Sunday, November 20, 2011

सत्ताले लापरवाह बनाउँछ ?

२०६८ मंसिर ४ गते लिएको माओवादी वेवसाइट स्क्रिन सट
सत्तामा नपुगिन्जेल अझ त्यसमा पनि भुमिगत हुँदा अहिलेको एकिकृत नेकपा माओवादीको वेवसाइट सँधै अपडेट भइरहन्थ्यो। अहिले यसो माओवादीको वेवसाइट ( http://www.ucpnm.org/index.php ) खोलेर हेरेको त New भन्दै झिलिप झिलिप बत्ती बोल्ने माओवादीको पछिल्लो वक्तव्य नै २०६७ वैशाखको छ। जसमा लेखिएको छ : वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा भ्रष्ट, नालायक, जनविरोधी र राष्ट्रघाती रहेका तथ्यहरु दिनको घाम जत्तिकै र्छलङ्ग छन् (तत्कालीन माधव कुमार नेपाल सरकारलाई भनेको हुनुपर्छ)।

यो सत्ता भन्ने कुरै कस्तो खराब भने मान्छेलाई पुरै निश्क्रिय र लापरवाही बनाइदिदोरहेछ। माओवादीलाई त यस्तो बनाइदियो।



  • 3 shares
    • Keshav Raj Pathak Dada tyo ta pailai hamle anuman garisakyathyun ni hainara?
      Thursday at 3:50pm · 
    • Banjade Ganesh Prasad हो र
      Thursday at 4:06pm · 
    • Santosh Neupane मान्छे बिगार्न केहि गर्नु पर्दैन । चाकरी, चाप्लुसी, चाटुकारी, चम्चागिरी र सकेसम्म धुरीमै पुर्‍याउने गरि प्रशंसा गरिदिए पुग्छ । सधैं प्रथम हुने हाम्रा डाक्टर सापलाई उनका चाटुकरले त्यसै गरे । मुस्ताङ गाडी किन चढे ? यता मुस्ताङ चढेर किफायती गरेको दाम अन्त दुई गुणा खर्च गरेकि गरेनन् भन्ने तिनले हेरेनन् । मुस्ताङ चढेको भन्दै सगरमाथाको टाकुरामा अँचेटेर पुर्‍याए । न्युयोर्क जाँदा एकोनोमी क्लासको टिकट किने भनेर तिनले लौ अब नेपालको अनियमितताको दुल्कोनै टालिएर देश रातबिरात आर्थिक रुपमा झलझली चम्कने भो झैं गरे । यता बाबुराम । उता बाबुराम । रिक्सामा बाबुराम । मुस्ताङमा बाबुराम । मनाङमा बाबुराम । पार्टीमा बाबुराम । भात पसलमा बाबुराम । स्थानिय गनौटे चर्पीमा बाबुराम । हेल्लोपनि बाबुराम, नमस्तेपनि बाबुराम । ओहोहो बाबुरामको लिला । अ मेरिका, भारत, चिन, मालदिप्स जहाँपनि बाबुराम । रेडियो बाबुरामकै । फेसबुक उनैको । टिभीमा बाबुरामनै । तिनले एकाध समय ब्रह्माण्डनै बाबुराममय बनाए ।

      उनका चाकरीबाज र अन्ध समर्थकलाई यस्सो हेरौं न त के पो गर्ने रहेछन् भन्नेसम्मपनि लागेन र तिनले बाबुरामको गूणगाण गाउनसम्म गाए । यस्सो कसैले बाबुरामको आलोचना गर्‍यो कि तिनले झम्टिए । सत्तोसराप गरे । लौ देशको मुहार हसाउनै लाका बेला खुट्टो काट्न लाग्यो झैं गरे । बाबुरामलाई उचाले । बाबुरामलाई हौस्याए । जे जे गर्न सकिन्छ बाबुरामलाई उचालेर तिनले हातमा मिठाइ राकिदिएको बच्चा झैं मख्ख बनाए । अन्तत मच्चियो मच्चियो थच्चियो भने झैं बाबुरामलाई डुबाएपछि अहिले तिनका समर्थक र अन्ध भक्तहरु कतै अलप भएका छन् ।

      किनभने जानेर नजानेर ति बाबुरामका वैरी थिए । रचेर वा नरचिकन तिनले बाबुरामलाई भिरबाट गुल्ट्याउन त्यसरि चाकरी गरेका थिए । जब बाबुरामको साख ताछे तब तिनको काम फत्ते भयो अनि ति अलप भए । सबैभन्दा अग्रिम त उनैकि महान पत्नी भईन । पत्रपत्रीकाले भन्छन्, पत्नी हिसिलाको हिस्सी परेको मुहार अगाडि देख्नासाथ डाक्टर सापको मुहार न्याउरीमुसो देखेको सर्पझैं भैहाल्छ । त्यसैले हिसिलाले उनलाई उचाल्दा उचाल्दै डुबाइन् । सम्पती सार्वजनिक गर्दा गर्दै डुबाए उनलाई । पत्नी महँगो गाडीमा सरर हुइँकिने । पत्नीको घर हुने । बन्द ब्यापार नभएकि छोरीको नाममा १० लाख बचत । डाक्टर सापका गोजीमा सुपारी किन्ने पैसोपनि छैन रे । यो कसले पत्याउने ? सायद यहिँ बाट शुरु भयो डाक्टर सापलाई खुइल्याउने काम ।
      Thursday at 4:19pm ·  ·  9
    • Dipesh Thapa ha ha tapai no.1 patrakar nai ho yar
      Thursday at 4:25pm · 
    • Bipin Bimali sab galat kura..Baburam nt Bad,,it will b proved and wait more time..ok
      Thursday at 6:55pm · 
    • Suman Raj Pant chori aula dekhauda baaki 4 aula aafu tirai farkin6 vaneko ehi hola ni daju
      Thursday at 7:27pm · 
    • Tilak Pokharel dipak ji lai ta maile gajjab mane lau... !! aru je jasto bhaye ni tapai lai bhane badhai chha. :-)
      Friday at 1:01am · 
    • Keshab Poudel Those were the means of seizing state power. After accomplishing it there is no need to be attentive at all. Because everything will be ready when it is needed.
      Friday at 11:41am · 

No comments:

Post a Comment

Please leave your comment here