Monday, September 10, 2012

प्रचण्डले किन काठमाडौंमा डेरा पाएनन् ?

प्रचण्डले कान्तिपुरका पत्रकारहरुसँग आइबार कुरा गर्दै साउन पहिलो सातादेखि डेरा खोजे पनि भदौ अन्तिम साता अहिलेसम्म डेरा नपाएको कारण लाजिम्पाटमा बस्न वाध्य भएको गुनासो गरेछन्।
साउन पहिलो साताको माओवादी प्लेनम बैठकमा माओवादी कार्यकर्ताहरुले नेताहरु सुखभोगी भएको, तिनमा वर्ग विचलन आएको भनेपछि प्रचण्डले लाजिम्पाटको निवास र सरकारी सुविधाको गाडी छाड्ने घोषणा गरेका थिए।

मैले यसो सोचेको माओवादी अध्यक्ष प्रचण्डले किन डेरा पाएनन् होला ?

१) छोराको कारण। प्रचण्ड छोराले फेरि छोरी बुहारी भगाइदिन्छन् भनेर पो घर धनीहरुले भाडा नदिएका हुन् कि ? (I am a joking हामी डेरा खोज्न हिड्यौं भने काठमाडौंका घरबेटीले सोध्ने पहिलो प्रश्नमा पर्छ नि बिहे गरेको छ कि छैन/ घरमा को को बस्ने हो ? अनि यससँगै कतिको पाहुना आउँछन् भनेर पनि सोध्दछन् अब प्रचण्डकाँ आउने पाहुना त पक्कै धेरै होलान्।)

२) प्रचण्ड बिस्तारै कमजोर हुँदै गएका कारण। शक्तिमा भएका (पावरवाला)हरुलाई घर दिने/घर खोज्दिने वा डेरा खोज्दिने त नेपाली उच्च र मध्यमवर्गहरुको रुची नै हो। प्रचण्ड कमजोर भइसकेका कारण हो वा भविष्यमा थप कमजोर हुन्छन् भन्ने जानेर कसैले चाकडी चाप्लुसी गर्न नखोजेर पो प्रचण्डले भाडामा बस्ने घर नपाएका हुन् कि?

३) प्रचण्डलाई घर भाडा दिएर बेकारको बिबादमा किन पर्ने भन्ने कारण। अहिले बसेको लाजिम्पाटको घरकी घर धनी शिशु आर्याल, प्रचण्ड निकट व्यापारी अजय सुमार्गीकी श्रीमती अस्मिताकी दिदी भएको पत्रिकाहरुले लेखेका थिए। त्यसैले बेकारमा आफ्नो घरको निधिखुदी गरेर पत्रिकामा छापिने र टिभीमा देखाइदिने हुँदा किन टेन्सन लिने भनेर पनि पो काठमाडौंका घरधनीले प्रचण्डलाई भाडामा दिन नखोजेका हुन् कि?

४) प्रचण्डले बेलामा भाडा दिने/नदिने के गर्ने हुन् भन्ने डरले। प्रचण्डले भाडा दिएनन् भने कहाँ माग्ने,कसले माग्ने भन्ने डर पो छ कि ?

५) 'जनयुद्ध/धनयुद्ध'का बेला प्रचण्डसँग रिसाएका धेरै हुन सक्छन्। तिनले प्रचण्ड बसेको घर भनेर केही गर्दिने पो हुन् कि भन्ने डर पो हो कि? फेरि अहिले त वैद्य समूह एकिकृत माओवादीबाट फुटेको छ। तिनको पनि डर हो कि घर धनीलाई।

६) काठमाडौंमा एकिकृत माओवादी कमजोर भएका कारण। नभए त कोही न कोही माओवादी कार्यकर्ताको काठमाडौंमा घर हुनुपर्ने र तिनले अध्यक्षलाई घर पनि दिनपर्ने।

प्रचण्डले डेरा नपाएका अरु पनि कारण हुन सक्छन् तर देशको एक जना सबैभन्दा ठूला नेता, सबैभन्दा धेरै कार्यकर्ता भएको दाबी गरिएका नेता, सत्तारुढ दलका सबैभन्दा शक्तिशाली नेताले दुई महिनासम्म डेरा खोज्दा पनि डेरा नपाएको भनेपछि मेरो दिमागमा खेलेका कुरा।


Like ·  · 

5 comments:

  1. मुख्य कारण छुटेछ: १) उनलाई हुने अलिसान बंगला नभेटिएर ;)) [im joking] :P @GoGoze

    ReplyDelete
  2. सुकिला मुकिला प्रसँग छुटेछ नि!!!

    ReplyDelete
  3. २) दोस्रो कारण: घरबेटीले चाडपर्वमा खाना खान बोलाउलान; प्रचन्डेले खाना संगै खालान; पछी पुरानो बेहोरा देखाउलान र मान्छे मार्लान भन्ने पिरले होला नि :)) [im not joking] @gogoze

    ReplyDelete
  4. Gf धेरै आाउछन भनेर नि

    ReplyDelete
  5. प्रचण्ड माथि पटक पटक बोली फेर्ने नेता भनेर आरोप लाग्दै आएको छ। यो पनि एउटा कारण हुन सक्छ, के थाहा, घर भाडामा लिँदा एउटा कुरो र घर भाडामा लिइसकेपछि अर्कै कुरो गर्देभने.....

    अनि अर्को कुरा के भने उहाँ भाषण गर्दा धेरै पड्किनु हुन्छ, यो रीसमा कसैले प्रचण्ड बस्ने घर नै पड्काइदिए भने भएन त घरवाला बर्बाद.....

    ReplyDelete

Please leave your comment here