Thursday, September 15, 2011

पार्टीले कहाँबाट तिर्छ हेलिकप्टर भाडा ?

प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको काममा हेलिकप्टर चढी गोरखा गएको पैसा सरकारले नदिएर पार्टीले दिने भनेछन्। तर मलाई लागेको,  त्यो पैसा पार्टीले चाहिँ कहाँबाट दिन्छ भन्ने हो वा पार्टीलाई कसले पैसा दिन्छ भन्ने हो ?

सर्वाहाराको पार्टीमा लेबी तिर्ने कार्यकर्ता त कति पो छन् होलान् र। भएनै पनि सर्वहारा कार्यकर्ताले दिएको पैसा हेलिकोप्टरमा किन खर्च गर्ने ? भ्याट छल्ने व्यापारी, ढल मिसाएको गुँदपाक-मिठाइ बेच्नेले पार्टीलाई दिएको चन्दाबाट हेलिकोप्टर भाडा तिर्ने हो भने त तिनले घुमाइ फिराई हामीसँग त्यो पैसा उठाउँछन्..
यदी सुशासनका लागि प्रधानमन्त्रीले पार्टीको काममा हिडेको पैसा किन सरकारलाई खर्च गराउने भनेको हो भने सुशासनसँगै जोडिएर आउने पारदर्शीताको विषयमा पनि प्रधानमन्त्री प्रष्ट हुनुपर्छ।

सुशासन र पारदर्शिताको लागि नेपालका राजनीतिक दलहरुले आफ्नो हिसाब किताब जनतासँग प्रष्ट रुपमा राख्नुपर्छ। जहिलेसम्म पार्टीहरुले आफ्नो आर्थिक हिसाब किताब पारदर्शी रुपमा प्रकाशन गर्दैनन् तबसम्म न पारदर्शीता रहन्छ न सुशासन नै।

खासमा नेताहरुले पार्टी सञ्चालन कै नाममा उद्योगी व्यापारीहरुसँग चन्दा माग्छन्, भ्रष्टाचार गर्छन्। त्यसरी मागिएको चन्दाको  केही रकम आफूले पनि राख्छन् र केही पार्टीलाई पनि दिन्छन्। अनि चन्दा दिन वाध्य व्यापारी उद्योगपतिहरुले नै गैर कानुनी तबरबाट पैसा कमाउँछन्। व्यापारीहरुले यसरी गैर कानुनी काम गरेका छन् भन्ने जान्दा जान्दै पनि नेताहरु तिनलाई केही गर्न सक्दैनन्। कर्मचारी संयन्त्रले कारबाही गर्न खोजे पनि नेताहरु (मन्त्रीहरु) ले उन्मुक्ति दिने भएपछि कर्मचारी आँफै पनि कमाउको धन्दामा लाग्छन्। यो एउटा साङ्लोको रुपमा अगाडि बढ्दै जाने गर्दछ र यही नै दण्डहिनता र भ्रष्टाचारको रुपमा नेपालमा अहिले फैलिरहेको छ।

त्यसैले पार्टीले रकम तिर्छ भनेर मात्र हुँदैन, पार्टीले कहाँबाट ल्याएर कसरी तिर्छ भन्ने कुरा पनि प्रष्ट भन्नुपर्छ।


    • Shyam Dahal Yeah you are right.......chahine kam ma sarkari paisa batai Helicopter chade ni kehi hudaina tara kam ni ramro hunuparchha.....hamro chahana yo 21st century ma fast technology ko use garnu parchha. Tara hamro bhanai yati matra ho ki.....nachahine ra personal kam ma sarkari kharcha garnu hunna kinaki tyo janata le tireko kar ho.......
      Monday at 12:30pm · 
    • बनकाइँला बनकाइँला यो नि भस्ट्राचारै हो बाज्या ।
      Monday at 12:31pm · 
    • Tara Thapa Magar बाज्याले हिजो मात्र भर्स्ताचारी बिरुद्धको टिसर्ट लगाए थे त ..
      Monday at 12:51pm · 
    • Rupal Dhakal every time u speak negative thought!! its better idea of Dr. bhattrai..well so far as cost of helecopteor is concerned, its wil bne paid by maiost party where all the members of have to pay certain amount from their salary as leby ...so be positive n think positve ....its better to pay from party ranther than the govt kosh...
      Monday at 12:53pm · 
    • Narayan Kafle kuro churoma pugyo ho
      Monday at 12:56pm · 
    • Safal Ghimire पार्टीलाई तिर्न लगाउनु हुन्न भन्ने Dipak दाइको तर्कमा म पनि सहमत छु तर डा'र सापले पार्टीले नतिरे मेरै खल्तीबाट तिर्छु भन्नुभा'को कुरा चाहिँ स्टेटसमा देखिएन । त्यसैले आज चाहिँ अल्लि खल्लो लाग्यो ।
      Monday at 12:58pm ·  ·  2 people
    • Thani Yam Raj this is or thinking , but they r doing same as past ka
      Monday at 1:04pm · 
    • Rupal Dhakal ‎@thami..i m disagree with u...no one in past did this type of work...we have to promote the postive thining and postive work..
      Monday at 1:06pm · 
    • Thani Yam Raj ye plz always think positive attitude , Our PM is hero of the year.
      Monday at 1:08pm ·  ·  1 person
    • Rupal Dhakal I request all of u to write the status postively .....
      Monday at 1:10pm ·  ·  1 person
    • Thani Yam Raj i m a man same as positive
      Monday at 1:13pm ·  ·  1 person
    • एती भन्नु पनि ठिकै हो अहिलेको लागी। एमाले काङ्रेस भएको भए "सरकारी कार्यालय निरिक्ष्यण" को नाटक गरी पार्टीको काम गर्थे। कम्सेकम डाक्टरले झूट त बोलेनन। कसो पत्रकार ज्यू?
      Monday at 1:14pm ·  ·  6 people
    • Thani Yam Raj They are giving new concept making New nepal
      Monday at 1:17pm ·  ·  1 person
    • Rupal Dhakal Ramro kam lie ramro nai bhannu parcha depak sir ....kura katera matra des bikas hunnna hehehhhhhhhe
      Monday at 1:20pm ·  ·  1 person
    • Deb Raj Sharma good it is reality dipak jee
      Monday at 1:48pm · 
    • Suman Raj Pant ho dai, hajur ko kuro sanga mero sahamati 6
      Monday at 1:59pm · 
    • Thani Yam Raj Thanks bro, be +
      Monday at 2:00pm · 
    • Yuvraj Acharya Sarhai khednubhayo Deepak jee le Maoists lai. Party le helicoptor lai dine, sarkar le ra Good Kack byapari le party lai dine, sarkar lai hamile dine, hamilai ali ali bideshi le dine, bideshi le hamro buddhi bhutera kamaune--------- lamo chha----- sir sanga bhet ma kura garoula. But I like your way of thinking.
      Monday at 2:06pm · 
    • Boz Baral ‎.........बल्ल नेपालि हरुले बुझ्न थालेछन कि सबै पार्टी र नेता हरुले खाएको, गरेको र बोलेको सबै जनताको पसिना हो भनेर! अब अर्को कदम चाहि जनताले नेता र पार्टी लाइ उनीहरुको प्रत्येक कार्यकलाप व्यक्तिगत हित को लागि नभई जनताको हितको लागि मात्र हुन पर्छ भनेर नेता र पार्टी लाइ उत्तरदायी बनाउने खालका आवाज उठाउन पर्छ!
      Monday at 2:07pm ·  ·  1 person
    • Tanka Bahadur Hongkong-e Dai तुल्सी गिरिले 'काम नपाएका वकिलहरु' भन्थ्यो; हामीले चाँही 'काम नपाएका पत्रकार' भन्नु पर्ला जस्तो भो। खाली हाहाहाहा मात्रै छ; सकारात्मक कुरा शून्य। कुन मिडिया कम्पनीले एस्ता पत्रकार पालेर राखेको होला?
      Monday at 2:13pm ·  ·  2 people
    • Ram Radha Ghimire हेलिकप्टर खर्च उठाउने काइदाhttp://www.ekantipur.com/np/2068/5/23/full-story/335438.html
      www.ekantipur.com
      माओवादी शीर्ष नेताहरु गोरखा आइ पुगेका छन् । सदरमुकादेखि केही तलको सैनिक ब्यारेकमा उनीहरु चढेको हेलिकप्टर अवतरण गरिएको थियो ।...
      Monday at 2:21pm ·  · 
    • Yuvraj Acharya Ho! Sandhai sakaratmak kura matra garne bhajan mandali banaune parne thiyo patrika haroo lai galti bhayekai ho. 80% patrakar criticize matra garne bhajan nalekhne bhai diye yo desh ma, desh kasari banla?
      Monday at 2:23pm ·  ·  1 person
    • Dharmendra Jha yesari nai bhrastachaar unmulan hola haina, shayad yo uhan ko naya model ho
      Monday at 2:48pm ·  ·  1 person
    • Yuvraj Acharya Mero ki Dr Bhattarai ko Dai?
      Monday at 3:21pm · 
    • गगने गंण्गने ‎: दिपक भट्टराइको पत्रकारिता र स्टाटसको स्तर गिर्दो देखे है मैले त! अलिक सम्हालिउ फेरि हास्नुपर्ने अर्को कार्ण पनि आउँला!यस्तो बकम्पुस र स्तरहिन स्टाटस पनि राख्ने हो,की कुरो पाइयन हो! प्र म डा भट्टराइ ले पार्टीको काममा गयको सवारी खर्च पार्टीले बेहोर्छ सरकारलाई कुनै भार हुने छैन्! यदि पार्टीले नबेहोरे म बोहोर्छु भनेका छन् अनी तेस्मा न्युरोडको गुद्पाक र भ्याट छल्ने ब्यापारीको कुरा किन जोडिन्छ? तेसोत त्यो भन्दा जस्ले जहाँ जे जति खर्च गरेपनी त्यो सबै पैसामा पुर्ण अधिकार राष्ट्र बैँक को हुन्छ क्यारे अनी नाना भाती भन्दा रास्ट्र बैँक पैसा खर्चियो भनौन मित्र हुन्न? अगुल्ठोले चुटेको कुकुरको नियत बोकेका हामिसबै कसैले गर्छ की त के कुरा गर्ने र गर्न खोज्ने लाई पनि नछोद्ने भयौ क्या! हे देश्
      Monday at 4:10pm ·  ·  5 people
    • Sanjeev Sharma महान पार्टीका धेरै नेताले अहिले पनि अर्कै नम्बर प्लेट भाका गाडी चढ्छन जसको राजश्व पनि बुझाउनु पर्दैन, किन्नु पनि परेन । कब्जा सम्पत्ति फिर्ता गर्ने कुरा हुँदैछ । बिगतमा बै‌कदेखि जनतासम्मका कुरा त किन कोट्टयाउनु र ! महान पार्टि गरिब छैन भन्ने बुझौ‌ दीपक जी ।
      Monday at 6:51pm · 
    • Prakash Khatiwada Upadhaya पार्टिले कहांबाट ल्याई हेलिकोप्टरको पैसा ितर्छ रे कुनै व्यपार गरेकोछैन न कुनै पार्टीको उद्योग धन्धा नै छ । चन्दा उठाई ितर्नेकुरा घुमीफिरी उही जनताकै थाप्पलोमा अाउने त हो नी ।
      Monday at 7:23pm · 
    • Tanka Bahadur Hongkong-e Dai Prakashjee - you also seem very biased. Let the PM introduce reforms; and let us help him in this mission; rather than putting these nuisance allegations that doesnot hold ground.
      Monday at 7:38pm ·  ·  1 person
    • Keshav Upadhyaya पार्टीलाई हेलिकप्टर चड्या पैसो तिरो भनेर नक्कली भ्याटे हरुले पैसो दिनेत होलान नी अब ।
      Monday at 7:47pm · 
    • Chakra Karki Communist are always talking hawadari kura. Phosra bhasan,khokra kura. k garne jhuta kura bander bhundi bharau6an.
      Tuesday at 5:34am · 
    • Narayan Lohani Chakra ji desh lai jati kongresh le barbaad gareko 6 tyo bhanda dherai communist haru le. desh ra janta ko lagi afno ragat ko balidan diye kaa 6an.ho kehi bekti badi soch bhaye kaa neta harule garda aaja sampurna rajnaitik jagat badnam bhaye ko6.tara sukhad kura k6 bhane hami kaha .babu ram bhattarai jasta communist neta pani 6an jasle tapai hamro sath paye desh ko kaya palat garna sak6an.
      Tuesday at 8:01am · 
    • Rupal Dhakal ‎@chakra...bastard man.....what a nonsense idea.....be positive ....agi badna sika, yo desh lie agadi badaune kura ma laga khali yo bhayena , tyo bhayna bhanera arkako kura katya cha ...kam chaina ....aafu pani naagrne arkale garya kam lie pani dos lagaune bani yo Nepali haru ......ramro kamlie ramro nai bhana ...
      Tuesday at 8:01am · 
    • Narayan Lohani Rupal ji chakra ji ko soch purano manasikta bata grasit6 tesaile tapai sabvhe bhayera na risai purano ra tark hin kura ko birod garnu hola.please freand.
      Tuesday at 8:07am ·  ·  1 person

1 comment:

  1. @गगने गंण्गने, the worse comment ever i seen in my entire life. dont become senseless blind maoist supporter, just try to be a free human being. the dipak's status was about all party not only for baburam bhattarai. one suggestion, please read the status again after drinking cold water.

    ReplyDelete

Please leave your comment here