Thursday, May 26, 2011

मास्क लगाएर हिड्न हुन्छ कि हुँदैन

काठमाडौंमा धुवा धुँलो बढ्यो भनेर डेढ वर्षदेखि नाकमा लंगोटी लाएर हिड्न थालेको। कपडाको १५ रुप्पे वाला मास्कले काम चलाउँदै थेँ, एकजना आफन्तीले भने कहाँ यसले हुन्छ, 'पुरै धुवाँ धुलो छिर्छ।' उनैको अग्रसरतमा ६ महिना जति अगाडि गतिलो मास्क भन्दै १२ सय चुना लाइदिए। आज एउटाले सुनायो कहाँ मास्क लगाएर हिडेको आफैले फालेको कार्बनडाइअक्साइड नाकले लिएर नि स्वस्थ्य भइन्छ? यस्तै यस्तै कुरा सुनेर होला मानिस बहुलाउने... लउन मास्क लगाएर हुन्छ कि हुँदैन कुनै ज्ञान भए पाम्।

No comments:

Post a Comment

Please leave your comment here