Friday, June 24, 2011

थोत्रा सामानको भण्डार

हैन कामै नलाग्ने थोत्रा बस्तु नफालेर ढड्यान बनाएर घरको छतमा होस् कि भर्याङका कुनामा होस्।  नभए बरान्डामा थुप्य्राएर राख्ने मै मात्र हुँला कि अरु नि होलान्?

पाँच वर्षदेखि नलगाएको जुत्ता, बाउको पालाको बिग्रेको फोनको सेट, एलसिडी मनिटर ल्याइसकेसि नि पुरानो सिआरटी मनिटर, नयाँ सोफा ल्याएसि नि पुरानो सोफा, प्रयोगमा नआउने साङ्लाको घर भाको किचन र्याकले घर भरियाछ। आफू आँगनाँ सुत्न पर्ला जस्तो भइसक्यो..

अझ यसो हेरेको आइए पढ्दाको नोट देखि गेसपेपर सबै घरमा छन्। बिग्रेका धारा टुटी र सुटकेश मात्र होइन नबज्ने एफएम नभाको रेडियो नि फाल्न नसकेर राखिएको छ। तीन वर्षदेखि नलगाएको कपडा पनि छन्। बेकारमा घरमा सामान थुपार्न भन्दा यी सामान कसैलाई काम पो लाग्थे कि। अब दान दिन पनि यी सामान कहाँ लगेर दिने हो।

अस्ति अफिसमा भुइचाँलो सम्बन्धी तालिममा भन्थे जति सकिन्छ उति कम सामान घरमा राख्ने। भर्याङ र घरभित्र हिड्ने बाटाहरु धेरे खाली राख्ने। फोहरमा लगेर फाल्दिन माया लागिराछ। खोइ के गर्ने गर्ने।



    • Saroj Dhakal congratulation yar, u have changed all the goods.
      3 hours ago ·  ·  1 person

    • Bipin Bimali Dherai chhan yesta;tapai ani hami jasta..
      3 hours ago · 

    • Archin Sharma Dai please accept my friend request...
      3 hours ago · 

    • Kushum Bhattarai Kam lagchan ajha rakhnus. pachi saghalayako lagi
      3 hours ago · 

    • Anuj Shrestha यो मानव स्वभाव सर ,लोभ हो यसैको उपज ...म मा सबैमा त्यो हुन्छ साँच्ने ! अब मिलेरै फाल्नुपर्ला थोत्रा सामान र विचार ....हाँ हाँ...हाँस्नु पर्ने कारण धेरै छन्।
      3 hours ago ·  ·  1 person

    • Nirajan Sinkhada Niran हा हा हा
      3 hours ago · 

    • Gajendra Budhathoki ye budha maile tyahi bhayera aadanpradan.com ko concept aghi badahyeko. facebook ko page ma notice halne chayeko manchhe le laijaun bhanera
      2 hours ago · 

    • Madhabi Bhatta Parajuli you can put your unwanted items on sale. No matter whatever you earn from this-a few hundreds or a few thousands. Decluttering house is very important. Get rid of all unwanted items!!
      2 hours ago ·  ·  2 people

    • Kedar Pyakurel hahahahahahhahaha.
      2 hours ago · 

    • Krishna Basnet कथा उही व्यथा उही समान नि मिल्यो झन्डै
      कस्तो बानी बसे छ त भरिने भो घरै टन्नै

      2 hours ago · 

    • Adhikari Hari bidesh tir chahi aafu lai kam nalagne bhayasi aru lai idne chalan chh, jatan sath lager dobato maa rakhidine, jasle gardaa anya le use garn paos bhaner tar hami ahru kaa ta gundruk khander rakhne prabriti ...........aru kura tapai lai thaha chh . jay hos
      2 hours ago · 

    • Dahal Raghu Deepak ji , donate those things who needed and useless for you.
      2 hours ago ·  ·  1 person

    • गगने गंण्गने ओल्ड इज गोल्ड भन्ने कथनलाई चाकमा फोका उठुन्जेल धसेर घोकेपछी यत्ति त होलानै!नत्र नयाँ भाषाबिद हरुले बनायको कथन नगुड्ने साइकल लाई रि-साइकल गर भन्ने कुरालाई पनि मनन गरे देश् फेसबुकमा यो स्टाटस देखिदैन थियो होला त! की कसो हो?


4 comments:

  1. हामी भए त @tfcNepal का कार्याक्रममा दान दिन्थेम ! अत्यावश्यक भएकाहरुले त काम चलाउन पाउँथे |

    ReplyDelete
  2. म भा'भए त @tfcNepal लाई सहयोग गर्थेँ ! आखिर अति आवश्यक भएकाहरुले त प्रयोग गर्न पाउँथे !!

    ReplyDelete
  3. दिपक भट्राइ ट्रस्ट खोल्ने कि ?????

    ReplyDelete
  4. deepak bhattrai trust kholera rakhne ki? ki bhattraini bhauju le falna nadiera pida kali time ma bisfot bhayeko ta hoina? yadi ho bhane bhauju ko facebook link dinu ma samjhaidinchhu

    ReplyDelete

Please leave your comment here