Saturday, August 20, 2011

झलनाथले माओवादीसँग इख राख्लान् ?

प्रधानमन्त्रीबाट खनालको राजिनामाले संकट थप बढ्ने देख्छु म। सेना समायोजनका खाका माओवादीले नल्याएकै कारण राजिनामा दिन बाध्य भएँ भन्ने झलनाथलाई लागिरह्यो भने एमालेको संस्थापन पक्ष र माओवादीबीचको माधुर्यता पनि टुङ्गिएपछि माओवादीले झन् एक्ल्यिएको महसुस गर्नसक्छ। त्यसै पनि काँग्रेस, मधेशवादी दल र एमालेको एउटा खेमा माओवादी विरोधी नै थियो। एमालेको संस्थापन पक्ष पनि त्यहाँ थपिदा शान्ति प्रक्रिया र संविधान लेखनमा थप जटिलता थपिनसक्छ।
हुन त एमाले अध्यक्ष झलनाथ खनालले अहिलेसम्म सहमतिको रुपमा नै अगाडि बढ्नुपर्ने बताइरहेका छन्। तर उनको भित्री मनमा के छ कसलाई पो पत्तो छ। प्रधानमन्त्रीका दुई उम्मेदवार माओवादीका बाबुराम भट्टराई र काँग्रेसका शेरबहादुर देउवा मध्ये एमालेले कसलाई साथ दिन्छ भन्ने टुंगो अझै छैन। विगतमा जस्तै एमाले तटस्थ बस्ने हो कि भन्ने डर अझै पनि छ। माओवादीले आफूलाई पूर्ण साथ नदिएका कारण झलनाथ खनालले बाबुराम भट्टराईलाई प्रधानमन्त्री बन्नबाट रोक्न पनि सक्छन्।  भट्टराईले झलनाथ प्रधानमन्त्री बनेदेखिनै सहमतीको विकल्प नभएको बताउँदै आएका थिए।

हुन त राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्रु हुन्न भनिन्छ। तै पनि खनालले कहिलेसम्म माओवादीका कारण आफू सत्ता छोड्न बाध्य भएको भनेर सोचिरहने हुन् त्यसले पनि सहमतिको सरकार बन्ने नबन्ने कुराको निर्धारण गर्छ।



    • Kedar Pyakurel Ha ha ha !! !! !! Hasnu parne kaura ta thiyana
      ni ,,,,,,,,,,,,

      August 14 at 5:43pm ·  ·  1 person

    • Adhikari Hari हास्न पर्ने कुरा झन थपिए नि .
      August 14 at 5:45pm · 

    • Pramod Npn सप्पै देखावटी हो हजुर, जनता झुक्कयाउने खेला..... श्रावण २८ लाई राजिनामा भनेर दिन जुराको नि सप्पैको सहमतिमै हो | भदौ ला'सी आन्दोलनको हुण्डरी मच्चिन्छ, जनता कुर्लिन्छन | 12th hour मा सरकार नै न'भेसी को सँग रिस पोखुं जनताले ? आखिर जनतामार लाई चाहिएको भनेकै संबिधान सभाको म्यादथप हो | मान्नुस कि अन्तिम समयमा सरकार नै बने पनि नैतिक दवाब केइ हुदैंन, भर्खरै ताजा ताजा बनेको अपूर्ण सरकारलाई ... अन्तिम ट्याममा आ'र एउटै थालमा नचुठी खा'कै पच्दैन तिनीहरुलाई ||
      August 14 at 7:54pm ·  ·  1 person

    • रावण को कुशासन होइन होइन ..... मेरा झल्लु भान्जा ले राजिनामा दिन्छन आजै ....... नत्र त फेरी संबिधान बनाउन दबाब परिहाल्छ नि ! उनको राजिनामा पछी फेरी सरकार बनाउन कै चटारो पर्ने भकोले संबिधान फेरी थन्किन्छ एकछिन ! हा हा हा हा हा हा हा हा ..... हि हा हा हा हा हा हा हा ... हु हा हा हु हा हा हा हा हा
      August 14 at 8:44pm · 

No comments:

Post a Comment

Please leave your comment here