Friday, March 18, 2011

सभासदले 'बंक' गर्ने मात्र होइन 'होमवर्क' पनि गर्दा रहनेछन्


सभासदहरुले संविधानसभा र संसद 'बंक' मात्र गर्ने हैनरछन् नि। होमवर्क पनि गर्दा रहनेछन। संविधान लेख्न जनताको सुझाव संकलन गर्न गाउँ गाउँ त जान भ्याएनन् भ्याएनन्। संविधानसभा भवनको गेट अगाडि संविधान सभाको नागरिक सम्बन्ध समितिले एउटा सुझाव बाकस राखेको रहेछ। तर त्यो बाकसमा हालिएका खाम र सुझाव पनि हेर्दा रहेनछन्। त्यहाँ हालिएका सुझाव लेखिएका पत्रहरु पुरै धुलैधुलोले भरिएको छ।


आज बानेश्वतिर हिँड्दै गर्दा सुझाव पेटिका देखेपछि गेट नजिकै गएर हेरें। धुलाले पुरिएका कागज पत्र सुझाव पेटिकामा देखेपछि आइफोन झिकें, फोटो खिच्नका लागि।  पुलिस आएर 'किन हेरेको' भनेर सोधपुछ गर्न थाले। पत्रकार भएकाले हेरेको र अब फोटो खिच्छु  भन्दा रोके। आफ्नो हाकिमलाई सोध्न भित्र गए।

हाकिमले भित्र बोलाएर मलाई फोटो खिच्न नमिल्ने बताए। मैले हजार प्रयास गरें। उनले मान्दै मानेनन्, 'हामीलाई गाल पार्ने काम किन गर्नुहुन्छ?' भन्दै पन्छिन खोजे। मैले भित्र राखेको सामानको फोटो खिच्न लागेको होइन। बटुवाले देख्ने सार्वजनिक ठाउँको पनि फोटो खिच्न नपाउने भनेर सम्झाउन खोजें। पछि टाढाबाट जुम लगाएर खिच्नु न त भने। तर आइफोनमा जुमै छैन कि मैले चलाउन नजानेको हुम् कुन्नि ?

बाहिर निस्केर हिँड्दै गर्दा अटेरी भएर एउटा फोटो खिचें। संविधान सभा र संसदमा गणपुरक संख्या अथवा मिटिङ बस्नलाई आवश्यक पर्ने करिब एक सय बीस सभासद नपुगेर कतिपय दिन बैठक रद्द भएको छ। सभासदहरु संविधानसभा बंक गरेर कता जान्छन् कुन्नि ?

बंक त गरे गरे। उनीहरुले नै राखिदिएको सुझाव बाकसमा हालेको सुझावलाई राम्रोसँग हेरेर उचितलाई संविधानमा स्थान दिनु त कहाँ हो कहाँ सुझाव पेटिकाबाट झिकेर समेत लाँदा रहनेछन्..

स्कूलाँ बंक नि गर्ने होमवर्क नि नगर्दा त सरले हाम्लाई भन्थे - यिनलाई उठबस मात्र गराएर हुन्न, कुखुरा नि बनाउन पर्छ। (हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा..)

No comments:

Post a Comment

Please leave your comment here