Thursday, May 1, 2008

गाग्रीमा पानी बोकेर पनि तरकारी खेती

काली टाइम्स सम्वाददाता
फेदी, डेढगाउँ
फेदी केरमटारका किसान दाजुभाइ शिवप्रसाद, केशवप्रसाद र कृष्णप्रसाद पाण्डेले गरेको लोभलाग्दो तरकारी खेतिको चर्चा आजभोलि गाउँमा निकै छ । पाँच वर्षदेखी ६ रोपनी जग्गामा विऊ, बेर्ना र तरकारी खे आएका पाण्डे दाजुभाइले त्यसैबाट वर्षरीको घर खर्च आम्दानी गर्छन् ।
मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारी उत्पादन गर्ने किसान दाजुभाइले उब्जाएका तरकारी गाउँमा नै विक्रि हुन्छ । तरकारी खेतिबाट उत्साहित पाण्डे दाजुभाइ अझै खेती विस्तार गर्ने तयारी पनि छन् ।
"तरकारीको लागी धेरै पानी चाहिन्छ तर यहाँ सिंचाइको लागी पानीको अभाव छ, पानी गाग्रीमा ल्याएर हाल्नु पर्छ" किसान शिव प्रसाद पाण्डेले भन्नुभयो "गाउँमा जे.टि.ए. पनि छ भन्छन् तर आज सम्म देख्न पाइएको छैन ।"
जे.टि.ए.सँग सरसल्लाह गरी विउविजन ल्याउन पाए तथा रोग लागेको अवस्थामा बेलैमा औषधि हाल्न पाए उत्पादन बढ्ने किसान कृष्णप्रसादले बताउनुभयो । दुःख गरेर तयार पारेको बालीलाई कुखुरा र चोरले दुःख दिने गरेको पनि पाण्डे दाजुभाइको गुनासो छ ।
यसैगरी मंचेडी -१ माथ्ल्ला डिहीका किसान कुलप्रसाद कंडेलले पनि तरकारी खेतीबाटै वर्षभरिलाई खर्च पुर्‍याउनुहुन्छ । चार वर्षदेखि तरकारी खेती गर्दै आएका कंडेललाई सुरु सुरुमा गाउँलेले बारीको तरकारी मागेर हैरान पारेका थिए ।
तर आजभोलि मागेर खाने चलन कम भइसके पनि बेच्नका लागि घरघरमा पुग्नुपर्ने उहाँको भनाईछ । दुइछाक खान गाह्रो छ भन्दै हिड्ने व्यक्तिलाई तरकारी खेती गर्ने सल्लाह कंडेलले दिदैं आउनुभएको छ ।

No comments:

Post a Comment

Please leave your comment here