द्रध्वज जी.सी नेपाली काँग्रेसको घोषणापत्र अनुसार आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ । निर्वाचन परिणाम घोषणापछि संविधानमा भाग लिन आएका जीसी सँग काली टाइम्सका लागि दिपक भट्टर्राईले लिनुभएको अन्तरवार्ताको सार संक्षेप :

विगतका चुनावी परिणामको तुलनामा यसपटक संविधानसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले अधिकांश स्थानमा पराजय भोग्नुपर्‍यो । प्रत्यक्ष निर्वाचन तर्फकाँग्रेसका ३७ विजयी उम्मेदवार मध्ये तपाई एक हुनुहुन्छ । तपाईको विजयीको कारण के हो ?

देशभरको चुनावी परिणामलाई एउटा क्षेत्रको चुनावी परिणामसँग दाँजेर नहेरौं । जनताले कस्तो स्थितिमा मतदान गरे भन्ने कुरा सबैलाई थाहा भएकै छ । देशका विभिन्न भागमा स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसकेका कारण पनि चुनावी परिणाम यस्तो स्थितिमा आयो । नवलपरासी २ नम्बर क्षेत्रमा नेपाली काँग्रेसको विजय हुनुमा पार्टीले सुदृढ संगठन, कार्यकर्ताले योगदान, र त्यहाँका जनताले म माथि गरेको विश्वास पनि हो ।


विभिन्न पार्टी नेताहरुले चुनावमा माओवादीको त्रास र आसका कारण आफ्नो पराजय भएको बताइरहेका छन् । तपाईले चाँही त्यस्तो समस्या भोग्नुपरेन ?

त्यो कुरा त त्यहाँका स्थानीय जनतालाई सोध्दा थाहा भइहाल्छ नी । आतंकको स्थितिमा चुनावको प्रचार प्रसार गर्नुपरेको थियो । विशेषगरी पहाडी भेगको कुरा गर्ने हो भने नरम गाविसका नेपाली काँग्रेस कार्यकर्ता कमान सीं थापालाई माओवादीले अपहरण नै गरेर लगेका थिए । पछि डेढगाउँमा प्रहरीले थापालाई अपहरण मुक्त गर्‍यो ।डेढगाउँमै मेरो चुनावी सभा विथोल्ने प्रयास भएको थियो । हामीले संयमता अपनायौं अन्यथा स्थिति तनावपूर्ण बन्न सक्थ्यो । जनताको ठूलो तप्काले हामीलाई र्समर्थन गरेका कारण कुनै ठूलो घटना भने हुन पाएन ।


छ सय एक सदस्यीय संविधानसभामा तपाईको भूभिका के हुन्छ ?

नेपाली काँग्रेसको घोषणापत्र लिएर म चुनावमा गएको हुँ । घोषणा पत्र अनुसार संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान निर्माण गर्न मैले आफ्नो ठाउँबाट सक्दो योगदान दिने नै छु । अधिकार सम्पन्न विभिन्न राज्यहरु निर्माण गर्ने तथा गणतन्त्रको कार्यान्वयन गर्ने पार्टीले नीति लागु गर्नु पर्नेछ । यस्तै अब बन्ने संविधान पूर्ण प्रजातान्त्रिक होस् भन्नेमा हामीले ध्यान दिनु पर्नेछ ।


तपाईलाई मत दिने जनताको लागि तपाईको अन्य केही कर्तव्य छ ?

निश्चय नै । मैले आफूलाई मत दिने त्यस क्षेत्रका जनताका लागि रोजगार, शिक्षा, स्वास्थ्य, सडक, विद्युत र विकास निर्माणमा जोड दिनु पर्छ । तनहुँको खैरनीटार देखि भिमाद नवलपरासीको डेढगाउँ हुँदै दलदलेसम्म जोड्ने मोटरबाटोलाई बैकल्पिक राजमार्गको रुपमा विकास गर्नुपर्नेछ ।यस्तै बाढी, पैर्‍होबाट हुने क्षति न्यून गर्न पहाडी खोला तटवन्धनमा पनि ध्यान दिनुपर्नेछ । आय आर्जनका लागि रोजगार मूलक कुनै काम गर्नुपर्ने आवश्यकता छ भने यस भेगको नगदे बाली अदुवा खेतिलाई व्यवस्थित बजार बनाई किसानको उत्पादनलाई बढाउनुपर्ने छ ।


यस क्षेत्रको पहाडी गाविसका जनताका आवश्यकता के के हुन् भन्ने तपाईलाई लाग्छ ?

हिलो त सरकारी कर्मचारीहरु पहाडी भेगमा बस्न मान्दैनन् । त्यस्को अन्त्य गर्नुपर्नेछ । यस्तै स्वास्थ्यको क्षेत्रमा डेढगाउँमा त्यस भेगकै भरपर्दो स्वास्थ्य केन्द्रको आवश्यकता रहेका छ । त्यहाँको स्वास्थ्य चौकीलाई अस्पतालमा परिणत गरी चिकित्सकको नियमित व्यवस्था गर्नुपर्नेछ ।


तपाईका मतदाताका लागि केही सन्देश दिन चाहनुहुन्छ ?

त्यस्तो प्रतिकुल अवस्थामा पनि मलाई मत दिएर निर्वाचित गराउनुभएकोमा सबै आम जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । सबैलाई आश्वस्त पार्न चाहुन्छु, अब बन्ने संविधानमा सबै जनजाति, वर्ग, आदिवासी सहितका व्यक्तिहरुको भावनाको प्रतिनिधित्व मैले अवश्य गर्नेछु । नेपाली काँग्रेस र मलाई मत दिने जनताको विश्वास खेर नजाने प्रतिवद्वता म यहाँ व्यक्त गर्न चाहन्छु ।

Monday, May 12, 2008

काली टाइम्सद्वारा डेढगाउँ भित्रको चासो र सरोकार विषयमा अन्तरक्रिया

वृन्दा कोइराला
डेढगाउँ

विगत तीन वर्षदेखि साधारण सभा हुन नसकेको र नयाँ सदस्यता पनि वितरण नगरेको जनशक्ति युवा क्लबका पदाधिकारीले यसै महिना भित्र सदस्यता वितरण गरी छिट्टै साधारणसभा गर्ने बताएका छन् ।

कालीटाइम्स पत्रिकाले यही वैशाख २ गते डेढगाउँमा गरेको डेढगाउँ भित्रको चासो र सरकोकार विषयक अन्तरक्रियामा क्लबका अध्यक्ष छविलाल ओझाले क्लबमा करिब ३० हजार रुपैया भएको जानकारी पनि दिनुभयो । ओझाले साधारण सभा गरेर क्लबलाई अगाडि बढाउन नसकिए क्बलसँग भएको रकम र्सार्वजनिक हितमा खर्च गरिने बताउनुभयो ।

अन्तरक्रियामा जल उपभोक्ता समितिका सचिव नारायण ओझाले नहर पुन निर्माण गर्न जिल्ला सिंचाई कार्यालयसँग तार जालीको माग भइरहेको बताउनुभयो । उहाँले जिल्लाबाट तार जाली नआए पनि जल उपभोक्ताहरुसँग रोपनीका हिसाबले रकम उठाएर भए पनि यसपटक खेतीका लागि पानी ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्युत, विद्यालय र बाटो सहितका विषयमा पनि छलफल गर्न अन्तरक्रियाको आयोजना गरिएको भए पनि सम्वन्धित धेरै व्यक्तिहरुको उपस्थिति कार्यक्रममा भएन । कार्यक्रममा युवाहरु इश्वर श्रेष्ठ र सन्तोष ओझाले विभिन्न जिज्ञासा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष धर्म माली, प्रतिभा अँग्रेजी स्कूलका यादव ओझा, समाजसेवी होमनाथ भट्टर्राई, लोकनाथ पोख्रेल, भागिरथी ओझा, ज्ञानबहादुर सारु, बलबहादुर सिंजाली, माओवादीका प्रतिनिधि पहल र्सींह वि.क. सहितका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । सहभागीहरुले यस्ता अन्तरक्रिया समय समयमा भइरहनुपर्नेमा जोड दिएका थिए ।

खजुरीमा विद्यालय पक्की भवन

काली टाइम्स सम्वाददाता, भारतीपुर

तम्सारिया फाउण्डेसन अफ निदरलैण्ड र कुमारी प्राथमिक विद्यालय हसौराको आर्थिक सहयोगबाट खजुरीमा कामधेनु प्रा.वि. मा पाँच वटा पक्कि कोठा बनेका छन् । कुमारी प्रा.वि. हसौराका प्रधानाध्यापक फर्सुम शर्माले गत माघ १८ गते विद्यालयमा थप पक्कि कोठा बनाउने कामको शिलान्यास गर्नुभएको थियो ।
विद्यालय भवन निर्माणमा स्थानीय जनश्रमदानको पनि उल्लेख्य भूमिका रहेको विद्यालयका प्र.अ. रामचन्द्र लामिछानेले बताउनुभयो ।

साँघुरीघाटमा बन्दैछ झोलेङ्गे पुल

साँघुरीघाटमा बन्दैछ झोलेङ्गे पुल
कालीटाइम्स संवाददाता
रकुवा

रकुवा र तनहुँको घिरिङ सुन्धारा जोड्ने साँघुरीघाटमा झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । गत मंसिर देखि पुल निर्माण सुरु भएको र यस वर्षो वर्षा अगाडि नै पुल निर्माण कार्य सम्पन्न भइसक्ने स्थानीय कुलमणी ढुंगानाले बताउनुभयो ।

आनन्दित बनौं

आनन्दित बनौं
सन्तोष ओझा
एक पुरानो कथा बाट सुरु गरौ, के हो आनन्द - कुनै समयमा एकादेशमा एक जना निकै शक्तिशाली राजा थिए । उनी संसारकै राजा बनेर बस्न चाहन्थे । विभिन्न देशमाथि आक्रमण गर्दै अगाडि बढ्ने क्रममा उनी निकै शक्तिशाली राष्ट्रमाथीको विजय पश्चात आफ्नो राज्यमा र्फकदै थिए सारा देशवासीले स्वागत गरे र आफ्ना राजालाई बधाई दिए ।

अझै जित्दै जाने शुभकामना पनि दिए । उनलाई सारा गाउलेले फुलमाला सहित भब्यरुपले स्वागत गरेपनि गाउको एक कुटीमा बस्ने सन्यासीले त्यसको वास्ता गरेनन् । त्यस कुरा थाहा पाएपछि राजालाई अतिनै रिस उठ्यो अनि राजा ती सन्यासी भएको स्थानमा गई उनलाई हपार्न थाले तथानाम गाली गर्न थाले । तर ती सन्यासीले राजाको कुरामा केही ध्यानै दिएनन् । उनी मौन बसीरहे ।

त्यो देखेर राजाको रिस झन् बढ्यो । राजाले सन्यासीलाई झस्काए र सोध्न थाले -मैले सारा विश्व जित्न लाग्दैछु यस्तो अवश्थामा तिमी किन मलाई सम्मान गर्दै । यो सुनी सन्यासी त झन् हास्न पो थाले । उनी हासेको देखेर राजाले फेरी सोधे, किन हासेको - ती सन्यासीले जवाफ दिए, तिमी प्रति दया लागेर । अनि राजाले सोधे किन - सन्यासी बोले तिमी संसार जितेर के गर्र्छौ - राजा बोले संसार जितेर म संसारको मालिक हुन्छु । फेरी सन्यासी सोध्छन् मालिक भएर तिमी के गर्र्छौ । राजा जवाफ दिन्छन् म आनन्दमा रमाउछु ।

यी सबै कुरा सुनेर सन्यासी फेरी हास्न थाले र भने तिमी आनन्दित हुनलाई संसार जित्नु पर्दो रहेछ । तर, म त यस कुटीमा अहिले नै आनन्दित छु । एकछाक खाएर पनि मस्त छु, मलाई लाग्छ आनन्दित हुनुलाई बाहिर दौडनु पर्दैन आनन्द हामी भित्रै छ । त्यसलाई चिन्नु पर्छ । सन्यालीले भने दुनीया आनन्दको खोजिमा दौडीरहुन्, म तिनलाई हेरर यसै आनन्दीत हुन्छु ।

हो, हामी पनि सुख, खुसी र आनन्दको खोजीमा कहिल्यै पुरा नहुने दौडमा छौं । हामी पनि आफू भित्र भएको आनन्द थाहा नपाएर पैसा, पद, शक्ति र नाम खोजीमा दौडेको दोड्यै छौं । यसो भन्दैमा सबै चटक्कै छोडेर जोगी बन्नुपर्छ भन्ने होइन । तर, आफ्नो आकांक्षा र आवश्यकतालाई बढाउदै लग्यो भने त्यस्ले हामीलाई अन्तहिन दुःखको सागरमा पुर्‍याउछ । आफूसग जति छ, त्यस्मा सन्तोष मान्न पनि जान्नुपर्छ ।

गौतम वुद्ध हुन् की क्रिश्चीयन धर्मका भगवान जेसस क्राइष्ट वा महान दार्शनिक शुकरात हुन् वा ओशो यिनीहरुले सुख र सन्तोषका विषयमा हामीलाई सिकाएका छन् । तर, त्यतिबेलाका मानिसहरुले यिनलाई बुझ्न सकेनन् ।

संसार जलिरहेछ, सोच्नुहुन्छ होला किन - यस्को कुनै ठूलो कारण छैन । सबैलाई अर्कोभन्दा अगाडि बढ्नु छ, सबैभन्दा ठूलो मानिस बन्नुछ । विभिन्न संचार माध्यमबाट यस्ता समस्यालाई राजनीतिक समस्याको रुपमा व्याख्या गरिन्छ । तर, राजनीति अंहकारको खेल हो र राजनीतिमा लाग्ने धेरै मानिसहरु माथिको कथाका राजा जस्ता हुन् ।

आजदेखि तपाई आफूलाई आनन्दीत र प्रेमपूर्ण बनाउनुहोस् । कसैलाई आफन्त र कसैलाई पर्राई नबनाउनुहोस् । एक दिन सबै जना मरेरै जानु छ भने किन कोही नजिकको किन कोही पर्राई सबैजनालाई समान रुपमा व्यवहार गर्नुहोस् । खुसी लाग्दा मन खोलेर हास्नुहोस् र मन दुख्दा चिच्याएर रुनुहोस् । कस्ले के भन्छ भनेर चिन्ता लिनु पर्दैन, यसबाट नै तपाईको धेरै दुःख हराएर जानेछ ।

संसारमा सबैलाई प्रेम गर्नुहोस् । आफू भित्र रहेको म ठूलो, म पढेको, म धनी भन्ने अहंकार नराख्नुहोस्, सुख र प्रेमको सुरुवात त्यहीबाट हुन्छ । केही समय आफ्ना मन भित्र उठेका भावनलाई पनि हेर्ने गर्नुहोस् ।

वास्तवमा मन्दिर आफैंलाई स्मरण गर्नका लागि बनाइएको हो । तर आज मन्दिर रोइरहेछ, सुख्खा छ । वास्तवमा मन्दिरमा प्रेमको पाठ सिकाइनु पर्दछ, गीत गाइनुपर्दछ र जीवनको नाच नाचिनु पर्दछ । मन्दिरमा फूल चढाउनु पर्दैन, फूललाई पुरा आयु बा“च्न दिनोहोस्, तपाई आफूलाई फुलाउन मन्दिर जानुहोस्, हृदयलाई फुलाउनुहोस् ।
संसार भनेको तपाई हो, तपाई दुःखी हुनुभयो भने संसार दुःखी देख्नुहुन्छ र तपाई आनन्दीत हुनुभयो भने संसार र्स्वर्ग हुनेछ ।

अब मन्दिरको प्रकृति पनि फेरीनु पर्दछ । मन्दिरमा मूर्ति होइन, संगीतका धुन, कलाका साधना र जीवन दर्शनका पुस्तकहरु राखिनुपर्छ । अब हामी आफूले गरेका पाप पखाल्न मन्दिर जाने होइन, जीवनलाई आनन्द बनाउनलाई मन्दिर जानुपर्दछ ।
गीतामा भनिए जस्तै निश्काम कर्म योग, जीवनलाई कामै कामको बोझ होइन, बरु कामलाई पनि खेल झै रमाइलो मानेर जीउनुहोस् । जस्ले जीवनलाई खेल झै सम्झेर रमाइलो सग विताउछ उस्को जीवन नै सफल हुन्छ, रमाइलो हुन्छ ।

तपाईलाई जोगी वा सन्यासी हुनुस् भनेको होइन मात्र सन्यासीले जस्तै जीवनमा आनन्द लिनुहोस् भनेको हो । आनन्द हुनुलाई घर छोड्न पर्दैन । घरमै बसेर पति पत्नी, छोरा छोरी, छर छिमेक सबै सग प्रेम साटेर आनन्दीत हुनुहोस् ।

राम्रा कामका लागि फागु

सम्पादकीय
राम्रा कामका लागि फागु

पाहुनै आए,
हामीलाई हैन गाउँलाई हो,
यही रमाइलो ठाउँलाई हो ।

रंगहरुको पर्व फागु पूणिर्मा फेरी एकपटक आयो । वसन्त ऋतुसँगै आउने फागु पर्व यस भेगमा बस्ने हामीहरुका लागि विशेष महत्वको छ । हामीले जसरी गीत गाउँदै घर घर घुमेर देउसी भैलो झै गरी फागु पूणिर्मा मनाउछौं, यस्तो चलन अन्यत्र देखिएको छैन ।
फागु पूणिर्मा आउनु एक साता अगाडि देखि नै रंगसँग खेल्ने र लोला हान्नेहरु तर्राई तथा शहरमा होलान् । तर, उनीहरु हामी झैं फागुका लागि घरघरमा पुग्दैनन् र नाच गान गरेर पैसा पनि उठाउँदैनन् । तिहारमा देउसी भैलो खेल्ने चलन आजभोलि गाउँमा बढे पनि २० वर्षअगाडि सम्म त्यस्तो चलन यस क्षेत्रमा एकदमै कम थियो ।
यस भेगमा भएको फागुको यो मौलिक विशेषतालाई जोगाई राख्नु हाम्रो कर्तव्य हो र यस्मा हामीले गर्व पनि गर्नुर्ुपर्दछ । फागुका अवसरमा हामीले बनाएका गीतहरु अन्यत्र कतै सुन्न पाइएको छैन ।
फागु खेलेरै विद्यालय भवन बनाएको, डेस्क वेञ्च थपेको र पुस्तकालयमा पुस्तक जम्मा गरेको सम्झना हाम्रा पाको पुस्तामा अझै छ ।
फागु खेलेर संकलन गरिएको रकमबाट क्बलहरु बनेका र तिनले जनहीतका थुप्रै कामहरु पनि गरेका छन् । तर, पछिल्लो समयमा आएर फागु पूणिर्मालाई पैसा उठाउने र एक दिन रमाइलो गरेर त्यो सबै पैसा भ्याउने चलन पनि बढ्दै गएको छ । यस्ले गर्दा फागु प्रतिको मानिसको भावना पनि राम्रो हुन सकेको छैन भने केही राम्रो सामाजिक कामको लागि रकम संकलन गर्न सकिने अवसर पनि गुमेको छ ।
तीन चार दिन नाच गान गरेर उठाएको पैसा एकै दिनमा सिध्याउँदा केही क्षणको आनन्द भए पनि त्यो उठेको रकमबाट दिगो र धेरै जनालाई फाइदा पुग्ने काम गर्दा मिल्ने आत्मसन्तुष्टि असाध्यै रमाइलो हुन्छ ।
तपाईहरुले खेलेको फागुमा उठेको रकमबाट गाउँमा कम्प्युटर ल्याउन पाए कति रमाइलो हुन्थ्यो । त्यस्तै सानै भए पनि पुस्तकालय खोल्न पाए कति विद्यार्थीले प्रगति गर्न सक्थे । कुनै खाली जमिनमा वृक्षारोपण गरी स्याहार सुसार गर्ने काममा खर्च गर्न पाए वातावरणलाई फाइदा पुग्दथ्यो । विद्यालयको छात्रवृत्ति कोषमा जम्मा गर्न पाए कति बालबालिकाले निशुल्क पढ्न पाउँथे ।
त्यसैले हामी भन्छौं
फागु खेलौन हो फागु खेलौं न
फागुको पैसाले केही गरौं न ।

काठमाडौंबाट गाउकी हजुरआमालाई चिठ्ठी

आदरणीय हजुरआमा,
सादर नमस्कार

काठमाडौं तिर हामी सबै आरामै छौं, तपाईहरु पनि आरामै हुनुहोला । हजुरआमा देशमा चुनावको रौनक ज्यादै छाएको कुरा त तपाईलाई पनि थाहै होला । राजधानी अहिले चुनावी माहोलले तातेको छ । लाग्छ अब त सा“च्चै कै संविधानसभाको चुनाव हुन्छ ।
पचास भन्दा धेरै पार्टर्ीी कतिपय स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिइसकेका छन् । हाम्रै क्षेत्रबाट पनि १३ जनाले संविधानसभा सदस्यका लागि उम्मेदवारी दिएका रहेछन् । पार्टर्ीी नेता कार्यकर्ता तथा उम्मेदवारहरु जिल्ला जिल्ला गाउ“ गाउ“मा गएका समाचार हामीले यहा“ पढिरहेका छौं, सुनिरहेका छौं ।
हजुरआमा, हाम्रो गाउ“ तिर पनि चुनावको प्रचार प्रसार भइरहेकै होला । संविधानसभा चुनावको महत्व र प्रक्रिया बुझ्ने बुझाउने क्रम चलिरहेकै हुनर्ुपर्छ । देशको मुख्य कानुन संविधान बनाउका लागि बन्ने हामीले भोट दिएर पठाएका मानिसहरुको सभा नै संविधान सभा हो भनेर अरुलाई बुझाइ दिनुहोला, हजुरआमा ।
रेडियोबाट पनि धेरै कुरा त सुनिरहनुभएकै होला । हजुरआमा, नबुझेको कुरा चुनावी प्रचारमा हिडेका वा गाउ“कै जान्ने बुझ्ने स“ग सोधेर भए पनि बुझ्नुहोला । मलाई विश्वास छ, तपाई लौरी टेकेरै भए पनि चुनावी सभा र प्रचारहरुमा पुग्नुहुन्छ भन्ने ।
चैत २८ गते हुने चुनाव अरु बेलाको चुनाव जस्तो होइन । देश मै पहिलो पटक संविधानसभाको चुनाव हुन लागेको हो । हाम्रो गाउ“घर तिर भोट माग्न आउने थालेको कुरा हजुरले अस्ति फोनबाट पनि भन्नुभएको थियो ।
तर, कस्तो उम्म्मेदवार उठेको छ र कुन पार्टी कस्तो नीति हो भन्ने कुरा पहिले नै सचेत हुनर्ुपर्छ, हजुरआमा । हामीले राम्रा मानिस चुनेर पठाएमा राम्रो संविधान बन्छ । खराब मानिस चुनेर पठाएमा नराम्रो संविधान बन्छ । हामीले जस्तो मान्छे पठायौं, उस्तै राज्य र नेपाल बन्ने हो ।
भ्रष्ट मान्छेलाई चुनेर पठाए नया“ नेपालमा पनि भ्रष्टलाई नै फाइदा हुने संविधान बनाउनेछ । स्वच्छ र इमान्दार मानिस चुनेर पठाउन सकियो भने उस्ले नया“ नेपालको खाका कोर्दा भ्रष्ट र बेइमानीलाई स्थान नहुने गरी संविधान लेख्ने छ ।
चुनावका बेला आफूलाई मन लागेको व्यक्ति र पार्टर्ीीई भोट दिन पाउने हाम्रो स्वतन्त्रता र अधिकार हो । त्यसैले हजुरआमा, भ्रष्ट र वेइमान मानिसलाई आफ्नो पार्टर्ीीे उम्मेदवार हो भन्दैमा भोट नखसालौं ।
मलाई त, अझै पनि डर छ, हजुरआमा † कतै हामी जस्ता गाउ“को मानिसलाई अनेक लोभ र लालच देखाई हाम्रो भोट पाएर त्यस्को दुरुपयोग गर्ने त होइनन् । दीन दुःखी र सोझा जनतालाई डर, त्रास र लोभ देखाएर मत खरीद गर्ने त होइनन् । त्यसैले हजुरआमा, सबै दल र उम्मेदवारको पहिले देखि अहिलेसम्मको चरित्र एक एक केलाएर मात्र भोट खसाल्न पर्दछ ।

हजुरआमा, हजुरलाई थाहै छ, तपाईको छोरा नातिहरु देशमा काम नपाएर विदेशमा रगत पसीना बगाउन गएका छन् । बेलामा स्वास्थ्य उपचार नपाएर छोरी नातिनीहरु अकालमा ज्यान गुमाउन परेको छ । दैनिक श्रम गर्दा पनि एक छाक खान नपुगेर विद्यालय पठाउनु पर्ने बालबालिकालाई पनि काममै लगाउनु परेको छ । विजुली बत्ति नहु“दा सधैं अन्धकारमाा बस्नु परेको छ । काली गण्डकीमा पक्कि पुल बनेमा घरसम्मै मोटरमा पुग्ने धोको त हजुरको पनि बा“कि नै छ नी ।
त्यसैले भोट माग्न आउने उम्मेदवार र पार्टर्ीी नेतालाई नया“ लेख्न लागेको संविधानमा यस्ता विषयलाई उनीहरुले कसरी समेटेका छन् भनेर सोध्न नबिर्सनुहोला । हुन त यहा“ छुटेका कतिपय कुरा हजुरले आफै पनि नेताहरुलाई सोध्नुहुने नै छ । हजुरआमा सके त्यो पावरवाला चस्मा लगाएर आफै नभए भाइ बहिनीलाई भए पनि पढ्न लगाएर यो चिठ्ठी सुन्नुहोला । सके चुनाव प्रचार कै बेलामा नभ्याए भोट हाल्न पक्कै पनि चैतमा घर आउ“छु ।

उही तपाईहरुकै प्यारी नातिनी
वृन्दा कोइराला

गाउसम्म विकास पुर्‍याउने हाम्रो लक्ष्य छ । राजधानी आउदा कसैलाई अप्ठेरो परे हाम्रो समितिले सहयोग गर्नेछ

अन्तरवार्ता

गाउसम्म विकास पुर्‍याउने हाम्रो लक्ष्य छ । राजधानी आउदा कसैलाई अप्ठेरो परे हाम्रो समितिले सहयोग गर्नेछ ।

श्रीलाल ठाडा
अध्यक्ष, नवलपरासी बुङ्दी काली विकास मञ्च काठमाडौं

१. तपाई तदर्थ समितिको अध्यक्ष हु“दै अहिले फेरी नवलपरासी बुङ्दी काली विकास मञ्च काठमाडौंको निर्वाचित अध्यक्ष बन्नुभएको छ । यस मञ्चको उदेश्य के हो -
- विशेष गरी मिथकरं, डेढगाउ“ र रकुवा तथा त्यस भेग वरिपरिबाट राजधानी आइ बसोबास गरेका बीच आपसी सद्भाव कायम गर्ने उदेश्यले यो मञ्च गठन भएको हो । यस्का साथै यो मञ्चले त्यस क्ष्ँेत्रको विकास निर्माणका लागि राजधानी र स्थानीय स्तरमा रहेका सरकारी र गैरसरकारी संस्था“सग समन्वय गरेर गाउ“को विकास पनि गर्नेछ ।

२. अहिलेसम्म मञ्चले के के काम गरेको छ त -
- गत भदौमा गाउ“मा बाढी पहिरो जा“दा त्यसबाट सबैभन्दा बढी पिडित परिवारलाई राहत उपलब्ध गराइएको थियो ।
- यस्तै सोही बेाल देशभर बाढी पहिरो पिडितलाई सहयोग होस् भनी कान्तिपुर पत्रिका मार्फ सरकारी राहत कोशमा रकम उपलब्ध गराइएको थियो ।
- गत वर्षो एस एल सी परीक्षामा रकुवा, मिथकुरं र डेढगाउ“बाट उतिर्ण ९६ विद्यार्थीलाई वधाई कार्यक्रम मार्फ पुरस्कार वितरण गरियो ।
- मञ्चको आर्थिक संकलनका लागि दशैंमा चिठ्ठा विक्री वितरण गरियो ।
- यस्तै गत पुसको अन्तिम साता डेढगाउमा दुइ दिने स्वास्थ्य शिविर संचालन गरियो ।

३. तपाईलाई अहिलेसम्म गरिएका कार्यक्रम मध्ये सबैभन्दा बढी सन्तुष्टि के मा मिलेको छ -
- शिक्षा नै सबैभन्दा महत्वपूण् कुरा भएका हुदा मलाई एस एल सी परीक्षामा उतिर्णलाई दिइएको बधाई कार्यक्रम उत्कृष्ठ लाग्यो । त्यस्का साथै स्वास्थ्य शिविर संचालनबाट पनि त्यस भेगका धेरै मानिसलाई फाइदा पुर्‍यायो ।

४. अबका दुइ बर्स सम्म तपाईको कार्यकालमा कस्ता कस्ता कार्यक्रम गर्ने योजना बनाउनुभएकेा छ -
- अहिलेसम्म हामी सानातिना कार्यक्रममा नै अल्झेका थियौं । अबको अवस्थामा एउटा गैरसरकारी संस्थाको रुपमा गाउ“ क्षेत्रका लागि केही वृहत कार्यक्रम ल्याउने हाम्रो सोच छ र यस्को जानकारी हामी पछि गराउ“दै जानेछौं ।
- यस अगाडि हाम्रो समितिका कतिपय सदस्यको सक्रियता कम थियो । अहिले निर्वाचित समिति बनेकाले यस्ले भविष्यमा थप सक्रियताका साथ गाउको समस्यालाई पहिचाहन गरी सहयोग गर्नेछ । यस भेगका कतिपय व्यक्तिहरु प्रतिष्ठित भए पनि उहाहरुबाट हामीले लिन सक्ने सहयोग समेत लिन सकेका छैनौं । त्यस्मा हामीले ध्यान दिनुपर्नेछ ।

५. वु“ङ्दी काली सेरोफेरोबाट स्वास्थ्य उपचार, गाउ“को विकासका लागि डेलिगेसन, अध्ययन र अन्य कामका लागि राजधानी आउनेहरु धेरै छन् । त्यस्ता व्यक्तिलाई आर्थिक सहित अन्य पक्षमा सहयोग आवश्यकता पनि परेको हुन्छ, यस्तो अवस्थामा तपाईहरुले कसरी सहयोग गर्न सक्नुहुन्छ ।
- आवश्यक परेका र आपद विपतमा परेकालाई विगतमा पनि मञ्चले सहयोग गर्दै आएको छ । भविष्यमा पनि यस भेगबाट आउनेलाई कुनै समस्या परे हामी मञ्चमा सर्म्पर्क गर्न अनुरोध गर्दछौं र सकेसम्म सहयोग गर्नेछौं ।

६. यस्तो सस्था विगतमा पनि गठन भएका थिए, आउने हराउने भइरहे । अब चाही मञ्च सधै क्रियाशिल रहन्छ भनेर कसरी विश्वास गर्ने -
- डेढगाउ, रकुवा र मिथुकरमबाट काठमाडौं आई बसेका व्यक्तिहरु भेटघाट गर्ने उदेश्यबाट यस्को सुरुवात भएको हो । अहिले सम्म पनि केही कार्यक्रम गरिसकेका छौं । सबैको सहयोग भएमा यस्ले पक्कै पनि उपलब्धी हासील गर्दै जानेछ ।

वुङ्दी काली विकास मञ्चको साधारण सभा सम्पन्न

काली टाइम्स संवाददाता
काठमाडौं
मिथुकरम, डेढगाउ र रकुवाबाट काठमाडौं आई बसोबास गरिरहेकाहरुको साझा थलो नवलपरासी बुङ्दी काली विकास मञ्च, काठमाडौंको तेस्रो साधारण सभा यही फागुन १८ गते काठमाडौंको थानकोटमा वनभोज कार्यक्रम सहित सम्पन्न भयो ।
साधारण सभाले रकुवाका श्रीलाल ठाडाको अध्यक्षमा १३ सदस्यीय समिति बनाएको छ । समितिका उपाध्यक्षमा मिथुकरमका बाबुराम अधिकारी, सचिवमा रकुवाका कुलमणी ढुंगाना, सह सचिवमा डेढगाउकी झलमाया वि.क. र कोषाध्यक्षमा डेढगाउकै सुदर्शन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा मिथुकरंका गोविन्द लामिछाने, विष्णु गदाल र मेघसरा वि.क. रकुवाका सुन्दर पाण्डे, युवराज थापा र कान्ति थापा तथा डेढगाउका घनराज ओझा, धनबहादुर वि.क.हुनुहुन्छ ।
यस्तै मञ्चको कानूनी सल्लाहकारमा चण्डीप्रसाद अधिकारीको चयन भएको छ । कार्यक्रममा निवर्तमान सचिव सुदर्शन श्रेष्ठले गत वर्षमञ्चले ७६ हजार रुपैया आम्दानी गरेकोमा ३८ हजार रुपैया खर्च भएको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विदेशी पाहुना बेल्जीयमका निक मेननले आफ्नो तर्फबाट समितिलाई सधै सहयोग रहने बताउनुभए थियो । कार्यक्रममा दोहोरी गायकहरुले मनोरञ्जन थपेका थिए ।

धर्मात्मा मा.वि.मा पहिरोको डर

काली टाइम्स संवाददाता
मचेंडी, मिथुकरम

मिथकुरम गाविसको मंचेडीमा रहेको धर्मात्मा मा.वी को तीन तिरबाट पहिरो जान थाले पछि शिक्षक, विद्यँर्थीमा त्रास बढेको छ । गत भदौमा आएको बाढीले विद्यालयको केही भाग बगाइसकेकोमा अब आउने वर्षामा बाढी आए विद्यालय भवन नै खतरामा पर्न सक्ने प्रधानाध्यापक कृष्णप्रसाद लामिछानेले बताउनुभयो ।
विद्यालयको पूर्व पश्चिममा रहेको खोल्साले विगत देखि नै विद्यालयलाई असुरक्षित बनाइरहेकामा देवकाली मोटर मार्ग पनि विद्यालय नजिकबाटै निर्माण गरेपछि विद्यालय भवन थप असुरक्षित बनेको हो ।
विद्यालय हाता भित्रको घा“स र सिसौका रुख गत वर्षो पहिरोले नै बगाएको थियो । जाली भरेर र बास रोपेर विद्यालयलाई सुरक्षित पार्न गरिएको उपाय प्रयाप्त नभएको प्रधानाध्यापक लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार, जिल्ला शिक्षा कार्यलय तथा गाविसको स्थानीय स्रोतबाट रकम माग गरी भवन अन्यत्र सार्ने विषयमा पनि छलफल भइरहेको छ । धर्मात्मा मा. वि. मिथुकरम, भारतिपुर, जौवारीका साथै तनहु“को करुवाटार, बटौलीटारका विद्यार्थीहरु अध्ययन गर्ने थलो हो ।

बालबालिकाका लागि छुट्टयाइएको पैसा सचिवले दिएनन्

गोविन्द सहेली लामिछाने
मिथुकरम, नवलपरासी

मिथुकरम गाविसले यस वर्षसरकारले उपलब्ध गराएको दश लाख रुपैया अनुदान मध्ये एक लाख पचास हजार रुपैया दलित, महिला, जनजाति बालबालिका अपाङ्गका लागि छुट्टयाएको थियो । तर सो रकम मध्ये दलितलाई पा“च हजार रुपैया उपलब्ध गराइए पनि अन्य रकमको हिसाब किताब र्छलङ्ग हुन नसकेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
गाविसले एक लाख पचास हजार रुपैया मध्ये बालबालिका हितका लागि भनेर २० हजार रुपैया छुट्टयाएको थियो । तर, अहिलेसम्म पनि गाविस सचिव हरीनारायण आचार्यले पैसा नदिएको गुनासो दिगो बालविकास समुहका अध्यक्ष अर्जुन नेपालीले गर्नुभयो ।
स्थानीय समाजसेवी डोलराज कडेलका अनुसार गत असोज महिनामा सचिव आचार्यसग यस सम्वन्धमा छलफल गर्दा सचिव आचार्यले मंसिर भित्र सो रकम बालबालिकालाई उपलब्ध गराउने बताउनुभएको थियो ।
सचिवले रकम नदिएको गुनासो बालबालिकाले स्थानीय समाजसेवी र विद्यालय प्रधानाध्यापक मार्फ जिल्लामा स्थानीय विकास अधिकारी समक्ष पनि पुर्‍याएका छन् ।

Thursday, May 1, 2008

झलमल्ल हुने भयो बुलिङटार

उज्ज्वल ओझा
बुलीङटार, नवलपरासी
बुलीङ र अर्खलाको सिमानामा रहेको देवसत खोलामा २१ किलोवाटको लघु जलविद्युत परियोजना बन्ने भएपछि बुलीङटार बासीले विद्युतको उपभोग गर्न पाउने भएका छन् । "इसाप" नाम गरेको गैर सरकारी संस्थाले सत्र लाख पचासी हजार रुपैया अनुदान सहयोग दिएपछि देवसत खोलाबाट जलविद्युत निकाल्न लागिएको हो ।
४७ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको उक्त परियोजनाको लागि सांसद दामोदर बस्ताकोटीले संसदकोषबाट पचास हजार रुपैया उपलब्ध गराएको परियोजनाका सचिव सन्तबहादुर कुमालले बताउनुभयो ।
परियोजना निर्माणको ठेक्का पाएको थापा इन्जिनिएरीङ बुटवललाई निर्माण सामाग्री ढुवानी वापत तिनलाख पचास हजार रुपैया बुझाइसकेको कुमालले जानकारी दिनुभयो ।
२१ किलोवाट विद्युत मध्ये दुइ किलोवाट स्वास्थ्य कार्यालयलाई र वाँकी १९ किलोवाट विजुली बुलीङटार गाविसका वडा नम्बर १, २ र ५ का करिब दुइ सय ७५ घरधुरीलाई वितरण गर्ने योजना रहेकोछ । यसबाट दुइ हजार भन्दा धेरै बुलीङबासीले फाइदा लिन सक्ने तथा साना व्यवसायीक उद्योग पनि संचालन हुन सक्ने स्थानीय व्यवसायी भोला गौतमले जानकारी दिनुभयो ।
देवसत खोलामा वाँध हाली करिव ५ किलोमिटर लामो नहरबाट खसुवा खोला छेउमा पावरहाउस वनाई विद्युत निकाल्ने र त्यहाँबाट निस्कने पानीले करिव ३ हेक्टर खेत समेत सिंचाई हुने छ ।
स्थिति सहज भयो भने अर्को हिउँद सम्म विजुली निस्कने तथा भविष्यमा पानीघट्टा पनि त्यसैबाट चलाउने योजना रहेको सचिव कुमालले बताउनुभयो ।
वुलिङटारमा पाँच किलोवाट क्षमताको अर्को लघु जलविद्युत परियोजना तीन वर्षअगाडि देखि नै संचालन हुँदै आए पनि गत भदौमा आएको वाढीले क्षति पुर्‍याएपछि उक्त परियोजना बन्द भएको छ ।

खजुरीमा स्वास्थ्य शिविर सम्पन्न

काली टाइम्स संवाददाता
भारतीपुर, नवलपरासी
तम्सरिया फाउण्डेसन अफ नेदरलैण्ड र कुमारी हसौराले भारतीपुर गाविसको खजुरी स्थित कामधेनु प्राथमिक विद्यालयमा यही फागुन १७ गते एक दिने स्वस्थ्य शिविर संचालन गरे ।
शिविरमा भारतीपुर, मिथुमरम, डेढगाउँ र तनहुँ राम्जाकोट गा.वि.स.का र्सवसाधारणहरुको उपस्थिति थियो । निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण समेत गरिएको स्वस्थ्य शिविरबाट दुइ सय जना भन्दा धेरैले फाइदा लिएको विद्यालयका शिक्षक हरिकृष्ण कडेलले जानकारी दिनुभयो ।

विद्यालयमा गोबर ग्याँस

काली टाइम्स संवाददाता
रानीबेल, डेढगाउँ
घर घरमा गोबर ग्याँस भन्ने त सुनिएकै हो । विद्यालयमा पनि गोबर ग्याँस बनेको छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्ला । तर, रानीबेल स्थित कालिगण्डकी प्राथमिक विद्यालयले भने यसै वर्षविद्यालय हाता भित्र गोबर ग्याँस प्लान्ट बनाएको छ ।
विद्यालयको शौचालय भरिएर वर्षनी खर्च थपिदै गएको कारण विद्यालय प्रशासनले गोबर ग्याँसको अवधारणा ल्याएको हो । शौचालयको राम्रो-व्यवस्था हुने र बाल विकास केन्द्रका विद्यार्थीलाई खाजा पकाउन इन्धनको समेत व्यवस्था हुने भएकाले गोबर ग्याँसको निर्माण गरिएको प्रधानाध्यापक जगतबहादुर सारुले बताउनुभयो ।
गाउँ विकास समितिले चालीस हजार रुपैया र विद्यालय व्यवस्थापन समितिबाट त्रीचालीस हजार रुपैया गरी जम्मा ८३ हजार रुपैयाको लगानीमा गोबर ग्याँस प्लान्टको निर्माण गरिएको हो ।
गोबर ग्याँस प्लान्टसँगै चार कोठे शोचालय पनि बन्दा त्यस्ले विद्यालयको सरसफाईमा पनि सहयोग पुर्‍याएको छ । दुइ शिक्षकको दरवन्दी रहेको यस प्राविका अभिभावकहरुले एक लाख ५२ हजार रुपैयाको अक्षयकोष स्थापना गरी ६ जना शिक्षकको व्यवस्था पनि गरेका छन् ।

गाग्रीमा पानी बोकेर पनि तरकारी खेती

काली टाइम्स सम्वाददाता
फेदी, डेढगाउँ
फेदी केरमटारका किसान दाजुभाइ शिवप्रसाद, केशवप्रसाद र कृष्णप्रसाद पाण्डेले गरेको लोभलाग्दो तरकारी खेतिको चर्चा आजभोलि गाउँमा निकै छ । पाँच वर्षदेखी ६ रोपनी जग्गामा विऊ, बेर्ना र तरकारी खे आएका पाण्डे दाजुभाइले त्यसैबाट वर्षरीको घर खर्च आम्दानी गर्छन् ।
मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारी उत्पादन गर्ने किसान दाजुभाइले उब्जाएका तरकारी गाउँमा नै विक्रि हुन्छ । तरकारी खेतिबाट उत्साहित पाण्डे दाजुभाइ अझै खेती विस्तार गर्ने तयारी पनि छन् ।
"तरकारीको लागी धेरै पानी चाहिन्छ तर यहाँ सिंचाइको लागी पानीको अभाव छ, पानी गाग्रीमा ल्याएर हाल्नु पर्छ" किसान शिव प्रसाद पाण्डेले भन्नुभयो "गाउँमा जे.टि.ए. पनि छ भन्छन् तर आज सम्म देख्न पाइएको छैन ।"
जे.टि.ए.सँग सरसल्लाह गरी विउविजन ल्याउन पाए तथा रोग लागेको अवस्थामा बेलैमा औषधि हाल्न पाए उत्पादन बढ्ने किसान कृष्णप्रसादले बताउनुभयो । दुःख गरेर तयार पारेको बालीलाई कुखुरा र चोरले दुःख दिने गरेको पनि पाण्डे दाजुभाइको गुनासो छ ।
यसैगरी मंचेडी -१ माथ्ल्ला डिहीका किसान कुलप्रसाद कंडेलले पनि तरकारी खेतीबाटै वर्षभरिलाई खर्च पुर्‍याउनुहुन्छ । चार वर्षदेखि तरकारी खेती गर्दै आएका कंडेललाई सुरु सुरुमा गाउँलेले बारीको तरकारी मागेर हैरान पारेका थिए ।
तर आजभोलि मागेर खाने चलन कम भइसके पनि बेच्नका लागि घरघरमा पुग्नुपर्ने उहाँको भनाईछ । दुइछाक खान गाह्रो छ भन्दै हिड्ने व्यक्तिलाई तरकारी खेती गर्ने सल्लाह कंडेलले दिदैं आउनुभएको छ ।

डेढगाउमा एस एल सी परीक्षार्थीले निशुल्क वास पाउने

प्रकाश ओझा
डेढगाउँ, नवलपरासी
डेढगाउमा चार वटा विद्यालयको एस एल सी परीक्षा केन्द्र हुने भएपछि त्यसलाई व्यवस्थित र मर्यादित बनाउन विद्यालय व्यवस्थापन समिति सक्रिय भएको छ । डेढगाउ उच्च मा.वि.मा गत महिना बसेको शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले रकुवा, मिथुकरम र रुचाङबाट आउने विद्यार्थीलाई परीक्षा अवधिभर निःशुल्क बासको व्यवस्था गर्ने निर्णय गरेको परीक्षा व्यवस्थापन समितिका उप-संयोजक छविलाल ओझाले वताउनुभयो ।
यस्तै एस एल सी परीक्षालाई मर्यादित बनाउन स्कूल वरपर तारबार लगाउने निर्णय पनि व्यवस्थापन समितिले गरेको छ । डेढगाउँ उच्च मा.वि. डेढगाउँ, नगरडाँडा मावि व्याघान, धर्मात्मा मा.वि. मचेडी र बेलभञ्ज्याङ मा.वि. रकुवाका गरी जम्मा २४४ जनाले डेढगाउँ केन्द्रबाट एस एल सी परिक्षा दिदैछन् । -प्रशिक्षार्थी पत्रकार

नयाँ कार्य समिति गठन, नहर बन्ने भयो

काली टाइम्स संवाददाता
डेढगाउँ, नवलपरासी
नहरका उपभोक्ताको फागुनमा भएको भेलाले डेढगाउँमा नयाँ सिंचाइ उपभोक्ता समितिको गठन गरेको छ । कार्य समिति गठन हुनासाथ जीण अवस्थामा रहेको नहरको निर्माण कार्य पनि सुरु गरिएको छ । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष कमानजीत दर्राईले जेठसम्ममा नहरमा पानी ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्राईको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, सचिवमा नारायणप्रसाद ओझा, सहसचिवमा डोलराज खत्री र कोषाध्यक्षमा कमल दर्राई चयन हुनुभएकोछ ।
नहर पुननिर्माणका लागि लाग्ने करिब ३१ लाख रुपैया जिल्ला सिंचाइ कार्यालयसँग माग गरिए पनि त्यसमा प्रगति नभएको भन्दै समितिले उपभोक्ताबाट श्रमदान र रोपनीको हिसावले रकम उर्ठाई नहर बनाउने योजना बनाएको समितिका सचिव ओझाले जानकारी दिनुभयो ।
गत भदौमा आएको बाढीका कारण नहर पहिरो गए पछि डेढगाउँ फाँटको करिव २४० हेक्टर खेतीयोग्य जमीन सुख्खा रहँदै आएको छ । धान पाक्ने बेलामा नहर भत्किएपछि धेरै किसानले यस वर्षपरालमा मात्रै चित्त बुझाउनु परेको थियो भने गहुँको खेती पनि राम्रो हुन सकेन ।

कफी खेतिवाट वाषिर्क तीस हजार आम्दानी

काली टाइम्स संवाददाता
बाँझोबारी, रकुवा
गरे के हुन्न र - यसको उदाहरण बन्नुभएको छ, रकुवा-१, वाँझोवारीका कृषक हिराबहादुर सुनार । फालिएको जग्गामा ८ वर्षअगाडि कफी लगाएका सुनारले ६ वर्षयता कफी खेतिबाट वाषिर्क तीस हजार रुपंया सम्म आम्दानी गरिरनुभएको छ ।
वाँझोबारीको आफ्नो २ रोपनी बारीमा सीसौ रोपेको सुनारले सीसौ बारी भित्रको खाली जग्गामा करिव चार सय वटा कफीको विरुवा लगाउनु भएको थियो ।
दुइ वर्षपछि कफीले फल दिन थाले पछि सुनारले पाखो जमिनबाट पनि आम्दानी गर्न थाल्नुभएको हो । कफीको एउटा बोट बाट तीन, चार कीलो सम्म फल दिने सुनारले जानकारी दिनुभयो ।
उत्पादन भइसकेपछि कफी बेच्न पोखरानै पुर्‍याउनु परेकोमा भने सुनारले गुनासो पोख्नुभयो । गाउँमा अरुहरुलाई पनि कफी खेति तर्फआकषिर्त हुन अनुरोध गर्दै हिड्ने सुनारले गाउँमा जेटी.ए भइदिए कफी खेति अझ फस्टाउन सक्ने बताउनुभयो । यस भेगमा कफी खेतिको राम्रो उत्पादन हुने भएकाले वेरोजगार युवाका लागी कफी खेती उत्कृष्ट र आकर्ष हुने सुनारको धारणा छ ।

गाउँमा चुनावको लहर

विगतमा दुइ दुइ पटक मिति घोषणा भएर पनि हुन नसकेको संविधान सभा निर्वाचन यसपटक चैत २८ गते हुने भएपछि अन्यत्र झैं डेढगाउँमा पनि चुनावको लहर छाएको छ । जनताले चुनेका प्रतिनिधिरुले संविधान बनाउनका लागि हुन लागेको संविधान सभा निर्वाचनमा यसपटक नवलपरासी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन तर्फ १३ जना उम्मेदवार छन् ।
डेढगाउ, रकुवा मिथुकरम सहितका गाविस पहिले नवलपरासीको क्षेत्र नम्बर एकमा रहे पनि क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पछि अहिले यी गाविस नवलपरासीको क्षेत्र नम्बर दुइमा परेका छन् । नवलपरासी जिल्लामा विगतमा चार वटा निर्वाचन क्षेत्र रहेकोमा अहिले ६ वटा निर्वाचन क्षेत्र छ ।
गाउँमा चुनावको लहर ल्याउन अरु दल भन्दा नेकपा माओवादी अगाडि देखिएका छन् । माओवादीले चुनावी सभा पनि गरिसकेका छन् । संविधान सभालाई निष्पक्ष गराउन चुनावी आचार संहितामा भित्ते लेखन गर्न नपाइने भनिए पनि डेढगाउँ र यस वरपर माओवादीले भित्ते लेखन गरेका छन् ।
नेकपा एमालेले पनि आँफ्नो सांस्कृतिक टोली सहित गाउँगाउँमा प्रचारका लागि हिडेका छन् भने डेढगाउँ लगायतका गाविसमा प्रचार प्रसार समिति बनाइसकेका छन् । उता, डेढगाउँ सहित तत्कालिन क्षेत्र नम्बर एकका पूव सांसद महेन्द्रध्वज जी. सी. पनि नेपाली काँग्रेसको प्रचारका लागि गाउँ गाउँमा हिडिरहेका छन् ।
काँग्रेस, एमाले र माओवादी चुनाव प्रचारमा अगाडि देखिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका अन्य दलका नेता कार्यकर्ता पनि प्रचारका लागि गाउँमा आइरहेका छन् ।
यसपटक चुनावमा विगतमा भन्दा फरक दुइवटा मतपत्रमा छाप हान्नु पर्दछ । प्रत्यक्षका लागि यिनै उम्मेदवार मध्ये एक जना छान्नु पर्दछ भने समानुपातिक निर्वाचन प्रणालिका लागि निर्वाचन आयोगले मान्यता दिएका ५५ वटा दलमध्ये कुनै एउटालाई भोट दिनुपर्दछ ।