Tuesday, December 14, 2010

पारस र लोकतन्त्र

पारसमाथि कारबाही सुरुहुँदा गणतन्त्र आएजस्तो लाग्यो
कालीबहादुरहरूलाई नि कारबाही भए लोकतन्त्र भएजस्तो लाग्थ्यो
अन्य थुप्रै भ्रष्टाचारी बहादुर र प्रसादहरू जेलमा कोच्चिए
यो देशमा कानून रहेछ भन्ने थाहा हुन्थ्यो...

नत्र भने शाहका ठाउँमा कोइराला आउन् कि दाहाल
आउन् वैद्य वा देउवा या आउन् खनाल वा नेपाल
सबैले राज्यबाट बराबरी फाइदा नपाए
टिक्ने छैन प्रजातन्त्र
बन्ने छैन देश, सुध्रिने छैन देशको हाल

निमुखाका दिन नफरिने भए लोकतन्त्र आए पो के
गणतन्त्र रहे पो के नरहे पो के
कुरा गर्नेभन्दा काम गर्नेको जय हुने भए
केही झण्डावाल र डण्डावाल सँधै कानून भन्दा माथि हुनेभए
संविधान लेखे पो के नलेखे पो के

सँधै त्रासमा बाँच्नुपर्ने भएपछि
शान्ति प्रकिया सकियोस् कि रोकियोस्
कुर्चीमा बस्नेले सँधै आफू, आफन्त, पार्टीलाई मात्र हेर्ने भएपछि
सरकार बनोस् कि नबनोस्
हामीलाई मतलबको कुरै भएन

पारसमात्र कोचिएर के गर्नु,
सैयौं देश सोस्ने सारसहरु बाहिरै भएपछि
लोकतन्त्र, गणतन्त्र मात्र आएर के गर्नु देशमा सँधै भद्रगोल भएपछि

(कवितालाई काँटछाँट, थप्ने घटाउने स्वतन्त्रता तपाइमा छ...)

4 comments:

  1. यो तपाइले दिएको स्वतन्त्रताको फाइदा उठाउनै पर्यो
    कविता गज्जब छ त भन्नै परो
    यो मुलुकको गणतन्त्रको के कुरो भो र
    हात्ती र हात्ती छाप
    उस्तै उस्तै भन्नै परो
    हामी विचरो जनताको कस्ले पो वास्ता गर्थो र
    बाहिर बाहिर यसो देखाउने नाटक
    बेला बेलामा हेर्नै परो
    यो देशको कानून
    झन्डा र डन्डाको हाताँ परेसी
    निमुखाको थाप्लोमा भ्वाङ पारेसी
    यस्तै हो,
    सबैको जय भन्नै परो ।।।

    ReplyDelete
  2. केही झण्डावाल र डण्डावाल सँधै कानून भन्दा माथि हुनेभए.....

    झक्कास छ कबिता.....

    ReplyDelete
  3. के लेख्छौ संविधानमा ?
    उनै क्रान्तीका नारा ?
    उनै समाजवादका कुरा ?
    यहाँ अस्पतालका शैय्याहरूमा,
    जन आन्दोलनका घाउले,
    आलो रगत ओकल्दैछन् किसान का छोराको,
    चढेको चढ्यै छ शहिदको मिटर
    अन्धकार बढेको बढ्यै छ,
    तिमी हावा मा उडेका गोलिहरूको हिसाब माग्छौ,
    अधिकार माग्छौ, सरकार माग्छौ,
    सरकार, अधिकार दिएर खै,
    के लेख्छौ संविधानमा ?
    भो तिम्रा पारिवारीक विधान तिमी सँगै राख।
    दिएकै हो ताला चाबी,
    एउटा शोषक को घरबाट खोसेर,
    थाहै थिएन,
    भकारीमा पुगेपछि तिम्रो सारसपन बाहिर आउँछ भनेर,
    अब मेरो पारसपन कसरी थुन्छौ ?
    अब तिम्रा तन्त्र मन्त्रमा लट्ठिएर
    दुध पिएको साँप तिमी तिरै हुत्तिँदैछ,
    रक्षा गरोस् तिम्रै लोकतन्त्रले,
    छेकोस् तिम्रे गणतन्त्रले,
    जनता मान्छे भै सके !

    ReplyDelete
  4. पारस् 'मणी' नवनेर 'बढी' बन्दा
    हाम्ले गणतन्त्र पायौ ।
    गणतन्त्र
    बालुवाको घर बन्दै गर्दा
    तिम्रो निगाह बक्स् भो
    र एतिखेर
    मेरो घरमा माटोको ढलान भएको छ ।
    मित्र मणी,
    तिमी जती ओरालो झर्छौ,
    म तेती उकालो उक्लिन्छु ।
    गणतन्त्र को सीमेन्ट तिमी
    जब्बर गैंडाछाप !!
    तिम्रै हर्कत ले म बलियो हुन्छु !!
    ........... (म नी केही लेख्ने प्रयास मा दाई!!
    ..
    Milan Bagale

    ReplyDelete

Please leave your comment here