Tuesday, January 24, 2012

एनटिसीलाई एनसेलले फ्लप खुयाएछ

सरकारी कम्पनीहरु अरु डुबे नि नेपाल टेलिकम त १० वर्ष उभो नै रहन्छ होला भन्या त त्यस्को नि भर रैनछ। साता दश दिन गाउँतिर डुल्दा थाहा पाइयो, नेपाल टेलिकमको टावर आधासरो जाँदोरहेछ,एनसेलले टावर जहिले नि हाजिर। सिमकार्ड बेच्ने हरेक जसो पसलेले भन्दै थिए गाउँमा १० हजारको रिचार्ज कार्ड बिक्यो भने एक हजार मात्र नेपाल टेलिकमको बिक्छ बाँकी एनसेलको। मेरो स्टाटसमा टेलिकमले चासो त के देलार, तै पनि सरकारीको हित चिताको...

पार्टी पिच्छेका होटल

अर्घाखाँची सदरमुकाम सन्धीखर्क आइपुग्दा भर्खर बहुदल आउँदाताकाको सम्झना भयो । त्यतिबेला गाउँघरतिर काँग्रेसकाँ एमाले र एमालेकाँ काँग्रेसहरु अर्म पर्म जान्थेनन् । यहाँ एकजनाले सुनाए - ह्याँ माओवादीका पाहुना जति एभरेष्ट होटलाँ, काँग्रेस जति भण्डारी होटलाँ र एमालेका जति सन्ध्याँ होटलाँ बस्छन् । कति कुरामा मात्र होस गर्न पर्ने हो गएर बसेको होटल कै भरमा तपाइ पनि कुन पार्टीको रैछ भनेर तिनले अड्कल काट्ने रैछन्...
तब न गज्जब नेपाल । मिलेर बस्ने जाती नेपाली ।

Monday, January 16, 2012

तपाइकोमा नि 'सियो' पस्यो ?

सँगै पढेको साथीको न घरमा न स्कूलमा न कलेजमा कहिल्यै 'सियो' भनेको थाहा थियो। तर आज एक जनासँ फोनमा कुरा गर्दा -हजुर कहिले आइ'सियो' भन्यो। पछि बुझ्दा थाहा लाग्यो सासुसँग कुरा गर्यारछ ।बिबाहपछि उसको घरमा नि 'सियो' छिरेछ, खाइ-सियो, लाइ-सियो, आई-सियो। तपाइको घरमा नि 'सियो' पस्या त छैन नि ? मलाई चाहिँ सियोले अलिक घोच्छ के।

हात्तीप्रति सरकार संवेदनशिल भइदिए

मान्छेले कतिको याद गरेका छन् कुन्नि? वर्षेनी भारतबाट आएका जंगली हात्तीले आक्रमण गर्दा झापाको त्यही दुई तीन वटा गाविस भित्रमा पाँच/सात जनाको मृत्यु हुन्छ। यसो सोधखोजबाट मैले पत्ता लाको कुरा चाहिँ झापाका ती गाउँहरु परापूर्वकाल देखि नै हात्तीको मनोरथ पुरा गर्ने उत्तम जंगल रहेछ। 'जिन'मा गडेर बसेको मनोरथ पुरा गर्न हात्तीहरु अहिले पनि त्यहाँ वर्षेनि आउनेरछन्। आजभोलि आउँदा मान्छेको बसोबास देखेपछि हात्ती रिसाएर तिनलाई आक्रमण गर्नेरैछन्। हात्तीप्रति सरकार संवेदनशिल भइदिएर तिनीहरुको समागम गर्ने स्थल जोगाइदिए त हुने हो।

दारुवाला भोजभतेर आयोजना गर्ने समय

काठमाडौंआँ बाटो बिस्तार गर्दा घरबारी पर्‍यो/पर्न आँट्यो भनेर विरोध हुन थालेको त सुनियो तर साँझ/राति पुलिसले दारु खाको/नखाको चेक गर्नाले हाम्रो व्यापार घट्यो भनेर रेष्टुराँवालाहरुले गरेको विरोध चाहिँ देख्न पाइयाछैन। हुन त जे कुराको नि विरोध हुन ट्याम लाग्छ नि। मौका कुर्दै होलान्...। तर साथीहरु दारुवाला भोजभतेर केही आयोजना गर्ने हो भने अहिले नै समय ठीक छ है। दुई पाङ्ग्रे/चार पाङ्ग्रे सवारीसाधन चलाउनपर्नेले खाँदैनन्। निकै पो बचत हुन्छ त।

Sunday, January 15, 2012

पुजारी(?) र कन्डक्टरको झगडा

आज गज्जपको झगडा देखियो, शहरतिर सानो टोकरीमा अक्षता लिएर जसलाई बाटोमा भेट्यो त्यसलाई टिका लगाउँदै हिड्ने एक जना पुजारी(?)सामाखुशीबाट माइक्राँ चढे । कन्डक्टरले पैसा मागे। पुजारीले पैसा नदिएर कन्डक्टरलाई टिका लगाइदिन खोजे। कन्डक्टर टिका सिका होइन पैसा भन्दै मागिरहने, पुजारी पैसा नहिँ टिका लगाओ भनिरहने। पुजारी भन्छन् - बाबाको मत ठुकराओ, भगवानका टिका लगाओ कल्याण होगा। कन्डक्टर भन्छन् - यत्राको होगा कल्याण । मेरा कल्याण गर्नेवाले तेरा कल्याण क्युँ नहि हुआ। पैसा नहिं दिए तो तेरा कल्याण करुङ्गा।
आखिरमा कन्डक्टरले पुजारीको टोकरीबाट दश रुपैयाँ लिएरै छाडे।

राउटेले तालिम र पैसा पाएपछि

पत्रिका पढ्या हो ? नेपालका एक मात्र फिरन्ते समुदाय राउटेहरुमा पनि गुट र उपगुट बनेकाले जिम्मेजारी सम्हाल्न गाह्रो भएको राउटेका मुखियाले गुनासो गर्याछन्। किन गुट उपगुट बन्यो त राउटेमा भनेर धेरैबेर सोचेपछि मैले निकालेको निश्कर्ष : राउटेलाई गैरसरकारी संस्थाले सशक्तिकरणको तालिम दिएको छ र सरकारले मासिक भत्ता। दुई कुरा पाएसी नेपालाँ गुट उपगुट नभए के हुन्छ त...

Wednesday, January 11, 2012

हे फेसबुक ! घरीघरी What's on your mind ? भनेर नसोध न

हे फेसबुक ! घरीघरी What's on your mind ? भनेर नसोध न । माइन्डाँ केही कुरा भए त म त्यसैमा लागिहाल्थें नि। केही कुरा नभएर न तिम्रोमा केही छ कि भनेर चर्न आएको छु।

नथिङ टु 'Say something about this'

फेसबुकमा कुनै फोटो अपलोड गर्नासाथ उसले Say Something about this भन्दोरहेछ। तर, ए फेसबुक ! किन Say something about this... भनेको। केही भन्न आवश्यक छ र ? हाम्लाई त पत्रकारिता पढाउने मास्टरले एउटा फुटाले हजार शब्द भन्दा धेरै बोल्छ भनेर पढाथे...

Saturday, January 7, 2012

खसीले आँफैलाई खायो

मौसमको च्यालेन्ज स्वीकार्दै सेकुवा खाने भनेर खसी त काटियो । उमालेको पानी हालेर भुत्लाएपछि पोलपाल पार्दा पनि तीन दिन जति दारी नकाटेको मान्छेको जस्तै रौं टाटेपाटे थिए। जे त होला भनेर नुन खुर्सानी मसला मुसेर पोल्न थालेको कहाँ, कोइला बनाउन ल्याएको दाउरा सल्लाको परेछ। राम राम तितो भएर । अब पैसो परेको माल त्यस्सै फाल्ने कुरा भएन त पछि फेरि सेकुवालाई तातो पानीमा उमालेर, पखालेर फ्राइ गरेर खाइयो। त्यही रौंले होला बिहानदेखि पेट ठीक छैन। आफू त झुक्कियो झुक्कियो, अरु नझक्किउन् न भनेर के।

Thursday, January 5, 2012

कति हुन् शहरमा 'फेरी' लगाउनेहरु फेरि

हैन यो शहराँ भुतप्रेत धेरै भएर हो कि के हो, भुतप्रेत भगाउने भन्दै हरिणको सिङ बजाउँदै हिड्नेहरुले वर्षमा सात आठ पटक नै 'फेरी' लगाएको भन्दै पैसा माग्न आँउछन् त। रातिमा 'फेरी' लगाको नसुने पनि महिना दिन जसो बिराएर फेरीको पैसा लिन आउनेलाई रकम नदिई पठाउन सकिदैंन। फेरी लगाउनेका कानका मुन्डल अरुका भन्दै ठूलै हुन्छन् फेरि...

पत्रिकाँ विज्ञापन गरेर बधाइको धन्दा

पत्रिकाँ विज्ञापन हेरेसी बजाराँ को को / के के धन्दाँ लाछन् भनेर बुझ्न पाइन्छ। आज एउटा पत्रिकाँ पू्र्व प्रधानमन्त्री माधव नेपालले शान्ति प्रकियामा खेलेको भुमिका बापत डा‌‌‍ डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पाकोमा बधाई देको विज्ञापन छ। विज्ञापन देको चाहिँ नेपाल सितेरियो कराँते सघले रछ। यो कराँते सँघले अहिलेसम्म खेलकुदमा पदक जितेका कुनै खेलाडीलाई पत्रिकाँ विज्ञापनै गरेर बधाइ देको ज्ञान मलाई छैन। अनि माधव नेपाललाई चाहिँ किन शान्ति पुरस्कार पाउँदा बधाइ देको यल्ले ? के धन्दा हो यो भनेर त्यसै अलमलिराछु... कसैलाई थाहा छ त ?

Monday, January 2, 2012

काठमाडौंमा रात्री बस सेवा कहिले ?

साँझको ८ नबज्दै सानेपा चोकबाट सामाखुशीसम्म गाको टेक्सीले ७ सय रुपैयाँ मागेर हैरान पारो । किचकिच किचकिच किचकिच गर्दा गर्दा बल्लबल्ल ५०० रुपैयाँमा लगिदिए। २०५६ सालदेखि हरेक वर्षको बजेट भाषण र सरकारको नीति तथा कार्यक्रममा काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भनेर योजना सुनाउनेहरुसँग यसको हिसाब किताब उठाउनु पर्ला जस्तो लागिरहेको छ । कसैलाई सम्झना होला काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन गरिन्छ भनेर गफ दिनेहरु कोको थिए भनेर...

Sunday, January 1, 2012

२०१२ मा संसार साँच्चै ध्वस्त हुन्छ के

ग्लुमी सन्डे भनेको यस्तै त होला नि । सन् २०१२ मा संसार ध्वस्त हुन्छ भन्थे कोहीकोहीले। हैन साँच्चै नै रैछ कि केहो ? यत्रा दिनसम्म बिहानै घाम लाग्ने गरेको काठमाडौमा यो वर्षको पहिलो दिनमै यस्तो भिम्बल छ त मौसम ।