Friday, April 30, 2010

मे डेमा पनि काम

मे दिवस मजदुरका दिन भन्थे,यो मज्दुरको त बेहालै भयो नि। माओवादी आन्दोलनले मे दिवसको कुरा त पर गयो झन् खाइपाइ आको शनिबारको बिदा पनि जाने भो यार। आइतबारदेखिको हड्तालले गर्दा शनिबार पनि काम गर्नपर्ने भो। यस्मा पनि कोही कोही मलाई खुच्चिङ गर्दै हास्लान्....


माधव सर्कालाई भारतको समर्थन

माधव सरकारलाई भारतको समर्थन भनेर मनमोहन सिंले भने भन्ने समाचार सुनेर सुतेको। सपनाँ त म प्रधानमन्त्री भारे मनमोहनले मलाई त्यसो भनेसि मैले पनि - आपको सरकार के भी नेपालका समर्थन हैं'भन्देको मनमोहनले त तीन गिलास पानी पिएको। हाम्रा देशका प्रधानमन्त्रीले त्यस्तो सपना देख्लान्?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Thursday, April 29, 2010

भिड त पारसले जम्मा पारे

सडकाँ धेरै मान्छे उफार्ने फूर्ति चाहिँ ठूला पार्टीले नलाए नि हुनेरैछ जस्तो लाओ यार मलाई हिजो पारस शाहको स्वागताँ वीरगञ्जको सडकाँ त्यो धुपाँ आको भीड देख्दा...रस सकिएको पा-रस भाठाँ त तेत्रा मान्छे ओइरिनेरचन् भने रसले भरिएका माउवादीले कति मान्छे उतार्लान त सडकाँ राम राम। माधव कणले पहिल्यै राजिनामा देर तिन्को जुलुस हेर्न नपाइने हो कि भन्ने पिर छ यार मलाई त।



कुरो थिम्पुमा छ...


यहाँ जति निर्णायक बहस गरे नि क्यार्ने कणहरु। भुटानाँ भाका हाम्रा प्रमलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंले दिने सल्लाह नै सबैभन्दा काम लाग्छ। 'तिमीहर्का माउवादी सत्ता आए हाम्लाई झन् अप्ठेरो हुन्छ,माउवादीलाई सत्ता नदेउ' भनेर सिं भैयाले भने भने माधवले मरिगए सत्ता छोड्दैनन्। 'छोडो अब,एमआरपी त हम्को दिया नहीँ। यी सब काम हम माउवादीसे कराइगें'भने भने फेरि नयाँ प्रधानमन्त्री पाइन्छ...

Wednesday, April 28, 2010

छोड्दे हुन्छ

निर्णायक भनिएको अनिर्णित बहस सुनेपछि मेरो निश्कर्ष के : नआत्तिए हुन्छ काँग्रेस-एमालेहरु। प्रधानमन्त्री माधवकुमार नेपाललाई राजिनामा दिन लाए हुन्छ। प्रचण्डलाई फेरि प्रधानमन्त्री बनाइदिए नि केही फरक पार्दैन। केही महिनापछि आत्तिएर उनी आँफै फेरि कुनै निहुँ खोजेर सत्ता छोड्छन्। त्यसपछि तिम्हरुकै हाता आउँछ।

कल्ले ढाँट्यो

प्रचण्डले ढाँटे कि कृष्णप्रसाद सिटौलाले- प्रचण्डले भने गिरिजाबाबुसँग कति संख्यामा माओवादी लडाकुलाई सेनामा लाने भन्ने सहमति भएकै थिएन। तर सिटौलाले भने - गिर्जाबाबुले तीन हजार भन्दा प्रचण्डले नमानेपछि ५/६ हजारलाई सुरक्षा फौजमा लाने सहमति भएको थियो। एउटाले चाहिँ ढाँट्यो कल्ले हो है...

निर्णायक बहस

प्रचण्ड,सुशिल कोइराला र झलनाथको'निर्णायक बहस'ले के के न निर्णय गर्ला भनेर टिभिआँ गम झैं टाँसेर बस्सियो। अरुले त के के न निर्णय गरेको बुझे कुन्नि मैले त प्रचण्डले आफ्नो डम्फू बजाए अरु नेताले त्यसमा प्रतिक्रिया दिएको भन्दा केही निर्णय भएको पाइन। प्रचण्डले भनी त गए - सामन्तवाद र विदेशीलाई मान्नेलाई नेपाली नागरिक हुन सक्दैन। विदेशीले भनेको कोले मान्छ र सामन्तवादीहरु धेरै अहिले कुन पार्टीमा छन् भनिराख्न पर्छ र ?

नेपाली संसदमा त यस्तो भाछैन नि


रुसी सैनिकहर्लाई सन् २०४२ सम्म आफ्नो सिमा भित्र बस्न दिने/नदिने बारेको बिबादमा युक्रेनका सांसदबीच गोदागोच चलेछ। ४५० सभासद मध्ये २३६ ले रुसी सैनिकलाई आफ्नो देशाँ बस्न दिने भनेछन्। आज बिहान एउटा सभासद्ले डाइलग मार्यो नि मलाई-मु*हरु नेपाली सभासद-नेताहरुलाई खुब गाली गर्छउ नी। युक्रेनका सभासदले झैं हाम्ले लड्याछम्।'नेपाली पत्रकारको पुरानो बानी मैले नै सोँधे-युक्रेनका सांसदले रुसको पैसा खाए कि खाएनन् होला। सभासद त मुर्च्छा परे झैं गरेर हास्यो नि।

मै काले


संगत गुनाको फल भन्थे फोटाँ नि त्यस्को प्रभाव पर्ने रैछ नि। करिष्मासँअ फोटो खिच्न पाएसी हेर त म जस्तो काले पनि कस्तो खुलेको। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)


हतियारसहित पक्राउ कार्यकर्ता


अब कतिखेर माउवादीले ग्रिनेडसहित पक्राउ परेका 'जनमुक्ति सेना'का कमाण्डर सन्तोष राई हाम्रो पार्टीमा विगत केही हप्तादेखि सम्पर्कमा थिएनन्,घर विदाँ थिए र उनले बोकेको हतियारबारे पार्टीलाई जानकारी थेन भन्छन्। (हास्नुपर्ने कारण धेरै छन हा हा हा...)

Tuesday, April 27, 2010

इन्सोरेन्सले देको धोका

इन्सोरेन्स कम्पनीले पनि खुब दुख दिंदो रहेछ नि। हाम्रा एक साथीको छोरा जन्मिदा भएको खर्चको पाउनुपर्ने विमा रकम छोराको भातख्वाई गर्नेबेलासम्म पनि पाछैनन्। आज फोनाँ धक्माउँदै थे- बेकारमा शंका गरेर के के हो के के कागज मागेर यो पालि त पैसा देनौ। अब अर्को बच्चा जन्माउने बेलाँ जन्मेको हेर्न हस्पिटलाँ नै आउ,अहिले नै निम्ता छ...

बाँचेर आइयो

शहरमा जताततै ट्राफिकको तनाव छ। नेविसंघका विद्यार्थीले गृहमन्त्रीको राजिनामा माग्दै प्रदर्शन गरेकाले होला। त्यस्तो बेलाँ यस्तो मुर्ख ड्राइभरले चलाएको गाडीमा चढिएछ कि। जताततै ठोक्ला झैं गरेर ८० को स्पिडमा बस चलाउने... हिडेरै जान्छु बरु जीउ रहे पछ चढम्ला गाडी भनेर आधा बाटाअड हिडें। राम राम बाँचेर आइयो यार अफिस

Friday, April 23, 2010

तालिम लिम कि के हो ....

सेकेन्ड लेफ्टिनेन्टाँ फालिएका बेलाँ सैनिक तालिम लिन पाइने भनेर लाको चिन्ता नि अब हट्ला जस्तो छ। सेनाका जर्नेलहरुसँ भेटेसी युथ फोर्सका अध्यक्ष महेश बस्नेतले माउवादीले सैन्य तालिम नरोके एमाले युथ फोर्सले नि तालिम सुरु गर्ने घोषणा गरेछन्। तिम्हरु मध्ये कसैको तालिम लिन उमेरको हद छैन र सामाखुशीतिर टेडिङ भए त,म नि आउँछु क्यारे जीउ बनाउन छ।

नेतो ट्वाँ....

अफिस आउन लाको त नेविसंघहर्ले माइक्रो दरबारमार्गतिर पठाइदिए। हिंडेरै आउँदै थेँ,बाटाँ पुलिस इनिस्पेक्टर र नेताबीचको डिस्कस रमाइलो लाओ। सडक खुलाउन खोज्ने पुलिस इनिस्पेक्टरलाई नेतोले सरुवा गर्दिने बताओ। पुलिस नि गज्जपको रैछ-छिट्टै सरुवा गर्दिनोस् यहाँ मे १ माओवादीले सत्ता कब्जा गर्ने हल्ला छ त्यो बेलाँ बरु दुर्गममै बस्न फाइदा'भन्दिओ। नेता त ट्वाँ....(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

क्रिकेटले बिगार्यो निन्द्रा

नेपालले क्रिकेटाँ के के न प्रगति गर्यो झैं गरेर प्रचार गरे। क्रिकेट बुझ्दिन्न भन्दा अरुले गिज्याउलान् भनेर क्रिकेट टिभीआँ हेरेर बुझ्न थालेको अहिले घाँडो पो भो यार। आफ्नो देशले विदेशाँ खेल्या टिभीआँ कहिल्यै हेर्न पाइया होइन..बेकाराँ इण्डियन आइपिएलको चमक-धमक हेर्ने बानीले निन्द्रामात्र खराब भइराछ मेरो त।

Thursday, April 22, 2010

सामयिक राष्ट्रिय गान रे*


सयौं थुगा प्रचण्डा जुगाँ मान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका वाइसिएल र माओवादी

बन्द हड्ताल कोटी कोटी फोहरको आँचल
जे जे वादी आए पनि भारतकै दलाल

कान्ति छैन,शान्ति छैन अभावै मात्र केबल
दुर्गम-मा भोकमरी,केन्द्रका नेता सबल

गुटबन्दी, फुटबन्दी समस्या छन् विशाल
पश्चगामी बनाउन लाए,बचाऔं हाम्रो नेपाल

(*एक जना काम्रेडले फरवार्ड गर्देका)

उच्च सुरक्षा

माओवादीले लउरी-खुकुरी देर कार्यकर्तालाई परेड खेलाउन थालेसी क्याबिनेटले सुरक्षासंयन्त्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएछ। मैले नबुझेको कुरा:प्रहरी-सेनाहर पनि कहिले कम सतर्कताआँ,कहिले ठिक्क सतर्कताँ र कहिले उच्च सतर्कताँ बस्न मिल्छ र?हाम्राँ सुरक्षाकर्मीहरु कम सतर्कताँ बस्ने भर अहिलेसम्म अपराध बढ्या त होइन। सर्कारले जे भने नि दाजुभाइ तिम्हरु चैं सँधै उच्चै सतर्कता बस्दे बा सुरक्षास्थिति अलि राम्रो हुन्थ्यो कि।

नम्रतालाई भेटेछन्


नागरिक पत्रिकाँ छाप्पेको समाचारअन्सार केही पत्रकार्ले हिजो हिरोनी नम्रता श्रेष्ठलाई भेटेर गफ गरेचन्। तर उनको तेत्रो स्कान्डलको बारेमा केही कुरै सोध्या छैन। जुन कुरा पढ्न मन छ त्यस्का बारेआँ केही लेख्दैनउ भनेर सँगै गाका एक पत्रकार्लाई सोधेको आफ्नो ब्लग देखाए: http://www.tguff.com/?p=86 तर त्यसाँ नि खासै केही रैनछ। ...

रउसी छोडेसी

फ्रायडले भनेका कुरा नि ठिकै रैछ भन्ने बुझियो..८ दिन भो रउसी जन्य पदार्थ मुखाँ नपरेको। हिजो सपनाँ मस्त धोकेको देखें। तर अर्को कुरा चाहिँ बुझिन - सपनाँ खाकाले पनि बिपनाँ किन ह्याङओभर भइराछ?लउ न कसैसँग केही आइडिया छ - त्यस्सै टाउको गर्हुगों भइराछ....


Tuesday, April 20, 2010

नयाँ संविधान बनाइसक्यो माओवादीले

बोल्सेभिक क्रान्तिका किताब पढे हुन्छ है काम्रेडहरु। माउवादीका तयारी हेर्दा यिनले रक्तपात बिहीन तरिकाले जेठ १४ गते संविधानसभा घेरेर आफ्नो पक्षको संविधान जारी गर्नेछन्। संविधानसभा उपाध्यक्ष तिनकै छन्। अध्यक्ष नेम्वाङ र एमाले काग्रेसका केही सभासदहरु बाहिरए पनि बाँकी रहेका सभासदहरु मिलेर संविधान जारी गर्नेछन् र माओवादीले त्यो दिन जारी गर्ने संविधान बनाइसकेको छ।

अर्काको मुबिल चार्ज

बिबाहित दिदी-भाउजुहरु सतर्क हुनु नै,काठमाडौंआँ नयाँ खाले दानीहरू बढ्दै गइरारैछन्। युवतीहर्को मोबाइलमा पैसा रिचार्ज गरिदिने बिबाहितहरु थुप्रै रैछन्...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा.....)

आत्महत्या नेताले गरे भने

ओखति नपार जनताले आत्महत्या गरे (रुकुममा परिवारकै आत्महत्या)। पार्टीले हेरेन,छोरालाई जागिर देन भनेर कार्यकर्ताले आत्महत्या गरे (डिकेन्द्र राजवंशी)। डर लाइराछ यार पद पाइन भनेर कुनै दिन नेताले नै आत्महत्या गर्देलान्।


उस्तै उस्तै रैछ

फरक छुट्याउनुहोस् :

http://americadarpan.com/nepali/newsbase/nid/17477/http://www.nagariknews.com/exclusive-news-page/12288-2010-04-13-09-13-48.html मा दुबैमा लेख एउटै छ तर लेखकका नाम मात्र फरक छ। अनलाइन पत्रकारिताको मज्जा भनेकै एउटाले लेखेको कुरा आफ्नो नाममा जस्ताको तस्तै सार्ने हो झैं गराउन थाले यार नेपाली पत्रकारहर्ले। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


कसरी टिक्ने टिभीमा

केही साथीहर्ले मलाई टिभी पत्रकारितामा टिकिरहन नसकेकोमा गालि गरिराछन्। तिन्लाई के थाहा नेपालाँ आजभोलि टिभी पत्रकार हुन कति धेरै चिच्याउन पर्छ भन्ने कुरा। बुढाबुढीको झगडा पर्यो भने टिभीआँ घेक्रो सुकिन्जेल चिच्यआर रिपोर्टिङ गर्न मात्रै पर्दैन के हेरिराछ यो सर्कार भनेर सरकार,नेता र गैरसरकारी संस्थाको पनि तिनपुस्तेलाई धारे हात लाउनपर्छ। मैले सकिन प्रभु...


नयाँ वर्ष मनाउन पाए


गतिलो नयाँ नेता आउने आशामा
यसै वर्षभित्रै नयाँ संविधानको पर्खाइमा
नेपालीको आय र आयु दुवै बढ्ने विश्वासमा
लोडसेडिङको तालिका खोज्न नपर्ने दिनको प्रतिक्षामा
नयाँ वर्ष मनाउन पाए

ट्राफिक जाम हट्ने आशामा
राम्रा अभिनेता-अभिनेतृको अभिनयको पर्खाईमा
भ्रष्टाचार बिना काम हुने विश्वासमा
बेरोजगारीको अन्त्य हुने दिनको प्रतिक्षामा
नयाँ वर्ष मनाउन पाए

बन्दका दिनहरु अन्त्य हुने आशामा
इर्श्या गर्नेहरूको बानी परिवर्तन हुने पर्खाइमा
काठमाडौको फोहर बेलैमा उठ्ने विश्वासमा
गरिबीले डाँडा काट्ने प्रतिक्षामा
नयाँ वर्ष मनाउन पाए

अल्छीहरु जाँगरिला हुन् भन्ने आशामा
स्वार्थीहरु एकाएक मनकारी हुने प्रतिक्षामा
मुखमा रामराम बगलीमा छुरा गर्नेहरु बिलाउने विश्वासमा
चक्काजाम र तोडफोडका उच्चारण सुन् नपर्ने पर्खाइमा
नयाँ वर्ष मनाउन पाए

सुख शान्ति र उन्नतिको सुनिश्चिततामा नयाँ वर्ष मनाउन पाए पो मनाउनु
बन्द,हिंसा,हड्ताल,असुरक्षा,बेरोजगारी,अशिक्षा र फोहरमैलाका साथ
के नयाँ वर्ष मनाउनु।

Friday, April 16, 2010

३ सय १ पुगेनछ...

बुझियो!माओवादीले ३ सय १ पुर्याउन सकेनछ। साता दिन बसेको पोलिटब्युरोको निर्णय बरु सरकारविरुद्ध आन्दोलन गर्ने तर अविश्वासको प्रस्ताव नल्याउने रे। कस्तो आन्दोलन भन्दा हिरिक्क भाको हो के इ माउवादीहरु। बेकाराँ जनतालाई दुःख दिने आन्दोलन भन्दा त अविश्वासै ल्याएर होस् कि विश्वासाँ लेर सरकार ढाल्दे हुन्छ के। नभए चुपो लार संविधान बनाउन तिर लाओ...

जिब्रो

सोमरससँगै मंसजन्य पदार्थ नि छोड्दिमकी भनेको आफ्नै जिउरो यस्तरी टोकियो कि। घाउ सन्चो हुनै एक दुई दिन लाग्ला जस्तो छ। खाना खान र बोल्न नि गारो भइराछ।

Thursday, April 15, 2010

फरम्याट गर्दिम यार दिमाग

'दिमाग फर्म्याट गर्दिम झैं लाग्छ यार कहिलेकाही। जहिले तहिले भाइरस मात्र बोकेर हिड्न परिरहेको छ। दिमागाँ गतिला र काम लाग्ने कुरा मात्र राखेर नचाहिने कुरा जति फाल्दिन पाए क्या गज्जप हुन्थ्यो'मलाई त यस्तो हुन्छ भने धोका पाएका प्रेमिकालाई झन् आफ्ना प्रेमीका सबै कुरा भुल्न त्यस्तो मेसिनको कति खाँचो भइराहोला....

तलब भत्त रोक्न परो

अत्तो थापेर मात्रै नि हुन्न साथी हो। संवैधानिक समितिले संविधानको पुरै मस्यौदा ड्राफ्ट गर्न एक महिना लाग्छ। दलहरुबीच सहमति भएनि कतिपय सभासदलाई त्यस्मा मन नपरेको कुरा मिलाउन र जनतामा संविधानको ड्राफ्ट लान नि दुई महिना लाइहाल्छ। ५० अर्ब रुपैयाँ जति सकेको संविधानसभालाई त्यसै छोड्ने कुरा नि भएन।त्यसैले अब संविधानसभाको म्याद गोडेक छ महिना जति थपो भन्नुपर्छ। तर यी सभासद यतिकै छोड्ने होइन। अब चाहिँ यिन्लाई तलब भत्ता नपाउने बनाइदिनपर्छ।

ज्ञापनपत्र दिनेको घुइचो


बैलैमा संविधान बनाओ भन्ने ज्ञापन पत्र दिन सृजनाकर्मीहर्को पछि लार अस्ति शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटियो। उन्लाई ज्ञापनपत्र दिनेको घुइचो र टाइमटेबल हेर्ला लाओ हामीमध्ये कतिपयले जेठ १२ गते सम्म नि जेठ १४ भित्रै संविधान चाहिन्छ भनेर ज्ञापनत्र दिइरहन्छम् होला र उनले सबै दलहरु मिले पनि असंभव भन्ने कुरा केही छैन भन्दै भनिरहन्छन होला...

Tuesday, April 13, 2010

रेड अलर्ट कि रेड एरिया

धनीमानी बस्ने भनिएको काठमाडौंको बुढानिलकण्ठमा बढी चोरीचकारी बढेसी पुलिसले'रेड अलर्ट'बनाको समाचार रैछ। एउटा एफएमकी समाचारवाचिकाले छिटो छिटो पढ्ने धुनमा बुढानिलकण्ठलाई 'रेडलाइट एरिया'बनाको भनेर पढिन् रे एउटाले सुनाको तर आफ्लाई त पत्यार लाग्याछैन। खाली उडाउँछन् यार एफएम वालालाई...

रिजोलुसन दौड्ने


न्यु इयर रिजोलुसन भन्छन् नि-मर्निङ रेस गर्न परो भनेर आजैट थालेको। रेस गरेर आएसी ओछ्यानाँ पत्रिका पढ्दै गर्दा एकछिन निदाइएछ। भात खार अफिस आको फेरि हाइ हाई आउन थाल्यो। यो रिजोलुसन विगनेस नि फाप्ला जस्तो छैन। जीउमा ताक्खत छैन,बिहानै दौडेर जीउ झन् खेर पो जाने हो कि।

Monday, April 12, 2010

रामचन्द्र पौडेलको काम

बेलाँ संविधान जारी नभए के गर्ने भनेर रामचन्द्र पौडेल छलफल गर्न सूर्यबहादुर थापाकाँ पुगेछन्। अब लोकेन्द्रबहादुर, मरिचमान,तुल्सी गिरी,किर्तिनिधी विष्ट,कमल थापा कहाँ चहार संविधान बनाउन। प्रचण्ड र झलनाथलाई एकै ठाउँमा राखेर खिप्न छैन,आउटडेटेड आउटडेटेड ताक्दै हिन्छन् यार।

बुढानिलकण्ठ

बुढानिलकण्ठलाई रेड अलर्ट एरियामा परेछ। आफू त रेड लाईट एरिया पो सुनेको

मयुर टाइम्समा


साथी दीपक भट्टराईको FB Staus बाट साभार:"नारायण वाग्लेको नयाँ उपन्यास'मयुर टाइम्स'पढेपछि धेरैअगाडि उनले कान्तिपुरमा लेखेको एउटा एंकर याद आयो। जापान जाँदा एउटा टेउसी ड्राइभरसँग उनको वार्तालापमा ड्राइभरले भन्याथेरे-कुनै कुनै किताबका यति धेरै प्रचार गर्दिन्छन् कि नपढीकन सुखै पाइदैनं" 'मयुर टाइम्स' पढेपछि मलाई पनि दीपकजीकै तर्क मन पर्यो॥
नारायण श्रेष्ठको स्टाटस

बन्द फिर्ता लेर

माउवादीलाई नि केही गरेन नि सुख छैन यार। आज भनेको बन्द फिर्ता लिएर तपाइ हामी खुशी(?)भएर क्यार्ने। काम थोरै दाम धेरै भा'का कतिपय अफिसले बन्दकै उपलक्ष्यआँ बिदा गर्याथे होलान्। कति जनाको केके प्रोग्राम बन्याथ्यो होला। अफिस आउँदा बाटा दुई तीन जना भुतभुताइराको सुन्याथें-'केही नयाँ बहानाँ गरेर भएनि बन्द गर्द्‍या भा हुन्थ्यो।'रे(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Friday, April 9, 2010

गिर्जाबाउ चढेको गाडी फिर्ता


पत्याउनै गार्हो हुने काम नि गर्छन् यार कहिलेकाहीँ हाम्रा नेता र तिन्का पार्टीले। कांग्रेस सभापति गिरिजाबाउको मृत्युपछि कोइरालाले प्रयोग गर्दै आएको मेलम्ची खानेपानी विकास समितिको नाममा रहेको गाडी कोइरालाका चालकले बिहीबार मेलम्चीलाई नै फर्काएनी। नेपाल समाचारपत्रट लिएको हुम् यो फोटो। कोही कोही झुक्केलान् यो विपना नै हो है। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

होमो खरायो...

विदेशी हाकिमले सित्तैमा दिए भनेर दुईवटा खरायो लगेर पालेको। करिब पाँच महिना भयो बच्चा जन्माउदैनन् त। आज बिहानै खरायो विशेषज्ञलाई ल्यार देखाथें - दुइटै भाले भाले परेछन्। मोराहरु मुन्छे झै होमो त हुन्नन् होलान् नि है। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

फेरि बन्द

हैन प्रचण्डले सन् २०११ को नेपाल पर्यटन वर्षलाई ध्यानमा राखेर त्यसबेलासम्म बन्दको कार्यक्रम नगर्ने भनेर घोषणा गरे झैं मान्थे महिना दिन अगाडि मात्रै। फेरि हिजो आफ्नै डेराँ बसेर निर्णय गरेछन् चैत ३० गते सोमबार नेपालै बन्द गर्ने-भारतलाई पासपोर्ट छाप्न देको विरोधाँ। सन् २०११ लाएसी चाहिँ गर्दैनन् होला भनेर विश्वास मान्ने नि होलान् है कोही...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा..,)

Thursday, April 8, 2010

चन्दाको फेहरिस्त आउने

आइतबार प्रसारण हुने साझा सवालको सुटिङाँ माउवादीका अग्नी सापकोटाले तीन महिना भित्र पार्टीले लिएका सबै चन्दा र खर्चको फेहरिस्ते देखाउने,देखाउन नसके पार्टी नै कोल्याप्स हुने बताए। बोलेको पुर्याउने त हैनन् तर तीन महिनापछि उनका कुरा देखार फेरि माउवादीका अर्का नेतालाई अत्याउन पाइन्छ। के गर्नु जागिरै यस्तो छ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

Wednesday, April 7, 2010

मर्ने मार्ने हैन है....

बिहान बिहान पत्रिका हेरेको जन आन्दोलनका उपलक्ष्यमा भएका सभामा माओवादीका नेता बाबुराम भट्टराईले अबको आन्दोलनमा गोली खाएर आफू पनि मर्न तयार रहेको बताएछन्। अर्का नेता बादलले अझै तीसौं हजार जनता मरेर बलिदान दिन तयार रहेको बताएछन्। मर्ने मार्ने भन्दा बच्ने-बचाउने कुरा गरम्न न काम्रेडहरु हो। कस्तो हो के तिम्हर्को वुद्धि खाली मर्न मार्नमा गौरव गर्ने?


नेम्वाङको पोशाक


भन्न त नहुने। यिन्को यो बसाई,कुर्ची,लवाई हेर्दा कमनिस्ट पार्टीका नेता भन्दा नि के को केको याद आउँछ। विशेषगरी भर्खरैदेखि यिन्ले भिरेका यो पेटी छ नि दौरा माथि लाउने त्यो हेर्दा मलाई त राणाहर्का पुरानो फोटोको याद आउँछ।

Tuesday, April 6, 2010

मनिसाको बिहे

ए मनिषा कोइराला कुरेर बसेका देशी-विदेशी केही बुढा अविबाहितहरु त हेर्या हेरै हुने भएछन् नि। जुत्ता व्यापार गरेर करोडौं कमाका सुरेन्द्र दाहालले छोरा सम्राटलाई अम्रिका पठार पढाको पनि काम लागेछ। बैंकाँ कर्मचारी सम्राटसँग बिहे हुनेभएछ कोइरालाको। आखिर कोइराला र दाहाल (प्रचण्डको नि थर)को सम्बन्ध राष्ट्रिय स्तरकै चर्चा गर्न परो नि।


राजकुमार जनजाति महासंघको अध्यक्ष

आदीबासी जनजाति महासंघको अध्यक्षमा थारु कल्याणकारिणीका राजकुमार लेखीले आफ्ना प्रतिद्वन्दी राजबहादुरलाई २६ भोटका विरुद्ध ३१ भोटले जितेछन्। बाहुन क्षेत्रीले पनि आदिवासीको माग गरिरहेका बेला यी थारु टिठाले अब जनजाति आन्दोलनलाई कसरी अगाडि बढाउने हुन् ?

Monday, April 5, 2010

खानपिन सर्ट-पाइन्टमा

बुढेसकाल लाइसकेर नि पार्टीहर्मा जाँदा होस् खाजा खान जाँदा होस्... कि सर्टाँ कि पाइन्टाँ नभए जुत्ता भएनी केही न केही चुहा'र न्यापकिन समाउँदै यसो कुनो खोज्दै हिडेको खुब देख्याछु मैले। यो नि रोगै हो कि के हो आफूलाई त त्यस्तो छैन भन्न नि नमिल्ने। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


केही गरम...

'केही गरम भन्ने हुटहुटी लागिरहने गर्न केही नसक्ने भएसी ब्लड प्रेसर नबढेर के बढोस् त'डाइलग मारी यार बुढीले 120/90 भएसी। हुन पनि 'हुने केही होइन 'होला कि' ले कहिल्यै छोडेन।'(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


Friday, April 2, 2010

चक्र बास्तोलाका कुरा

पूर्व परराष्ट्रमन्त्री काँग्रेसी नेता चक्र बास्तोलाका कुरा:१२ सहमति भारतीयहरूले मस्यौदा गरेर दिएको मैले देखेको छु। पेन्सिलले लेखेर पठाएका थिए।१२ बुँदे पहिले ज्ञानेन्द्रले बाबुराम र प्रचण्डलाई सोल्टी होटलमा भेटे। राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र थियो।त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले‘फेमिली म्याटर'मा नबोलाऔं।पछि परे बोलाऔंला भनेछन्। मैले त पत्याइन कसैले पत्याउछन् कि .....

मिस बाहुनी....

मिस शेर्पा,गुरुङ,नेवार,टिन/फिन,किड/सिड सुनिरा देखिराका पढिराका भर होला आज माइक्राँ दुइटा केटीहरु कुरा गर्दै थिए-'मिस बाहुनी पनि हुनु नि हामीले त भागै लिन पाइएन।' लौ है कोही आयोजक छउ भने अब गरे हुन्छ मिस क्षेत्री,मिस बाहुन। तिम्हर्को पैसै कमाउने मेसो हो केरे।