Wednesday, August 3, 2011

घिमिरे सरकार पनि ढलेछ


‎(पुरानो स्टासस फलो गरेकालाई मात्र) जसरी माधव नेपाल, दाहाल सरकार ढले, अब खनाल सरकार ढल्दैछ। त्यसरी नै यो घिमिरे सरकार पनि ढलेछ...( यो फोटो किशोर सुवेदीले पठाउनुभएको हो। यो सम्बन्धी पुरानो ब्लग वा स्टाटस  http://www.kalitimes.com/2011/​06/blog-post_8473.html  को लिंक अथवा तल पनि छ)




(June 11, 2011 को स्टाटस)
झलनाथ, माधव नेपाल, प्रचण्ड, शेरबहादुर, रामचन्द्र मात्रै हैनछ, पाए त हामी सबलाई आफ्नै सरकार चाहिया छ। नुवाकोट देबिघाटमा भेटिएको यो बसका साहु हो कि ड्राइभर कस्को थर घिमिरे भएर होला देश हाँक्न नपाए नि गाडी त हाँकेकै छु भनेर होला गाडीमै 'घिमिरे सरकार' लेखेछन्...

विभिन्न जातिको राज्य माग भइरहेको बेला 'घिमिरे'हरुको पनि छुट्टै राज्य र तिनको पनि सरकार चाहिन्छ भएर घिमिरे सरकार लेखेको त होइन होला।  







1 comment:

  1. Crane लगायर उठाउनु पर्‍यो घिमिरे सरकार लाई अहिलेको मन्त्रिपरिशदमा गरेको परिवर्तन जस्तै अली अली पार्ट्पुर्जा फेरेर फेरि चलाऊनुपर्छ

    ReplyDelete

Please leave your comment here