अब देशाँ संविधानसभाले संविधान नबनाउने लगभग पक्का जस्तो हुन लाइसक्यो। चितवन भरतपुरकाले एउटा चोकको नाम नै 'संविधान चोक' बनाइदिएछन्। न्याय नपाए गोरखा जानु भन्ने उखान असाध्यै चलेको भएर त्यसै सिद्धान्त अनुसरण गर्दै भविष्यमा अरुले 'संविधान नपाए चितवन भरतपुर जानु' भन्लान् भनेर यो चोकको नाम संविधान राख्या होलान्।
यस्को चार चौरस जाने बाटो मध्ये एउटा ठाउँ क्यान्सर छ भने अर्को धर्म चोक छ। संविधानसभा चोकबाट कता जाने हो त्यो सभासदहरुको जिम्मामा छ केरे। क्यान्सर तिर लाने हो कि धर्म मार्ग तिर। तर खासमा यसले भरतपुर क्यान्सर अस्पताल जाने बाटो देखाएको होला।
अब देशाँ सभासदहरुले संविधान नबनाएसी संविधान यस्तै ठाउँ र पसलका होर्डिङ बोर्डमा रहने भए त होलानि। संविधान स्टोन रेलिङ देखियो अब कहाँ कहाँ भोलिपर्सी संविधान मःम, संविधान समोसा, संविधान टेलरिङ, संविधान जुत्ता पसल, संविधान कलेज, संविधान कुर्ता सलबार, संविधान झोला पसल देख्न पाइने हो।
Archin Sharma Ho sambidhan chowk , chaubiskothi chowk bata 1 km dharma chowk ko bato ma...Wednesday at 11:21am · · 1 person
Uttam Babu Shrestha हिजो आज जन्मने बच्चाहरुको नाम चलन चल्तिका शब्दहरु 'सहमति', 'समायोजन' राखेको सुनेको छु अब कसैले 'संबिधान' पनि जन्माउलाWednesday at 11:37am · · 2 people
Pramod Npn तेता त सास्तैमा पाउला है सम्बिधान, आउँदा एक बोरा ल्याईदिनु है मलाई | बानेश्वोर गएर ताकी ताकी हान्नु मन छ टाउकेहरुलाई सम्बिधानै सम्बिधानले :)Wednesday at 1:05pm · · 1 person
Krishna Raj PandeyPariwartan ko kramma yesta kura vairn6na. .... pahila pahila ranako pala, judda salik ......... rajako bela............ harek jillama tribhuvan chowk, mahendra chowk ....etc. / bahudalma PB. Chok, ganeshman chowk, madan bhandari chok, k k k...See MoreWednesday at 1:27pm · · 2 people





No comments:
Post a Comment
Please leave your comment here