Friday, March 18, 2011

मन परेपछि - सुनिश्चित गर


यो खासमा घरबाट कार्यालय आउँदै गर्दा पुलचोकमा माइक्रोबाट ओर्लिएपछि देखेको भित्ते लेखन हो। पहिला माओवादी कि कुन राजनीतिक दलले (..... खोई के ?) 'सुनिश्चित गर' भनेर लेखेको थियो होला। पछि भित्ते लेखन गर्नेले त्यो सुनिश्चित गर अगाडिको लेखाई जति मेटाइदिएछ र त्यसमाथि 'मन परे पछी' भन्ने नेपाली फिलिमको विज्ञापन हालेछ।


त्यसपछि त यो 'मन परेपछि - सुनिश्चित गर' भन्या जस्तो पो भयो। आफूले मन पारेकालाई पाउनै पर्ने भनेर केटा-केटीहरुले लेख्या नारा जस्तो... 

2 comments:

  1. Aaja ghar farkida pulchowk ko bhitta ma kojnu parla! :D

    ReplyDelete
  2. कान्तिपुर डेन्टल कलेज नजिकै यस्तै लेखेको छ। मन परेपछि तिम्रो घर मेरो ससुराली। अलि अगाडि गएपछि फेरि यही कुरा दोहोरिएको छ। साला कसले के विज्ञापन गर्‍यो भनेको त तेस्रोमा बल्ल पो लेखेछ नेपाली कथानक चलचित्र मन परेपछि तिम्रो घर मेरो ससुराली। यस्ता नि फिलिमका नाम हुँदा हुन्।

    ReplyDelete

Please leave your comment here