Tuesday, April 29, 2008

सम्पादकीय, प्रकासकीय

डेढगाउ र यस वरिपरिका विषयमा सूचना, समाचार दिने उदेश्यले प्रकाशित द काली टाइम्स पत्रिकाको यो पहिलो संस्करण तपाईको हातमा छ । यसमा धेरै कमी कमजोरी छन् भन्ने कुरा स्विकार्न हामीलाई कत्ति पनि अप्ठेरो लाग्दैन ।

घोडा नचढ्ने मानिस कहिल्यै घोडाबाट लड्दैन । हामीले घोडा चढ्ने प्रयास गरेका छौं र दुइ चार बल्डयाड खान पनि सकिन्छ ।

हाम्रो यो सुरुवात तपाईलाई नराम्रो, राम्रो कस्तो लाग्यो । कृपया भनिदिनु भएमा हामी औधी खुशी हुनेछौं । यो सुरुवात जस्तो भए पनि अब आउदा दिनमा यस पत्रिकाले निर्वाह गर्ने भूमिका भने तपाईहरुले चाहेजस्तै हुन्छ । तपाईहरुको सुझाव, माया र सहयोग नै हाम्रा प्रेरणाका स्रोत हुन् । हाम्रा पाठकको माग र इच्छा अनुसार पत्रिका परिमार्जन गर्दै लाने द काली टाइम्स को लक्ष्य रहेको छ ।
पत्रिकाको पहिलो संस्करण प्रकाशनमा सहयोग र सद्भाव दिनुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।

शुभकामना सन्देश

नवल परासी जिल्लाको दुगम पहाडी भेगको गाविसहरुका घटना विवरण जानकारी, सुझाव तथा गुनासाहरु र्सवसाधारण जनता समक्ष पुरयाउने तथा जनताबाट लिने हेतुले सुरु गर्न लागिएको समाचार पत्र द काली टाइम्स प्रकाशन हुन लागेकोमा हामीलाई खुशी लागेको छ । यस पत्रिकाले सत्य सूचना दिएर समाजको उत्थान गर्न सहयोग पुगोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रामबहादुर श्रेष्ठ
प्राचार्य
श्री डेढगाउ उच्च मा.वी, डेढगाउ

काली टाइम्स मासिक पत्रिका प्रकाशन हुन गइरहेक सुन्दा अन्तरआत्मा देखि खुशी लाग्यो । यस्तो विकट एवं कुना कन्दराबाट वग्ने कालीको नामले प्रकाशन हुने पत्रिकाले यस क्षेत्रको विकास निर्माण एवं जनसरोकारका विषयमा प्राथमिकता दिने नै छ । भविष्यमा यस पत्रिकाको उत्तरोत्तर प्रगति एवं निरन्तरताको लागि शुभ कामना व्यक्त गर्न चाहन्छु ।
देवबहादुर वस्ती
प्रहरी निरिक्षक
इलाका प्रहरी कार्यालय, डेढगाउ

आजको २१ औं शताव्दीको सूचना प्रविधिको उच्चतम विकासको दुनीयामा पनि हामी मोफसलका जनता ताजा समाचारबाट वञ्चित छौं । यसलाई मध्यनजर गर्दै द काली टाइम्स ले नया नया सूचना प्रदान गरी जनतालाई सुशिक्षित र सचेत बनाउने प्रयास गरेकोमा यो पत्रिका भविष्यमा आफ्नो लक्ष्य र उदेश्यमा सफल हुदै जाओस् भन्ने उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
कविराज मुकेश कुमार सिंह
एवं डेढगाउ आयुर्वेद औषधालय परिवार

संसारको बहुमुल्य पत्थर हीरा, कोइलामा भए झैं भौगोलिक विकट क्षेत्र बीचमा रहेको नामले नै एक -१) मात्र नभएर १.५ -डेड) भएको यस डेढगाउको सम्पूण वस्तुस्थितिलाई उजागर गरी विकास तिर लम्काउने उदेश्यले प्रकाशित हुन वा गरिन लागेको यस मासिक पत्रिका द काली टाइम्सको जन्मदाताहरु प्रति हार्दिक धन्यवाद दिदैं यस पत्रिका उत्तोरत्तर प्रगतिको बाटोमा सदा लम्किरहोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धर्मलाल माली
अध्यक्ष, डेढगाउ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड

द काली टाइम्स मासिक पत्रिका प्रकाशन हुन लागेकोमा मलाई अति नै खुशी लागेको छ । यस पत्रिकाले अनन्त कालसम्म पनि आफ्नो प्रतिष्ठा राख्नेछ भन्ने पूण विश्वास र आसा राख्दछु । आजको विश्वमा पत्र पत्रिकाले धेरै महत्वपूण र जिम्मेवारीका साथ काम गर्नेगरेको छ भन्दै अन्तमा यस द काली टाइम्सले उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
मणिलाल ठाडा
निवर्तमान गाविस अध्यक्ष
डेढगाउ

काली किनारालाई विशेष रुपमा समेट्दै प्रकाशित हुन लागेको मासिक पत्रिका द काली टाइम्सको सफलता र उत्तोरत्तर प्रगतिको कामना गर्दछौं ।
यादव ओझा
प्रीन्सीपल एवं प्रतिभा अग्रेजी वोर्डीस्कूल परिवार, डेढगाउ

कतारमा बस्ने डेढगाउलेले देवीथानमा मन्दिर बनाए

वैदेशिक रोजगारका लागि गएकाहरुले कमाएको धनबाट धेरैले आफ्नो घरको मात्र गर्जो र्टार्छन् । तर कोही कोही मनकारीले भने गाउ, ठाउको विकास निर्माण र सस्कृतिमा पनि योगदान दिएका छन् ।
यस्तै डेढगाउबाट वैदेशिक रोजगारीका लागि कतार गएकाहरुले जम्मा गरेको रकमबाट डेढगाउको देवीथानमा गणेशको मन्दिर स्थापना भएको छ । दशैंको बेला पारेर मन्दिरमा मूर्ति प्रिितष्ठापन गरिएको थियो ।

स्वाथ्य शिविर संचालन

डेढगाउ, मिथुकर. र रकुवाबाट काठमाडौं आई अस्थायी, स्थायी बसोबास गरिरहेकाहरुले स्थापना गरेको नवलपरासी वुडदी काली काठमाडौं सर्म्पर्क समितिले गत पुस महिनामा डेढगाउमा दुइ दिने स्वास्थ्य शिविर संचालन गर्यो ।
स्वास्थ्य शिविरबाट सात सय जना भन्दा बढीले फाइदा लिएको सर्म्पर्क समितिले जनाएको छ । डेढगाउ र सोही भेगबाट चिकित्सा शास्त्रमा उच्च अध्ययन गरेका डाक्टरहरु उपचारमा संलग्न रहेका थिए । डाक्टर गोपाल खनालको नेतृत्वको टोलीमा डेढगाउकै डाक्टरहरु टंक ओझा र को पनि सहभागिता थियो ।

अझै सुल्झिएन क्याम्पसको विवाद

काली टाइम्स संवाददाता

लामो समयको प्रतिक्षापछि डेढगाउ माध्यमिक विद्यालयमा गत भदौ महिना देखि दश जोड दुइ कक्षा संचालनमा आएको छ । तर, कलेज भवन कहा बनाउने भन्ने विषयमा भने विवाद जारी रहेकोछ ।
अहिले डेढगाउ मा. वी.कै भवनमा विहानी सत्रमा अध्यापन गर्ने गरिए पनि उच्च माविको छुट्टै भवन भने छैन । भवन निर्माणका विषयमा हाल मा.वी रहेको वडा नम्बर ९ र विद्यालयको जग्गा रहेको ६ नम्बर वडा बीच विवाद चर्किएपछि कुमारी प्रा वी हसौराले बनाइदिने भनेको भवन पनि बन्न सकेको छैन ।
भवन निर्माणका लागि हाल मावि रहेको नौ नम्बर वडामा प्रयाप्त जग्गा नभएको कारण तथा नौ नम्बरमा माध्यमिक विद्यालय संचालन भइरहेकाले प्लस टु खर्सानमा बनाउनुपर्नेमा ६ नम्बर वडाबासीले जोड दिएका छन् ।
तर, उच्च मा.वी.को पछिल्लो नियमावली अनुसार र गाउको मध्य भाग परेको कारण पनि उच्च मावि वडा पुरानो थलो मै उपयुक्त हुने ९ नम्बर वडाबासीको दावी छ ।
स्थानीय जनताको चन्दा सहयोगबाट आठ लाख रुपैया उच्च माध्यमिक शिक्षा परिषदमा जम्मा गराएपछि डेढगाउ मा. वीले प्लस टु खोल्ने अनुमति पाएको हो । शिक्षा शंकाय तर्फो अग्रेजी, नेपाली र अर्थशास्त्र प्रमुख विषय अध्यापन हुने यस उच्च माविमा हाल ५७ जना विद्यार्थी भर्ना भएका छन् । प्लस टुमा अध्यापन गराउन अहिले डेढगाउमा एम ए पढेका सात जना शिक्षक छन् ।
अहिले प्लस टुमा डेढगाउ मा बीबाटै पास भएकाहरु भन्दा पनि धेरै विद्यार्थीहरु विगतमा एस एल सी उतिर्ण गरेर छोडेकाहरु र अन्य विद्यालयबाट उतिर्ण गरेकाहरु छन् ।
अहिले एक विद्यार्थीबाट मासिक तीन सय रुपैया शुल्क लिदैं आइए पनि शिक्षक र कर्मचारीहरुलाई तलब उपलब्ध गराउन समेत असजिलो परिरहेको विद्यालयका सहायक प्राधानाध्यापक डिल्लीराज भण्डारीले काली टाइम्सलाई बताउनुभयो ।

नहर भत्कियो बन्ने सुर छैन

३२ वर्षदेखि डेढगाउ फाटमा सिंचाईको सेवा पुरयाउदै आएको नहर पाच महिना यता सुक्खा छ । गत भदौ असौजको बाढीले नहरका विभिन्न भागमा क्षति पुराएपछि नहर पुन निर्माण हुन सकेको छैन ।
जिल्ला सिंचाई कार्यालय सिमरीबाट आएको प्राविधिक टोलीले नहर पुन निर्माण गर्न ३० लाख ३१ हजार रुपैया खर्च लाग्ने अनुमान गरेको डेढगाउ सिचाई उपभोक्ता समितिका सचिव वुद्धिराज श्रेष्ठले बताउनुभयो । सो रकम उपभोक्ता सग नभएकाले क्षत्रीय सिंचाई निर्देशनालय पोखराबाट रकम माग्ने प्रयास भए पनि काम हुन सकेको छैन ।
साधारण सभाबाट चार वर्षपुरानो उपभोक्ता समिति फेर्ने भनेर र्सवदलीय समितिलाई जिम्मा दिएता पनि हालसम्म सो कार्य हुन नसक्दा क्षत्रीय सिचाई निर्देशनालयमा छिटो पुरयाउनु पर्ने पत्र समेत त्यसै थन्किएर बसेको गुनासो श्रेष्ठले गर्नुभयो ।
धान खेतिका लागि चार महिना मात्र बाकि रहदा पनि नहर पुन निर्माणको सुरसार नहुदा एक सय २५ हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुरयाएको डेढगाउ फाटको नहरको भविष्यमा नै प्रश्न चिन्ह उठेको भन्दै किसानहरु चिन्तित छन् ।

सामान अन्त भन्दा सहकारीमा सस्तो

डेढगाउ बहुउदेश्यीय सहकारी संस्थाले दैनिक उपभोग्य बस्तु चामल, नुन, र तेल बजारका अन्य पसलमा भन्दा सस्तोमा बेच्ने गरेको छ । खहरेमा रहेको सहकारीको पसल मंसिर देखि संचालनमा आएको हो ।
सहकारीले गत वर्षदेखि पसल खोले पनि बाटो विग्रिएको कारण बीचमा पसल बन्द भएको सहकारीका अध्यक्ष धर्मलाल मालीले जानकारी दिनुभयो । अरु पसलमा झै नाफा धेरै नराखिने र संचालन खर्च मात्र उठाइएकाले सहकारीमा सामान सस्तो हुने मालीले बताउनुभयो ।
दुइ सय १० जना सदस्य रहेको डेढगाउ बहुउदेश्यीय सरकारी संस्था २०५९ साल जेठ १३ गते भएको हो । सहकारीसग अहिले करिब चार लाख रुपैया रहेको छ । सहकारीको स्रोत भनेको विभिन्न गैरसरकारी संस्थाले दिने सहयोग र बचतबाट आउने व्याज भएको अध्यक्ष मालीले काली टाइम्ससग बताउनुभयो ।
एक्सन एड नेपालले १२ वर्षअगाडि नै गाउमा विभिन्न विपन्न समूहरुलाई अनुदान दिएर बचत समूह बनाएको थियो । पछि हिकोडेफले पनि ती समूहलाई सहयोग उपलब्ध गराएको थियो । ती संस्थाहरु मिलेर डेढगाउमा सहकारी संस्था स्थापना भएको हो ।

सहकारीले आफ्ना सदस्यलाई कृषी, घर निर्माण, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारका लागि निम्न ब्याजदरमा रिण दिने गरेको छ । सहकारीमा रकम जम्मा गर्न चाहनेलाई आठ प्रतिशत व्याज पनि दिने गरेको छ ।

गाउ परिषद् स्थगित

यही माघ १८ र १९ गते हुने भनिएको डेढगाउ गाविसको गाउ परिषद् बैठक हुन सकेन । स्थानीय योजना निर्माण र गाविसलाई प्राप्त हुने बजेटको विनियोजन गर्न सधंजसो गाउ परिषद् हुने गर्दथ्यो ।
संविधानसभा निर्वाचनको लागि आचार संहिता लागु भइसकेको अवस्थामा स्थानीय विकास अधिकारीबाट अनुमति नभएको भन्दै कार्यावाहक गाविस सचिव हरी नारायण आचार्य गाउ" नआएकाले तय भइसकेको परिषद् स्थगित भएको हो ।
डेढगाउ गाविसमा सचिवको रुपमा काम गर्दै आएका राजेश पौडेल गत असोजमा कृषि मन्त्रालयमा सरुवा भए यता छिमेकी मिथुकरं गाविसका सचिव आचार्यले डेढगाउको समेत काम गर्दै आएका छन् ।
परिषद् स्थगित भएपछि विगत भदौ देखि व्रिगरीएको नहर र अन्य बाटाघाटाहरु बारे पनि छलफल हुन नसकेका पूव गाविस उपाध्यक्ष श्याम सुन्दर श्रेष्ठले बताउनुभयो ।
संविधानसभा निर्वाचन सम्म मात्र परिषद् रोकिएको गाविसका प्राविधिक सहायक नारायण ओझाले बताउनुभयो । उहाका अनुसार परिषद् बैठक रोकिए पनि गाविसका अन्य काम भने सदा झै सुचारु रुपमा नै हुनेछ ।
प्राविधिक सहायक ओझाले काम नरोकिएको दावी गरे पनि सचिव गाउमा नबस्दा नागरिकता सिफारिश लगायतका काममा असर परिरहेको गाउलेहरु बताउछन् ।

डेढगाउमा फेरी विजुली बाल्ने प्रयास

गत भदौको भिषण वषा पछिको पहिरोले विगारेको डेढगाउ लघुजलविद्युत परियोजनाको पुनः निर्माण कार्य छिटै सुरु हुनेभएको छ । पुसको अन्तिम साता बसेको परियोजनाको साधारण सभाले गोर्जेघाटमा रहेको विद्युत गृह देउमुडामा सारी विद्युत उत्पादन सुरु गर्ने निर्णय गरेकाले फेरी डेढगाउमा विजुली बल्ने आशा पलाएको हो ।
तर, देउमुडामा टरबाइन राख्दा विद्युत उत्पादन कम हुने भएकाले विगतमा ७० वाट क्षमता प्रयोग गरेका उपभोक्ताले अब ५० वाट मा नै चित्त बुझाउन सक्नुपर्ने परियोजनाका सचिव वालप्रसाद ठाडाले बताउनुभयो ।
विजुली कम उत्पादन भए पनि पुरानै बाडफाड अनुसार सबै घरधुरीलाई समान रुपमा बीजुली बाडिने भएकाले उपभोक्ताले कम वाटको विजुली उपयोग गर्नुपरेको हो ।
हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफको आर्थिक सहयोग, डि सी एस बुटवलको प्राविधिक सहयोग र जनश्रमदानबाट डेढगाउमा ६ वर्षअगाडि १४ किलोवाटको विजुली उत्पादन भएको थियो । २०५८ साल असोज देखि डेढगाउका पाच वटा वडाका करिब दुइ सय घर परिवारले विजुली बाल्दै आएका थिए । बेला बेलामा प्राकृतिक प्रकोपले विजुलीमा अवरोध पुराए पनि गत भदौमा गएको पहिरो पछि भने अहिलेसम्म पनि विजुली बल्न सकेको छैन । भदौको पहिरोले करिब ६ लाख रुपैयाको क्षति पुराएको उपभोक्ता समितिका पदाधिकारीले जानकारी दिएका छन् ।
जम्मा ५४ लाख रुपैयाको लगानीमा बनेको परियोजनामा ९ लाख रुपैयाको श्रमदान परेको थियो भने ४५ लाख रुपैया सहयोग आएको थियो । प्राविधिकहरुले १७ किलोवाट विद्युत उत्पादन हुन्छ भनेकोमा १४ किलावाट मात्र विद्युत उत्पादन भएपछि डि सी एस बुटवलले नौ लाख रुपैया क्षतिपूर्ति दिएको थियो ।
त्यो क्षतिपूर्ति मध्ये चार लाख रुपैया अझै पनि हिकोडेफले उपलब्ध नगराएको सचिव ठाडाले जानकारी दिनुभयो ।
परियोजनासग अहिले करिब एक लाख ५० हजार रुपैया छ भने बीजुली उपभोक्ताबाट पुरानो वक्यौता ६८ हजार रुपैया उठाउन बाकि रहेको उपभोक्ता समितिले जनाएको छ ।
साधारण सभाले छिटै परियोजनको पुनः निर्माण गर्ने निर्णय गरे पनि असन्तुष्ट उपभोक्ताले भने उपभोक्ता समितिको पदाधिकारीहरुलाई घचघच्याइरहनुपर्नेमा जोड दिएका छन् ।

वालकल्याण प्रा. वि. अव निम्न माध्यामिक विद्यालय बन्ने

प्राथमिक शिक्षाको क्षेत्रमा डेढगाउ कै प्रतिष्ठा बन्दै गरेको खर्सान स्थित बालकल्याण प्राथमिक विद्यालयले अब ६ कक्षा सम्म पढाउने अनुमति पाएको छ । ६ नम्बरका स्थानीय वासिन्दाहरुले धरौटी बापत आवश्यक ७५ हजार रुपैया जिल्ला शिक्षा कार्यालयमा जम्मा गरेपछि विद्यालयले ६ कक्षासम्म पढाउने अनुमति पाएको विद्यालयको शिक्षक गंगाधर पोख्रेलले बताउनुभयो ।
प्रधानाध्यापक भानुभक्त ओझाका अनुसार जिल्ला शिक्षा कार्यालय नवलपरासीले यस विद्यालयलाई आगामी शैक्षिक सत्र देखि कक्षा ६ संचालनको अनुमति दिइसकेको छ । यस विद्यालयमा ६ र ७ कक्षा अहिले पनि पर्ढाई हुने गरे पनि त्यो डेढगाउ उच्च मा.विको शाखाको रुपमा मात्र पढाइ भइरहेको हो ।
२०४४ सालमा स्थापित यस विद्यालयमा डेढगाउ" गाविस अन्तरगत वडा नम्बर ५, ६, ४ र ७ का तथा तनहु"का गरी एक सय ८७ विद्यार्थी अध्ययन गर्ने गर्छन । यस विद्यालयबाट वर्षोनी ३५ जनाको हारहारीमा विद्यार्थीहरु पाच कक्षा उतिर्ण गर्छन् ।
विद्यार्थी संख्या बढे पनि विद्यालयमा दुइ जना शिक्षकको मात्र दरवन्दी भएकाले शिक्षक संख्या बढाउनुपर्नेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धिराज श्रेष्ठले जोड दिनुभयो ।
विद्यालयले निजी स्रोतमा अहिले चार जना शिक्षक राखेर अध्यापनको गुणस्तर कायम गरिराखेको छ । गाविसले विकास निर्माणका लागि उपलब्ध गराएको रकम पनि विद्यालय संचालनमा खर्च भइराखेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विकास निर्माणको काम जनश्रमदानबाट गरी रकम जति सबै विद्यालयमा खर्च गर्नुपरेको छ, श्रेष्ठले भन्नुभयो ।
गैरसकारी संस्था, पछौटेपन उन्मूलन समाज -बेस) पाल्पाको कार्यक्षेत्र अन्तरगतका एक सय ३ विद्यालय मध्ये नमुना विद्यालयको रुपमा वालकल्याण प्रा वी. रहेको छ । विद्यालय स्थापना भएको २० वर्षभइसक्दा पनि विद्यालयको आफ्नै नाममा जग्गा नहुदा स्थानीय जनताले चिन्ता व्यक्त गरे ।

विकास निर्माणमा राजनीतिक हस्तक्षेप ;डेढगाउ“मा बन्नु पर्ने पक्कि पुल अन्यत्रै सार्ने तयारी

शरद कोइराला/ डेढगाउ
‍काली नदीमा मोटर गुड्ने पक्कि पुल बनाएर नवलपरासी र तनहु जोड्ने खवर आउदा नवलपरासी पहाडी भेगका जनता र तनहुको दक्षिणी भेगका जनतामा खुशी छाएको छ । तर, राजनीतिक हस्तक्षेपको कारण प्राविधिकहरुले उचित ठहराएको स्थानमा नभई अन्यत्र नै पुल बन्न लागेको खवरले यस क्षेत्रका वासिन्दा अचम्म परेका छन् ।
यस वर्षो बजेटमा काली नदीमा पक्कि पुल बनाउन सरकारले एक करोड वीस लाख रुपैया छुट्याएको छ । यो योजनामा जम्मा १५ देखि वीस करोड रुपैया लाग्ने प्रारम्भिक अनुमान छ । यस वर्षो बजेटमा उल्लेख भएपछि प्राविधिकहरुको एक टोली पुल निर्माण गर्न उपयुक्त हुने स्थानको छनौट गर्न गत पुस महिनामा बुलीङटार हुदै डेढगाउ सम्म पुगेको थियो ।
सडक विभागको सिनीयर डिभिजनल इन्जीनीयर कृत्यानन्द ठाकुरको नेतृत्वमा आएको प्राविधिक टोलीले डेढगाउ"को वैडा र तनहु सामुङ भगतीपुरको मन्दहारमा पुल राख्न उत्तम हुने निश्कर्षनिकालेका थिए । सोही अनुसारको प्रतिवेदन प्राविधिक टोलीले सडक विभागमा बुझाएका पनि छन् ।
तर पछिल्लो समयमा आएर तनहु" क्षेत्र नम्बर २ का सांसद एवं शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलले प्राविधिकहरुको छनौट विपरित अर्खला गाविसको गडगडी घाटमा पुल राख्न दवाव दिइरहेको बुझिएको छ ।
संविधानसभाको चुनवाको बेलामा आफ्नो राजनीतिक स्वार्थ मात्र हेरेर मन्त्री पौडेलले विकास निर्माणको काममा पनि हस्तक्षेप गरेको भन्दै सडक विभागका कर्मचारीहरु पनि अचम्म परेका छन् ।
ललितपुरको मल्टी डिस्पीलनरी कम्पनीले यो पुल बनाउने ठेक्का लिएको हो । तर मन्त्रीले गलत स्थानमा पुल निर्माणमा दवाव .दिएका कारण संविधानसभाको चुनाव अगाडि पुल निर्माण सुरु हुने संभावना कम रहेको बताइएको छ । यस अगाडि पनि पुल निर्माण गर्ने स्थानका विषयमा विवाद हुदा डेढगाउ" र बुलीङटार बीच प्राविधकिहरुले उपयुक्त ठहराएको स्थानमा पुल निर्माण गर्ने सहमति भएको थियो । जुन सरकारी योजना पुस्तकमा पनि उल्लेख छ ।
यस विषयमा भौतिक योजना तथा निर्माण मन्त्रालय र राष्टिय योजना आयोगका पदाधिकारीहरुलाई जानकारी दिइएको र डेढगाउमै पुल निर्माणको प्रयास भइरहेको नवलपरासी बुङ्दी काली काठमाडौ सर्म्पर्क समितिका सचिव सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।