Tuesday, November 7, 2017

धर्म र राजनीति

विश्वभर म्यानमारबाट रोहिंज्या मुसलमान खेदिएका भन्दै आङ सान सू चीको आलोचना भइरहेको छ। तर रोहिंज्याको विपक्षमा बोलेरै म्यानमारमा अधिकांश वौद्धमार्गी बर्मेलीबीच सू चीको लोकप्रीयता थप बढेको देख्न सकिन्छ। रोहिंज्या काण्डले नै म्यानमारमा त्यस्तै लोकप्रीयता सू चीसँगै सरकार सञ्चालनमा सहकार्य गरिरहेको सैनिक नेतृत्वको पनि बढिरहेको भान हुन्छ।

सू ची र सेनाको समर्थनमा याङ्गुनमा मात्र पटक पटक हजारौंले प्रदर्शन गरिरहेका छन्। अब आउने चुनावमा वर्मा जातिको भोट पाउन सू चीलाई थप सहयोग हुने आंकलन वर्मेलीको छ।

उता बंगलादेशमा पनि रोहिंज्याहरुलाई शरण दिएको भन्दै कुनै समय तानाशाह भनी सकएकी प्रधानमन्त्री शेख हसिनाको लोकप्रियता बढेर नोबेल शान्ति पुरस्कारको माग भइरहेको छ। एउटा अल्पसंख्यक धार्मिक समूह विस्थापित हुँदा दुबै देशका सरकार प्रमुखहरुले राजनीतिक फाइदा लिइरहेका छन्। धर्म र राजनीति...