Friday, November 19, 2010

बेलाँ संविधान नबनेको दोष संविधानसभा भवनलाई

केटाहर्ले पत्रिकै पढ्दैनन् नभए हाँस्दा हुन्। वास्तुशास्त्रीहरुले बेलाँ संविधान नबन्नको दोष संविधान सभा भवनलाई देका रचन्। नेपालका हुनेखाने वर्गबाट आजभोलि वास्तुशास्त्रीहरुको पहुँच कमाएर खानेसम्म पुगिसकेको छ। वास्तुशास्त्रीलाई देखाएर घर/डेरा खोज्ने, घराँ पिरामीडहरु राख्ने धेरै नै छन्। 

कतिले सुत्ने कोठाको झ्याल फेरेका छन् त कतिले पानीको टैंकी। कुन दिन यिन्को प्रभाव हुँदा खाने वर्गमा पनि पर्ने हो। सबैले आफ्ना आफ्नै डम्फू त बजाउनै पर्‍यो। 


आज प्रकाशित नागरिक दैनिकमा बद्रीकुमार न्यौपानेको रिपोर्ट :

नयाँ वानेश्वरस्थित संविधानसभा भवनको 'वास्तु नमिलेको' तर्क वास्तुविदले गरेका छन्। पृथ्वीको उत्तरी भाग केही ढल्किएका कारण दक्षिणी र नैऋत्य (दक्षिण-पश्चिम) दिशा गह्रौं हुनुपर्ने तर्क वास्तुविद् अच्युत नेपाल गर्छन्। यसलाई आधार मान्ने हो भने संविधान सभा भवन वास्तुपरक नभएको उनी बताउँछन्।

 

त्यसबाहेक राष्ट्रप्रमुख तथा सांसदहरु दक्षिणबाट प्रवेश गर्दा शुभ नहुने उनी बताउँछन्। त्यसैगरी भवनको उत्तर पश्चिममा पानीको ट्यांकी राखिएको छ। जबकि पानी बोकेको अग्लो र गह्रौं संरचना दक्षिण वा नैऋत्य दिशामै हुनु पर्ने नेपाल बताउँछन्।

1 comment:

  1. Conference center lai Constitutional Assembly banayepachi kasari milcha tani vaastu hai dai?. tara vaastu shastri ko aafno perspective pani aafno thau am theek cha (teslai believe garne ho bahne). kam garne bela sutera base netajharu aahele k ko vaastu dosh hai dai? dai ko jaya hos. Milan Bagale

    ReplyDelete

Please leave your comment here