Tuesday, May 31, 2011

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कति दिवस मनाउने...

स‌विधान नबनेर नि ठिकै भाछ भो अहिलेसम्म। उसै त बिदा धेरै भाको देशमा फेरि एकदिन बिदा थपिने भन्दा अरु त के होला र स‌ंविधान बने नि। त्यसै त एउटै कामका लागि अनेक नामका दिवस छन्। प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस। स‌विधान बनेपछि फेरि त्यस्को नि दिवस भन्दै बिदा गर्दा हुन्...

हैन यो प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस वैशाख ११ र गणतन्त्र दिवस जेठ १५ गते गरी छुट्टाछुट्टै मनाउनुका साटो राष्ट्रिय दिवस National Day भनेर एकैदिन मनाए हुन्न भन्या ? विभिन्न दिवसका नाममा आफूले मन पराएका कैदीहरुलाई छुटाउन पाउने भएर नेताहरुले यत्रा दिवस मनाएका हुन् कि ? दिवसका नाममा टुँडिखेलमा गएर भाषण गर्न पाउने भएर एकै खालका तीन वटा दिवस राखेका हुन् कि।

गतिलै देशमा भएका एक जना नेपालका राजदूतले दिवस धेरै भएकोमा दुखेसो पनि पोखेका थिए, 'उसै त परराष्ट्र मन्त्रालयले थोरै पैसा दिन्छ त्यसैले पुर्‍याउनुपर्छ। त्यसमाथि एकै वर्षमा तीन तीन पटक दुताबासमा राष्ट्रिय दिवस भन्दै विदेशीहरु र नेपालबाट आएकाहरुलाई बोलाएर खुवाउन पिलाउन र कार्यक्रम गर्न पर्दा बिजोगै हुन्छ। अनि विदेशीले तिमीहरुको National day भनेर सोध्दा कुन भन्ने निकै अलमलमा परिन्छ।'

    • Suman Ghimire Brj Haaaaaaaaaaa k garnu neta yesatai 6an
      Yesterday at 3:28pm via Facebook Mobile · 
    • Nirajan Sinkhada Niran हा हा हो त नि है बेलायत जस्तो देश त लिखित संबिधान बिना चलेको छ भने हामीलाई मात्र किन चाहियो संबिधान?
      Yesterday at 3:30pm via Facebook Mobile ·  ·  2 people
    • Tara Thapa Magar गैरी फाटाँ डुम्रे साहुकोमा म्यारिज खेल्दिनु पर्‍यो नी त ...........
      20 hours ago · 
    • Rabindra Singh Baniya यीनीहरु हुन्जेल संबिधान बनेपनि केहि हुन्न ,यी भ्रस्ट नेताहरुलाई विस्थापन गर्न तपाई हामी मिलेर नयाँ पार्टी खोल्न, देश र जनता ले पत्याएका असल व्यक्तिहरुलाई एक ठाउँ मा आउने बातावरण बनाऊ !
      8 hours ago · 
    • Ram Baral मोराहरुले लेखेको कुरा त मान्दैन ! एउटा कुरालाई १० तरिकाले बिस्लेषण गर्चन मोराहरुले , नलेखेर छाड्ने हो भने त के हुदो हो कुन्नी ?
      4 hours ago · 


 


No comments:

Post a Comment

Please leave your comment here