Tuesday, April 29, 2008

गाउ परिषद् स्थगित

यही माघ १८ र १९ गते हुने भनिएको डेढगाउ गाविसको गाउ परिषद् बैठक हुन सकेन । स्थानीय योजना निर्माण र गाविसलाई प्राप्त हुने बजेटको विनियोजन गर्न सधंजसो गाउ परिषद् हुने गर्दथ्यो ।
संविधानसभा निर्वाचनको लागि आचार संहिता लागु भइसकेको अवस्थामा स्थानीय विकास अधिकारीबाट अनुमति नभएको भन्दै कार्यावाहक गाविस सचिव हरी नारायण आचार्य गाउ" नआएकाले तय भइसकेको परिषद् स्थगित भएको हो ।
डेढगाउ गाविसमा सचिवको रुपमा काम गर्दै आएका राजेश पौडेल गत असोजमा कृषि मन्त्रालयमा सरुवा भए यता छिमेकी मिथुकरं गाविसका सचिव आचार्यले डेढगाउको समेत काम गर्दै आएका छन् ।
परिषद् स्थगित भएपछि विगत भदौ देखि व्रिगरीएको नहर र अन्य बाटाघाटाहरु बारे पनि छलफल हुन नसकेका पूव गाविस उपाध्यक्ष श्याम सुन्दर श्रेष्ठले बताउनुभयो ।
संविधानसभा निर्वाचन सम्म मात्र परिषद् रोकिएको गाविसका प्राविधिक सहायक नारायण ओझाले बताउनुभयो । उहाका अनुसार परिषद् बैठक रोकिए पनि गाविसका अन्य काम भने सदा झै सुचारु रुपमा नै हुनेछ ।
प्राविधिक सहायक ओझाले काम नरोकिएको दावी गरे पनि सचिव गाउमा नबस्दा नागरिकता सिफारिश लगायतका काममा असर परिरहेको गाउलेहरु बताउछन् ।

No comments:

Post a Comment

Please leave your comment here