Tuesday, April 29, 2008

वालकल्याण प्रा. वि. अव निम्न माध्यामिक विद्यालय बन्ने

प्राथमिक शिक्षाको क्षेत्रमा डेढगाउ कै प्रतिष्ठा बन्दै गरेको खर्सान स्थित बालकल्याण प्राथमिक विद्यालयले अब ६ कक्षा सम्म पढाउने अनुमति पाएको छ । ६ नम्बरका स्थानीय वासिन्दाहरुले धरौटी बापत आवश्यक ७५ हजार रुपैया जिल्ला शिक्षा कार्यालयमा जम्मा गरेपछि विद्यालयले ६ कक्षासम्म पढाउने अनुमति पाएको विद्यालयको शिक्षक गंगाधर पोख्रेलले बताउनुभयो ।
प्रधानाध्यापक भानुभक्त ओझाका अनुसार जिल्ला शिक्षा कार्यालय नवलपरासीले यस विद्यालयलाई आगामी शैक्षिक सत्र देखि कक्षा ६ संचालनको अनुमति दिइसकेको छ । यस विद्यालयमा ६ र ७ कक्षा अहिले पनि पर्ढाई हुने गरे पनि त्यो डेढगाउ उच्च मा.विको शाखाको रुपमा मात्र पढाइ भइरहेको हो ।
२०४४ सालमा स्थापित यस विद्यालयमा डेढगाउ" गाविस अन्तरगत वडा नम्बर ५, ६, ४ र ७ का तथा तनहु"का गरी एक सय ८७ विद्यार्थी अध्ययन गर्ने गर्छन । यस विद्यालयबाट वर्षोनी ३५ जनाको हारहारीमा विद्यार्थीहरु पाच कक्षा उतिर्ण गर्छन् ।
विद्यार्थी संख्या बढे पनि विद्यालयमा दुइ जना शिक्षकको मात्र दरवन्दी भएकाले शिक्षक संख्या बढाउनुपर्नेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धिराज श्रेष्ठले जोड दिनुभयो ।
विद्यालयले निजी स्रोतमा अहिले चार जना शिक्षक राखेर अध्यापनको गुणस्तर कायम गरिराखेको छ । गाविसले विकास निर्माणका लागि उपलब्ध गराएको रकम पनि विद्यालय संचालनमा खर्च भइराखेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विकास निर्माणको काम जनश्रमदानबाट गरी रकम जति सबै विद्यालयमा खर्च गर्नुपरेको छ, श्रेष्ठले भन्नुभयो ।
गैरसकारी संस्था, पछौटेपन उन्मूलन समाज -बेस) पाल्पाको कार्यक्षेत्र अन्तरगतका एक सय ३ विद्यालय मध्ये नमुना विद्यालयको रुपमा वालकल्याण प्रा वी. रहेको छ । विद्यालय स्थापना भएको २० वर्षभइसक्दा पनि विद्यालयको आफ्नै नाममा जग्गा नहुदा स्थानीय जनताले चिन्ता व्यक्त गरे ।

No comments:

Post a Comment

Please leave your comment here