Sunday, July 8, 2012

कि पूर्व राजा झुठो बोले कि माधव नेपाल र कृष्ण सिटौला

पूर्व राजा दुई/चार जिल्ला घुम्न जाँदैमा र एक/दुईटा अन्तरवार्ता दिदैंमा राजा फर्कनेभए भन्नेहरु बढ्न थाल्यारछन् शहरमा। आँफै कल्पनामा रमाउन त कसैले छेक्दैन तर राजा न नेपाली जनताको मात्र चाहना र बलले फालिएका हुन् न यहाँका केहीले चाहदैँमा फर्कन्छन्। तर यहाँ कुरो त झुट्टा बोलेको पो आयो त। पूर्व राजा भन्छन् - २०६३ साल बैशाख ११ गते संसद पुनस्थापना गर्दा सात दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको थियो। त्यो सम्झौता आफू वा अरु कसैसँग अझै पनि सुरक्षित छ। (भनेपछि पक्कै लिखत हुनपरो कि भ्वाइस रेकर्डड)
एमाले नेता माधव नेपाल भन्छन् - त्यतिबेला पूर्व राजासँग त्यस्तो कुनै सम्झौता भएको थिएन, यो आधिकारिक रुपमा मैले भनिरहेको छु, यदि त्यस्तो कुनै सम्झौता भएको थियो भने ल्याए हुन्छ।
यहाँ कि राजा कि माधव नेपाल र नेपालसँग बोली मिलाउने कृष्णप्रसाद सिटौला झुठो बोलेकै छन्। हामी स्कूल पढ्दा बोलेको कुरा झुठो ठहरिए कुखुरा बनेर एकछिन घाममा सेकिनपर्थ्यो। अब राजाले आफूसँग प्रमाण भए पेश गरौं माधव नेपाल र कृष्ण सिटौलालाई कुखुरा बनाउँला नत्र पूर्व मौसुफ नि कुखुरा बन्न तयार हुने कि भनेर भन्न नि मिलेन, ठूलो हुँदै गएपछि झुठ बोल्न पनि छुट हुँदै जानेरहेछ।

  • 1 share
    • Uddhav Silwal ‎.
      बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्व सम्मत
      छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित

      लेखनाथ पौड्यालले कविता भनेकै छन नि !!!!!!
      July 8 at 8:49am ·  · 1
    • Bhojendra Basnet दलहरुले यतिन्जेल मुलुक लुछाचुँडी गरेर खाए अब राजाको सम्पति घट्यो होला फेरि लुट्ने पालो खोजेका हुन् ....खाउन यो देश जतिले लुछ्न सक्छन् नितै महान छन् ....के गर्नु जनताले २ छाककै लागि संघर्ष गर्नु परिराछ बिचरा !
      July 8 at 8:51am ·  · 2
    • Deepkiran Sharma भगवान पशुपतिनाथले झुटबोल्नेहरुलाई एकदिनका लागी कुखुरा बनाउने कुनै दिन आयो भने यो शहरका प्राय सबै नेता, कर्मचारी, ब्यापरी तथा अरु पेशा ब्यबसाय गर्नेहरुको घरलाई स्यालबाट बचाउन बजेट बिनियोजन गर्नु पर्ने छ .............त्यसैले यिनलाई के बनाउनु पर्ने हो त्यो पशुपतिनाथलाई जिम्मा दिउँ ।
      July 8 at 9:03am ·  · 1
    • Krishna Timalsina yo jhut ho ke sahiee ho. Mathi gerija la thaa hola. Aba mathi batie final hun6.
      July 8 at 9:19am via mobile · 
    • Biplav Man Nepali Karan Singh sanga Sambaidhanik Raj tantra ko Kura va hola. Jun dhoti le pa6i dhoti lai diye.
      July 8 at 10:59am ·  · 1
    • Dipak Bhattarai Biplav Man Nepali दाइ त्यो करन सि‌हको कुरा चाहिँ २०६३ वैशाख ८ को कुरा भो। त्यतिबेला त दलहरु मानेनन् र आन्दोलन चलिरह्यो। तर अहिले आएर पूर्व राजाले त वैशाख ११ गते पनि राजसंस्था राख्ने गरी लिखित सम्झौता भाको छ र त्यस्को एक प्रति आफूसँग छ भने जस्तो गरी बोलेर पो।
      July 8 at 11:44am ·  · 1
    • Keshab Poudel भ्रममा नपरौं/ येहा कसैले कसैलाई राखेकोर फलेको भनेर/ तिनले राख्न पनि सक्छन फाल्नपनि/ कसैलाई भ्रम नभय
    • Suman Prasai kuro sahi ho daaju
      July 8 at 3:38pm · 
    • Keshab Poudel Why former king is talking about understanding between him and the than seven parties alliance on the issue of continuing ceremonial monarchy so late? Even though he is correct in his statement,may be, why he leave his thrown without any defend? That is why,it is entirely irrelevant issue now. In my opinion it is like a day dream.

No comments:

Post a Comment

Please leave your comment here