Monday, August 15, 2011

माओवादीका पनि हतियार बेच्न परो

हुन त देशका वुद्धिजिवीको विचार एकातिर फर्केको बेलाँ आफ्नो मात्र विचार अर्कोतिर फर्कनु राम्रो होइन। तर पनि विचार फर्कि त गयो, फर्केसी लेख्न मन लाओ। यो अमेरिकाको न्युजर्सीस्थित 'इन्टरनेसनल मिलिटरी एन्टिक्स' नामक कम्पनीलाई पुरातात्त्विक महत्त्वको ४ सय ५० टन हतियार बेचेको चाहिँ मलाई राम्रै लाग्याछ।   नेपालका पहिलो वैज्ञानिक गेहेन्द्र शम्शेरले बनाएका र अरु पनि केही भनौं न डेढ दुई सय पुरातात्विक हिसाबले महत्व बोक्ने हतियार चाहिँ संग्रहालयमा राख्नुपर्थ्यो। ती सबै बेच्न हुँदैनथ्यो तर तेत्रो चार हजार पाँच सय किलो हतियार नै नेपालमा राख्नुपर्थ्यो भन्नेमा चाहिँ म सहमत छैन। नेपालमा ती हतियार संरक्षण गर्ने ठाउँ नै राम्रो छैन। त्यसै कुहेर र सडेर जान्थे ती हतियार नेपालमा। बरु त्यो भन्दा त पैसा त आयो। कौडीको हिसाबमा चाहिँ नबेचेर ग्लोबल टेन्डर गरेर बेच्न पर्थ्यो।

अझ म त माओवादीका 'जनमुक्ति सेना'ले  प्रयोग गरेको हतियार पनि सय/डेढसय संग्रहालयमा राखेर अरु बेच्न पर्छ भन्छु। नेपालका कतिपय विद्वानले माओवादीका हतियार नष्ट गर्न पर्छ भनेका छन्। नष्ट त गर्नै हुँदैन। जतिसकिन्छ धेरै पैसामा त्यसलाई बेच्न पर्छ अन्तराष्ट्रिय टेन्डर गरेर। त्यसो गर्दा हतियार नष्ट गर्नमा लाग्ने पैसा पनि खर्च हुँदैन। अझ भएन देशलाई, नभए माओवादीलाई भए पनि आम्दानी हुन्छ।

संग्रहालयका लागि माओवादीले प्रयोग गरेका जम्मै करिब चार हजार थानै बन्दुक चाहिन्छ ती सबै राख्न पर्छ भन्यो भने म चाहिँ सहमत छैन। संग्रहालयमा केही राख्ने हो, सबै राखेर कुहाउने होइन। संसारका जति सुकै विकसित देशका जतिसुकै ठूला संग्रहालयमा गए पनि त्यो देशले युद्ध लडेका सबै हतियार राखिदैंन होला नत्र त पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धका लाखौं टन हतियारले मात्र संग्रहालय भरिन्थे होला।

हतियार खरिदकर्ता अमेरिकी कम्पनीले अहिले ती हतियारलाई बिक्रीमा राख्यारैछ। कम्पनीको वेबसाइट अनुसार ९७ प्रतिशतभन्दा बढी हतियार सन् १८९८ भन्दाअघि बनेका हुन्। तेत्रो एक सय १२ वर्ष अगाडिका सबै हतियार कसैले संग्रहालयमा राख्न पर्छ भन्यो भने पनि मुर्खता भन्दा केही हुँदैन। वैज्ञानिक गेहेन्द्रशमशेरले बनाएका हतियार सहित केही महत्वपूर्ण हतियार भने अहिले नै भए पनि किनेर ल्याउनुपर्छ।

कोहीकोही विद्वानले अमेरिका बेचेको हतियार फिर्ता ल्याउने पैसा पनि संकलन गर्न थालेको सुनेको छु। तिनले पनि पक्कै ती सबै चार हजार पाँच सय किलो हतियार फिर्ता ल्याउने काममा नलाग्लान्। केही महत्वपूर्ण मात्र ल्याउलान्। अब त्यो सँगसँगै छिटो गरी शान्ति प्रक्रिया टुङ्याएर माओवादीको हतियार बेच्न तिर लाग्नपर्छ।

5 comments:

  1. हतियारको कुरोमा दाइको बिचार सग म नी सहमत छु है । म त अझ जलाएर ध्वस्तै पार्नुपर्छ भन्ने अतिरिक्त बिचार पनि राख्ने 'मुर्ख मान्छे' परे है दाई । दाइले लेख्या कुरो मलाई काइदा लायो । तपाईंको सधैं जय होस् ।

    मिलन

    ReplyDelete
  2. त्याँ जसले पुर्यायो त्यसैले फिर्ता लिएर आइज, पुरातात्विक महत्व को केही दर्जन हतियार भन्नु पर्ने हो !

    ReplyDelete
  3. ह्या का फिर्ता ल्याउने , किन्ने अनी उतै बेच्ने महङगो दाम मा ! हतियार त ल्याउनै हुँदैन :) बरु हतियार बेचेर आको पैसाले खसी किनेर ल्याम :P

    ReplyDelete

Please leave your comment here