Thursday, December 8, 2011

लडाकुबाटै माओवादीलाई २ अर्ब ४० करोड रुपैयाँ

देशको सबैभन्दा ठूलो पार्टीले नभएका लडाकुको नाममा १ अर्ब १८ करोड रुपैयाँ लिएको कुरा प्रधानमन्त्रीलाई झिनामसिना लागेपछि भ्रष्ट देशहरुको सूचीमा नेपाल माथि नउक्लिएर तल झर्छ त ? भारतमा रहँदा/बस्दा सुन्याहोलान् नि: नाम हो या बदनाम हो गुमनाम नहो..

लडाकुको पैसा खान पनि टन्नै खाएका रहेछन् माओवादीले। हुँदै नभएका लडाकुको जस्तै प्रत्येक भाका लडाकुको नाममा सरकारले छुट्टाएको रकम मध्ये पनि एक हजार माओवादी पार्टीले लिदोँरहेछ। एक हजार मध्ये पाँच सय तपाइहरुको जम्मा गरेको र अर्को पाँच सय पार्टी सञ्चालनका लागि भनेर माओवादीले एक अर्ब सत्र करोड रुपैयाँ लिएको रहेछ।

यस्तै कतिपय माओवादी लडाकुले तलब मात्र बुझ्ने गर्दथे तर शिविर बाहिर बस्थे। तिनको रासन भत्ता पनि पार्टीले नै लिनेरहेछ।  माओवादी सचिव पोष्टबहादुर बोगटीकी छोरी प्रभा पूर्व  लडाकु हुन् र अहिले पत्रकारितामा क्षेत्रमा छिन्। कान्तिपुर दैनिकको आजको लेखमा हरिबहादुर थापाले २०६४ पछि शिविरमा नरहेको र भत्ता-रासन बापतको कुनै रकम नलिएकी प्रभाका निम्ति मात्र पाँच वर्षमा भत्ता र रासनबापत ४ लाख ८० हजार रुपैयाँ रकम राज्यकोषबाट बेहोरिएको उल्लेख गरेका छन्। (प्रभा बोगटीले अहिले भने दहवन रोल्पास्थित माओवादी लडाकुको पाँचौ डिभिजनमा पुगेर स्वैच्छिक अवकाश रोजिसकेकी छन्।)

यसबाहेक केन्द्रीय तहका नेताको सुरक्षामा खटेका ८० माओवादी लडाकुको रासन भत्ता पनि केन्द्रीय तहले नै लिएको कुरा पनि आएको छ। यसो हिसाब गर्दा सरकारले लडाकुलाई छुट्टयाएको पैसाबाटै करिब २ अर्ब ४० करोड रुपैयाँ माओवादीले पाँच वर्षमा जम्मा गरेको तथ्याङ्क आएको छ।


  • 3 shares

    • Ravi Dahal · Friends with Kiran Nepal and 63 others
      Radio Nepal ko interview ma yaso vani rahada PM lai alikati pani sankoch na lageko dekhda dikka lager aayo.
      December 2 at 11:42am · 

    • Raman Dhakal हिजोको रेडियोसग प्रधानमन्त्री कार्यक्रम सुन्दा त निरासा भन्दा केही हात न लाग्ने जगजाहेर ने भयो,फेरि जे मा पनि गम्भीर रुपमा लगेको छु भन्दा बडी केही भन्या होइन के रे कमरेडले
      December 2 at 12:29pm · 

    • Kamal Bhatta hypocrite haru
      December 2 at 12:35pm · 

    • dai nepal ka sabai PM same hune vaya
      December 2 at 12:50pm · 

    • Adhikari Hari Aafno kura nagrau bhaner bhane ni
      December 2 at 4:10pm · 

    • Archan Dawadi likes likes likes likes likes likes likes likes
      December 2 at 6:05pm · 

    • Om Suvedi legal dacoity ki legalized dacoity deepak sir.
      December 2 at 7:01pm · 

    • Dilip Thapa Jun jogi aaye pani kaan fateka bhanthe yahi rahechha.
      December 2 at 9:18pm · 

    • Sunita Giri नाम हो या बदनाम हो गुमनाम नहो. very nice line for this case to clarify the situation....
      December 3 at 10:35am · 

1 comment:

  1. janabadi kendriyana ko naya prayog hola, kun din prachanda bhanchhan yo maobadi ma matra hune ghatana ho,besarama haru

    ReplyDelete

Please leave your comment here