Saturday, February 22, 2014

पाइलटको मापसे चेक

'धेरै झैं पाइलटले रक्सी खाएरै जहाज उडाउने थालेकाले मैले त ब्रेथलाइजर राखिदिएको छु । एयरपोर्टमा मापसे चेक गरेर मात्रै जहाज उडाउन दिन्छु' हिजै एकजना मित्रले आफूलाई एउटा बायुसेवा कम्पनीको साहुले भनेको भन्दै सुनाएका थिए आजै काठमाडौंबाट विराटनगर आइपुग्न डेढ घन्टा जति लाग्यो। हल्का सातो चाहिँ गयो।

१९ अर्ब अमेरिकी डलर जतिको कुरो जो छ

नेपालमा त्यो Whatsapp भन्ने एपले कतिको काम गर्छ कुन्नि ? त्यसबाट के के फाइदा हुने हो ? जे भए नि १० हजारको एन्ड्रोइड वाला सामसुङ मोबाइलमा Whatsapp हाल्न पर्यो भनेको। नेपालको झण्डै ४ वर्षको बजेट १९ खर्ब रुपैयाँ (१९ अर्ब अमेरिकी डलर) जतिको कुरो जो छ।

Wednesday, February 19, 2014

अलिनो बिहे भोज

हाउ.... तेह्रथुम सदरमुकाम म्याग्लुङ बजारमा लिम्बु साथीको बिहे भोजमा किन पो अलि नुन/पिरो कम भनेको, 'बिहे भोजमा चर्को पिरो खुवाए/खाए बुढाबुढीको झगडा पो पर्छ भन्ने हाम्रो मान्यता छ' भन्ने जवाफ पाइयो।

Saturday, February 15, 2014

थरिथरिका जिब्रोले गर्दा भान्सेले सुख नपाएपछि

थरिथरिका जिब्रोले गर्दा भान्सेले सुख नपाएपछि लेखेको रे। बसन्तपुर बजार, तेह्रथुमको होटल याकमा। भिमनिधि तिवारीले लेख्नुभएको कविता रहेछ।

Thursday, February 6, 2014

मौसमको समाचार

'देशको अधिकांश भागमा आज मौसम बादली हुने संभावना छ भने बाँकी भागमा आकाश खुला हुनेछ' मौसम सम्बन्धमा आज बिहान एउटा एफएमले दिएको समाचार। कता हो 'अधिकाशं भाग' कता हो 'बाँकी भाग' के बुझ्ने होला म जस्तो श्रोताले ?

Saturday, February 1, 2014

कुकरको बिंड

सिठ्ठी नलगाउने प्रेसर कुकरमा दालभात पकाउन जत्तिको झ्याउ पकवानको अरु कुरामा हुँदैन होला। कुकुर हेर्दा नयैं छ, फाल्न नि माया लाग्ने। सिट्टी नलाएर बिंड समातेरऽऽऽऽ बस्न परिराछ।