Monday, January 20, 2014

प्रचण्ड र डा‍. गोविन्द केसी

नागरिक दैनिकका संवाददाता मित्र सुरेन्द्र पौडेलले तीन वर्षदेखि डा. गोविन्द केसीका बारेमा लेखिरहनुभएको छ। उहाँले आज लेख्नुभएको फेसबुक स्टाटस चित्त बुझेर यहाँ शेयर गरेको हुँ।
एक दिन डा. गोविन्द केसीले भेटमा भनेका थिए :
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजिनामा दिए लगत्तैको कुरा हो । प्रचण्डले डा. गोविन्द केसीलाई आफ्नै निवासमा बोलाएका थिए आफ्नो चेकअप गर्न । प्रचण्डको प्रस्ताव केसीले अस्विकार गरे र सन्देश लिएर आउने हुलाकीलाई जवाफ दिए, ‘आजसम्म मैले कसैको घरमा गएर चेकअप गर्ने गरेको छैन ।’ केसीले दैनिक सयौं असाह्य विरामी शिक्षण अस्पतालमा आउँछन् आँफुलाई घर घरमा गएर चेक अप गर्ने फुर्सद नहुने समेत बताए । हुलाकीले साहै कचकच गरेपछि डा. केसीले सुझाव दिए बरु अध्यक्ष प्रचण्डलाई यहीं ल्याउनोस् । सुरुमा त हुलाकी मानेनन् । डा. केसी डेग नचलेपछि दल बल सहित आउने बताए । यसलाई पनि उनले अस्वीकार गरे । डा. केसीले भनेका थिए, ‘अरु सर्वसाधरण विरामी जसरी आउँछन् त्यसरी नै ल्याउनु । तीन जना भन्दा बढि नआउनु । र, अरु विरामी सरह लाइन बसेर आफ्नो पालो आएपछि मात्र छिर्नु ।’ प्रचण्डको चेकअप त्यसरी नै भयो जसरी डा. केसीले भनेको थिए । यसको केही समयपछि शिक्षण अस्पतालमा भएको अनियमियत र राजनीतिकरणबारे ध्यानाकर्षण गर्न डा.केसी लगायत केही डाक्टर प्रचण्डकोमा गए तर उनले आफ्नो फुर्सद नभएको भन्दै निवासको गेटबाट प्रवेस गर्न समेत दिएनन् । प्रचण्डकोमा जानु अघि उनीहरुले सबै दलका नेतालाई भेटी अस्पतालको अवस्थाको बारेमा जानकारी गराई राजनीतिकरण रोक्न आग्रह गरेका थिए । जुन आवाज नसुन्दा डा. केसी आमरण अनसन बस्न बाध्य भए । यो अघिल्लो पटक अनसन बस्दाको कुरा । डा. केसी अहिले फेरी अनसन बस्न बाध्य भएका छन् ।

No comments:

Post a Comment

Please leave your comment here