Monday, May 12, 2008

वुङ्दी काली विकास मञ्चको साधारण सभा सम्पन्न

काली टाइम्स संवाददाता
काठमाडौं
मिथुकरम, डेढगाउ र रकुवाबाट काठमाडौं आई बसोबास गरिरहेकाहरुको साझा थलो नवलपरासी बुङ्दी काली विकास मञ्च, काठमाडौंको तेस्रो साधारण सभा यही फागुन १८ गते काठमाडौंको थानकोटमा वनभोज कार्यक्रम सहित सम्पन्न भयो ।
साधारण सभाले रकुवाका श्रीलाल ठाडाको अध्यक्षमा १३ सदस्यीय समिति बनाएको छ । समितिका उपाध्यक्षमा मिथुकरमका बाबुराम अधिकारी, सचिवमा रकुवाका कुलमणी ढुंगाना, सह सचिवमा डेढगाउकी झलमाया वि.क. र कोषाध्यक्षमा डेढगाउकै सुदर्शन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा मिथुकरंका गोविन्द लामिछाने, विष्णु गदाल र मेघसरा वि.क. रकुवाका सुन्दर पाण्डे, युवराज थापा र कान्ति थापा तथा डेढगाउका घनराज ओझा, धनबहादुर वि.क.हुनुहुन्छ ।
यस्तै मञ्चको कानूनी सल्लाहकारमा चण्डीप्रसाद अधिकारीको चयन भएको छ । कार्यक्रममा निवर्तमान सचिव सुदर्शन श्रेष्ठले गत वर्षमञ्चले ७६ हजार रुपैया आम्दानी गरेकोमा ३८ हजार रुपैया खर्च भएको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विदेशी पाहुना बेल्जीयमका निक मेननले आफ्नो तर्फबाट समितिलाई सधै सहयोग रहने बताउनुभए थियो । कार्यक्रममा दोहोरी गायकहरुले मनोरञ्जन थपेका थिए ।

No comments:

Post a Comment

Please leave your comment here