Saturday, January 11, 2014

झम्के साँझको साथी

अन्नपूर्ण बेसक्याम्पको यात्रामा एक दिन साँझ अबेलासम्म हिंडियो। केही साथीहरु ह्यार्के (बिजुली पानीको नयाँ नाम उतै सुनेको) तालमा निकै अगाडि हिंडे। केही साथीहरु विदेशी महिलाको साथ पाएकाले निकै पछाडिए। जंगलको बाटो एक घन्टा भन्दा धेरै उकालो एक्लै हिड्नुपरो झम्के साँझमा। तर साँझपरेपछि तल्लो गाउँबाट सँगै हिंडेको एक कुकुर राति माथ्लो गाउँ पुगेपछि मात्र हरायो। पुन: तल फर्क्यो कि जस्तो लाग्छ। बाटोभर डर भगाउन मैले उसँग कुरा गरें। उसले बुझ्यो/बुझेन तर साथ भने दिइरह्यो।
(चाहेर नि क्यामेरा नभएकाले फोटो खिच्न सकिन तर गुगलमा भेटिएको यस्तै थियो त्यो कुकुर)https://www.facebook.com/photo.php?fbid=10152124656895040&set=a.39549630039.46994.640935039&type=1&theater



  • Nujra Leduap दिपक सर यात्रा जारी छ वा सकियो ? यस्तै रमाइलो लेख्दै गर्नु होला।
  • Upendra Rana Magar दिपक दाजु,मेरो बिचारमा साथी त्यो हो जस्ले कुनै गन्तब्य सम्म मात्रै साथ दिन्छ! "जंगलको बाटो एक घन्टा भन्दा धेरै उकालो एक्लै हिड्नुपर्ने त्यो पनी झम्के साँझमा"तपाइको यी लेखाइले बस्तुस्थिती सामान्य थिएन सायद?? र पो त्यो साथी कुकुरले हजुरको फेसबुके वालमा धेरै स्थान पायो! न की तपाइको साथीहरुले! हास्नु पर्ने धेरै कारणहरु छन हा हा हा......
  • Uttam Babu Shrestha यात्रामा भेटिएका हास्ने कारणहरु सुन्न/पढ्न पाए हुन्थ्यो ।
  • Ganesh Paudel Impressive!
  • Sushil Mainali haha dhanya google....
  • Deepak Acharya haha..Hyarke !!! lol..

No comments:

Post a Comment

Please leave your comment here