Tuesday, April 29, 2008

अझै सुल्झिएन क्याम्पसको विवाद

काली टाइम्स संवाददाता

लामो समयको प्रतिक्षापछि डेढगाउ माध्यमिक विद्यालयमा गत भदौ महिना देखि दश जोड दुइ कक्षा संचालनमा आएको छ । तर, कलेज भवन कहा बनाउने भन्ने विषयमा भने विवाद जारी रहेकोछ ।
अहिले डेढगाउ मा. वी.कै भवनमा विहानी सत्रमा अध्यापन गर्ने गरिए पनि उच्च माविको छुट्टै भवन भने छैन । भवन निर्माणका विषयमा हाल मा.वी रहेको वडा नम्बर ९ र विद्यालयको जग्गा रहेको ६ नम्बर वडा बीच विवाद चर्किएपछि कुमारी प्रा वी हसौराले बनाइदिने भनेको भवन पनि बन्न सकेको छैन ।
भवन निर्माणका लागि हाल मावि रहेको नौ नम्बर वडामा प्रयाप्त जग्गा नभएको कारण तथा नौ नम्बरमा माध्यमिक विद्यालय संचालन भइरहेकाले प्लस टु खर्सानमा बनाउनुपर्नेमा ६ नम्बर वडाबासीले जोड दिएका छन् ।
तर, उच्च मा.वी.को पछिल्लो नियमावली अनुसार र गाउको मध्य भाग परेको कारण पनि उच्च मावि वडा पुरानो थलो मै उपयुक्त हुने ९ नम्बर वडाबासीको दावी छ ।
स्थानीय जनताको चन्दा सहयोगबाट आठ लाख रुपैया उच्च माध्यमिक शिक्षा परिषदमा जम्मा गराएपछि डेढगाउ मा. वीले प्लस टु खोल्ने अनुमति पाएको हो । शिक्षा शंकाय तर्फो अग्रेजी, नेपाली र अर्थशास्त्र प्रमुख विषय अध्यापन हुने यस उच्च माविमा हाल ५७ जना विद्यार्थी भर्ना भएका छन् । प्लस टुमा अध्यापन गराउन अहिले डेढगाउमा एम ए पढेका सात जना शिक्षक छन् ।
अहिले प्लस टुमा डेढगाउ मा बीबाटै पास भएकाहरु भन्दा पनि धेरै विद्यार्थीहरु विगतमा एस एल सी उतिर्ण गरेर छोडेकाहरु र अन्य विद्यालयबाट उतिर्ण गरेकाहरु छन् ।
अहिले एक विद्यार्थीबाट मासिक तीन सय रुपैया शुल्क लिदैं आइए पनि शिक्षक र कर्मचारीहरुलाई तलब उपलब्ध गराउन समेत असजिलो परिरहेको विद्यालयका सहायक प्राधानाध्यापक डिल्लीराज भण्डारीले काली टाइम्सलाई बताउनुभयो ।

No comments:

Post a Comment

Please leave your comment here