Saturday, July 23, 2011

माओवादी बैठकपछि आउने वक्तव्य

माओवादीको बैठकमा सबैको ध्यान गएको देखेर पनि दिक्क लागिसक्यो। माओवादीको बैठकले गर्दा माओवादी पार्टी नै फुट्थ्यो भने झैं गरेर कोही दुःखी हुने र कोही खुशी हुने देखेर दिक्क लागिसक्यो। केन्द्रीय समितिको बैठकबाट पनि हुने केही होइन। बैठकपछि आउने वक्त्व्य आफूलाई त थाहा भइसकेको स्थिति छ।



' यो केन्द्रीय समितिको बैठकमा सबै नेताले सामुहिक आत्मआलोचना गर्‍यौं। एकता र रुपान्तरणको अभियानमा लामवद्ध भएर प्रतिक्रान्तिकारीका विरुद्ध पार्टी, देश र जनताको हितमा एकवद्ध भएर अगाडि बढ्ने संकल्प गर्छौं।'

वैठकपछि पनि अध्यक्ष पुष्पकमल दाहाल नै हुनेछन्। संगठन विभाग प्रमुखमा अहिले पनि वैद्य नै छन्। त्यही हो प्रधानमन्त्री बन्ने पालो आयो भने को बन्ने भन्ने कुरा हो। अहिले तत्काल त्यस्को टुंगो लगाउने होइन जुन दिन प्रधानमन्त्री माओवादीले पाउँछ त्यही दिन टुंगो लगाउने भनेर छुट्टिनेछन्।

कोही आत्तिन मात्तिन पर्दैन,संसदमा घुसेका माओवादीहरुलाई संसदले एमाले बनाइसक्यो, अब काँग्रेस हुँदै राप्रपाको यात्रामा जाने हुन। आखिर हस्ताक्षर संकलन सुरु भइसक्यो एक अर्का विरुद्ध। मन्त्री पदहरु बाँडिन थालिसके।


    • Khumananda Acharya it's excellent !
      July 19 at 1:28pm · 
    • Chyaban Ghimire Ekdamai Sahi, Iniharu madhye dherai le raja aau desh bachau bhane pani Achamma namane hunchha!
      July 19 at 1:33pm ·  ·  2 people
    • Prabhu Ram Panta खै के खै के ..............बुझ्नै गारो भो कमरेड
      July 19 at 1:55pm · 
    • Adhikari Hari डा.तुलसी गिरीको यात्रामा पुगेका रहेनछन ठिकै छ ,
      July 19 at 2:09pm · 
    • Gajendra Budhathoki यसलाई यसरी बुझौँ- दस वर्षे महानजनयुद्धको प्रतिफलहरूलाई महान सत्ता अझ त्यसमाथि पनि गृहमन्त्रालयसँग जोड्दै संस्थागत संघर्षको अग्रगामी मोर्चामा छलाङ नमारेसम्म क्रान्तिकारी कम्युनिष्ट आन्दोलन सफल हुँदैन भन्ने हामीलाई लागिराख्या छ
      July 19 at 2:09pm ·  ·  12 people
    • Prabhu Ram Panta Hahaaaaaaaaaaaaaaaaaaaa
      July 19 at 2:17pm · 
    • Govinda Adhikari माओवादी एमाले वा अरू जेसुकै होला कांग्रेस हुनसक्तैन । नेपालका अहिलेसम्मका सबै लोकतान्त्रिक आन्दोलनको सफल नेतृत्व गर्ने नेपाली कांग्रेसलाई एउटा चुनाव वा एकाध नेता हेरेर अवमूल्यन गर्नु अन्याय हुन्छ ।
      July 19 at 6:35pm ·  ·  1 person
    • Krishna Basnet नारायण काजी श्रेष्ठले निर्णयको प्रेस नोट उपलब्ध गराइसके केन्द्रीय समिति बैठक नसिद्धिदै .......आहा ! यस्तो पो त पारदर्शिता !!!!
      July 19 at 8:25pm · 
    • Yuvraj Acharya Raprapa ta bhai sake. Hijo ko testo krantikari nara diyera aayeko party hernus ta nangai bhayena. Paisa dher hune, paisa duru payog garna paune, malila mantralaya ma tanatan. Chhi--Chhi--Chhi. Uniharoo lai laj ta lagchha hola ni. Ki shakti ma gaye pachhu laaj jati bagmati ma nuhayera janchhan.
      July 19 at 9:37pm · 
    • Deb Raj Sharma so nice kura sahi ho dipak jee

      Basanta Thapa एमाओवादीका क्रान्ति पक्षधर नेताहरुको पाँच वर्ष लामो प्रयासपछि २०६८ साउन १ गतेदेखि अध्यक्ष प्रचण्ड पहिलो पटक पार्टीका सबै कमिटीहरुमा स्पष्टरुपमा अल्पमतमा परेका छन्। प्रचण्डको मनपरीतन्त्र, बिधिबिधान मिच्ने अधिनायकवाद र अवसरवादविरुद्ध निरन्तर संघर्षपछि क्रान्ति पक्षधर र शान्ति पक्षधर नेताहरु बहुमतमा पुगेका हुन्। प्रचण्डलाई अल्पमतमा पार्ने क्रम सबैभन्दा पहिले संसदीय दलबाट शुरु भएको थियो।

      उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले आ–आफ्नै ढंगले शुरु गरेको प्रचण्डको एक्लौटीविरुद्धको अभियानमा अन्ततः पार्टीको मूलधार सामेल भएपछि बहुमत पुगेको हो। पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सबैतिर अल्पमतमा परेका अध्यक्ष प्रचण्डले भरोसा गरेको केन्द्रीय कमिटी समेत आफ्नो अनुकूल नहुने देखिएपछि साउन १ गते बसेको बैठक पनि १५ मिनेटमै स्थगित गरी सबै पक्ष मिलाएर ल्याउँछु भनेका छन्। एमाओवादी स्रोतले दिएका जानकारी अनुसार किरण, बाबुराम, बादलहरुले हस्ताक्षर अभियान सुरु गरेपछि पहिलो दिन ६३ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए। त्यही हस्ताक्षरलाई लिएर प्रचण्ड पक्षले आफूसँग बहुमत रहेको दाबी गरिरहेका बेला अहिले त्यो संख्या बढेर ७६ पुगेको छ। १ सय ४८ सदस्यीय केन्द्रीय समितिमा ७४ जना भए सामान्य बहुमत पुग्छ। त्यसमा एकता प्रक्रियाबाट आएकाहरुको संख्या भने कम छ। उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जान नपाएपछि प्रचण्डसँग रुष्ट थिए। त्यही असन्तोषलाई आफ्नो पक्षमा पार्न खोज्दा किरण बाबुराम क्याम्पबाट लिलामणि पोखरेल र अमिक शेरचन टाढिएको बताइएको छ।

      धोवीघाटको सिद्धार्थ कटेजमा भएको किरण–बाबुराम भेलामा नारायणकाजी मिलेपछि टाढिएका पोखरेल, शेरचन अहिले भने नजिक भएको बताइएको छ। अहिले नारायणकाजी श्रेष्ठ टाढिएका छन्। एकताका नाममा आएका ३३ जना केन्द्रीय सदस्य छन्। त्यसमध्ये अधिकांश प्रचण्डको पक्षमा छन्। एमाओवादी स्रोतका अनुसार किरण–बाबुरामको अभियानलाई ठीक छ, हाम्रो पनि नैतिक समर्थन छ भन्नेहरुको संख्या २० थपिएर ९६ जना पुगेको किरण–बाबुराम पक्षको दाबी छ। प्रचण्ड पक्षले किरण–बाबुराम पक्ष पार्टी फुटाउँदैछन् भनेर तल्लो तहसम्म हल्ला फैलाएका छन्। तर बहुमत पक्ष कुनै पनि हालतमा पार्टी नफुटाउने, तर प्रचण्डलाई रुपान्तरण गर्ने अडानमा छ।

      यदि प्रचण्ड रुपान्तरण हुन नमाने केन्द्रीय कमिटीले उनको सम्पूर्ण अधिकार लिएर अघि बढ्ने एक नेताले बताए। यता बहुमत पक्षले केही नेताहरुलाई सन्देहास्पद भूमिकामा रहेको भन्दै निगरानी गरेको छ। स्थायी समिति सदस्य लिलामणि पोखरेल र पोलिटव्यूरो सदस्य विश्वभक्त दुलाल आहुतीको भूमिका बहुमत पक्षविरुद्ध सन्देहास्पद र षडयन्त्रमूलक रहेको उजुरी परेको बहुमत पक्षधर एक नेताले बताए। उनीहरुले अवसर हेरेर कुनै पनि बेला धोखा दिन सक्ने भएकाले गणना नगरिएको पनि स्रोतले जनाएको छ।


No comments:

Post a Comment

Please leave your comment here