Friday, March 25, 2011

ऐनले भोजमा जान छेक्यो


महान्यायाधिवक्ता युवराज सँग्रौलाले भनेका नेपालको कानुन अनुसार ५२ जना भन्दा धेरै जनालाई बिहेबारी र अन्य शुभ अवसरमा भोज खुवाउन नपाइने ऐन भएकाले उनलाई दिनमा आउने सरदर तीन वटा निम्ता नमानी बसेका छन् रे। यिनी त सरकारका मुख्य कानुनी सल्लाहकार; त्यो नियम लागु नगर्ने जतिलाई गोबिन्दराजलाई झैं कोचिदिने व्यवस्था गरे हुन्थ्यो भन्ने धेरै होलान्। तर डर छ, पार्टी प्यालेस खोल्नेहरुले यिनको जागिरै खुस्काइदिन्छन् होला...


आज भ्रष्टाचार सम्बन्धि एक कार्यक्रममा उनले यो बाहेक आफू महान्यायाधिवक्ता भएपछि पत्रिका किन्न, अर्धली राख्न र घर मर्मत लागि भनेर सरकारले दिएको पैसा नलिएको बताए। पत्रिका कार्यालयमा नै १२ वटा जति भएकाले नलिएको। कम्प्युटर आँफले चलाउन जान्ने भएकाले अर्धली नराखेको र आफ्नो

मलाई लागेको चाहिँ तेत्रो कुरा नलिनेले एउटा गाडी पनि नलिइदिएको भए भइहाल्थ्यो नि। उनको पहिला नि गाडी छँदै थियो भन्न नि नहुने। औंला दिँदा डुँडुल्नो निल्न खोज्ने भनेर भन्लान...


1 comment:

  1. गाडी भनेसी किन तेस्तो मरीहत्ते गरेका होलान

    ReplyDelete

Please leave your comment here