निकै नाम कमाएकी एक जना कलाकारसँग भेट भो। के काम गर्दै हुनुहुन्छ भनेर सोधेको, 'कलाली' भनिन्। अब आजभोलि नयाँ नयाँ खालका जागिर आइरहेका छन्, होला केही भनेर ए.... भन्दै बुझे झैं गरेर ङिच्च परिरहें। उनैले थपिन् - कलाकार+दलाली क्या = कलाली (कलाकार कम दलाली बढी)। उनैले भनेको- जल्ले पैसा दिन्छ त्यल्लाई कलाकार बनार म्यानपावरले झै विदेश उडाउने, फिलिम बनाउन लगार प्रोड्युसर डुवाइदिने मात्र हैन घरजग्गाको कारोबाराँ नि 'कलाली' हरुको विगबिगी छ। मान्छेले टिभीमा देखिने अनुहारलाई बढी पत्याउने भइहाले त । बाँची बसे नयाँ शब्द के के सिक्न पाइन्छ पाइन्छ।



1




No comments:
Post a Comment
Please leave your comment here