Sunday, September 9, 2012

न्याय हेल्थलाई एक भोट

न्याय हेल्थ संस्थाले सरकारसँग मिलेर अछामको बलयपाटामा चलाइरहेको अस्पतालमा विरामी र तिनका आफन्तहरु  चिकित्सक देखाउन पालो कुर्दै
गत साता सुदुरपश्चिमाञ्चलको दुर्गम जिल्ला अछाम जाने मौका मिल्यो। अछाम नेपालको विकास सुचाङ्कमा स्वास्थ्यस्थिति देखि हरेक क्षेत्रमा कमजोर जिल्लामा पर्दछ। अछामीहरुको कमजोर स्वास्थस्थिति, अपुग स्वास्थ्य संस्था र तिनको अव्यावसायिक हालत देखेर होला चिकित्साशास्त्र अध्ययन गरिरहेका केही विदेशी विद्यार्थीहरु अछाम आएर गाउँलेहरुलाई स्वास्थ्यसेवा पुर्याइरहेका रहेछन्।
बयलपाटा अस्पतालमा चिकित्सकलाई देखाउन अगाडि बाहिर कुर्ने कक्ष
'न्याय हेल्थ' संस्था मार्फत अमेरिकी चिकित्सकहरुले नेपाली सरकारसँग मिलेर अछामको बयलपाटामा अस्पताल सञ्चालन गरेका छन् भने सुदुरपश्चिमको दुर्गम क्षेत्रमा पाँच वटा निशुल्क क्लिनिक मार्फत स्वास्थ्य सेवा दिने योजना बुनिरहेका रहेछन्। (न्याय हेल्थको बारेमा बुझ्न link: http://www.nyayahealth.org/)



बयलपाटामा रहेको पुरानो अस्पताल भवन
यतिबेला न्याय हेल्थ अनलाइन मार्फत एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता (Chase Community Giving Charity) मा भाग लिइरहेको छ। संसारका विभिन्न २०० वटा संस्थाबीच भइरहेको यो प्रतियोगितामा जुन संस्थाले फेसबुक मार्फत खसालिएका धेरै भोट पाउँछ त्यसले दुई लाख पचास हजार डलर पाउने रहेछ। कृपया नेपालको दुर्गममा स्वास्थ्य सेवा पुर्‍याइरहेको यो संस्थालाई विजयी गराउन तलको लिंकमा गएर भोट गरिदिनुहोला र जति सकिन्छ धेरैलाई इमेल मार्फत यो जानकारी पनि दिनुहोला। तपाइको एउटा भोटले धेरै सुदुरपश्चिमेलीको स्वास्थ्यस्थिति सुध्रिन सक्छ।

भोट गर्ने तरिका यस्तो छ:
1. आफ्नो फेसबुक खोल्नुहोस्

2. https://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?cv=2&app_data=ein|51-0496452|ref|6a47449e94  मा जानुहोस्।

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।

No comments:

Post a Comment

Please leave your comment here