गाउँमा कृषि विकास बैंक थियो। 'जनयुद्ध'मा लुटपाटसँगै लखेटियो। तीन वर्षदेखि बैंक पुनःस्थापना गर्न गाउँलेले माग गरे। सरकारले निर्णय गर्यो। पोहोर बैंकले नयाँ शाखा खोल्न बजेट पनि छुट्यायो। अहिलेसम्म पनि बैंक खोलिएन। बुझ्न काठमाडौं आएका गाउँलेलाई भनियो - कुनै पनि कर्मचारी जानै मानेनन्। कर्मचारी युनिएनले निर्णय नै गरेर त्यहाँ नजाने भनेका छन्। मेरो देश महान, यहाँका कर्मचारी युनियन महान्...
Tuesday, March 27, 2012
सरकारले त बेलामा तलब दिन सक्याछैन
धत्तेरिका ! सरकारी मिडिया रेडियो नेपालका कार्यकारी निर्देशकले त्यहाँका कर्मचारीलाई तीन महिनासम्म तलब खुवाउन नसकेर राजिनामा दिएको समाचारले बेलामा तलब नदिने मिडियाका साहुको दिलखुश भइरा' होला। अब तिनले भन्ने भए - सरकारले त बेलामा तलब दिन सक्याछैन...
जन्मदिन मेसेज
जन्मदिन मनाउँदै गरेको बेला यस्तो मेसेज आयो भने : May your life be like toilet paper... Long and useful. :-)
Sunday, March 25, 2012
विद्यार्थीमा लगानी
'अहिले नानीहरुमा गरेको लगानी भनेको बैंकमा पैसा राखे जस्तै हो। अहिले महिनाको १/२ हजार रुपैयाँ फिसवालामा पढाउनुभयो भने भोलपर्सी तपाइले त्यति नै फिर्ता पाउनुहुन्छ। अहिले १५/१८ हजार रुपैयाँ फिसवालामा पढाउनुभयो भने त्यतिनै फिर्ता पाउनुहुन्छ' नानीको लागि स्कूल खोज्न जाँदा एउटा स्कूलकी प्रिन्सिपलले भनेकी।
Tuesday, March 20, 2012
मलाई भने 'फिरी' छ
अफिस आउँदा बसमा सुनेको #रोइला गीत (केटीले केटालाई भनेको):
बिहे गर्यौ तिमीले, तिम्लाई तिरिमिरी छ...
मलाई भने 'फिरी' छ...
Sunday, March 18, 2012
व्यापारीको ब्लडप्रेसर
प्रकाश दाहालको टोलीले सरगमाथा चढ्न सरकारले दिने भनेको दुई करोड रुपैयाँ नलिने भएपछि को को व्यापारी-उद्योगीको ब्लड प्रेसर बढ्यो होला? तर तिनले जो जसलाई जति दिए नि घुमाइफिराई हामीसँग लिइहाल्छन्।
Saturday, March 17, 2012
Wednesday, March 14, 2012
पसलमा बिल मात्र जले रे
नयाँ पत्रिकामा आएको समाचारलाई विश्वास मान्ने हो भने गत माघ २६ गते 'भाटभटेनी सुपरमार्केटमा आगलागी भयो रे। सामान केही भएन रे। बील मात्र जले रे...' भनेपछि त्यो घाटा भाटभटेनीका साहुलाई नलागेर सरकारलाई मात्र लाग्ने होला।
Tuesday, March 13, 2012
अर्को देशसँग खेल्न परेको भए चार गोल खाइन्थ्यो होला
एएफसी च्यालेन्ज कपमा एक माल्दिभ्ससँग, दुई प्यालेस्टाइनसँग, तीन तुर्केमिनिस्तानसँग गोल खायो नेपालले। धन्न अब अर्को देशसँग खेल्न नपर्ने भयो नत्र त चार गोल खाइन्थ्यो होला।
सुन्दरी प्रतियोगितामा संघीयता घुस्यारहनेछ
मिस पूर्वाञ्चल २०१२ को उपाधी धरानकी अस्मिता गुरुङले जितिन् भनेर लेख्याछ पत्रिकाले। सुन्दरी प्रतियोगितामा चाहिँ संघीयता छिरिसक्या रहनेछ कि के हो? तमुवानकीले लिम्बुवान सुन्दरी पड्काइन् त।
Monday, March 12, 2012
स्कूलका बच्चालाई बैंक खाता
अभिभावकबाट थप पैसा असुल्न कस्तो नयाँ नयाँ योजना बनाउन जानेका हुन् के स्कूलले। नानीको नाममा बैंक खाता खोलिदिएको भनेर बिलमा एक्स्ट्रा पैसा थपेर पठाएका छन्।
स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
स्कूलमा गएर किन बच्चाको नाममा खाता खोलिदिनु भएको भनेर सोध्या। नानीका स्कूलका गुरुले, 'तपाई कुरै बुझ्नुहुन्न, बच्चालाई सानैदेखि बचत गर्ने बानी बसाल्ने भनेर झन् यस्तो राम्रो योजना ल्याएका छौं' भन्दै अबुझ बनाएर पठाए।
Sunday, March 11, 2012
प्रस्ताव : मस्जिद निर्माणका लागि महायज्ञ
कति स्कूल कलेज र अस्पतालका लागि मात्र ? एउटा महायज्ञ मस्जिद निर्माणका लागि पनि गर्ने कि? 'हिन्दु र मुस्लिमहरु मिलेर महायज्ञ' भन्ने समाचार पढ्दै गर्दा मनमा खेलेको कुरा नि।हुन त यसमा मुस्लिमहरुको राय के हुन्छ कुन्नि? तर धार्मिक सहिष्णुताको एउटा ठूलो नमुना चाहिँ हुन्छ यो।
Subscribe to:
Posts (Atom)