Monday, May 12, 2008

बालबालिकाका लागि छुट्टयाइएको पैसा सचिवले दिएनन्

गोविन्द सहेली लामिछाने
मिथुकरम, नवलपरासी

मिथुकरम गाविसले यस वर्षसरकारले उपलब्ध गराएको दश लाख रुपैया अनुदान मध्ये एक लाख पचास हजार रुपैया दलित, महिला, जनजाति बालबालिका अपाङ्गका लागि छुट्टयाएको थियो । तर सो रकम मध्ये दलितलाई पा“च हजार रुपैया उपलब्ध गराइए पनि अन्य रकमको हिसाब किताब र्छलङ्ग हुन नसकेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
गाविसले एक लाख पचास हजार रुपैया मध्ये बालबालिका हितका लागि भनेर २० हजार रुपैया छुट्टयाएको थियो । तर, अहिलेसम्म पनि गाविस सचिव हरीनारायण आचार्यले पैसा नदिएको गुनासो दिगो बालविकास समुहका अध्यक्ष अर्जुन नेपालीले गर्नुभयो ।
स्थानीय समाजसेवी डोलराज कडेलका अनुसार गत असोज महिनामा सचिव आचार्यसग यस सम्वन्धमा छलफल गर्दा सचिव आचार्यले मंसिर भित्र सो रकम बालबालिकालाई उपलब्ध गराउने बताउनुभएको थियो ।
सचिवले रकम नदिएको गुनासो बालबालिकाले स्थानीय समाजसेवी र विद्यालय प्रधानाध्यापक मार्फ जिल्लामा स्थानीय विकास अधिकारी समक्ष पनि पुर्‍याएका छन् ।

No comments:

Post a Comment

Please leave your comment here