Thursday, March 31, 2011

आफैलाई कालो भन्दा त 'रेसिस्ट' भइन्न होला नि


सुदुरपश्चिमको सडक प्रवेशद्वार कर्णाली पुल चिसापानीमा.. कस्तो गरेछ भने साथीले, झन् फोटाँ पेट बाहिर देखिन्छ भनेर शास रोकेर निकैबेर भुँडी भित्र पसाएर बसिन्जेल फोटो खिचेनछ। लामो शास लिने बित्तिकै खिच्दिएछ... अनुहार भने यसले मान्छे अन्सारै निकाल्याछ है कालो न कालो... आँफैले आँफैलाई कालो भन्दा त 'रेसिस्ट' भइन्न होला नि। फेरि आजभोलि त बोल्दा निकै होस पुर्याउनुपर्छ।



क्रान्तिको कार्यक्रम नभएर लड्या...

'के गर्नु पार्टीले क्रान्ती गर्ने मात्र भनिदिएको छ, क्रान्तीको कुनै कार्यक्रम दिएको छैन। अब कार्यक्रम केही नभएसि आफू-आफू नै लडेर क्रान्ति गर्न परेन त ?' बर्दीया राष्ट्रिय निकुन्ज नजिकको ठाकुरद्वारमा भेट भएका माओवादीका पाका कार्यकर्ताले भनेका। क्रान्तिका सपना बोकेका तर कार्यक्रम नपाएका माओवादीका तीनथरी मजदुर संगठन यता नि रैछन्...

माओवादी र काँग्रेसको संयुक्त प्यानल

सुर्खेत आएसी देखियो यहाँको करोडौंको खानेपानी परियोजनाको सञ्चालक समितीमा माओवादी र काँग्रेसको संयुक्त प्यानल एमाले प्यानलसँग भिड्याछन्। अरु कुरा छाडेर बलियालाई जसरी हुन्छ ढालम् भनेर प्रतिपक्षीहर एक हुने चलन नेपालाँ मात्र होला कि संसारैमा यस्तै हुन्छ कुन्नि। तर यो राजनीतिमा सिद्धान्त फिद्धान्त भन्ने कुरा गफै जस्तै लाओ, अब 'पावर, पद, पैसा, प्रतिष्ठाको गणित' का लागि माउवादी र काँग्रेसको नि संयुक्त प्यानल बन्दोरहेछ त...

Tuesday, March 29, 2011

एसएलसी छोरीलाई दिन लगाउनेले स‌विधान लेख्न कसलाई लगाइहोलिन्

उमेर खाइसकेकी तर एसएलसी पास हुन नसकेकी एमालेकी सभासद किरणदेवी यादवको जाँच उनकी छोरीले दिएकी रहिछन्... एसएलसीको जाँच दिन छोरीलाई लगाउनेले संविधान लेख्न कल्लाई लगाकी होलान्... पार्टीका ठूला नेता हुन गारो छ है यिनी यादव जस्तालाई चिट चोराई चोराई उतार्न पर्छ तिन्ले... धन्न सभासदहरु छन् र हास्नुपर्ने कारणहरु पाइरहिएको छ। आजभोलि हास्य कलाकारहरुले हँसाउन छाडिगए त...

Sunday, March 27, 2011

'थोते' साहुजी होला कि पेन्टर...


नेपालगन्जतिर आउँदै गर्दा Jaw Knock Raazaa ले गर्मीलाई लेर कमेन्ट गरेका थिए - अरु त त्यस्तै हो बाथरुम जानी बेलाँ चाँही आपत पार्छ । न बाथरुममा फ्यान राख्न मिल्छ न टिक्न सकिन्छ ! :)).. उनले बाथरुमको कुरा गरेपछि काठमाडौंआँ एउटा पार्टी प्यालेसको बाथरुममा खिचेको फोटो सम्झे‌। पार्टी प्यालेसको साहु तोते रहेछ कि के हो, टुथपिनलाई तुतपिन र ठुटालाई थुता, प्यानलाई पाइन भनेर बाथरुममा सूचना टाँस्या रच....

Saturday, March 26, 2011

हिमानी (ट्रस्ट) लाई रक्तदान

रक्तदान गर्दै हिमानी।
रक्तदान नगरेको दुई वर्ष भइसकेको थियो। कान्तिपुर टेलिभिजन छोडेपछि रक्तदान गर्ने मौका मिलेको थिएन। त्यहाँ काम गरिन्जेल वार्षिकोत्सवमा रक्तदान कार्यक्रम पनि आयोजना हुन्थ्यो र कम्तिमा पनि वर्षको एकपटक रक्तदान गरिन्थ्यो। अनि फुर्ति लाइन्थ्यो, साथीभाइलाई - केटा हो अब पसिना दिइएकै छ कान्तिपुरलाई, एउटा रगत पनि दिइयो। पछि कुनै दिन भन्न पाइएला नि, त्यसै यी बिल्डिङ ठडिएका छैनन्। हाम्रै रगत पसिनाको बलले हो।

Friday, March 25, 2011

ऐनले भोजमा जान छेक्यो


महान्यायाधिवक्ता युवराज सँग्रौलाले भनेका नेपालको कानुन अनुसार ५२ जना भन्दा धेरै जनालाई बिहेबारी र अन्य शुभ अवसरमा भोज खुवाउन नपाइने ऐन भएकाले उनलाई दिनमा आउने सरदर तीन वटा निम्ता नमानी बसेका छन् रे। यिनी त सरकारका मुख्य कानुनी सल्लाहकार; त्यो नियम लागु नगर्ने जतिलाई गोबिन्दराजलाई झैं कोचिदिने व्यवस्था गरे हुन्थ्यो भन्ने धेरै होलान्। तर डर छ, पार्टी प्यालेस खोल्नेहरुले यिनको जागिरै खुस्काइदिन्छन् होला...

लाइभ क्रिकेट हेर्न बैंकमा

हिजो सन्ध्याकालीन बैंकको काउन्टरमा गाको एकदम भिड देखें। हतेरिका भीड रहेछ भनेर फर्कन लागेको गार्ड दाइले रोक्दै भने, 'काउन्टर खाली नै छ'। किन त यहाँ भीड भनेको अष्ट्रेलिया र भारतको क्रिकेट हेर्नेको पो भिड रहेछ। मान्छेलाई लत लागेपछि लोडसेडिङले केही नाप्दो रहनेछ....

Thursday, March 24, 2011

माउवादी मजदुरकै सुरक्षा भएन

स्कूलमा सँगै पढेका एक साथी सुरुमा काँग्रेसी मजदुरमा लाथे। पछि एमाले मजदुरले तलब बढाउने भए भन्दै त्यसमा लाए। त्यसपछि माउवादीले मजदुरमा राम्रो काम गर्छ,माओवादी मजदुर भए जागिरको नि सुरक्षा जीउको नि सुरक्षा भन्दै त्यसमा लाथे। हिजो फोन गर्‍याथे-अब माउवादीमा नि बस्न नसकिने भो, प्रचण्ड,वैद्य,बाबुराम कुन पक्षको भन्दै थर्काई खान थालियो। जागिर र जीउ दुबै धरापमा पर्ला जस्तो छ। नयाँ अझ क्रान्तिकारी संगठन पाए हुन्थ्यो...कोही कोही बाँचिन्जेल क्रान्तिकारी संगठन खोजिरहने हुन्छन्।

Wednesday, March 23, 2011

भुत्रो गर्न काँग्रेसले प्रेस युनियमा निर्णय लादेको?

एक त पत्रकारहरु कुनै पार्टीको ठ्याक्कै भातृ संगठन भएकै चित्त बुझ्याछैन मलाई। भएन लउ तिन्को नेतृत्वसमेत तिनका नेताले तोकिदिने।

काग्रेसी नेताहरु अर्जुननरसिंह केसी, दिलेन्द्र बढु, मिनेन्द्र रिजाल तथा पत्रकाहरु हरिहर विरही, तारानाथ दाहाललगायतले नेपाल प्रेस युनियनको अध्यक्षमा किरण पोख्रेल, उपाध्यक्षमा बद्री सिग्देल र महासचिवमा शिव लम्साल भनेर निर्णय गरे अनि रामप्रसाद दाहाल, लिलाराज खनाल, खिला कार्कीलगायतका पत्रकारहरुले विरोध गरे भनेर सम्चार आयो। लोकतन्त्रको कुरा गर्ने काँग्रेसले भुत्रो गर्न पत्रकारहरुलाई चुनाव गर्न नदिएको? माथिबाट थुपारिदिएर हुन्छ यार नेतृत्व...

कैशाल खेर आउने रे, अब जस्टिन बाइबर, लेडी गागालाई ल्याउने कि...

ब्रायन आडम्सपछि अब साकिरा,ब्रिट्नी स्पेयर्सहरुलाई ल्याएर रंगशालामा कार्यक्रम गरे सञ्चार माध्यम र हामी सप्पै त्यतै भुल्छम् सरकार, संविधान र शान्ति प्रकियालाई जता जे गरे नि हुन्छ भन्ने मेरो कुराको सुनुवाइ भएछ। कन्सर्ट गर्न कैलाश खेर आउने रे वैशाखमा अनि साहरुख खान र प्रिंयका चोपडा आउने भछन्। अब जस्टिन बाइबर, लेडी गागा हो कि के के जातिलाई ल्याउने काम गरे हुने जेठ १५ तिर प्रचण्ड, झलनाथ, सुवास नेम्वाङलाई अलिक सजिलो हुन्छ माग्न जाने पैसा नि देलान्..

Tuesday, March 22, 2011

सपनामा सभासदको पासपोर्ट बिक्री

एक जना साथीले बिहान पाँचै बजे पठाएको मेसेज- सभासदहरुको पासपोर्ट बेच्न राख्या पसलमा भिड थियो। सभासद गायत्री शाह र विपी यादवको पासपोर्ट बिक्री भइसक्या रहेछ। तिनको पासपोर्टमा मान्छेहरु अष्ट्रेलियता तिर उडिसक्या रहेछन्। प्रचण्ड झलनाथहर्का पासपोर्ट अलि मंहगो। डिबी कार्कीहर्काअलि सस्तो।'... यो पत्रिका पढ्ने बानीले होला साथीहरु सपना नि के के देख्छन् देख्छन् यार...

एसएलसीका सुपरिटेन्डेन्टहरु पनि बाँडेछन्

माओवादी, काँग्रेस र एमालेले सिन्धुली, धनकुटा र ताप्लेजुङमा एसएलसीको सुपरिटेन्डेन्टहरु बाँडेर लिएछन्। धनकुटामा एमाले/काँग्रस ६-६ माउवादी-५ र ताप्लेजुङमा माओवादी,काँग्रेस र एमालेले ५-५ जना बाँडेछन्। सिन्धुलीमा तीनै दलले सात सात ठाउँको परीक्षा केन्द्राध्यक्ष लिएछन्। अरु जिल्लामा पनि पक्का बाँडेका छन्। समाचार नआएर मात्र हुनुपर्छ। प्रकाश कोइराला भन्ने साथीले भनेपछि मलाई त डर लागिराछ कतै यी तीनवटा दलहरु माओवादी काँग्रेस र एमालेहरुले एसएलसी परीक्षामा पास हुनेहरु पनि बाँडफाँड गरेर लिन्छन् कि ...

Monday, March 21, 2011

भाङले थला पार्‍यो डेढ दिन

गुरुकुलमा होली खेलेपछि खाना खाँदै कलाकारहरु
धत्तेरिका डेढ दिन बेहोसीमै बिते। 'बुद्धिमानले अरुकै अनुभवबाट सिक्छन्। मुर्खले आँफ्नै अनुभवबाट बुझ्छन्' भन्ने सुनेको थिएँ। जे होस् म मुर्ख हुँ भनेर प्रमाणित चाहिँ गरें है। चार गिलासँ सम्म पिउँदा नि घोट्टाले केही भएन डुब्लिकेट रहेछ भन्दै फुर्ति दिएर हिडेंको त पिएको पाँच घन्टा जति पछिबाट डेढ दिन थलै पारो नि। अबलाई कान समाइयो...

Friday, March 18, 2011

मन परेपछि - सुनिश्चित गर


यो खासमा घरबाट कार्यालय आउँदै गर्दा पुलचोकमा माइक्रोबाट ओर्लिएपछि देखेको भित्ते लेखन हो। पहिला माओवादी कि कुन राजनीतिक दलले (..... खोई के ?) 'सुनिश्चित गर' भनेर लेखेको थियो होला। पछि भित्ते लेखन गर्नेले त्यो सुनिश्चित गर अगाडिको लेखाई जति मेटाइदिएछ र त्यसमाथि 'मन परे पछी' भन्ने नेपाली फिलिमको विज्ञापन हालेछ।

नामै‍ 'नो नेम'

पुतलीसडक शेयर मार्केड अगाडिको यो रेष्टुरेन्टको साहु हो कि, उनलाई सल्लाह दिने उनका साथी भाइ बहिनी हो कि अथवा म्यानेजर पो हो कि रेष्टुराँको नाम राख्न/खोज्न अल्छि गर्या कि, बढी क्रियटिभ भाको कि स्वेदश/विदेश कतैबाट चोर्‍या कि...नामै 'नो नेम' रे...

माइक्रोकी कन्डक्टर युवतीलाई मेरो‌ सलाम


हिजो साँझ कार्यालयबाट घर फर्किदाँ नेपाल वायुसेवा निगमको कार्यालय अगाडि देखिएकी युवती हुन् यिनी।  'चाबहिल, चाबहिल' भनेर चिच्याउँदै थिइन्। मैले उमेरदार युवती माइक्रोबसमा कन्डक्टर भएको पहिलोपटक देखेको हुँ। 

सभासदले 'बंक' गर्ने मात्र होइन 'होमवर्क' पनि गर्दा रहनेछन्


सभासदहरुले संविधानसभा र संसद 'बंक' मात्र गर्ने हैनरछन् नि। होमवर्क पनि गर्दा रहनेछन। संविधान लेख्न जनताको सुझाव संकलन गर्न गाउँ गाउँ त जान भ्याएनन् भ्याएनन्। संविधानसभा भवनको गेट अगाडि संविधान सभाको नागरिक सम्बन्ध समितिले एउटा सुझाव बाकस राखेको रहेछ। तर त्यो बाकसमा हालिएका खाम र सुझाव पनि हेर्दा रहेनछन्। त्यहाँ हालिएका सुझाव लेखिएका पत्रहरु पुरै धुलैधुलोले भरिएको छ।

Thursday, March 17, 2011

भ्रष्टाचारीका आफन्त

ती ट्याक्सी ड्राइभरले भनेको सम्झेरहेछु। ४ वर्ष जति अगाडि दुई जना केटी एयरपोर्टमा ट्याक्सी चढेपछि कालोपुल जाने भनेछन्।'त्यो भ्रष्टाचारी वाग्लेको घरभन्दा कता?'भनेर ड्राइभरले सोधेछन्। 'त्यही नजिकै' भनेका केटीहरु चिरन्जिबीको घर आइपुगेपछि ओर्लेछन्। पैसा तिरी गेटभित्र छिरेछन्।'मेरो अनुहार रातो भयो'ती ड्राइभरले भन्दैथे। भ्रष्टाचारी प्रमाणित भाकाका आफन्तहरुलाई नि धेरै अप्ठेरो हुन्छ होला ...

Wednesday, March 16, 2011

नेता हुन नसकेर धेरै नेपालीले दुःख पाए...

पद गाको ७ दिनाँ गाडी फिर्ता गर्नपर्ने भए नि सद्‍भावनाबाट राज्यमन्त्री भाका सरोज यादवले गाडी मागे त्रिशुलीमा फाल्दिन्छु भनेछन्। फोरम छाडेका पूर्व राज्यमन्त्री सञ्जय साहले चार महिना हुँदासम्म फर्कारैनछन्। पोहोर सद्‍भावना आनन्दीदेवीकी श्यामसुन्दर गुप्ताले गाडी मागे भिरट लडाइदिन्छु भन्याथे। नेताले गाडी फिर्ता नदिए नि हुने हाम्ले चाहिँ टाउके नोट लाइनाँ बसेर फिर्ता गर्न पर्ने। नेता हुन नसकेर धेरै नेपालीले दुःख पाए...

Tuesday, March 15, 2011

दुताबासले लियो औंठाछाप

हिजो एउटा दुताबासमा भिसाको फारम बुझाउन गको, पुरै औंला छाप तीन चोटी स्कान गराउनेदेखि आँखाको रेटिनासम्मको फोटा खिच्या खिच्यै गरो। नेपालाँ आउने विदेशीको नि त्यस्तै गर्ला त हाम्रा दुताबासहरुमा? अनि हाम्रो तिर कुन जिल्लामा हो जाँदा बुढी औंला लुकाएर राख्न पर्छ नत्र जाली तमसुक बनाइदिन्छन् भन्थे विदेशीले त त्यसो नगर्लान् नि मेरा औंठाछापको..

सोलार पावरको पैसाले त पावर हाउसै खोल्न पुग्छ जस्तो छ


लोडसेडिङ छिट्टै १८ घन्टा हुन्छ भनेर अर्थमन्त्रीले नै भनेपछि घराँ सोलार पावर राख्न परो भनेर आज दुईटा सोलार पसलाँ गएपछि लागेको छ - सोलारको साटो बरु बिजुली पावर हाउस मै लगानी गरम् कि के हो ? सात वाटका चार वत्ती, एउटा राउटर र ल्यापटप चलाउनलाई दुई लाख जति भनिन् त सेल्सगर्लले। त्यति पैसाँ त बिजुली नै निकाल्न पुग्छ होला है सय वाट जतिको। घाम पनि सस्तो रहेन यार...

राजाका नोटले फुपुलाई घाटा लाग्ने भो

फुपु दिदी अस्ति नै काठमाडौं आउनुहुँदा

पुसाजुको खल्ति रित्तिएपछि फुपुसँग, 'तैंले कोशेली भनेर राखेकी पैसा होला भए दे' भन्नुभएछ। फुपुले आफूसँग जम्मा एक हजार मात्र भएको भनेर हजारको नोट दिनुभएछ। पुसाजुले, 'मसँग पैसा नभएर हैन, तसँग राजाका टाउका भाका पैसा होलान्। अब चैत लागेसी ती चल्दैनन्, नदिनेभए नदे। नपत्याए रेडिया सुन्' भन्नुभएछ। अघिसम्म हजार भन्दा धेरै छैन भनेकी फुपुले एक्कैछिनाँ सातवटा हजारका नोट पुसाजुलाई टक्रयाउनुभएछ। पैसा दिएपछि फुपुले फोन गर्नुभाथ्यो 'साँच्चै होला के रे' भनेर। अब पुसाजु नि मेरै बा जस्तो त होला नि आमाको पैसा लिएसी फिर्ता नदिएर, 'मै तिम्रो छँदै छु नि मै भएसी पुगेन र' भनेर साँठो पसार्ने, अब ती पैसा के फर्काउनुहोला र पुसाजुले? बिचरी मेरी फुपुले कति फारो र दुःख गरेर जम्मा गर्नुभाथ्यो होला त्यो पैसा।

Sunday, March 13, 2011

होर्डिङ बोर्डमा जे पनि लेख्न पाइन्छ ?

अनेकन् भविष्यवाणी गरेर तर्साउनेहरु आजभोलि निकै धेरै भए यार...
 केही नपाएर मे २१ मा निर्णायक दिन ('दिन' लाई फेरि दीन लेखेको छ। दीन भनेको त दुःख हो) आउँछ भनेर नेपालका विभिन्न शहरहरुमा ठूल ठूला होर्डिङ बोर्ड राखेका छन्। संविधान घोषणा (न)हुने दिन भा भए मे २८ हुनुपर्ने। 
नेपालगन्ज, सुर्खेत र नारायणघाट जाँदा यो होर्डिङबोर्ड देख्याथें। अहिले त बालाजुमा नि छ। यो बोर्ड हेर्दा क्रिश्चियन धर्मको प्रचार जस्तो लाग्यो। ठेगाना भारतको छ। यसमा दिएको वेवसाइट हेर्दा थाहा लाग्यो, संसारा धेरै पापीहरु भएकाले प्रभुले केही गर्छन् रे छिट्टै अझै त्यहि दिन। यसरी जनतामा त्रास आउन सक्ने होर्डिङबोर्ड जताततै राख्न मिल्छ र भन्या?

Saturday, March 12, 2011

'रमाउ' संस्कृतिले गाँजेका युवा

नौबिसेबाट मलेखुसम्म पृथ्वी राजमार्गको वरपर सडक र नदी किनारका खेतबारी, बन जे छ त्यल्लाई डोजरले खोस्रेर फिरफिरेमा माटो धोएर बालुवा निकाली, काठमाडौं पठाउने चलन मौलाएसँगै यताका युवामा 'रमाउ'स‍स्कृति पनि बढेछ। सडक किनारका हरेक साना घरमा भट्टी छन्। एकछिन त्यहाँ बस्यो भने देखिन्छ कसरी 'रमाउ'दै छन् युवाहरु। र-रक्सी,मा-मासु र उ-उदण्डतामा...

Friday, March 11, 2011

पढेकाले थलो छाडे, नपढेकाले हलो छाडे


चितवनको जुगेडी नजिकै कविलास गाविसका एक बुज्रुकलाई गाउँको हालखवर सोध्दा देको उत्तर - पढेका जति सके अम्रिका युरोप तिर, नसके काठमाडौ‍मै गएर उतै भासिए। नपढेका जति पनि सके अरप मलेसिया नसके भारत जाने आउने गर्छन् तर खेती किसानी गर्दैनन्। त्यसैले एउटा नयाँ उखान बनाको छु बाबु! 'पढेकाले थलो छाडे, नपढेकाले हलो छाडे'...

Wednesday, March 9, 2011

खोई ! किशुनजीलाई श्रद्धान्जली

कान्तिपुरमा २०६७ फागुन २५ गते प्रकाशित विज्ञापन
किसुनजीको मृत्युमा किन श्रद्धान्जलीका विज्ञापन पत्रिकाहरमा कम आएका होलान् भन्दैछन् एकजना। यस अगाडि बितेका नेताहर्का आफन्त छोराछोरीबाट गणितमा फाइदा होला भनेर पो विज्ञापन दिन्थे मुन्छेहरुले। किसुनजीको मृत्युमा श्रद्धान्जली दिएको थिएँ भनेर कसैबाट फाइदा लिन सक्ने संभावना कम छ। बिचरालाई थाहै रहनेछ दुनिया गणितमा चलेको छ भनेर.... 'गणित' बुझ्नुभयो नि पावर पैसा, पद र प्रतिष्ठाको गणित क्या।

काठमाडौंका कपाल काट्ने पसल अन्तिम म‌गलबार बन्द

SqueakyMarmot'shotostream ले फ्लिकरमा राखेको फोटो हो यो।


नाई संघको तर्फबाटै महिनामा एक दिन छुट्टी लिनै पर्ने निर्णय अनुसार राजधानीका नाईहरुले प्रत्येक नेपाली महिनाको अन्तिम मंगलबार पसल बन्द गर्दा रहेछन्। आफूलाई आजै कपाल काट्न परेको, कपाल काट्ने कुनै पसल खुला देखिन। बुँझ्दै जाँदा साँझ ७ बजेतिर बल्ल यो कुरा थाहा पाइयो। कस्तो दशा लाग्यारच यार, बेलैमा थाहा पा भए यसरी खोजेर हिडिन्थेन नि। आफ्लाई दुःख परे नि मित्रहर्लाई त यो कुरा थाहा दिम्न भनेर...

Tuesday, March 8, 2011

नारी दिवस - जुँगा चट ?

हिजोसम्म जुँगा राखेर अफिस आइपुगेका कमल
हिजोसम्म जुँगा राखेका कमल कुमार ले आज अफिस आउँदा जुँगा खौरेर आएछन्।  नारी दिवसको जय होस्....। जुँगा फालेपछि हिजोको जस्तो चमक मैले आज उनको अनुहारम देखेको छैन। (जुँगा फालेको फोटो तल छ)

Monday, March 7, 2011

राजाको फोटो भाको नोट भए छिटो नेपाल पठाम् है



विशेषगरी विदेश गाका साथीहरुलाई सूचना है - राजाको फोटा भाको नेपाली रुपैयाँ कसैसँग छ भने मकहाँ छिट्टै पठाइदिनु। फागुन मसान्त अर्थात आजको साता दिनपछि त त्यो पैसा जताततै चल्दैन। तपाई नेपाल फर्कदाँ चल्ने गरार त्यो पैसा सुरक्षित राख्दिरहन्छु के रे मैले।
नेपाली मिडियाहरुले यस विषयमा गर्नुपर्ने जति चर्चा किन नगरेका होलान् कुन्नि। अरुले पो तपाइहरुका ख्याल राख्दैनन् म छु नि तपाइहरुको ख्याल राख्ने...

Sunday, March 6, 2011

आइफोन कसरी चलाउने


आइफुन आइपुग्यो अम्रिकाबाट तर बुढीले गज्जप कुरा गरी, 'तैले बोकेर हिँडिस् भने धेरैले चाइनिज भन्छन् बरु मलाई दे' भनेर। मैले नि भन्दें, त्यसोभए त मैले बोक्नै परो चाइनिज भनेकै ठीक नि.. चोरहर्ले हतपति आँखा लाउँदैनन्। साँच्चै यो त लेखिहालियो, तपाइहरु कोही चोरहरु त हुनुहुन्न नि यो मेरो ब्लग हेर्ने (अझै मेरो घरतिरकै).. म राति राति हिड्दै घर फर्कन्छु...

Saturday, March 5, 2011

'पासपोर्ट' क्यान्सरको

यो पासपोर्ट नामको चुरोटको पोस्टर अन्त देखेको थिइन, सुर्खेतमा खुब देखियो। आजभोलि जोकोही विदेश जान पासपोर्ट बनाउने भको भएर होला यस्ले पोस्टराँ नि पासपोर्टको फोटो दिया। खासमा यो चुरोटको नाम राम्रै हो, क्यान्सरको लागि पासपोर्ट नै हो नि चुरोट। अझ यही कम्पनीले अर्को भिसा नामको नि चुरोट निकाले हुने..स्वर्ग/नर्क जाने भिसा। आखिर पासपोर्ट पाएसी भिसा लागेन भने त आजभोलि नेट नजोडेको कम्प्युटर जस्तै भइहाल्यो नि ....

सुर्खेत बुलबुल ताल, माया मै बुढो हुनाले बसेन माया जाल

'सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल'

हजुरबाले बोक्ने ठूलो भारतीय रेडियोमा सानैमा बजेका दुई गीत मेरो सम्झनामा सँधै आइरहन्छ। एउटा सुर्खेत बुलबुल ताल र अर्को

'बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल'

Thursday, March 3, 2011

नामै झल्लु राखिदिएपछि केही गर्न परेन यार?

कस्तो उडाए भने आज दिनभर प्रधानमन्त्री झलनाथ खनाललाई दुरबिनको बिर्कै नखोली के हेरेको भन्दै। केटाहरुले बुझ्नु पर्ने नि - 'त्यसै त झल्लु भइन्न, प्रमाणित नि गर्न परो। भएन शिवरात्रीको दिनको फोटो पो हो त यो... प्रधानमन्त्री पनि शिवभक्त हुन सउछन् नि...

जीवन सहज बनाइदिन त सक्दैनौ, सँधैको सवारीले अप्ठेरो नपार्देउ


अफिसबाट निस्कने बेला, कोही सहकर्मीको बाइकको पछाडी बस्न पाइन्छ कि भनेर ढुकेर बस्ने मेरो बानी परिसकेको छ। कसैको बाइक पाइएन भने चाहिँ म 'अंगुर अमिलो थियो' भन्ने भाकाले 'हिड्नुपर्छ स्वास्थ्यका लागि' भन्दै हिंडेरै झम्सिखेलस्थित कार्यालयबाट नजिकको गाडी स्टेशन पुल्चोकसम्म पुग्छु।

एफएमको प्रभाव


सुर्खेतमा पुग्दा सञ्चार माध्यमले पारेका प्रभावका बारेमा खोला किनारमा गिटी कुटिरहेका एक वृद्ध जोडीलाई सोध्दा तिनीहरुले दिएको उत्तर - 'रेडियो सुन्न थालेको १० वर्ष जति भयो। बिहान उठेदेखि बेलुका नसुतेसम्म एफएम सुनेरै काम गरिन्छ केरे। पहिला रेडिया नहुँदा बेट्री किन्न पर्थेन अहिले खर्च बढ्याछ। अरु त पहिला नि गिटी कुट्ने अहिले नै उही गिटी कुट्ने हो।' जे होस् सञ्चार माध्यमले मानिसका जीवनाँ प्रभाव चाहिँ पार्याच...

Wednesday, March 2, 2011

भगवान प्रसादाँ नि मिसावट

लु पक्का भो, आजभोलि जे मा पनि मिसावट रच। नभए सुर्खेतमा १५ वटा जति पकौडा, तीन वटा जति लड्डु र आधा पाउ जति हलुवा खाँदा त केही हुनुपर्छ नि। भाङ भन्दै पकौडाँ जतिनाम साग, लड्डुमा तील र हलुवामा सख्खर मात्र हाले जस्तो छ। चार वर्ष अगाडि दुईटा लड्डुले नै लडाको थियो। दुई वर्ष अगाडि पनि सन्तोष शर्मा र मैले शान्तिनगरमा चार चार वटा लड्डु खाइएको थियो। केही हुँदै भा हैन। भगावानको प्रसादाँ नि मिसावट, यिन्को कल्याण हुँदैन। शुद्ध पाउने त जमानै रहेन यार...

कुन नेताको सम्चार पहिले दिने भन्ने बिबादमा एफएम बन्द


सुर्खेतमा माउवादी निकट एक एफएम दुई तीन महिना जति बन्द भर फेरि सञ्चालनमा आरैच। सुर्खेतका एक पत्रकारका अन्सार प्रचण्ड र बाबुराम मध्ये कस्को सम्चार पहिले भन्ने विषयमा सञ्चारकर्मी बीच बिबाद भएपछि व्यवस्थापनमा त्यो बिबाद पुगेछ। व्यवस्थापनमा पनि बिबाद बढ्दै गएसी एफएम बन्दै हुने अवस्थामा पुगेछ। तर पनि बाहिरियालाई ट्रान्समिटर बिग्रिएर बन्द गरिएको भनियो रे।
अब पत्रकारले सुनाको कुरा कति पत्याउने? आफ्लाई यसैको खोजिनीति गरेर हिंडिरहन फुर्सद नि छैन।
पहिलो सम्चार कुन पार्टीको अझ कुन नेताको समाचारलाई प्राथमिकता दिने भन्ने विषयमा अरु नि नेपालका एफएमाँ समस्या छन् कि छैनन् होला...

Tuesday, March 1, 2011

३७ वर्ष पुरानो सम्झना, जहाँ मेरो विजारोपण भयो

सरकारी जागिरको सिलसिलामा करिब चार दशक पहिले डेढ दुई वर्ष बाले बिताउनु भएको सुर्खेतमा बा आमाको ३७ वर्ष पुरानो फोटो (२०३१ सालमा खिचिएको) सुरक्षित रुपमा भेटिएला भन्ने लागेकै थिएन। तर मलाई लागेका कुरा मात्र हुनुपर्छ भन्ने के छ र ? 

लोडसेडिङ त राजधानीमा पो धेरै रच

साला काठमाडौंलाई हेप्नु हेप्या रहेछन् नि मोफसलकाले भन्यो भने मार्चन होला। सुर्खेत आएसी थाहा भो यहाँ त लोडसेडिङ मुश्किलले दिनको ३ घन्टा हुँदोरैछ। एकजनालाई ईश्या व्यक्त गर्या धन्नै कुटेनन्- राजधानी सुर्खेत सार्नोस् हामी १४ घन्टा लोडसेडिङ सहन्छम् भने। मैले नि राजधानी अन्त सार्दिएर काठमाडौंमा नि दिनको ३ घन्टा लोडसेडिङ भए सहन्थेम् भन्दिएँ। साँच्चै काठमाडौं बाहिर लोडसेडिङ कम हुने र हुँदै नहुने ठामहरु धेरै छन् रे। तिन्का बारेमा जान्न पाए हुन्थ्यो। कोही कोही बसाई सरेर काठमाडौं अलिक हल्का हुन्थ्यो कि...