Saturday, October 29, 2011

लुम्बिनी विकास गर्न किन अमेरिका

हैन खुस्केकी क्या'हो देश चलाउनेहरु! दिन रात गरेर सेना समायोजन टुङ्याउनु पर्ने बेलामा प्रचण्डको नेतृत्वमा लुम्बिनी विकास बारे छलफल गर्न एक टोली अमेरिका जाने भएछ, त्यही पनि सरकारी खर्चमा। लुम्बिनीको विकास गर्न त लुम्बिनी गएर पो अध्ययन गर्ने, बरु आवश्यक परे विशेषज्ञहरुलाई लुम्बिनी झिकाएर पो छलफल गराउने हो।
यस्तो संचारको जमानामा लुम्बिनी योजना गराउन अमेरिका जान पर्छ ? त्यसै पनि लुम्बिनी विकासको अहिलेसम्म बनेका योजना नै लागु गर्या भए लुम्बिनी कहाँ पुगिसक्थ्यो होला ? स‌विधान सभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिसँगको एकपटकको भेट्मा एक पटक भनेका थिए 'चुनावपछि स‌ंविधानसभाका यी नेताहरु यति घुमिसके कि बाँकी भनेको चन्द्रमा हो।'  मलाई लाग्छ सजिलै नमिलेर हो, नत्र यिनीहरु शान्ति प्रकिया, स‌विधान निर्माण, लुम्बिनी विकासबारे छलफल गर्न भनेर चन्द्रमा जाने थिए। बेबकुफहरु!

अबको प्रमलाई दिल्लीमा कसले स्वागत गर्ला ?

(ढिलो मान्छे भएपछि बल्ल यसबेला यस्तो वुद्धि आयो मेरो त...) प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत जाँदा उनका समकक्षी प्रधानमन्त्री मनमोहन सिंह स्वयं स्वागतार्थ जहाज ग्राउन्ड आएका थिए। प्रधानमन्त्री प्रचण्ड दिल्ली जाँदा क्याबिनेट मन्त्री एयरपोर्ट पुगे उनका स्वागतार्थ। प्रधानमन्त्री माधव नेपाल पुग्दा राज्यमन्त्रीले स्वागत गरे। प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागतमा सहसचिव स्तरको सामान्य कर्मचारी एयरपोर्टमा मुस्कुराउँदै थिए। यस्तै चालले हो भने भोलिपर्सी गगन थापा प्रधानमन्त्री हुँदासम्म त भारतले बैदार पठाउँछ कि के हो एयरपोर्टमा ?

'बिजनेसी' पुजारी

खासमा घर नजिक महादेवको नयाँ मन्दीर छ। (त्यही चोरीको विजुली बालेर भगवानलाई चोर बनाएका) तर पूजारीले एउटा शिव लिङ्ग बाहेक अवस्था अनुसार थप एउटा मुर्ती हटाउने/थप्ने गरिरहन्छन्। दशै‌को बेला दुर्गा माताको मुर्ती थियो, अहिले लक्ष्मीको छ, अब श्री पञ्जमीमा सरस्वतीको ल्याउने रे। आज पूजारीलाई किन हो मुर्ती चेन्ज भन्या, 'बिजनेस जहिले जे बिक्छ त्यही राख्न परो नि, हैन बाबु' भनेर जिल्ल पारिदिए। व्यापारमा लाएको भए यी पुजारी कहाँ पुग्दा हुन्..

Thursday, October 27, 2011

बदलिएको बाबुरामको बोली

'जनयुद्ध' सुरुगर्नु अघिका बाबुराम
विदाउट कमेन्ट भन्दै पत्रकार  Sushil Sharma  ले फेसबुक स्टाटसमा गरेको प्रधानमन्त्री बाबुराम भट्टराई Vs. माओवादी नेता बाबुराम भट्टराईको तुलना।

- “सन् १९५० को नेपाल-भारत सन्धिलगायतका सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गरिनुपर्छ। नेपाल-भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ।” (४०- बुँदे मागबाट) - माओवादी नेता बाबुराम भट्टराई- काठमाडौं, २०५२ माघ

- “नेपाल-भारतबीच सन् १९५० को सन्धि, सीमा समस्या आदिबारे हामी अहिले प्रवेश नगरौं भनेर मैले सुरुमै संकेत गरेको थिएँ।” (कान्तिपुर दैनिक कार्तिक ५) - प्रधानमन्त्री बाबुराम भट्टराई- दिल्ली, २०६८ कार्तिक

Wednesday, October 26, 2011

मखमली फूलका माला बेच्दै पानीपुरीवाला

यो तिहारको बेला हो, जहाँ पानीपुरी वालाहरु पनि मखमली फूलका माला बेच्छन्.....

Tuesday, October 25, 2011

दशैं होमवर्क विद्यार्थी की तिनका अभिभावकलाई ?

हैन! यो दशै‌को होमवर्क विद्यार्थीलाई दिएका हुन् कि तिनका अभिभावकलाई स्कूलहरुले। अब बिदा सकिन लाग्यो, दुई चार दिनदेखि केटाकेटीको होमवर्कका लागि गुगलिङ मै समय बिताइरहेको छु म त। इन्टरनेटमा खोज्न नजानेका र नपाएका कतिपय कुराले टाउको खाइरहेको छ। योगको आशनदेखि सेलरोटी खाना पकाउने रेसिपीसम्म। टर्चलाइट बनाएर स्कूल लानुपर्नेदेखि बिल गेट्सको दैनिकीसम्म सोधेका रहेछन् दशै‌ होमवर्कमा...

एफएममा वैदिशेक रोजगारको झुठ(?) विज्ञापन

देशको अर्थतन्त्र मात्र होइन धेरै एफएम स्टेसनलाई पनि वैदेशिक रोजगारले नै बचाइ रहेका छन् कि के हो ? पूर्वतिर इलाम र झापाको साँढे ३ दिने बसाइमा धेरैजसो एफएममा धेरैजसो समय विज्ञापन भनेको कतार, दुबई, कुवेत र मलेसियाको भिसा आएको मात्र सुनियो। तर तिनले बजाको विज्ञापनमा सबै कामको तलब मासिक १६ हजार रुपैयाँ भन्दा धेरै थियो। अझ धेरैजसो विज्ञापनमा २० हजार तलब हुने बताइएका थिए। ती एफएम सुनेर वैदेशिक रोजगारमा गएका कसैले तलब कम पाएँ भनेर यहाँ आएर ती एमएमलाई मुद्दा हाले भने लाग्छ कि लाग्दैन कुन्नि...

पत्रकार रिसाउनलान् भनेर स्वास्थ्य मन्त्रीको राजिनामा नमाग्या (?)

पत्रकारहरु रिसाउलान् भनेर त हैन होला त! शरदसिंह भण्डारी र प्रभु साहको खुब राजिनामा माग्नेहरुले सरकारी ढुकुटीबाट पत्रकारहरुलाई दशैंमा पैसा बाड्ने स्वास्थ्य मन्त्री राजेन्द्र महतोको चाहिँ राजिनामा नमागेको। हुन त अर्को एउटा डर पनि छ फेरि, यस्तैगरी राजिनामा माग्दै जाने हो भने कुन चाहिँ मन्त्री रहला र बाबुरामसँग।

Sunday, October 23, 2011

एक रात सिस्नेरी क्याम्पिङमा

क्याम्पिङ जाने भन्दै बोलाएका डाक्टरलाई हस्पिटल नजिकै भेट्दा उनी विरामीले देख्लान् कि भनेर लुकेर चुरोट पिउँदै थिए। अघिल्लो रात दुई बजेसम्म फिलिम हेरेर बसेकाले मलाई ७ बजे उठेर बसुन्धाराबाट सानेपा पुग्न सकसै थियो। तै पनि क्याम्पिङको लागि सकस सहन तयारै भएँ। बोलाएको पो ८ बजे रहेछ बल्खुबाट हिंड्दा त १० बजिसकेको थियो। बाइकमा सिस्नेरी जाने भने पनि न मसँग बाइक थियो, न बाइक चलाउने सिप, न सिस्नेरी कता पर्छ भन्ने ज्ञान। टि्वटरमा भेटिएका डाक्टरसँग एकपटक सँगै काठमाडौं नजिक हाइकिङ जाँदा तिनले दिएको गफ र यिनको ब्लगमा पोस्ट गरेका केही सामाग्रीले यी डाक्टर घुमन्ते हुन् भन्नेमा विश्वस्त थिएँ। त्यसैले जता लालान्, जसरी लैजालान्, जे खान देलान् त्यसैमा सन्तोष गर्छु भनेर आफ्नो वुद्धिमा विर्को लगाएको थिएँ।

Saturday, October 22, 2011

किताबे पर्यटकले दिएको दुःख

‎'यहाँबाट भक्तपुर दरबार स्क्वायर ट्याक्सीमा गए १०० रुपैयाँ र बसमा गए १० रुपैयाँ लाग्छ। त्यहाँभन्दा बढी मरिगए दिन्न' १० वर्ष पहिले छापिएको नेपाल भ्रमण सम्बन्धी किताब लिएर आएका तीन जना चाइनिज पर्यटक हिजो साँझ हनुमानढोकामा ट्याक्सी ड्राभइरलाई किताब देखाएर बाझिरहेका थिए। ड्राइभर दाइ - चाइनाँ १० वर्षदेखि मालको मोल बढेको छैन कि के हो ? भन्दैथिए भन्न त चाइनिजले बुझे पो...

अध्यक्ष बाको किरिया नगर्ने, मन्त्री किरियापुत्री भवनको उद‌घाटन गर्ने

ईकान्तिपुर मा यो समाचार : 'पशुपतिनाथ क्षेत्रमा एक अर्को सुविधासम्पन्न किरियापुत्री भवनको निर्माण भएको छ ।  फूलकुमारी महतो मेमोरियल ट्रस्टद्वारा निर्मित उक्त भवनको मंगलबार संस्कृति मन्त्री गोपाल किराँतीले उद्घाटन गरे ।' पढेपछि मनमा उठेको भाव :
एकातिर माओवादीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो बुबाको किरिया नगर्ने अर्कातिर माओवादीका तर्फबाट संस्कृति मन्त्री बनेका गोपाल किराँती किरियापुत्री भवनको शिलान्यास गर्दै हिड्ने। यही होला, द्वन्द्वात्मक भौतिकवाद।

प्रचण्डलाई बादलको प्रश्न - माओवाद कि वुद्धवाद

एकिकृत नेकपा मा‌ओवादीका महासचिव बादलले अध्यक्ष प्रचण्डलाई सोध्ने भएछन्- पार्टीको निर्देशक सिद्धान्त के हो, मार्क्सवाद हो कि बुद्धवाद ?
प्रचण्डले सँधैजसो बुद्ध बन्ने भन्ने, अनि लुम्बिनीको विकास गर्ने भनिएको संस्था एपेकको सहअध्यक्ष भएर लुम्बिनीको विकासमा लाग्छु भन्ने र त्यतिले नपुगेर बाबुराम भट्टराई नेतृत्वको सरकारबाट निर्णय गराएरै लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरी त्यसको समेत अध्यक्ष प्रचण्ड नै बनेपछि महासचिव बादल कन्फ्युज भएछन्। उनले भन्न थालेका छन् - देशका समस्या समाधान लुम्बिनी विकास र वुद्धबादबाट हुने भए माक्सवाद-माओवाद किन भन्ने ? वुद्धबाद नै पार्टीको सिद्धान्त भन्दिम्।