Sunday, August 14, 2011

'भ्रष्टचारीलाई किरा परोस्' टिसर्टको व्यावसायिक उत्पादन

‎'भ्रष्टाचारीलाई किरा परोस्' त व्यापार पनि हुन थालेछ। मन लागेको कुरा टिसर्टमा छाप्दिने ATTSH को जावालाखेल र वर्ल्ड ट्रेड सेन्टरको पसलले ३ सय देखि ५ सय ७५ रुपैयाँमा त्यस्ता टिसर्ट बेच्दोरहेछ। यो 'मुभमेन्ट' व्यापक हुँदै गर्दा 'भ्रष्टाचारीलाई किरा परोस्' लेखेको टिसर्ट मै भ्रष्टाचार नहोस् भन्नेमा त 'मुभमेन्ट' सञ्चालकहरु पक्कै सचेत होलान्। नत्र फेरि कुन दिन 'भ्रष्टाचारीलाई किरा परोस्' टिसर्टमै यति भ्रष्टाचार भनेर सम्चार आउने हो कि..


'भ्रष्टाचारीलाई किरा परोस्' का अभियानकर्ता रवीन्द्र मिश्रका अनुसार रू ३०० देखि रू ५७५ सम्म पर्ने यस्ता लेखिएका टिसर्टहरू जाउलाखेल र त्रिपुर‌श्वरको World Trade Centre मा रहेका ATTSH का स्टोरहरूमा उपलब्ध छन्।

'भ्रष्टाचारीलाई किरा परोस्'  लेखिएका टिसर्ट प्रधानमन्त्री, मन्त्रीहरु, सभासददेखि उच्च पदस्थ कर्मचारीसम्मलाई बाँड्ने अभियानमा लागेका छन् युथ इनिसेटिभ भन्ने संस्था। युवाहरुको उक्त संस्थालाई रवीन्द्र मिश्र, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पूर्व सचिव रामेश्वर खनालले सहयोग गरेका छन्। उनीहरुको संलग्नतामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई युथ इनिसेटिभले 'भ्रष्टाचारीलाई किरा परोस्' लेखेको टिसर्ट वितरण गरिसकेको छ।


अझ सरकारी तलब खाने नेता हुन् कि कर्मचारीहरु सबैलाई भ्रष्टचारीलाई किरा परोस् लेखेको टिसर्ट सके सातामा एक पटक नभए महिनामा एक पटक अनिवार्य लगाउन पर्ने नियम बनाउन पाए भ्रष्टाचार कम हुन्थ्यो भन्दै हुनुहुन्छ टि्वटर मित्र राजेश लुइटेंल। हुन पनि आँफैले त्यस्तो लेखेको टिसर्ट  लगाएपछि त तिनलाई भ्रष्टाचार गर्न अप्ठेरो होला नि।


भ्रष्टाचार धेरै हुने भनिएका यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय जस्ता ठाउँमा काम लिएर जाँदा 'भ्रष्टाचारीलाई किरा परोस्' लेखेको टिसर्ट लगाएर  जाँदा त्यहाँका कर्मचारीले घुस मागिहाल्न डराइहाल्छन् कि ? त्यसैले यो टिसर्ट किनेर लगाउँदा फाइदा नै होला।

रविन्द्र मिश्रका अनुसार आट्सले विभिन्न रङ र डिजाइनमा 'भ्रष्टचारीलाई किरा परोस्' लेखेको टिसर्ट उपलब्ध गराउने बताएको छ। सरकारी कार्यालयमा जाँदा मात्र होइन तपाईलाई कहिँ पनि, आफ्नै कार्यालयमा पनि भ्रष्टाचार भएको शंका छ भने भ्रष्टाचारीलाई किरा परोस् लेखेको टिसर्ट लगाएर जानु न। कतै फरक परिहाल्छ कि ? 

No comments:

Post a Comment

Please leave your comment here