Monday, June 27, 2011

राजेश हमालका कारण खाते (?)

फोटो साभार : ग्यामेरनेपाल डटकमबाट
भर्खरै एकजना मित्रले सुनाए नेपाली सडकमा आउने ७०-८० प्रतिशत सडक बालबालिकालाई किन सडकमा आएको हो भनेर  सोध्यो भने राजेश हमालको फिलिम हेरेर आएको भन्छन् रे। एक गैरसरकारी संस्थाले गरेको अनुसन्धानले त्यस्तो तथ्याङ्क देखाएको ती मित्रले दावी गर्दैछन्।

सडक बालबालिकालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा प्रश्न के कारणले घर, परिवार, गाउँ छाडेर आएको हो भन्ने थियो र त्यसमा धेरैले फिलिममा राजेश हमाल गाउँबाट सडकमा गएर सडक बालबालिका हुँदै धनी भएको देखेर आएको भनेछन्।

हुन  त करिब १५ वर्ष यता गाउँगाउँमा खुलेको हाइभिजन हल, भिडियो हलमा नेपाली फिलिमहरु निकै लोकप्रीय छन्। काठमाडौं र तराइका केही जिल्लाबाहेक धेरै ठाउँमा जहाँ जहाँ गइन्छ त्यहाँ नेपाली फिलिमको राम्रो बजार छ। कतिपय ठाउँमा चोरीको र कतिपय ठाउँमा सक्कली डिभिडीबाट भिडियो देखाएको पनि हेर्न पाइन्छ। १०/१२ वर्षका बालबालिका त्यस्ता भिडियोका प्रमुख दर्शकहरु मध्ये पर्दछन्। सायद बाल मनस्थितिमा राजेश हमालको अभिनयका कारण त्यस्को असर परेको होला।

फिलिम र टिभीमा देखाएको दृश्य जस्तै घर वा पुलबाट हामफालेको, चक्कु चलाएको नक्कल गर्दा कतिपय बालबालिकाको मृत्यु र कतिपयको अङ्गभ भएको समाचार यसअगाडि सुनेको र पढेको थिएँ। त्यस्ता विषयमा  अनुसन्धान भएपछि कतिपय देशमा टिभी कार्यक्रम प्रस्तुत गर्दा अपनाउन पर्ने सजगताको विषयमा नियम बनेको पनि पढेको हो। अनुसन्धानपछि बालबालिकाको मानसिकतामा खराब असर पर्न सक्ने विषयवस्तु उनीहरु सुत्ने समय १० बजे पछि मात्र प्रसारण गर्नुपर्ने नियम पनि कतिपय देशमा छन् भने कतिपय फिल्म अभिभावकसँग बसेर मात्र हेर्न मिल्ने गरी अनुमति दिइएका हुन्छन्। नेपालमा त त्यस्को लेखाजोखा कतै भए झैं लाग्दैन।

अनुसन्धानमा बालकहरुले राजेश हमालको फिलिम हेरेपछि प्रभावित भएर गाउँघर छाडी सडकमा आएको बताए भन्ने ती मित्रको दाबी छ। हमाललाई धेरैजसो फिलिममा सडके बालबालिका हुँदै केही समयपछि एकदम बलियो गुण्डाहरुलाई तह  लगाउने हट्टाकट्टा युवक र दुखीको सेवा गर्ने दयावान पुरुष देखाइन्छ। अझ त्यसपछि टन्न पैसा कमाउने अनि राम्री सम्पन्न हिरोइन उनको पछि लाएर हमालले मस्तिको जीवन यापन गरेको देखाइन्छ।  बाल मनस्थितिमा त्यसको असर परेको होला।

हुन त अनुसन्धानको आधिकारिता र रिपोर्ट मैले पाएको छैन र खोजेको पनि छैन। तर कता कता यो कुरा सुन्दा अनुसन्धानको एक राम्रै विषय हुन सक्ने जस्तो भने लाग्यो। यो अनुसन्धान भोलि गएर कस्ता फिलिम कुन उमेर समूहलाई देखाउने, कस्ता स्थानमा प्रदर्शन गर्ने भन्नेमा केही नीति नियम बन्न सक्छ कि।


    • Sunil Kc yo kura ta dherai nai ramro ho
      June 27 at 1:00pm · 
    • Rameshwor Karki gajab lagyo.
      June 27 at 1:02pm · 
    • Madhav Sharma Ho ni ta ! ...Thulo manchhe hune ra paisa kamaune ani ramri taruni fakaune kati sajilo tarika ta film le sikayekai chha ni ta !!!..HA ...HA...!!!
      June 27 at 1:13pm · 
    • Bhupendra Jung Shahi hasnu parne karan dherai 6an. haaaaaaaaahaaaaaaaa
      June 27 at 1:21pm ·  ·  1 person
    • Surendra Pandey ye bhai ! INGO ma kam garera patrakar ko hawala dindai ajhai manislai kina nachahindo suchana ko bojh vidau6au hau ?! Narayanghadh pugeko bela Sajha Sawal 6ayankan sangai aalu ko tas banauna lagayera khai aaunu la ...tespa6i yesta kura thappa hun6 ki !!
      June 27 at 1:33pm ·  ·  1 person
    • बिष्णु थापा छेत्री तर अफसोच बिचरा बालबालिकाहरु
      June 27 at 1:49pm · 
    • Peshal Joshi patyaaye maile
      June 27 at 1:49pm · 
    • Gaurab Luitel need a pragmatic movie.
      June 27 at 1:57pm · 
    • Kakhara Nepal Point to be noted...thanks Dipak ji...teta tira sochnu parne samaya aisakeko cha.
      June 27 at 2:06pm · 
    • Adhikari Hari Film herer aaysi Rajesh hamal ko fight jastai kasle garne bhanne haru ko jamat hunchh .
      June 27 at 2:20pm · 
    • Tara Thapa Magar नहोला भन्न सकिएन .........................
      June 27 at 2:26pm · 
    • Tika Dhamala ha
      June 27 at 3:08pm · 
    • Krishna Tamu He he
      June 27 at 3:31pm · 
    • Krishna Thapa great impact !!!!!!!!!!!!!!!
      June 27 at 4:26pm · 
    • Shramdip Chaulagain yei ta ho nepali film ko karamt negative
      June 27 at 5:29pm · 
    • Arjun Ghimire ho tehi vayer film hernu hunna, kam lagne kura ta kaha hun6 ra filmma most of things r negative impact..........ajah katile ta churo ra raksi khana pani sike hola??????
      June 27 at 5:31pm · 
    • Ichchha Karkee Nepali Filmle yo Banda Aru Kenai po Gareka 6n ra..........
      June 27 at 7:14pm · 
    • Hari Prasad Kadel It might not be the real research .Mostly descriptive research influence with hello effect . If it is so , it is the same conseqence there also .
      June 27 at 7:57pm · 
    • लिलु डुम्रे Ab Rajesh Hamal lai sadak bat gau nai farker school gayako film banaun producer lai vannu paryo ni ta
      Tuesday at 10:58am · 
    • Dhruba Lingden हौउ लुंगा, म पनि राजेस हमाल को {फ्यान} हो नि हौ,..
      Tuesday at 11:32am · 
    • Sunita Giri very interesting finding....
      Tuesday at 12:06pm · 
    • Sukamaya Lingden tyo ta auta kalpanaa matra ta ho
      Wednesday at 2:44pm · 

1 comment:

Please leave your comment here